२०८३ बैशाख १३

काँग्रेस कार्यकर्तालाई शेखर कोइरालाको आव्हान: जनताको केन्द्रमा बस्ने अभियानमा लागौं

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले न दाजुको न भाईको कांग्रेस कांग्रेसजनको भनेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै कोइरालाले अब नयाँ परिस्थितिमा सत्ताको केन्द्रमा को छ ? पार्टी केन्द्रमा को छ ? अब यस्ता विषय गौंण भएको उल्लेख गर्दै पार्टी न दाजुको न भाईको कांग्रेस कांग्रेसजनको भनेर अगाडी बढ्न कांग्रेस कार्यकर्तालाई आव्हान गरेका छन् । 

उनले भनेका छन्- ‘सत्ताको केन्द्रमा को छ ? पार्टी केन्द्रमा को छ ? अब यस्ता विषय गौंण भए । हामी जनताको केन्द्रमा बस्ने अभियानमा लागौं । पार्टी ‘न दाजुको न भाईको कांग्रेस कांग्रेसजनको’ भनेर अगाडी बढौं । जनताको भरोसा र विश्वासलाई शिरोधार्य गर्दै अगाडि बढे राष्ट्र निर्माणको अभिभारा स्वतः तपाई हाम्रो जिम्मेवारीमा आउँछ ।’

कोइरालाले कांग्रेसभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउने जिम्मेवारी सबैको भएको उल्लेख गर्दै यसको लागि देशव्यापी बहश, छलफल र विवेकपूर्ण कदमहरु कसरी अगाडि बढाउन दशैं लगत्तै देशव्यापी रुपमा जाने बताएका छन् ।

कोइरालाले देशको राजनीतिमा नयाँ प्रयोग अगाडि आएको बताउदै जेनजीको नाममा भएको सार्वजनिक सम्पतिको लुटपाट र आगजनी, व्यक्तिको सम्मानमा पुर्‍याएको पासविक व्यवहार र समाजमा फैलाएको त्रासलाई किमार्थ आन्दोलन वा समाज परिवर्तन भन्न नसकिने बताए ।

उनले भनेका छन्- ‘मुलुक भित्र उत्पन्न राजनीतिक परिस्थितिवारे हामी सवै जानकार नै छौं । मुलुक वेगवानरुपमा नयाँ दिशातर्फ दौडिन खोजेको छ । देशको राजनीतिमा नयाँ प्रयोग अगाडि आएको  छ । हामीले यसलाई सतर्कतापूर्वक हेर्नुपर्छ । यही भाद्र २३ र २४ गते देशमा जे जस्ता घटनाहरु घटे र त्यसको परिणाम स्वरुप ‘जेनजी’ आन्दोलनको युवा उर्जा र चेतनावाट प्रस्फुटन भएको नयाँ सरकारले आम नागरिकको भरोसा र बिश्वास जितेर काम गर्नेछ भन्नेमा म बिश्वस्त छु । म यहाँ जेनजी आन्दोलनलाई कसरी हेर्नुपर्छ र तत्कालिन सरकारले कसरी हेर्यो भन्नेबारे समिक्षा गर्दिन, यसवारे मैले भाद्र २३ गते सरकार संयम भएन भनेर आफ्नो विचार सार्वजनिक रुपमा राखेको कुरा साथीहरुलाई विदितै छ । भाद्र २४ गते आन्दोलनको आव्हान गर्ने जेनजीको नाममा भएको सार्वजनिक सम्पतिको लुटपाट र आगजनी, व्यक्तिको सम्मानमा पुर्याएको पासविक व्यवहार र समाजमा फैलाएको त्रासलाई किमार्थ पनि सभ्य समाजले २१ औं शताव्दीमा आन्दोलन वा समाज परिवर्तन भन्न सक्तैन ।’

साथै कोइरालाले कांग्रेसका सभापति शेरबहादुर देउवा जसको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहास रहेको बताउदै देउवामाथि घरमा बसिरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई आफूले जघन्य अपराधको कोटीमा राख्ने बताए ।

उनले भनेका छन्- ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहाँस छ, उहाँ माथि घरमा बसिरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई म जघन्य अपराधको कोटीमा राख्छु,  यसको जति निन्दा गरेपनि कम हुन्छ । हिजो कांग्रेस कहाँ चुक्यो ? के भयो ? र के हुनुपर्थ्यो ? भनेर म यहाँ समय खर्च गर्न चाहन्न । अब नयाँ परिस्थितिमा नेपाली कांग्रेसका साथीहरु कसरी अगाडि बढ्ने भन्ने प्रश्न हामी सामु छ । यस विषम परिस्थितिमा हाम्रो पार्टीका अग्रजहरुवाट हामी शिक्षा लिन सक्छौं । हाम्रा अग्रजहरु विपी कोइराला, गणेशमान सिंह , कृष्णप्रसाद भटराई, गिरिजाप्रसाद कोइराला लगायत अनेकन् योद्धाहरुले लोकतान्त्रिक आन्दोलनमा छोडेको पदचिन्हबाट भावी कांग्रेसको दिशा निर्धारण गर्नुपर्दछ ।’

Read More

मोदीले दिए प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छन् ।

मोदीले कार्कीलाई बधाई दिदै नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

मोदीले भनेका छन्- ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ ‘।

यस अघि भारत सरकारले शुक्रबार रातिनै नेपालमा अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको थियो ।

शुक्रबार राति नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो अन्तरिम महिला प्रधानमन्त्री बनेकी हुन् । जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति  रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।

Read More

अफ्रिकी देश कंगोमा छुट्टाछुट्टै डुङ्गा दुर्घटनामा १९३ जनाको मृत्यु

काठमाडौँ । अफ्रिकी देश कंगोको उत्तर-पश्चिमी भागमा यस हप्ता दुई छुट्टाछुट्टै डुङ्गा दुर्घटना भएका छन्, जसमा कम्तिमा १९३ जनाको मृत्यु भएको छ । यी दुर्घटनाहरू बुधबार र बिहीबार भूमध्यरेखा प्रान्तमा भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

कंगोको मानवीय मामिला मन्त्रालयले बिहीबार साँझ लगभग ५०० यात्रु भरिएको डुङ्गामा आगो लागेर कंगो नदीमा डुबेको थियो । यो दुर्घटना मालाङ्गे गाउँको लुकोलेला क्षेत्रमा भएको र दुर्घटनापछि २०९ जनालाई उद्धार गरिएको थियो ।

बुधबार, सोही प्रान्तको बासानकुसु क्षेत्रमा मोटर चालित डुङ्गा दुर्घटनाग्रस्त भयो । त्यसमा कम्तिमा ८६ जनाको मृत्यु भयो, जसमध्ये धेरैजसो विद्यार्थीहरू थिए । सरकारी सञ्चारमाध्यमका अनुसार, धेरै मानिसहरू अझै बेपत्ता रहेको र उद्धार कार्य जारी रहेको उल्लेख गरिएको छ ।

दुर्घटनाको कारण ‘अनुचित लोडिङ र रात्रिकालीन ड्राइभिङ’ भएको बताइएको छ । स्थानीय सामाजिक संस्थाहरूले सरकारलाई लापरवाही गरेको आरोप लगाएका छन् र मृतकको संख्या आधिकारिक तथ्याङ्कभन्दा धेरै बढी भएको दाबी गरेका छन् ।

कङ्गोमा, डुङ्गा दुर्घटनाहरू बढ्दै गइरहेका छन् । देशका सडकहरू धेरै कम र खराब अवस्थामा छन्, किनभने मानिसहरू प्रायः पुरानो काठ र कमजोर डुङ्गामा यात्रा गर्छन् । उनीहरुसँग कुनै लाइफ ज्याकेट छैन र यात्रुहरूको संख्यामा कुनै नियन्त्रण छैन । तिनीहरूमध्ये धेरैजसो रातमा हिँड्छन्, जसले गर्दा दुर्घटनाको समयमा उद्धार कार्य अत्यन्तै कठिन हुने गरेको बताइन्छ ।

Read More

स्थिरता बलियो बन्दै, बजेटमा उत्पादनमुखी फोकस: एमाले

काठमाडौं, २१ बैशाख । नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ। पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले राष्ट्रिय राजनीति राजनीतिक…

अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको पक्षमा शानदार जीत, ‘व्यवस्थित’ सरकारको प्रतिबद्धता

सिड्नी, २१ वैशाख । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आइतबार भएको चुनावमा भारी मतले विजयी हुँदै जीवनयापनको पीडा र करको उथलपुथलको…

बिमा (Bima) – नेपाल देश समाचार श्रेणी

नेपालमा बिमा क्षेत्रले पछिल्लो समय विस्तार र विकासको गति लिएको छ। बिमा, जसलाई अंग्रेजीमा ‘इन्स्योरेन्स’ भनिन्छ, भविष्यमा आइपर्न सक्ने आर्थिक…

नेपाल–भारत सम्बन्ध: एक चिरस्थायी मित्रताको गाथा

नेपाल र भारत, दुई छिमेकी राष्ट्र, जसको सम्बन्ध इतिहासको लामो कालखण्डदेखि अटुट रूपमा जोडिएको छ। यी दुई देशबीचको सम्बन्ध केवल…

कुराकानी: वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठसँग 

काठमाडौं – आज हामीले नेपाली कला क्षेत्रका धरोहर, वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठसँग कुराकानी गरेका छौं। हाँस्यव्यङ्ग्य, अभिनय र समाजसेवामा…

नयाँ प्रतिभा, चलचित्र र सांगितिक धमाका!

काठमाडौं – नेपाली मनोरञ्जन उद्योग अहिले नयाँ जोश र जाँगरले भरिएको छ। नयाँ प्रतिभाहरुको आगमनले दर्शकहरुलाई उत्साहित बनाएको छ भने…

धमाका मच्चाउने कलाकार र प्रतिक्षित फिल्महरु! 

काठमाडौं – नेपाली मनोरञ्जन उद्योगमा अहिले निकै हलचल मच्चिएको छ। नयाँ कलाकारहरुको आगमनले दर्शकहरुलाई उत्साहित बनाएको छ भने केही प्रतिक्षित…