२०८३ बैशाख १३

प्रधानमन्त्री ओली र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन  र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ ।

भेटवार्तामा दुई पक्षीय सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यसअघि उपराष्ट्रपति सुआनले आजै उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेटवार्ता गरेकी थिइन् । 

उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका रहेको छ ।