२०८३ बैशाख १३

नाडा अटो शो: उड्ने कारमा प्रचण्डको उडान, सडकमा जनता धुलाम्मै

काठमाडौँ, ४ भदौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’ को अवलोकन गरेका छन् ।

सो अवसर मा उड्ने कारमा चढेका थिए । नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’ मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’ सम्म प्रदर्शनीमा राखिएको छ । नाडा अटो शोमा प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो ।

उड्ने कारमा प्रचण्ड चड्दै गर्दा भिडबाट आवाज गुन्जिदै थियो: “राजधानी कै सडक अस्तव्यस्त छ, कहिले बन्ने हो थाहा छैन । धुलाम्मे सडकमा हिड्न सकस त्यत्तिकै छ, धुलोले नुहाउनु पर्छ । यँहा भने उड्ने कारको चटक छ ।”