२०८३ बैशाख १३

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं, २३ साउन। आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११: १५ बजेदेखि शुरु हुदैछ ।

आजको बैठकमा महालेखाको परीक्षकको ६२औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१ सम्बन्धि विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।