२०८३ बैशाख २५

पीएम कपमा मधेश र सुदूरपश्चिम विजयी

काठमाडौं । मधेश प्रदेशले जारी पीएम कप अन्तर्गत लुम्बिनी प्रदेशलाई २५ रनले पराजित गरेको छ ।  शुक्रबार जनकपुरमा सम्पन्न खेलमा मधेशले दिएको १२५ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश २६ ओभरमा अल आउट हुदै केवल ९९ रन बनाएको थियो ।

लुम्बिनीका लागि सुमित श्रेष्ठले सर्बाधिक ३० रन बनाएका थिए भने संदेश थापाले १६ रन बनाएका थिए । त्यस्तै मधेश प्रदेशका बलर बिशाल पटेलले ५ विकेट लिए भने प्रदिप पासवानले २ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मधेश प्रदेशले ३८.१ ओभरमा अल आउट हुदै १२४ रन बनाएको थियो । मधेशका लागि मयन यादवले ३१ र आदील आलमले २३ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर संदेश थापा र सन्तोष यादवले ३-३ तथा अजय चौहानले २ विकेट लिएका थिए ।

त्यसैगरी आजै सम्पन्न अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । कोशी प्रदेशले दिएको १३१ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १९.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको कोशी प्रदेशले ४३.४ ओभरमा अल आउट हुदै १३० रन बनाएको थियो ।

Read More

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहिलो निर्णय- राजश्व अनुसन्धान विभाग खारेज

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपतिबाट सपथ ग्रहरण गरेलगत्तै दिउँसो मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्ले तनहुँ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै तीन निर्णय गरेका छन् । 

अर्थमन्त्री वाग्लेले गरेका निर्णयहरु: 

१. चैत्र १२, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने ।

२. उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने ।

३. निजी उद्यम-व्यवसाय सुरक्षा एवं प्रवद्र्धन र ठुला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दैं वृहत आर्थिक- कानूनी सुधारको मार्गचित्र बनाउने ।

Read More

ओलीले दिए बालेनलाई बधाई

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएका छन् । 

ओलीले सामाजिक सञ्जालमार्फत नवनियुक्त प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् ।

बालेनको शपथ समारोहमा भने ओली अनुपस्थित रहेका थिए । ओलीले आफु पिताको निधनका कारण दुखमा रहेकोले शपथमा उपस्थित हुन नसक्ने जानकारी राष्ट्रपतिको कार्यालयलाई गराएका थिए ।

Read More

कानुनमन्त्री सोविता गौतमबाट पदबहाली

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदबहाली गरेकी छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पदबहाली गरेकी हुन् ।

पदबहाली पछि कुरा गर्दै गौतमले मन्त्रालयबाट सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउने बताएकी छन् ।

Read More

बालेनलाई बधाई दिदै गगन थापाले भने- समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सहयोग गर्छौं

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले बालेन शाहलाई बधाई दिदै देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सामाजिक सञ्जाल मार्फत सभापति थापाले शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूलाई बधाई दिदै देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने उल्लेख गरेका छन् ।

Read More

३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारी पाएको भन्दै सुशिला कार्की खुशी

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशिला कार्कीले ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाएको भन्दै खुशी व्यक्त गरेकी छन् ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिदै कार्कीले ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउदा मलाई थप हर्षित बनाएको बताएकी हुन् । उनले जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस् भन्ने कामना समेत गरेकी छन् ।

Read More

भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले गरे पदबहाली

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले पदबहाली गरेका छन् ।

शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् । 

३५ बर्षिय लम्साल रुपन्देही १ बाट निर्वाचित सांसद हुन् । उनले यसअघि बालेन शाह काठमाडौँ महानगरको मेयर हुदा पूर्वाधार विज्ञको रुपमा काम गरेका थिए ।

उनले हाल काठमाडौँ विश्वविधालयबाट पीएचडी अध्ययन समेत गरिरहेका छन् ।  

Read More

देउवाले दिए बालेनलाई बधाई

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त  भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

देउवाले सामाजिक सञ्जाल मार्फत बालेनलाई बधाई दिदै आजै नियुक्त भएका सबै मन्त्रिपरिषद्का सदस्यहरुलाई पनि बधाई तथा सफलताको शुभकामना दिएका छन् ।

चुनाव अघि उपचारका लागि सिंगापुर गएका देउवा हाल हङकङमा रहेका छन् ।

Read More

बालेनलाई बधाई दिदै कुलमानले भने- आवश्यक सुझाव दिन्छौं र रचनात्मक खबरदारी गर्छौं

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिनिधि सभामा करिब दुई तिहाइ बहुमतसहित प्रधानमन्त्री बनेका शाहलाई सफल कार्यकालको कामना गर्दै घिसिङले नयाँ सरकारबाट सुशासन र विकासको अपेक्षा गरिएको बताएका छन् ।

उनले जनताको मतका आधारमा गठन भएको सरकारले संविधान र शासन प्रणालीलाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने तथा अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

यसैगरी प्रविधि, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनसँगै पूर्वाधार विकासलाई मजबुत बनाउने अपेक्षा पनि गरिएको उनको भनाइ छ ।

घिसिङले सुशासन, समृद्धि र सामाजिक न्यायसहितको देश निर्माणमा सरकार सफल होस् भन्ने कामना गर्दै आफ्नो पार्टीले सरकारलाई आवश्यक सुझाव दिने र कामकारबाहीमा रचनात्मक खबरदारी गर्ने प्रतिबद्धता जनाएका छन् ।

Read More

बालेनलाई मोदीको बधाई, मित्रता र सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त नेपाली प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन्।

सामाजिक सञ्जालमार्फत मोदीले बालेनलाई बधाई दिदै नेपाली जनताले उनको नेतृत्वमाथि विश्वास गरेको देखाएको उल्लेख गरेका छन् ।

मोदीले नेपाल-भारतबीचको मित्रता र सहकार्यलाई अझ मजबुत बनाउदै दुवै देशका जनताको हितमा मिलेर काम गर्न आफू इच्छुक रहेको उल्लेख गरेका छन् ।

Read More