२०८३ बैशाख १६

करिब दुई महिनापछि तेहरानस्थित विमानस्थलबाट हवाई उडान शुरु

काठमाडौँ । इरानको राजधानी तेहरानस्थित इमाम खुमैनी अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहानदेखि अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार यस विमानस्थलबाट मध्यपूर्वका विभिन्न सहरतर्फ उडान सञ्चालनमा आएको छ । तीमध्ये साउदी अरेबियाको मदिना, ओमानको मस्कट र टर्कीको इस्तानबुल पनि रहेका छन् ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलसँग युद्ध सुरु भएपछि इरानको हवाई क्षेत्र अधिकांश रूपमा बन्द भएको थियो । त्यसयता करिब दुई महिनादेखि यात्रुवाहक उडान स्थगित रहेको थियो ।

अप्रिल ८ मा पाकिस्तानले अमेरिका र इरानबीच दुई साताको सशर्त युद्धविराममा सहमति भएको जनाएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २१ मा इरानले वार्ताका लागि प्रस्ताव नल्याएसम्म उक्त युद्धविराम अवधि थप्ने सहमति भएको बताएका थिए ।

यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीको नेतृत्वमा प्रतिनिधिमण्डल अहिले पाकिस्तानमा रहेको छ। विभिन्न प्रतिवेदनमा अमेरिकी प्रतिनिधिमण्डल पनि पाकिस्तानतर्फ प्रस्थान गरेको उल्लेख गरिएको छ ।

Read More

सुकुम्बासी बस्ति खालि गराउने अभियान: ६८ परिवारको लगत संकलन

काठमाडौँ । काठमाडौँका नदी किनारामा सार्वजनिक तथा सरकारी पर्ती जग्गामा अनधिकृत संरचना बनाएर राखिएका वस्ती खाली गराउने क्रममा वागमती नदी खण्डको थापाथली क्षेत्रको वस्ती खाली गराइ सकिएको छ । यस्ता अनधिकृत वस्ती खाली गराउन विहीबारदेखि माइकिङ गरेर सूचित गरिएको थियो । 

जारी गरिएको सूचनाको पालना गर्दै शुक्रबार केही परिवारले घर टहरा खाली गराएको र यो क्रम शनिवार विहानसम्म पनि जारी रहेकोले विहान ६ बजेदेखि घरटहरा भत्काउने कार्यक्रम पछि सारेर आफैँ खाली गर्ने अवसर प्रदान गरिएको थियो । शनिबार बिहान करिब ८ बजेबाट संरचना हटाउन थालिएको थियो । थापाथलीका संरचना खाली गरिसकेपछि मध्यान्नपछि गैरीगाउँका संरचना हटाउन थालिएको थियो । 

यस क्रममा घरबारविहीन तथा भूमिहीन व्यक्तिहरुलाई दशरथ रंगशालामा ल्याएर तथ्याङ्क संकलन भइरहेको छ । आज साँझ ६:१५ बजेसम्ममा ६८ परिवारको लगत संकलन भइसकेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । उनीहरुमध्ये ३४ परिवार १४१ लाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा पठाइएको छ । लगत संकलनसँगै १८ जनालाई आधारभूत स्वास्थ्य सेवासमेत प्रदान गरिएको छ र यो क्रम जारी रहेको छ ।

अब भोलि मनोहरासहित अन्य क्षेत्रका अव्यस्थित बस्तीहरु खाली गराउने क्रम जारी रहने महानगरले जनाएको छ । मनोहरा क्षेत्रमा ८० प्रतिशत भन्दा बढीले आफै बस्ति छोडेर गएको प्रहरीले जानकारी दिएको छ ।

Read More

सार्वजनिक जग्गाका बस्ती खाली गराउने कार्य जारी, सुकुम्बासीको पहिचान भोलिदेखि

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्तीहरू खाली गराउने कार्य जारी राखेको छ ।

 यस क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती खाली गरिएको छ भने वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरमा बस्ती खाली गर्ने क्रम जारी छ । 

यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्धचोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका अनधिकृत बस्तीहरू खाली गर्ने तयारी भएको छ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी छन् ।

तीमध्ये काठमाडौं महानगरभित्र २ हजार २४५ घरधुरी छन् भने कागेश्वरी नगरपालिकामा ९०, बुढानीलकण्ठमा १५६, ललितपुर महानगरभित्र १७ र भक्तपुर नगरपालिकामा ७७३ अव्यवस्थित बसोबासी छन । 

तीन वर्ष अन्तरालमा केही घर थपिएका हुन सक्छन् । यस आधारमा काठमाडौं उपत्यकामा झन्डै चार हजार अव्यवस्थित बसोबासी रहेको अनुमान छ ।

बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीहरूले सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका छन्। यी क्षेत्रमा बसोबास गरिरहेकाहरूले पनि सरकारको यस कदममा सहयोग गरेपछि थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको छ।

 हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ । सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्‍याएर उनीहरूको विवरण सङ्कलन गरी काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी छ।  हाललाई घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा भिन्दाभिन्दै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको छ ।

अब होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु गरिनेछ । वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित सरकारी अपार्टमेन्टमा राखिने र त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिने सरकारको तयारी रहेको छ ।

Read More

बीपी राजमार्गको आवागमन पूर्ण रूपमा बन्द

काठमाडौँ । प्रतिकूल मौसमका कारण बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा अत्यधिक वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै तत्कालका लागि राजमार्ग बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रहरीका अनुसार लगातारको वर्षाले सडकमा पहिरो, ढुंगा खस्ने तथा अन्य अवरोधको जोखिम बढेकाले यात्रु र सवारी साधनको सुरक्षाका लागि यो निर्णय गरिएको हो ।

मौसममा सुधार आएपछि र सडकमार्ग सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना जारी गर्दै बाटो सञ्चालनबारे जानकारी गराइने प्रहरीले जनाएको छ । थप जानकारी लिनुपर्ने भएमा १०० र १०३ नम्बरमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

Read More

मनोहरा क्षेत्रका करिव ८० प्रतिशतले आफैँ बस्ती छोडे

काठमाडौँ ।  भक्तपुरको मनोहरा क्षेत्रको नदी किनारामा संरचना बनाएर बस्नेमध्ये करिब ८० प्रतिशत बासिन्दाले आफ्नो सामानसहित बस्ती छोडेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार  ८० प्रतिशतले आफै छोडेर हिडेको र बाँकी रहेका परिवारले पनि आफ्ना सामान ओसार्ने कार्य जारी राखेका छन् ।

यो बस्तीमा ७७७ घरटहरामा करिब एक हजार ६०० भन्दा बढी मानिस बसोबास गर्दै आएका थिए ।

Read More

सुकुम्बासी बस्तीका ८९ जनालाई किर्तिपुरस्थित सुन्दरीघाट राधास्वामी सत्संग आश्रम लगियो

काठमाडौँ  । थापाथली र गौरीघाटस्थित अव्यवस्थित बस्ती खाली गरिएको छ ।

बस्ती खाली गराउँदा २७ परिवारका ८९ जनालाई किर्तिपुरस्थित सुन्दरीघाट राधास्वामी सत्संग आश्रम लगिएको छ । अव्यवस्थित  वस्तीहरुबाट भूमिहीन र घरवारविहीन भन्ने व्यक्तिहरुलाई दशरथ रंगशाला ल्याएर स्क्रीनिङ्ग कार्य जारी रहेको काठमाडौँ महानगरले जानकारी दिएको छ । 

वस्तीका टहरा हटाउनु अघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारी साधन तथा व्यवस्थापकीय सहयोग गरेका थिए ।

Read More

हर्कको बालेनलाई सुझाव- पुरानो जुङ्गाको फाइट छोडेर विकासमा लाग्नु !

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई पुरानो जुङ्गाको लडाई छोड्न सुझाव दिएका छन् ।

सरकारले काठमाडौँ उपत्यकाका नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाउन शुरु गरेपछि साम्पाङले प्रधानमन्त्री बालेनलाई पुरानो जुङ्गाको फाइट छोड्न आग्रह गरेका हुन् । 

उनले जग्गा जमीन तेरो न मेरो कसैको हुँदैन भन्दै पुरानो जुङ्गाको फाइट छोडेर विकासमा लाग्न आग्रह गरेका हुन् । 

उनले भनेका छन्:  

बालेन जी… तपाइँलाई मेरो सुझाव “जनतालाई धेरै दु:ख नदिनु ! जग्गा जमीन तेरो न मेरो कसैको हुँदैन ! सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा बिलय हुनु पर्छ ! सत्य यही एउटा माटो हो ! त्यसैले चुनाव चिन्ह पनि माटो नै लिएर आएको म त ! बिकासमा लाग्नु ! पुरानो जुङ्गाको फाइट छोड्नु ! आजको मितिमा तपाईकै जुङ्गा लामो छ ! छोड्दिनु भो !”  

Read More

आइपिएलमा आज दुई खेल हुदै

काठमाडौँ । जारी आइपिएलमा आज दुई खेल हुदैछन् । आज पहिलो खेल दिल्ली क्यापिटल्स र पञ्जाव किंग्सबीच हुदैछ ।

दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३:४५ बजेदेखि शुरु हुदैछ ।

जारी आइपिएलमा दिल्लीले अहिलेसम्म ६ खेल खेलेको छ । जसमा ३ जित र ३ हार बेहोरेको छ । त्यस्तै पञ्जाव किंग्स भने अहिलेसम्म अपराजित रहेको एक मात्र टिम हो । अहिलेसम्म खेलेका ६ खेलमा ५ खेल जितेको छ भने एक खेल बर्षाले रद्ध भएको थियो ।

त्यस्तै आज दोस्रो खेल राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच हुदैछ । जयपुरमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।

जारी आइपिएलमा राजस्थानले अहिलेसम्म ७ खेलमा ५ जित र २ हार बेहोरेको छ र हाल १० अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै सनराइजर्सले ७ खेलमा ४ जित र ३ हार बेहोरेको छ र ८ अंकसहित चौथो स्थानमा रहेको छ ।

Read More

के स्मार्टफोन कम्पनीहरुले फोन योजनाबद्ध रूपमै छिटो बिग्रिने बनाउने गरेका हुन् ?

काठमाडौँ । स्मार्टफोन कम्पनीहरूले जानाजानी फोन छिट्टै कमजोर बनाउने गरेको आशंकाबीच युरोपेली संघले यस विषयमा कडाइ थालेको छ ।

नयाँ फोन सुरुमा निकै छिटो चल्ने भए पनि केही समयपछि ब्याट्री छिट्टै सकिने, कार्यक्षमता घट्ने र मर्मत महँगो हुने समस्या बढ्दै गएको भन्दै यसलाई योजनाबद्ध रूपमा पुरानो बनाउने’ रणनीति मानिएको छ ।

युरोपेली संघका नीति निर्माताहरूका अनुसार धेरै कम्पनीहरूले उपकरणलाई यस्तो ढंगले डिजाइन गर्छन्, जसले केही वर्षपछि प्रयोग गर्न असहज बनाउछ। फोन पूर्ण रूपमा बिग्रिँदैन, तर ब्याट्री क्षमता घट्ने, सफ्टवेयर अद्यावधिक बन्द हुने र पार्टपुर्जा नपाइने कारण प्रयोगकर्ता नयाँ फोन किन्न बाध्य हुने अवस्था सिर्जना हुन्छ।

तथ्यांकअनुसार अधिकांश मानिसले २ देखि ३ वर्षभित्र स्मार्टफोन परिवर्तन गर्ने गरेका छन् । यसमा ब्याट्रीको अवस्था, कार्यक्षमता र मर्मत खर्च मुख्य कारण मानिएको छ ।

सन् २०१७ मा पुराना आइफोनको गति घटाइएको विषय सार्वजनिक भएपछि यो बहस अझ चर्किएको थियो। कम्पनीले ब्याट्री कमजोर हुँदा फोन अचानक बन्द हुन नदिन यस्तो गरिएको बताएको भए पनि यसले ब्याट्रीको अवस्थाले फोनको अनुभवमा सीधा असर पर्ने देखाएको थियो ।

पहिले फोनमा ब्याट्री सजिलै फेर्न सकिने भए पनि अहिले अधिकांश स्मार्टफोन बन्द संरचनामा आउने गरेका छन् । यसले फोन पातलो, पानी नछिर्ने र आकर्षक बनाएको भए पनि मर्मत कठिन र महँगो बनाएको छ ।

प्रयोगकर्ता कम्पनीकै सेवा प्रणालीमा निर्भर हुनुपर्ने अवस्था बढेको छ । युरोपेली संघले अब यस्ता उपकरणलाई बढी टिकाउ, सजिलै मर्मत गर्न सकिने र लामो समयसम्म प्रयोग गर्न मिल्ने बनाउने नियम ल्याउने तयारी गरेको छ। नयाँ व्यवस्थाअनुसार ब्याट्री लामो समय टिक्नुपर्ने, स्पेयर पार्ट्स लामो समयसम्म उपलब्ध हुनुपर्ने र सफ्टवेयर सहयोग पनि बढाइनेछ ।

साथै, तेस्रो पक्षबाट मर्मत गर्ने प्राविधिकलाई पनि आवश्यक उपकरण र जानकारी उपलब्ध गराइनेछ । यसले प्रयोगकर्तालाई बारम्बार नयाँ फोन किन्नुपर्ने बाध्यता घटाउने अपेक्षा गरिएको छ ।

Read More

रोहित शर्मासँग पूर्व मुख्य छनोटकर्ताले किन मागे माफी ?

काठमाडौँ । सन् १९८३ पछि भारतले सन् २०११ मा दोस्रो पटक एकदिवसीय विश्वकप उपाधि जित्दा टोलीमा रोहित शर्मा समावेश नगरेकोमा भारतीय क्रिकेट बोर्डका पूर्व मुख्य छनोटकर्ता कृष्णामाचारी श्रीकान्तले माफी मागेका छन्

श्रीकान्तले अयाज मेमनको क्रिकेटसम्बन्धि पोडकाष्टमा कुरा गर्दै त्यति बेला टोली छनोट गर्दा बलिङ गर्न सक्ने ब्याट्सम्यानलाई प्राथमिकता दिइएले रोहित छुटेको प्रतिक्रिया दिएका छन् । उनका अनुसार सन् १९८३ को शैलीअनुसार सबै खेलाडीले बहुआयामिक भूमिका खेल्न सक्ने रणनीति अपनाइएको थियो ।

श्रीकान्तले रोहितलाई टोलीमा नराखिएकोमा आफूलाई अहिले पनि दुःख लाग्ने भन्दै पछिल्लो समय व्यक्तिगत रूपमा माफी समेत मागेको खुलाएका छन् । उनले पछिल्लो बर्ष रोहितसँग माफी मागेको खुलाएका हुन् । साथै त्यो निर्णय जानाजानी नभई रणनीतिक सोचका कारण भएको पनि उनले स्पष्ट गरेका छन् ।

त्यतिबेला महेंद्र सिंह धोनीको कप्तानीमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा श्रीलंकालाई हराएर २८ वर्षपछि उपाधि जितेको थियो । प्रतियोगितामा युवराज सिंहले ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन गर्दै ‘प्रतियोगिताकै उत्कृष्ट खेलाडी’ बनेका थिए । टोलीमा वीरेन्द्र सहवाग, सचिन तेन्दुलकर, सुरेश रैना र युसुफ पठानजस्ता आंशिक बलिङ गर्न सक्ने खेलाडी रहेकाले विशेषज्ञ ब्याट्सम्यानका रूपमा रोहितलाई स्थान दिन नसकिएको उनले बताएका छन् ।

यद्यपि श्रीकान्तले रोहित त्यतिबेला टोलीमा पर्ने योग्य खेलाडी रहेको स्वीकार गरेका छन् । रोहितले पनि २०११ को विश्वकप नखेल्नुपरेकोमा पटक-पटक दुःख व्यक्त गर्दै आएका छन् । उनले पछि सन् २००७ र २०२४ को टी–२० विश्वकप तथा च्याम्पियन्स ट्रफीका संस्करणहरू जिते पनि रोहितले अहिलेसम्म एकदिवसीय विश्वकप भने जितेका छैनन् । रोहितको कप्तानीमा भारत २०२३ को विश्वकपमा फाइनलमा पुगेपनि अस्ट्रेलियासँग पराजित हुन पुगेको थियो । 

Read More