२०८३ बैशाख १३

भृकुटीमण्डपमा ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु, ईभी मोडेल मुख्य आकर्षण

काठमाडौं, २२ साउन । काठमाडौंको भृकुटीमण्डपमा अटो मोबिलिटी एक्स्पो २०२५ शुरु भएको छ ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पोको औपचारिक उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गरे ।

५० भन्दा बढी ब्रान्ड सहभागी प्रदर्शनीमा बीवाईडी, प्रोटोन, महिन्द्रा, लिपमोटरलगायत ३५ ब्रान्डले आफ्ना नयाँ गाडी सार्वजनिक गरेका छन् । विशेषगरी विद्युतीय सवारीसाधन यस वर्षको मुख्य आकर्षण बनेका छन्, जसमा धेरै ब्रान्डहरूले आफ्ना नयाँ मोडेलहरू पहिलोपटक प्रदर्शन गरेका छन्।

दर्शकको सुविधा र सुरक्षा लक्षित गर्दै प्रदर्शनी स्थलमा अपांगमैत्री संरचना, सुधारिएको ढल निकास, सुरक्षा व्यवस्थापन र आपतकालीन सेवाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रवेश टिकट ‘खल्ती बाई आईएमई’ एपमार्फत अग्रिम खरिद गर्न सकिने सुविधा छ भने पार्किङ समस्यालाई ध्यानमा राख्दै नाइमाले पठाओसँग सहकार्य गरेको छ । सहकार्य अन्तर्गत, भृकुटीमण्डप आउने पठाओ राइडमा ३० प्रतिशतसम्म छुट पाउन सकिने आयोजकले जनाएको छ ।

एक्स्पो २५ साउनसम्म चल्नेछ ।