२०८३ बैशाख २३

रास्वपाको समर्थनमा उपसभामुखमा राप्रपाले सरस्वती लामालाई उम्मेदार बनाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा राप्रपाले उपसभामुखमा सरस्वती लामालाई उम्मेदवार बनाउने भएको छ । 

यसअघि खुस्बु ओलीलाई उपसभामुख बनाउने चर्चा चलेपनि राप्रपाले रास्वपाकै आग्रहमा लामालाई अगाडी सारेको बताइएको छ । 

अर्कोतर्फ श्रम संस्कृतिले पनि उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ । श्रम संस्कृतिलाई उपसभामुखमा कांग्रेस, एमाले र नेकपाले समर्थन गर्ने भएका छन् । 

Read More

इरान युद्धका कारण विश्वभर खाद्य संकट झन् गहिरिने चेतावनी

काठमाडौँ । इरानसँग जोडिएको युद्धका कारण विश्वभर खाद्य संकट झन् गहिरिने चेतावनी अन्तर्राष्ट्रिय निकायहरूले दिएका छन् । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रमले संयुक्त वक्तव्य जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

वक्तव्यमा तेल, प्राकृतिक ग्यास र मलको मूल्य तीव्र रूपमा बढ्दा खाद्य वस्तुको मूल्यसमेत महँगो हुने र सर्वसाधारणको पहुँच भोजनसम्म झन् कठिन बन्ने उल्लेख गरिएको छ ।

ती निकायहरूले मध्यपूर्व क्षेत्रमा भइरहेको द्वन्द्वले केवल त्यही क्षेत्र मात्र नभई विश्वभरका मानिसको जीवन र जीविकामा असर पारिरहेको बताएका छन् ।

खाद्य, इन्धन र मल आपूर्तिमा आएको अवरोधको सबैभन्दा ठूलो असर कमजोर वर्गमा पर्ने, विशेषगरी कम आय भएका र आयातमा निर्भर देशहरूमा यसको प्रभाव बढी देखिने जनाइएको छ ।

यदि वर्तमान अवस्था यथावत रहेमा विश्वव्यापी रूपमा खाद्य संकट अझै गहिरिने र महँगीको दबाब निरन्तर बढ्ने चेतावनीसमेत दिइएको छ ।

Read More

असन क्षेत्र बैशाख ५ गतेदेखि हरेक शनिबार ‘भेहिकल फ्री’

काठमाडौँ । काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिवार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने निर्णय भएको छ ।

यस अघि स्थानीय संघसंस्था, क्लव तथा समुदायको चैत २८ गतेबाट कार्यक्रम सञ्चालन गर्ने तयारी थियो । यस क्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वडाध्यक्ष योगेश खड्गी, प्रशासन विभागका प्रमुख महेश काफ्लेसहित सरोकारवाला  कार्यालयका अधिकारी, स्थानीय संघसंस्था तथा क्लव र समुदायका प्रतिनिधिसहितको बैठकले तयारीमा कमजोरी हुन नदिन कार्यक्रमलाई एक हप्ता पछाडि सारेर बैशाख ५ गतेबाट कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो । 

छलफलमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित के. सी., उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लोकेन्द्र सिंह गुरुङ, महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले यातायात आवागमन र पैदल मार्ग व्यवस्थापन तथा सुरक्षा प्रबन्धलाई मजवुत बनाइने बताए । 

‘भेहिकल  फ्री असन’ कार्यक्रम अन्तर्गत महानगरपालिकाको वडा नम्बर २७ वडा कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिवार सवारी साधन प्रवेशमा रोक लगाइनेछ । यस क्षेत्रबाट गन्तव्य जाने सवारी साधनलाई वैकल्पिक मार्ग प्रदान गरिनेछ । 

यस क्षेत्रलाई सम्पदा मार्गका रुपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्धन गरिनेछ । मौलिक सांस्कृतिक कार्यक्रम तथा सामाजिक क्रियाकलाप सञ्चालन गरिनेछ । यसको सञ्चालन व्यवस्थापनका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिएको छ । 

Read More

अमेरिका र इरानबीचको उच्चस्तरीय वार्ताअघि पाकिस्तानको इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

काठमाडौँ । अमेरिका र इरानबीच हुने उच्चस्तरीय वार्ताअघि पाकिस्तानले इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा घोषणा गरेको छ । जिल्ला प्रशासनले राति ढिलो सूचना जारी गर्दै आज र भोलिका लागि बिदा लागू गरिएको जनाएको हो ।

बिदाको कारण स्पष्ट नखुलाइए पनि यसलाई सुरक्षा तयारीसँग जोडेर हेरिएको छ । प्रशासनका अनुसार उक्त निर्णय केवल इस्लामाबाद राजधानी क्षेत्रमा मात्र लागू हुनेछ ।

आगामी शुक्रबार इस्लामाबादमा अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता हुँदैछ । ह्वाइट हाउसका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले अमेरिकी टोलीको नेतृत्व गर्नेछन् ।

यसअघि पनि ठूला कूटनीतिक कार्यक्रमअघि इस्लामाबादमा सुरक्षा कारण देखाउँदै यस्ता कदम चालिँदै आएका छन् । यद्यपि, प्रहरी, अस्पताल, विद्युत् र ग्यासजस्ता अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।

Read More

रमेश लेखक हाजिरी जमानीमा रिहा

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा रिहा भएका छन् ।

लेखक नेपाल प्रहरीको नम्बर-२ सशस्त्र प्रहरी गणमा रहेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले लेखकलाई बोलाएको समयमा हाजिर हुने गरी पत्नी यशोदा लेखकको जिम्मा लगाएको हो ।

प्रहरीले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि पत्नी राधिका शाक्यको जिम्मा लगाउदै रिहा गरेको थियो ।  

गत सोमबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले ओली र लेखकलाई म्याद थप नगर्न परमादेश आदेश जारी गरेका थिए । सर्वोच्चले अहिले थप गरेको म्याद भित्र नै अनुसन्धान टुंगाउन र अनुसन्धान नसकिएमा ओली र लेखकलाई रिहा गरेर अनुसन्धान जारी राख्न आदेश दिएको थियो ।    

गत भदौ २३ र २४ को आन्दोलनको जाँचबुझ गर्न गठित कार्की आयोगको सिफारिसमा प्रहरीले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो ।

Read More

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले पहिलो विदेश भ्रमण मौरिससको गर्ने भएका छन् । 

चैत्र २७ र २८ मा मौरिससमा इण्डियन फाउन्डेसनले आयोजना गरेको नवौं पश्चिमी हिन्द महासागर सम्मेलनमा सहभागी हुन मन्त्री खनाल आज मौरिसस जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार खनाल आज त्यसतर्फ प्रस्थान गर्ने तय भएको छ ।

मौरिसस सरकार र इण्डिया फाउन्डेसनले आयोजना गरेको यस कार्यक्रमको नवौं संस्करण ‘हिन्द महासागरको सुशासनका लागि सामूहिक जिम्मेवारी’ भन्ने शिर्षका बहस र छलफल हुने बताइएको छ ।  कार्यक्रममा भारतका विदेशमन्त्री एस. जयशंकर पनि सहभागी हुदैछन् । खनालले जयशंकरसँग पनि सोहि कार्यक्रमको सिलसिलामा भेटवार्ता गर्ने बताइएको छ ।

सम्मेलनमा बंगलादेश, श्रीलंका, भुटानसहितका देशका विदेशमन्त्रीहरुको सहभागिता हुने इण्डियन फाउन्डेसनले जानकारी दिएको छ ।

इण्डिया फाउन्डेसनका अध्यक्ष भारतीय जनता पार्टीका नेता राम माधवन रहेका छन् ।

Read More

युद्धविरामपछि साउदीको महत्वपूर्ण तेल पाइपलाइनमा इरानको आक्रमण

काठमाडौँ । साउदी अरेबियाको एक महत्वपूर्ण तेल पाइपलाइनमा आगलागी भएको दृश्य उपग्रह तस्वीरमा देखिएको छ। अमेरिका र इरानबीच युद्धविराम घोषणा भएको केही घण्टामै बुधबार उक्त पाइपलाइनमा आक्रमण भएको बताइएको छ ।

युरोपेली अन्तरिक्ष निकायले सार्वजनिक गरेका तस्वीरमा साउदी अराम्कोको अबकैक प्रशोधन केन्द्रबाट बाक्लो कालो धुवाँ र आगोका ज्वाला उठिरहेको देखिन्छ ।

अबकैक प्रशोधन केन्द्र विश्वकै सबैभन्दा ठूलो कच्चा तेल स्थिरीकरण केन्द्र हो । साउदी अराम्कोका अनुसार यस केन्द्रले विश्व तेल आपूर्तिको करिब ५ प्रतिशत हिस्सा ओगटेको छ । यहाँ कच्चा तेल प्रशोधन गरी उच्च गुणस्तरको तेलमा रूपान्तरण गरिन्छ ।

यो पाइपलाइन क्षेत्रका त्यस्ता दुई मुख्य मार्गमध्ये एक हो, जसले होर्मुज जलडमरूमध्यलाई छलेर तेल ढुवानी गर्छ । इरानसँगको द्वन्द्वका कारण त्यहाँ व्यापारमा असर परिरहेको अवस्थामा अबकैकदेखि रेड सीस्थित यनबू बन्दरसम्म तेल पुर्‍याउने यो मार्ग साउदी अरेबियाका लागि झन् महत्वपूर्ण मार्ग रहेको थियो ।

इरानले युद्धविरामपछि पनि रणनीतिक रुपमा यस तेल पाइपलाइनमा आक्रमण गरेको बताइएको छ ।

Read More

बलिवुड निर्देशक सूरज बर्जात्याको नयाँ फिल्मको छायांकन अन्तिम चरणमा

काठमाडौँ । बलिवुड निर्देशक सूरज बर्जात्याको नयाँ चलचित्र ‘यह प्रेम मोल लिया’को छायांकन अन्तिम चरणमा पुगेको छ । निर्माण टोलीका अनुसार अब एक साताको मात्र छायांकन बाँकी रहेको र करिब एक महिनाभित्र फिल्मको काम पूरा हुने तयारी गरिएको छ।

रिपोर्टका अनुसार अन्तिम छायांकन तालिका अप्रिलको अन्तिम साता वा मेको पहिलो सातामा हुने तय गरिएको छ । सो तालिकामा मुख्य कलाकार आयुष्मान खुराना र शर्वरी पनि सहभागी हुनेछन् ।

यो पारिवारिक कथावस्तुमा आधारित चलचित्र राजश्री प्रोडक्सन र महावीर जैन फिल्म्सको संयुक्त निर्माणमा तयार भइरहेको हो । यसअघि पनि यी दुई निर्माण संस्थाले मिलेर काम गरेका थिए र पुनः सहकार्य गरिएको जनाइएको छ ।

चलचित्रमा आयुष्मान खुराना र शर्वरीका साथै शाद रन्धावा, अनुपम खेर, सीमा पाहवा र सुप्रिया पाठकको महत्वपूर्ण भूमिका रहेको छ । छायांकनका क्रममा मुम्बईको गोरेगाउँ रेल्वे स्टेशनमा समेत दृश्य खिचिएको थियो ।

निर्देशक बर्जात्याको शैलीअनुसार यो फिल्म पारिवारिक सम्बन्ध, मूल्य र प्रेम कथामा आधारित रहेको बताइएको छ । लामो समयपछि यस्तै प्रकारको पारिवारिक मनोरञ्जनात्मक चलचित्र दर्शकले हेर्न पाउने अपेक्षा गरिएको छ ।

Read More

पक्राउ पुर्जीपछि देउवाको प्रतिक्रिया: मेरो जीवन खुला पुस्तकजस्तै छ, भ्रामक र झुटा प्रचारको भ्रममा नपरौं

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र परिवारमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको विषयमा प्रतिक्रिया दिदै आफुले आफ्नो परिवारको सम्पत्ति विवरण कानुन अनुसारनै पदमा रहदा सार्बजनिक गरेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिदै देउवाले आफ्नो सम्पत्तिको विषयमा सञ्चारमाध्यममा भ्रामक र झुटा प्रचार भइरहेको दाबी गरेका छन् ।

देउवाले आफ्नो र परिवारको सम्पत्तिबारे नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा सम्बन्धित निकायमा यथार्थ विवरण पेश गरिएको स्पष्ट पर्दै उनले लोकतान्त्रिक व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताका लागि जीवनभर संघर्ष गरेको उल्लेख गरेका छन् ।

उनले आफ्नो जीवन खुला पुस्तकजस्तै रहेको बताउँदै भ्रष्टाचारमुक्त समाज निर्माण र सुशासन कायम गर्न आफूले पहल गरेको स्मरण गराएका छन् । उनले गृहमन्त्री हुदा अख्तियारसम्बन्धी कानुन र प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन लागू गरिएको विषय पनि उनले उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ ।’

देउवाले हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै वास्तविकता समयसँगै स्पष्ट हुने बताउदै अतिरञ्जित विवरणका आधारमा भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।

Read More

ओली हाजिरी जमानीमा रिहा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहा भएका छन् ।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार ओलीलाई अनुसन्धानका क्रममा आवश्यक परेका बेला उपस्थित हुने गरी हाजिरी जमानीमा उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाएर रिहा गरिएको हो । पक्राउ परेदेखि ओली भने शिक्षण अस्पतालमा उपचारत रहेका छन् ।

त्यस्तै प्रहरीले काँग्रेस नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि आजै छोड्ने बताएको छ । 

Read More