२०८३ बैशाख १३

काठमाडौँ महानगर भित्रका विद्यालय २६ गतेसम्म बन्द

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

महानगरले आज भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

Read More

झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी

झापा । झापा जिल्ला प्रशासन कार्यालयले बिर्तामोड नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । सोमबार राति साढे ८ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म बिर्तामोड नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।

जेनजी युवा पुस्ताको आन्दोलन उग्र बनेपछि प्रशासन कार्यालय झापाले पूर्वमा बिर्तामोड बसपार्क छिर्ने मोडसम्म, पश्चिममा राम चोक, उत्तरमा महानन्दचोक र दक्षिणमा सैनिक मोड चार किल्लामा कर्फ्यु आदेश जारी गरिएको छ । 

प्रशासनले सो क्षेत्रभित्र प्रदर्शन, बैठक, घेराउ गर्न नपाउने बताएको छ । कर्फ्यु आदेश जारी भएसँगै सो क्षेत्रमा नेपाली सेना परिचालन हुने भएको छ । सोमबार झापाको विर्तामोड र दमकमा जेनजीको आन्दोलन उग्र बनेको थियो ।  

Read More

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल स्थगित

काठमाडौँ । नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल स्थगित भएको छ  ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार हुने दोस्रो मैत्रीपूर्ण खेल असहज परिस्थितिका कारण स्थगित गरिएको जानकारी दिएको छ ।

यसअघि शनिबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

Read More

नेपाली भएकोमा यति लाज महसुस कहिल्लै गरेको थिइन्- महानायक राजेश हमाल

काठमाडौँ । महानायक राजेश हमालले नेपाली भएकोमा यति लाज महसुस कहिल्लै नभएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महानायक हमालले नेपाली भएकोमा यति लाज महसुस कहिले गरेको उल्लेख गर्दै आजको दिन नेपालको ईतिहासमा सबैभन्दा पिडादायी दिन बनेको बताएका हुन् ।

उनले आज भएको जेनजी आन्दोलनमा डेढ दर्जनभन्दा बढी युवाको मृत्यु भएपछि यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्- 
हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भबिस्य मात्र दिन असफल भएका छैनौ, ऊनीहरुको वर्तमानसमेत खोसिरहेका छौ । म बिदेश यात्रा गर्दैछू । नेपाली भएकोमा यती लाज महसुस मैले कहिले गरेको थिइन् । आजको दिन नेपालको ईतिहासमा सबैभन्दा पिडादायी दिन बनेको छ ।

Read More

जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनमा घटेका घण्टाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो । तत्काल छानबिन समिति गठन गरेर सत्यतथ्य छानबिन गर्ने निर्णय गरिएको छ ।

जेनजी पुस्ताको आन्दोलनमा अहिलेसम्म काठमाडौँमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म ३४७ जना घाइते भएको र विभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

Read More

सरकारको औचित्य आजबाट समाप्त भयो: डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको औचित्य आजबाट समाप्त भएको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै डा. कोइरालाले सरकारले देशभित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगवाट गोली प्रहार गरेको उल्लेख गर्दै श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मल्हम लगाउन नसक्ने बताएका छन् ।

जेनजीका माग समय सापेक्ष र जायज रहेको बताउदै कोइरालाले आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भएको बताएका छन् । उनले आजवाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको उल्लेख गर्दै सबै मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोज्न आग्रह गरेका छन् ।

उनले भनेका छन्- 
प्रिय जेनजी साथीहरु,
आज सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न सक्दैन । जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरंकुश क्रुर सरकारले हातमा किताब कापी बोकेर देश भित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा बिध्यार्थीहरुमाथि बर्वर ढंगवाट गोली प्रहार गरेको छ ।

त्यसको जति निन्दा र भर्त्सना गरे पनि पुग्दैन । सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ । श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मल्हम लगाउन सक्दैन । यस पिडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु ।  तपाईंहरुका माग समय सापेक्ष र जायज छन् । आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भन्दा अरु के होला र ? देशवाट भ्रष्टाचार निर्मुल हुनैपर्छ ।

आजवाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ । तपाईं हामी मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोजौं ।

Read More

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।

यसअघि जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट अहिलेसम्म १९ जनाको मृत्यु भएपछि गृहमन्त्री लेखकले पार्टीलाई पदमा नबस्ने जानकारी गराएका थिए । उनले सभापति शेरबहादुर देउवासहितका पदाधिकारीलाई आन्दोलनमा भएको मानवीय क्षतिको नैतिक जिम्मेवारी लिदै राजीनामा दिने जानकारी गराएका थिए ।

Read More

रगत अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयले २४सै घण्टा हेल्पलाइन चलाउने

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले रगत अभाव हुन नदिन हेल्पलाइन २४ सै घण्टा चलाउने जानकारी दिएको छ । मन्त्रालयले रगत अभाव हुन नदिन १११५ नम्बरको हेल्पलाइन २४सै घण्टा चलाउने जानकारी दिएको हो । 

मन्त्रालयले घाइते बिरामीहरुलाई रगत अभाव हुन नदिन मन्त्रालयको हटलाइन हेल्लो स्वास्थ्यलाई २४सै घण्टा चलाउने र कुनै पनि बिरामी वा अस्पतालले रगत अभाव भएमा १११५ मा फोन गरेर जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको छ ।

साथै मन्त्रालयले घाइतेहरुको जीवनरक्षाका लागि आवश्यक सबै उपचार निःशुल्क गर्ने गरी मन्त्रालयले अस्पतालहरुलाई पत्र पठाएको छ ।

सय भन्दा बढी आन्दोलनका घाइतेको उपचार भैरहेको सिभिल अस्पतालको आकस्मिक कक्षमा सघाउन ४ चिकित्सकसहित ६ सुरक्षाकर्मी खटाइएको मन्त्री प्रदिप पौडेलको सचिवालयले जनाएको छ । त्यस्तै वीर अस्पतालको ट्रमा सेन्टरले पूर्ण क्षमतामा बिरामीको उपचार गरिरहेको छ ।

मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउने गरी आपतकालीन अपरेशन सेन्टरमार्फत व्यवस्था मिलाएको छ । काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पातलमा लिएर जान सहजीकरणका लागि व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

Read More

राजीनामा दिने तयारीमा गृहमन्त्री लेखक, पार्टीलाई गराए जानकारी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिने तयारी गरेका छन् ।

जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट अहिलेसम्म १९ जनाको मृत्यु भएपछि गृहमन्त्री लेखकले पार्टीलाई पदमा नबस्ने जानकारी गराएका हुन् ।

उनले सभापति शेरबहादुर देउवासहितका पदाधिकारीलाई आज भएको क्षतिको नैतिक जिम्मेवारी लिदै राजीनामा दिने जानकारी गराएको कांग्रेसका एक पदाधिकारीले एभरेष्ट न्यूज एजेन्सीलाई जानकारी गराएका छन् ।

Read More

वर्तमान सरकार विघटन गर्न राप्रपाको माग

काठमाडौँ । राप्रपाले वर्तमान सरकार विघटन गर्न माग गरेको छ । सोमबार राप्रपाको केन्द्रीय पदाधिकारीको आकस्मिक बैठकले जेनजीको आन्दोलनमाथि सरकारले गरेको बर्बर दमनपछि वर्तमान सरकारको उपादेयता समाप्त भएको निश्कर्ष निकालेको छ । 

राप्रपाले तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि आव्हान गरेको छ ।

राप्रपाले भ्रष्टाचारविरुद्ध सडकमा ओर्लिएका नयॅा पुस्तालाई अन्धाधुन्ध बल प्रयोग र गोली समेत प्रहार गरेर सरकारले भ्रष्टाचारविरुद्धको आवाज निस्तेज र निमिट्यान्न पार्ने निन्दनीय र लाजमर्दो प्रयास गरेको टिप्पणी गर्दै शान्तिपूर्ण प्रदर्शनमाथिको जंगली रवैयाबाट सरकारको स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदांगो भएको बताएको छ ।  

राप्रपाको विज्ञप्ति
राप्रपाको केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठक आज अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ । काठमाडौं लगायत देशका विभिन्न शहरमा आज जेनजी पुस्ताले भ्रष्टाचार, समग्र बेथिति, कुशासन र सामाजिक सञ्जालमाथि सरकारको गैरजिम्मेवार प्रतिबन्धको विरोधमा आयोजना गरेको प्रदर्शनमा सरकारबाट भएको अत्यधिक बल प्रयोग र बर्बर दमनप्रति राप्रपा दु:ख व्यक्त गर्दै घोर निन्दा एवं भत्सर्ना गर्दछ। देश निर्माणको सुन्दर अभिलाषा लिएर प्रदर्शनमा सहभागी भएका निर्दोष युवा पुस्ताले नेपालको ईतिहासमै नभएको सरकारको बर्बर दमनबाट शहादत प्राप्त गर्न पुगेका छन् । 

भ्रष्टाचार विरुद्ध सडकमा ओर्लिएका नयॅा पुस्तालाई अन्धाधुन्ध बल प्रयोग र गोली समेत प्रहार गरेर सरकारले भ्रष्टाचार विरुद्धको आवाज निस्तेज र निमिट्यान्न पार्ने निन्दनीय र लाजमर्दो प्रयास गरेको छ। शान्तिपूर्ण प्रदर्शनमाथिको जंगली रवैयाबाट सरकारको स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदांगो भएको छ । आजको बर्बर दमनपुर्ण घटनालाई राप्रपाले नेपाली इतिहासकै क्रुर र दुःखद घटनाको रूपमा लिएको छ। यस घटनाबाट वर्तमान सरकारको उपादेयता समाप्त भएको राप्रपाको निश्कर्ष रहेको छ । तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि राप्रपा आव्हान गर्दछ ।

असीम दुखको यस घडीमा प्रहरीको गोली प्रहारबाट ज्यान गुमाएका युवाहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्दछौं। प्रहरी दमनबाट ठूलो संख्यामा घाइते भएकाहरु एवं समाचार संकलनका क्रममा घाइते पत्रकारहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

युवा पुस्ताको आजको यो आवाज २०६२/६३ को आन्दोलनपछिको व्यवस्थाले ल्याएको उपज हो। राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेको व्यवस्थाले युवाको समस्या समाधान गर्न सक्दैन भन्दै विगत दुई दशक देखि संसद, सडक र विभिन्न समयमा गरिएका आन्दोलनमार्फत आवाज बुलन्द पार्दै आएको थियो। आज युवामाथि भएको राज्यको क्रुर दमनले अहिलेको व्यवस्थाको चरित्र मात्र देखाएको छैन यसले अब फेरि निर्णायक आन्दोलन नगरे युवा पुस्ताले फेरि दुख पाउने निश्चित छ। साथै काठमाण्डौंमा गत चैत्र १५ गते पनि प्रदर्शनकारीमाथि सरकारले शक्तिको गैरकानुनी प्रयोग गरी अत्यधिक दमन गरेको वर्तमान सरकारले त्यतिबेला सहजै उन्मुक्ति पाउँदा आजको प्रदर्शनमा दमनका लागि सरकार थप हौसिएको राप्रपाको ठहर छ। 

विशुद्ध गैर राजनीतिक यूवाहरूको जेनजी पुस्ताले अघि सारेका सुशासन, प्रविधि एवम् समग्र मुद्दाहरूमा राप्रपाको साथ, समर्थन र ऐक्यवद्धता छ ।

Read More