काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारको प्रवक्ता नियुक्त भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारको प्रवक्ता नियुक्त भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
काठमाडौँ । भारतका विदेश मन्त्री एस जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत खनालको सफल कार्यकालको कामना गर्दै नेपाल-भारतबीचको परम्परागत सम्बन्ध अझ सुदृढ बनाउन सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरेका छन् ।
जयशंकरले दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउँदै अघि बढ्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।
काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गर्नेक्रम जारी रहेको छ ।
प्राप्त अपडेट अनुसार फिल्मले रिलिजको ८ दिनमा ६३३.७२ करोड भारु कमाई गरेको छ । फिल्मले रिलिजको आठौ दिन विहिबार भारतभर ४६ करोड कमाई गरेसँगै ८ दिनमा ६३३.७२ करोड कमाएको हो । फिल्मले पेड रिभ्यु र रिलिजको पहिलो दिन १४० करोड, दोस्रो दिन ८१ करोड, तेस्रो दिन १०९ करोड, चौथो दिन ११३ करोड, पाँचौ दिन ६० करोड भारु कमाएको थियो । त्यस्तै छैटौं दिन ५२ करोड, सातौँ दिन ४५ करोड कमाएको थियो ।
योसँगै बलिवुडमा धुरन्धर-२ ले सबैभन्दा छिटो ३ सय करोड, ४ सय करोड, ५ सय करोड र ६ सय करोडको नयाँ किर्तिमान बनाएको छ ।
धुरन्धर- २ फिल्म ३ घण्टा ४९ मिनेटको रहेको छ । जुन बलिवुडको सबैभन्दा दोस्रो लामो फिल्म भनिएको छ । यसअघिको सबैभन्दा लामो फिल्म जेपी दत्ताको २००३ मा रिलिज भएको फिल्म एलओसी कारगिल ४ घण्टा १५ मिनेट लामो थियो ।
धुरन्धर २ मा रणवीर सिंह, अर्जुन रामपाल, संजय दत्त र आर. माधवनले अभिनय गरेका छन् । आदित्य धरले फिल्म लेखेका छन् र निर्देशन गरेका छन् । त्यस्तै फिल्मको निर्माण पनि उनले नै गरेका हुन् । यो फिल्म जियो स्टुडियोद्वारा प्रस्तुत गरिएको हो र बि ६२ स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो । धुरन्धरको पहिलो भागले ८३६ करोड कमाई गरेर बलिवुडकै अहिलेसम्मको सर्बाधिक कमाई गर्ने फिल्म बनेको थियो । फिल्मले विश्वभर लगभग १३ सय करोड भारु कमाएको थियो ।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सिंहदरबार पुगेर प्रधानमन्त्री पदको पदबहाली गरेका छन् ।
पदबहाली गरेसँगै उनले नवनियुक्त मन्त्रीहरु र उच्च कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
सोसँगै बालेन नेतृत्वको सरकारको मन्त्रिपरिषद्को पहिलो बैठक पनि अहिले सिंहदरबारमा बसिरहेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती सेवामा पार्टीको कुनै पनि प्रकारको आबद्धता वा समर्थन नरहेको स्पष्ट गरेको छ ।
पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टीले स्थापनाकालदेखि नै सार्वजनिक प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउने नीति लिएको उल्लेख गर्दै पछिल्लो समय निजामती सेवाभित्र विभिन्न समूह वा अभियान सञ्चालन गरी पार्टी र नेतृत्वको नाम जोडेर भ्रम सिर्जना गर्ने प्रयास भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
उनले हालै सम्पन्न आम निर्वाचनमा पनि निजामती सेवाको सुदृढीकरणका लागि प्रतिबद्धता व्यक्त गरिएको बुर्लाकोटीले उल्लेख गरेका छन् ।
उनले रास्वपाले यस्ता कुनै पनि समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग आफ्नो कुनै सम्बन्ध, समर्थन वा संलग्नता नरहेको स्पष्ट गरेका छन् ।
पार्टीले कर्मचारीहरूको मुख्य धर्म जनसेवा र पहिचान व्यावसायिकता हुनुपर्ने बताउँदै कुनै पनि राजनीतिक दलको प्रभावमा नपर्न आग्रह गर्दै प्रशासनलाई मेरिटोक्रेसीका आधारमा सञ्चालन गर्नुपर्ने र कर्मचारीहरू राज्य र जनताप्रति मात्र उत्तरदायी हुनुपर्नेमा जोड दिएको छ ।
रास्वपाले विगतमा जस्तै दलीय प्रभाव, डर-त्रास र शक्ति केन्द्रको आडमा काम गर्ने संस्कृतिको अन्त्य हुनुपर्ने उल्लेख गर्दै सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई तटस्थ, निष्पक्ष र जिम्मेवार भई जनसेवामा समर्पित हुन अपिल गरेको छ ।
काठमाडौँ । इरानले युद्धका क्रममा विद्यार्थी र शिक्षकसहित ठूलो जनधनको क्षति भएको जनाएको छ।
इरानको शिक्षा मन्त्रालयका अनुसार अमेरिका र इजरायलका आक्रमणमा हालसम्म २५० विद्यार्थी तथा शिक्षकको मृत्यु भएको छ । ती आक्रमणबाट सयौँ शैक्षिक तथा सांस्कृतिक संरचनामा समेत क्षति पुगेको बताइएको छ ।
सरकारी समाचार माध्यमका अनुसार ७२३ वटा शैक्षिक र सांस्कृतिक संस्थान प्रभावित भएका छन् ।
यसैबीच, इरानका उपस्वास्थ्य मन्त्री अली जाफरियनले फागुन २८ गतेदेखि सुरु भएको युद्धमा कुल मृतक संख्या बढेर १९३७ पुगेको जानकारी दिएका छन् ।
यसैबीच इरानी सेनाले मध्यपूर्व क्षेत्रमा अमेरिकी सैनिक बसेका होटलहरूलाई समेत निशाना बनाउन सकिने चेतावनी दिएको छ।
सेनाका प्रवक्ता अबोलफजल शेकारचीले सरकारी टेलिभिजनमार्फत प्रतिक्रिया दिँदै अमेरिकी सैनिक बसेका स्थानलाई सैन्य लक्ष्यका रूपमा लिने र आवश्यक परे त्यहीँ आक्रमण गर्ने बताएका छन्।
काठमाडौँ । मुस्ताङ एयरको हेलिकप्टर रसुवाको लाङटाङ क्षेत्रमा सम्पर्कविहीन भएको छ ।
हेलिकप्टर दिउसो साढे १ बजेदेखि सम्पर्क विहिन भएको र खोजी कार्य जारी रहेको नागरिक उड्डयन प्राधिकरण र सुरक्षा निकायले जानकारी दिएका छन् ।
हेलिकप्टरमा पाइलटसहित ५ जना सवार रहेको बताइएको छ ।
काठमाडौं । मधेश प्रदेशले जारी पीएम कप अन्तर्गत लुम्बिनी प्रदेशलाई २५ रनले पराजित गरेको छ । शुक्रबार जनकपुरमा सम्पन्न खेलमा मधेशले दिएको १२५ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश २६ ओभरमा अल आउट हुदै केवल ९९ रन बनाएको थियो ।
लुम्बिनीका लागि सुमित श्रेष्ठले सर्बाधिक ३० रन बनाएका थिए भने संदेश थापाले १६ रन बनाएका थिए । त्यस्तै मधेश प्रदेशका बलर बिशाल पटेलले ५ विकेट लिए भने प्रदिप पासवानले २ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मधेश प्रदेशले ३८.१ ओभरमा अल आउट हुदै १२४ रन बनाएको थियो । मधेशका लागि मयन यादवले ३१ र आदील आलमले २३ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर संदेश थापा र सन्तोष यादवले ३-३ तथा अजय चौहानले २ विकेट लिएका थिए ।
त्यसैगरी आजै सम्पन्न अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । कोशी प्रदेशले दिएको १३१ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १९.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको कोशी प्रदेशले ४३.४ ओभरमा अल आउट हुदै १३० रन बनाएको थियो ।
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपतिबाट सपथ ग्रहरण गरेलगत्तै दिउँसो मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्ले तनहुँ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै तीन निर्णय गरेका छन् ।
अर्थमन्त्री वाग्लेले गरेका निर्णयहरु:
१. चैत्र १२, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने ।
२. उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने ।
३. निजी उद्यम-व्यवसाय सुरक्षा एवं प्रवद्र्धन र ठुला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दैं वृहत आर्थिक- कानूनी सुधारको मार्गचित्र बनाउने ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएका छन् ।
ओलीले सामाजिक सञ्जालमार्फत नवनियुक्त प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् ।
बालेनको शपथ समारोहमा भने ओली अनुपस्थित रहेका थिए । ओलीले आफु पिताको निधनका कारण दुखमा रहेकोले शपथमा उपस्थित हुन नसक्ने जानकारी राष्ट्रपतिको कार्यालयलाई गराएका थिए ।