२०८३ बैशाख २५

बालेन सरकारप्रति आश्वस्त हुन सकेन शेयर बजार, ७१ अंकले घट्यो

काठमाडौँ । नेप्सेमा आज ठुलो गिरावट आएको छ । आज आइतबार नेप्से ७१.०५ अंकले घटेर २८७९.११ विन्दुमा पुगेर रोकिएको छ ।

बालेन शाहको नेतृत्वमा सरकार बनेपछिको पहिलो कारोबारमा ठुलो गिरावट आएसँगै लगानीकर्ता नयाँ सरकारको स्थिर नीतिप्रति आश्वस्त हुन नसकेको देखिएको छ ।

आज ३३३ कम्पनिका ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता शेयर १५ अर्ब ३ करोड ३३ लाख १० हजार ८६७ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, रिलायन्स स्मिनिंग मिल्स, सुपर खुदी हाइड्रो र रिज इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको ९.९९ र भुजुङ हाइड्रोको शेयर ९.९८ प्रतिशतले बढेको छ । 

त्यस्तै आज सबैभन्दा बढी युनिक नेपाल लघुवित्तको शेयर ६.१७ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिढी हाइड्रोको ७१ करोड ११ लाख बराबरको कारोबार भएको छ भने एनगाडी ग्रुपको शेयर ५२ करोड २८ लाख बराबरको कारोबार भएको छ ।

Read More

ओलीको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ ।

ओलीको तर्फबाट उनकी श्रीमती राधिका शाक्यले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् ।

रिट अध्ययनको क्रममा रहेको र दर्ता हुन बाँकी रहेको सर्वोच्च प्रशासनले बताएको छ ।

शाक्यले रिटमा कानुन विपरीत आफ्ना श्रीमान ओलीलाई प्रहरी हिरासतमा राखेको भन्दै तत्काल रिहाइको माग गरेकी छन् । 

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सरकारले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका ओली उपचारका लागि टिचिङ अस्पतालमा छन् भने लेखक प्रहरी हिरासतमा छन् । 

Read More

प्रचण्ड बने नेकपाको संसदीय दलको नेता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।

नेकपाको आइतबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको बैठकले प्रचण्डलाई नेता चयन गरेको हो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्ड रुकुम पूर्वबाट विजयी भएका थिए ।

यस निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट गरेर कुल १७ सिट जितेको छ ।

Read More

ओली र लेखकको म्याद थपको निवेदनमा बहस सकियो

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा र काँग्रेस नेता रमेश लेखकको म्याद थपको निवेदनमाथिको बहस सकिएको छ । 

जिल्ला अदालत काठमाडौँका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा म्याद थपबारेको बहस सकिएको हो ।

ओलीलाई भिडियो कन्फेरेन्सको माध्यमबाट अदालतमा उपस्थित गरिएको छ भने काँग्रेस नेता लेखक उपस्थित रहेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न समय माग गरेको छ । 

शनिबार पक्राउ परेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओली स्वास्थ्य अवस्थाका कारण भौतिकरूपमा अदालतमा उपस्थित नसक्ने भएपछि भर्चुअल रुपमा उपस्थित गराइने भएको हो ।

Read More

एमालेले जिल्ला प्रशासनमा बुझायो विरोध पत्र

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहाइको माग गर्दै एमालेले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

एमालेको सचिवालय बैठकले शनिबार ७७ वटै जिल्लामा विरोध पत्र बुझाउने निर्णय अनुसार आज काठमाडौँसहित सबै जिल्लामा विरोध पत्र बुझाइएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्दे ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ ।

दुवैलाई आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ भने म्याद थप हुने नहुने निर्णय आउनेक्रममा रहेको छ ।

Read More

तिब्बतको निर्वासित सरकारले दियो प्रधानमन्त्री बालेनलाई बधाई

काठमाडौँ । तिब्बतको निर्वासित प्रशासनका प्रमुख सिक्योंग पेनपा छेरिङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । धर्मशालाबाट पठाएको बधाई सन्देशमा उनले शाहलाई सन्देश पठाउँदै सफल कार्यकालको कामना गरेका हुन् ।

उनले पछिल्लो युवापुस्ताले नेतृत्व गरेको आन्दोलनपछि सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्नु नेपाली जनताको आकांक्षाको प्रतीक भएको उल्लेख गरेका छन् । बधाई सन्देशमा विशेषगरी युवापुस्ताको चाहना र विश्वासलाई यसले प्रतिनिधित्व गरेको उनको भनाइ छ ।

सन्देशमा नेपाल र तिब्बतबीचको ऐतिहासिक तथा आध्यात्मिक सम्बन्ध लामो समयदेखि कायम रहेको उल्लेख गरिएको छ । तिब्बतमा भएको कब्जापछि नेपालमा शरण लिएका तिब्बती समुदायले यहाँको सामाजिक र आर्थिक क्षेत्रमा योगदान दिँदै आफ्नो पहिचान जोगाइरहेको पनि उनले बताएका छन् ।

त्यसका लागि नेपाल सरकार र नेपाली जनताको उदारताप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा दुवै पक्षबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

उनले सन्देशको अन्त्यमा प्रधानमन्त्री शाहको नेतृत्वमा नेपालले प्रगति, समृद्धि र सकारात्मक परिवर्तनतर्फ अघि बढ्ने आशा व्यक्त गरेका छन् ।

तिब्बतको निर्वासित सरकारले यसअघि सुशिला कार्की प्रधानमन्त्री हुदा समेत बधाई तथा शुभकामना दिएको थियो ।

Read More

फिल्म ‘पाँच पाण्डव’ मा प्रशान्त ताम्राकार र इभा गिरीको प्रवेश

काठमाडौं । ठूलो लगानी र नाम चलेका कलाकारहरूको जमघटका कारण चर्चामा रहेको फिल्म ‘पाँच पाण्डव’ को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ । छायांकन सुरु भएको दुई साता बितिसक्दा निर्माण पक्षले चलचित्रको कलाकार टोलीमा थप दुई पात्रहरूलाई भित्र्याएको छ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरीको प्रवेश भएको हो । छायांकनको १४ औं दिनमा उनीहरू सेटमा जोडिएसँगै चलचित्रको क्यानभास अझ फराकिलो बनेको निर्देशक वसन्त निरौलाले जानकारी दिए ।

गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन थालिएको यस फिल्ममा नेपाली सिने जगत्का दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरूको समिश्रण छ ।

फिल्मका मुख्य ‘पाँच पाण्डव’ को भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) रहेका छन् । यी पाँच पात्रहरूलाई केन्द्रमा राखेर बुनिएको कथामा महिला मुख्य पात्रका रूपमा दीपाश्री निरौला र जनी गुरुङ देखिनेछन् ।

फिल्मको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै पौराणिक वा धार्मिक कथा नभई पूर्ण रूपमा ‘सोसल ड्रामा’ (सामाजिक कथा) भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन् । फिल्मले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार फिल्मलाई भव्य बनाउन बजेटमा कुनै पनि कम्प्रमाइज गरिएको छैन । नवीनले यसअघि गतवर्ष फिल्म ‘लाज शरणम्’ निर्माण गरेका थिए ।

फिल्मको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन् । ४० दिनको छायांकन तालिका तय गरिएको यस फिल्मको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिनेछ । झापाको सेड्युल सकिएपछि टोलीले अन्य स्थानको लागि यात्रा तय गर्ने निर्देशक निरौलाले बताए । कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको यो फिल्मलाई श्याम तामाङले खिच्दै छन् ।

प्राविधिक रूपमा पनि ‘पाँच पाण्डव’ विशेष हुने देखिएको छ । दर्शकले यो चलचित्रमा ‘फुल डल्बी एट्मस’ साउन्डको गुणस्तरीय अनुभव गर्न पाउनेछन् ।

Read More

जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरबाट पक्राउ

काठमाडौँ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-७ डाँडावारी बस्ने १९ वर्षीय अनिल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । 

अनिलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

तीन पूर्व प्रधानमन्त्रीको सम्पत्ति छानबिन शुरु

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले तीन पूर्वप्रधानमन्त्रीहरु र उनीहरुको परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान अगाडि बढाएको छ ।

उच्च प्रहरी स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण विभागको पत्र प्राप्त गरेपछि ब्यूरोले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली र उनीहरुको परिवारको सम्पत्ति छानबिनको प्रक्रिया अगाडी बढाएको हो ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित देउवा निवासमा ठुलो मात्रामा पैसा भेटिएको थियो । सो रकम भेटिएको विषयमा विभागले यस अघि नै अनुसन्धान गरिरहेको थियो ।   

सम्पत्ति शुद्धीकरण विभागले पत्र पठाएकै आधारमा काँग्रेस नेता तथा पूर्व मन्त्री दिपक खड्का आइतबार बिहान पक्राउ परेका थिए । खड्काको बुढानिलकण्ठस्थित घरबाट पनि भदौ २४ गते ठुलो मात्रामा रकम जलेको भेटिएको थियो ।

Read More

रुसले अप्रिलदेखि तीन महिना पेट्रोल बेच्न बन्द गर्ने

काठमाडौँ । रूसले आगामी अप्रिल १ देखि जुलाई ३१ सम्म पेट्रोल निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले ऊर्जा मन्त्रालयलाई यससम्बन्धी प्रस्ताव तयार पार्न निर्देशन दिएका हुन् । रूसले आन्तरिक आपूर्ति कायम राख्न र मूल्य नियन्त्रण गर्न यस्तो कदम चालिएको जनाएको छ ।

नोभाकका अनुसार मध्यपूर्वमा जारी इजरायल-इरान द्वन्द्वका कारण विश्व बजारमा तेल तथा पेट्रोलियम उत्पादनमा अस्थिरता बढेको छ, जसले मूल्यमा उतारचढाव ल्याएको छ ।

रूसले दैनिक करिब १ लाख २० हजारदेखि १ लाख ७० हजार ब्यारेलसम्म पेट्रोल निर्यात गर्दै आएको छ । निर्यात रोकिँदा चीन, टर्की, ब्राजिल, अफ्रिका र सिंगापुरजस्ता देशमा असर पर्ने अनुमान गरिएको छ । यी देशहरू रूसी पेट्रोलियम उत्पादनका मुख्य खरिदकर्ता हुन् ।

भारतमा भने यसको प्रत्यक्ष प्रभाव कम पर्ने बताइएको छ । किनकि भारतले तयार पेट्रोलभन्दा कच्चा तेल बढी खरिद गर्छ । कच्चा तेल प्रशोधन गरेर नै पेट्रोल र डिजेल उत्पादन गरिन्छ । भारतले आफ्नो आवश्यकताको करिब ८० प्रतिशत कच्चा तेल आयात गर्ने गरेको छ, जसमा करिब २० प्रतिशत रूसबाट आउने गरेको छ ।

भारतले पेट्रोलजस्ता तयार इन्धन कम मात्रामा आयात गर्छ । बरु आफ्नै ठूलो प्रशोधन संरचनामार्फत कच्चा तेल प्रशोधन गरी आन्तरिक आवश्यकता पूरा गर्नुका साथै निर्यात पनि गर्दै आएको छ । दैनिक करिब ५६ लाख ब्यारेल कच्चा तेल प्रशोधन गर्ने क्षमता भारतसँग रहेको छ । यद्यपि, रूसको निर्णयले विश्व आपूर्तिमा असर परेमा कच्चा तेलको मूल्य अझ बढ्न सक्ने विज्ञहरूको भनाइ छ । अहिले पनि द्वन्द्वका कारण तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि कायम रहेको छ ।

मस्कोमा शुक्रबार बसेको बैठकमा इन्धन मूल्य नियन्त्रणलाई प्राथमिकता दिइएको थियो । राष्ट्रपति भ्लादिमिर पुटिन मूल्य स्थिर राख्न चाहेको बताइएको छ । बैठकमा पर्याप्त पेट्रोल-डिजेल मौज्दात रहेको र प्रशोधन केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन भइरहेको जानकारी दिइएको थियो ।

रूसले यसअघि पनि आन्तरिक आपूर्ति सुदृढ गर्न पेट्रोल तथा डिजेल निर्यातमा प्रतिबन्ध लगाइसकेको छ। गत वर्ष युक्रेनसँगको द्वन्द्वका कारण प्रशोधन केन्द्र प्रभावित हुँदा पनि यस्तो कदम चालिएको थियो ।

उद्योगसम्बन्धी तथ्यांकअनुसार रूसले गत वर्ष करिब ५० लाख मेट्रिक टन पेट्रोल निर्यात गरेको थियो, जुन दैनिक झण्डै १ लाख १७ हजार ब्यारेल बराबर हो ।

यसैबीच इजरायल-इरान द्वन्द्वका कारण आपूर्ति श्रृंखला प्रभावित भएपछि भारतले रूसबाट ठूलो परिमाणमा कच्चा तेल खरिद गर्ने निर्णय गरेको छ । अप्रिलका लागि करिब ६ करोड ब्यारेल कच्चा तेल किन्ने सम्झौता गरिएको बताइएको छ ।

पहिले छुटमा पाइने रूसी तेल अहिले भने थप मूल्य तिरेर किन्नुपरेको छ । विभिन्न विवरणअनुसार प्रति ब्यारेल ५ देखि १५ डलरसम्म अतिरिक्त मूल्यमा खरिद भइरहेको छ । आपूर्ति कमी र माग बढेका कारण मूल्य वृद्धि भएको बताइएको छ ।

Read More