२०८३ बैशाख १३

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, १९ साउन। आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेको हो ।

आजको बैठकमा लेखा समितिको बार्षिक प्रतिवेदन स्वीकृत गर्ने लगायत खेलकुदमन्त्रीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक २०८२ माथि विचार गरियोस भन्ने प्रस्ताव पेश हुने कार्यसूची रहेको छ ।