२०८३ जेष्ठ २

सामाजिक सञ्जालमा नाबालिकको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा नाबालिकको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-८ दारीमबोट घर भएका २२ वर्षीय अशोक लामालाई प्रहरीले पक्राउ गरेको छ । 

पीडितको अन्तरङ्ग तस्विर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रसारण भइरहेको भन्ने उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । 

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Read More

कोलम्बियामा सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६६ पुग्यो

काठमाडौँ । कोलम्बियामा उडान भरेको केही समयपछि वायुसेना विमान दुर्घटना हुदा कम्तिमा ६६ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन् ।

वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले विमानमा ११४ सैन्य कर्मचारी र ११ जना चालक दलका सदस्य रहेको बताएका छन् । विमान अमेरिकी निर्मित सी-१३० हर्कुलस विमान थियो, जुन सेना ढुवानीको लागि प्रयोग गरिएको थियो ।

विमान पुटुमायो प्रान्तको प्योर्टो लेगुइजामो शहर नजिकै दुर्घटनाग्रस्त भएको थियो । उक्त क्षेत्रमा पठाइएका आपतकालीन उद्धारकर्ताहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन् ।

यो घटना कोलम्बियाली वायुसेनाको हालैको इतिहासमा सबैभन्दा घातक दुर्घटनाहरू मध्ये एक हो । स्थानीय समाचार मिडियाले स्थानीयहरूले घाइते सैनिकहरूलाई दुर्घटनास्थलबाट साना मोटरसाइकलमा अस्पताल लैजाँदै गरेको पनि देखाएको छ ।

सेनाले आफ्नो पोस्टमा धेरै तस्बिरहरू साझा गरेको छ र घाइतेहरूलाई विशेष उपचारको लागि लगिएको बताएको छ । 

दुर्घटनामा परेको हरक्यूलिस सी–१३० विमान विश्वकै भरपर्दो सैन्य यातायात विमानमध्ये एक मानिन्छ। यसले सैनिक, हतियार र राहत सामग्री ओसारपसार गर्नेदेखि प्राकृतिक विपद्, स्वास्थ्य आपतकाल र अन्य विशेष कार्यमा प्रयोग हुँदै आएको छ।

Read More

जापानले तेल अभावको सामना गर्न भण्डारणमा रहेको तेल बजारमा ल्याउने निर्णय

काठमाडौँ । विश्वव्यापी तनावका बीच जापानले तेल अभावको सामना गर्न भण्डारणमा रहेको तेल बजारमा ल्याउने निर्णय गरेको छ ।

जापानकी प्रधानमन्त्री साने ताकाइचीले यस महिनाको अन्त्यदेखि राष्ट्रिय तेल भण्डार प्रयोगमा ल्याइने घोषणा गरेकी छन् । उनका अनुसार मार्च २६ देखि भण्डारण गरिएको तेल बजारमा पठाइनेछ, जसले पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध हुन नदिने लक्ष्य राखिएको छ ।

उनले बढ्दो अन्तर्राष्ट्रिय तनावका बीच देशभित्र ऊर्जा आपूर्ति स्थिर राख्न यस्तो कदम चालिएको स्पष्ट पारेकी छन् ।

यसैबीच दक्षिण कोरियाका विदेशमन्त्री चो ह्यूनले इरानका विदेशमन्त्रीसँग टेलिफोन वार्ता गर्दै जारी द्वन्द्व र यसको विश्व अर्थतन्त्रमा पर्ने असरबारे चिन्ता व्यक्त गरेका छन् । 

उनले होर्मुज जलडमरुमा देखिएको तनाव कम गर्न आवश्यक कदम चाल्न इरानलाई आग्रह गर्दै त्यहाँ अड्किएका जहाज र चालक दलको सुरक्षामा ध्यान दिनुपर्ने बताएका छन्।

Read More

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका चार जनाको सकुशल उद्धार

काठमाडौँ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भ्रमणको क्रममा हराएका चार जनाको सकुशल उद्धार गरिएको छ ।

सोमबार शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भ्रमणको क्रममा हराएका ४ जनालाई निकुञ्ज सुरक्षार्थ तैनाथ चन्दननाथ गणको टोलीले गए राति ९ बजे सकुशल फेला पारी नेपाल प्रहरीलाई बुझाएको जनाएको छ ।

Read More

काँग्रेस केन्द्रीय समिति बैठकमा गगन थापाले आफ्नो धारणा राख्दै

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले आजको वैठकमा भाग लिने भएका छन् ।

आज सभापति थापाकै सभापतित्वमा बैठक बस्ने र उनले आजको बैठकमा आफुले दिएको राजीनामाको पृष्ठभूमि, पार्टीको निर्वाचनको पराजय बारे आफ्नो धारणा राख्ने बताइएको छ ।

त्यस्तै उनले पार्टीको आगामी कार्यदिशा र प्राथमिकता बारेमा पनि केन्द्रीय समिति बैठकमा बोल्ने भएका छन् ।

काँग्रेसको यस बैठकले पार्टीको नियमित महाधिवेशन बारे निर्णय लिन सक्ने समेत बताइएको छ । काँग्रेसले आगामी असोजसम्म १५औं महाधिवेशन गर्ने गरी तयारी गर्ने भएको छ ।

यसअघि शुक्रबार र आइतबार बसेको केन्द्रीय समितिको बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गरेको थियो ।

Read More

भ्रष्टाचार नियन्त्रण गर्न नसके रास्वपा पनि हराएर जान्छ- महावीर पुन

काठमाडौँ । म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले भ्रष्टाचार नियन्त्रण गर्न नसके रास्वपा पनि कालान्तरमा हराएर जाने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै सांसद पुनले  नयाँ सरकार बनेसँगै पहिलो दिनदेखि नै भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने उल्लेख गर्दै सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ र रास्वपा पनि कालान्तरमा हराएर जाने बताएका हुन् ।

उनले नियमले अवरोध गरे तत्काल नयाँ व्यवस्था बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्- ‘सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ र रास्वपा पनि कालान्तरमा हराएर जानेछ । तीन महिना भित्र जनताले सुशासनको अनुभुति गर्न सकुन । भ्रष्टाचार र कुशासन हटाउन सरकारलाई मैले पुर्ण सहयोग गर्नेछु ।’

पुनले रास्वपाको सरकारले पहिलो दिन देखि नै भ्रष्टाचारीहरुलाई नियम पुऱ्याएर कहिल्यै उठ्न नसक्ने गरि नंग्याउनु पर्ने बताएका छन् । 

Read More

सुनको मुल्य तोलामा १६ सयले घट्यो, चाँदीमा वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको १६ सयले घटेर तोलाको २ लाख ७३ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ७५ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने आज बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८०  रुपैयाँले बढेर ४५०५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४४२५ मा कारोबार भएको थियो ।    

Read More

पीएम कपमा आज दुई खेल हुदै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् ।

आज पीएम कपमा गण्डकी प्रदेश र बागमती प्रदेशबीच तल्लो मुलपानी क्रिकेट मैदानमा खेल्दैछन् भने नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच उपल्लो मूलपानी मैदानमा खेल हुदैछ ।

एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहनेछ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् । 

‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गर्ने छन् ।  पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन्  । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ । 

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।

Read More

अहिलेसम्म कुन कुन फ्रेन्चाइजीले जितेका छन् आइपिएल ?

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को १९औं संस्करण शनिबारदेखि सुरु हुदै छ । २००८ मा सुरु भएको यो प्रतियोगिता टी-२० क्रिकेटको विश्वकै ठुलो फ्रेन्चाइजी प्रतियोगिताको रुपमा स्थापित भएको छ ।  

आइपिएलको डिफेन्डिङ च्याम्पियन भने रोयल च्यालेन्जर्स बैंगलुरु । बैंगलुरुले गत बर्ष पहिलो पटक आइपिएलको उपाधि जितेको थियो । 

आइपिएलको उपाधि अहिलेसम्म चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सले सबैभन्दा बढी ५-५ पटक जितेका छन् । चेन्नईले २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो भने मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आइपिएलको उपाधि जितेको थियो ।

त्यस्तै कोलकता नाइट राइडर्सले ३ पटक आइपिएल जितेको छ । कोलकोताले २०१२, २०१४ र २०२४ मा उपाधि जितेको थियो ।

त्यस्तै गुजरात टाइटन्सले २०२२ मा, राजस्थान रोयल्सले २००८ मा, सनराईजर्स हैदरावादले २०१६ मा र डेकन चार्जरले २००९ मा गरी एक एक पटक आइपिएलको उपाधि जितेका छन् भने रोयल च्यालेन्जर्स बैंगलुरुले गत बर्ष उपाधि जितेको थियो । 

त्यस्तै नियमित आइपिएल खेलिरहेका दिल्ली क्यापिटल्स, पञ्जाव किंग्सले अहिलेसम्म आइपिएल जित्न सकेका छैनन् । त्यस्तै २ सिजन खेलेको लखनउ सुपर जाइन्ट, एक सिजन खेलको राइजिंग पुने सुपर जाइन्ट, गुजरात जाइन्टले पनि आइपिएल उपाधि जित्न असफल भएका छन् ।

Read More

मोजतबा खामेनीको मृत्यु चाहदिन- ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेतासँग मोजतबा खामेनीको मृत्यु आफूले नचाहेको बताएका छन् ।

फ्लोरिडामा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले मोजतबा जीवित छन् कि छैनन् भन्ने आफूलाई थाहा नभएको पनि उल्लेख गर्दै आफुले मोजतबाको मृत्यु नचाहेको बताएका हुन् । 

उनले इरानमा सत्तापरिवर्तन सम्भव रहेको संकेत गर्दै यस विषयमा एक विशेष व्यक्तिसँग संवाद भइरहेको बताए । ट्रम्पका अनुसार अमेरिका इरानमा नयाँ राजनीतिक व्यवस्थाका विकल्पहरूबारे काम गरिरहेको छ । उनले नयाँ नेतृत्व ल्याउने वा संयुक्त नेतृत्वको मोडल अपनाउने विकल्पबारे पनि चर्चा भइरहेको बताएका छन्।

उनले इरान वार्ताका लागि तयार रहेको दाबी गर्दै केही दिनमै सम्झौता हुन सक्ने समेत दाबी गरेका छन् । सम्भावित सहमतिअनुसार होर्मुज जलडमरु संयुक्त रूपमा सञ्चालन गर्ने र इरानको प्रशोधित युरेनियम अमेरिकाले नियन्त्रणमा लिने प्रस्तावसमेत अघि सारिएको उनले बताएका छन् ।

यद्यपि, पछि उनले आफ्नो भनाइ सच्याउँदै इरानका एक अधिकारीसँग मात्रै संवाद भइरहेको स्पष्ट पारे । उनले इरानलाई पूर्ण रूपमा ध्वस्त पार्नु क्षेत्रीय स्थायित्वका लागि उचित नहुने पनि बताए ।

यसैबीच ट्रम्पको अघिल्लो कडा अभिव्यक्तिपछि वार्तातर्फको झुकावका विभिन्न कारणहरू पनि सार्वजनिक भएका छन् । अमेरिकी सैन्य खर्चको दबाब, इरानद्वारा गरिएको आक्रमण, अन्तर्राष्ट्रिय समर्थनको कमी, ऊर्जा संकट, विश्व बजारमा असर तथा आन्तरिक राजनीतिक दबाबलाई यसको प्रमुख कारणका रूपमा हेरिएको छ ।

यसैबीच इरानले भने ट्रम्पका सबै दाबिलाई खारेज गरेको छ । इरानको विदेश मन्त्रालयले भने कुनै किसिमको वार्ता नभएको र ट्रम्पले तेलको मुल्य घटाउन झुटो बोलेको आरोप लगाएको छ ।

Read More