काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले न्यूक्सयाल युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले न्यूक्यासललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा खेलको इन्जुरी समयमा रियो एनगुमोहाले निर्णायक गोल गरेका थिए । यसअघि लिभरपुलका लागि रयान ग्राभेनबर्च र हुगो एकिटिकेले एक एक गोल गरेका थिए ।
त्यस्तै न्यूक्यासलका लागि ब्रुनो गुइमाराएज र विलियम ओसुलाले एक एक गोल गरेका थिए ।
यस खेलमा एन्थोनी गोर्डोनले खेलको पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड पाएपछि न्यूक्यासल युनाइटेड १० खेलाडीमाया सिमित भएको थियो ।
यो लिभरपुलको यस सिजनमा लगातार दोस्रो जित हो । यो जितपछि २ खेलमा ६ अंक रहेको छ र हाल तेस्रो स्थानमा रहेको छ । त्यसैगरी पहिलो खेलमा बराबरी खेलेको न्यूक्यासलले दोस्रो खेल हारेर सिजनमा खराब शुरुवात गरेको छ ।




