काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकले अब स्वास्थ्य उपचारमा थप सुविधा पाउने भएका छन्। धनगढी, कैलालीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलसँग बैंकले विशेष सम्झौता गरेपछि ग्राहक महानुभावहरूले उपचार गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका हुन्।
सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले उक्त हस्पिटलमा डिजिटल भुक्तानी गर्दा छुटको लाभ लिन सक्नेछन्। यस अन्तर्गत बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न स्वास्थ्य सेवामा छुट सुविधा उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ।
ग्राहकले General Bed-Hospital Admit, Cabin-Hospital Admit, ICU Bed, Ventilator, General Surgery, Orthopedic, Gynecology, Laparoscopic Operation, Pathology Test, Video X-ray, X-ray, ECG, ECHO, T.M.T., Endoscopy र Medicine जस्ता सेवा लिँदा छुट प्राप्त गर्नेछन्।
एनआईसी एशिया बैंकले स्वास्थ्य उपचारमा सहयोग पुर्याउनुका साथै यस किसिमको सहकार्यले मुलुकमा डिजिटल भुक्तानी सेवाको विस्तार र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ। बैंकले यस्ता पहलमार्फत आफ्ना ग्राहकलाई सुविधा दिनुका साथै स्वास्थ्य क्षेत्रलाई समेत प्रविधिमैत्री र सहज बनाउन योगदान पुग्ने जनाएको छ।




