२०८३ बैशाख १३

एनआईसी एशिया ग्राहकलाई उपचारमा २० प्रतिशतसम्म छुट

काठमाडौँ, ५ भदौ । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब कैलाली हस्पिटल प्रा.लि. मा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। यस सम्बन्धमा बैंक र कैलाली हस्पिटलबीच विशेष सम्झौता सम्पन्न भएको हो।

यस सम्झौताअनुसार, बैंकका ग्राहकले Consultant OPD/Emergency OPD, General Bed, Cabin, ICU/NICU, Post-Operative Room, General Surgery, Orthopedic, Gynecology, Laparoscopic Surgery, Pathology Test, Video X-ray, X-ray, ECG, ECHO, Endoscopy र Medicine जस्ता सेवा लिँदा छुट सुविधा प्राप्त गर्नेछन्।

ग्राहकहरूले यस सुविधाको उपभोग गर्न एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ। साथै, मोबैंक एपमार्फत डिजिटल भुक्तानी गरेकामा पनि छुट लाग्ने व्यवस्था गरिएको छ।