काठमाडौँ । नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल स्थगित भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार हुने दोस्रो मैत्रीपूर्ण खेल असहज परिस्थितिका कारण स्थगित गरिएको जानकारी दिएको छ ।
यसअघि शनिबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।




