२०८३ बैशाख १६

विल गेट्स र वारेन बफेट दान गर्ने अरबपतिमा सबैभन्दा अगाडी

काठमाडौँ । फोर्ब्सले विश्वका सबैभन्दा धनी व्यक्तिहरूको बारेमा नयाँ दृष्टिकोण जारी गरेको छ ।

अर्बपतिहरूको सूचीलाई उनीहरूको दानलाई ध्यानमा राखेर पुन: गणना गरिएको छ । यसको उद्देश्य संसारका सबैभन्दा उदार अर्बपतिहरू कस्तो हुन्थे भनेर बुझ्नु हो यदि उनीहरूले कहिल्यै दान नगरेको भए कति सम्पत्ति हुन्थ्यो भन्ने जान्नु रहेको जनाएको छ ।

यसको जवाफ दिन, फोर्ब्सले ‘रियल नेट वर्थ; श्रेणीकरण सिर्जना गर्‍यो । यसले  अर्बपतिहरूले उनीहरूले दान गरेको शेयर राख्नेछन्, र नगद दान बजार दरमा लगानी गरिनेछ।

एलन मस्क दुबै फोर्ब्स सूचीमा शीर्ष स्थानमा छन् । यद्यपि, उनले वास्तवमा आफ्नो सम्पत्तिको सानो भाग मात्र दान गरेका छन्, लगभग ०.०६ प्रतिशत मात्र । बिल गेट्सले माइक्रोसफ्टको लगभग ७३१ मिलियन शेयर दान गरेका छन् । यदि उनले यी शेयरहरू राखेका भए, उनको सम्पत्ति लगभग चार गुणा बढी हुने थियो, जसले गर्दा उनी हाल १९औं को सट्टा विश्वको दोस्रो धनी व्यक्ति बन्ने थिए ।

त्यस्तै, वारेन बफेट ९ औंबाट तेस्रो स्थानमा पुग्ने थिए । उनले दान गरेका शेयरहरूको मूल्य २००६ देखि लगभग ७०० प्रतिशतले बढेको छ । उनले धेरै जसो बर्कशायर हाथवेका शेयर दान गरेका छन् ।

म्याककिन्से स्कट ५८ स्थान माथि चढेर २६ औँ स्थानमा पुग्ने थिए । उनका पूर्व पति जेफ बेजोस शीर्ष पाँचबाट बाहिरिने थिए ।

Read More

लघुकथा: रिटायर

ईश्वर पोखरेल
एक समयकी नम्बर एक नायिका हो– रञ्जना । ऊ सुन्दर पनि उस्तै; उसको अभिनय पनि उस्तै बेजोड । सुटिङ् स्थलमा रञ्जनाका लागि हरबखत तयारीका अवस्थामा रहन्थे– मेकअपमेनहरू । मानौ, उनीहरूको चिन्ता सधैं रञ्जनाको मेकअपसंग रहन्छ ।

कुन्नि के भएर हो; रञ्जना आफ्ना लालाबालासहित शहरको मध्यम स्तरको होटलमा बस्न आएकी रहिछे– हिजो ।

अनेकन् अनुनय विनय गर्दा पनि सरकारिया गेस्ट रुममा बस्न नपाएपछि त्यही होटलमा बस्न आउनु भएको थियो– पूर्व सिडियो सा’ब हेमलाल पनि ।

बिहान रेस्टुरेन्टमा हेमलाललाई एउटा अनुहार चिनेचिने जस्तो लाग्यो । गहिरिएर हेर्दा स्पष्ट भयो– रञ्जना रहिछे । हेमलालले मनमनै भन्नु भो’– “छ्या, मेकअप नहुँदा त यस्ती पो रहिछे!”

रिटायर हुनुअघि हेमलालको तामझाम नै बेग्लै । दबदबा पनि । मोटर, सुरक्षा, शक्ति के थिएन र! आदेश दिए पुग्थ्यो; आदेश उचित थियो कि अनुचित भन्ने कुरा आदेश फत्ते भएपछि मात्र सोचिन्थ्यो ।

पूर्व सिडियो हेमलालले मनमनै फेरि भन्नु भो’– ‘रञ्जना, मेकअप नहुँदा तिमी बेग्लै; पदमा नहुँदा म पनि बेग्लै ।… तिमीलाई मैले चिनें; हेर न, रिटायर भएको भोलिपल्ट मलाई त पालेले पनि चिन्न इन्कार गरिदियो ।‘

Read More

थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा चलन थाल्यो डोजर

काठमाडौँ । थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि डोजर चलाइएको छ ।

यस अघि नै बस्ती हटाउने तयारीसँगै कडा सुरक्षा व्यवस्थाका बीच डोजरले घर तथा टहरा भत्काउन शुरु गरेको हो । 

सरकारले आजदेखि सुकुम्बासी बस्ती खाली गराउने यस अघि नै सूचना दिएको थियो भने कैयौं परिवार शुक्रबारनै सो स्थान छोडेर गएका थिए । शनिबार बिहानसम्म पनि धेरै सुकुम्बासी परिवारहरू आफ्ना सामान निकाल्ने क्रममा नै रहेका छन् । केहीले शुक्रबार नै सामान अन्यत्र सारे पनि तत्काल बस्ने ठाउँ नपाएकोले बस्तीमै रहेको बताएका छन् ।

सरकारले बस्ती खाली गराएर सामानको ढुवानी, अशक्त, अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरी, वृद्ध(वृद्धा र दीर्घरोगीहरूलाई प्राथमिकता दिई उद्धार गरी सुरक्षित तवरबाट तोकिएको पहिलो आश्रयस्थलसम्म वा आवश्यकतानुसार अस्पतालसम्म पुर्‍याउने व्यवस्था मिलाएको बताएको छ । यस कार्यका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक एम्बुलेन्स, मेडिकल टिमसमेतको व्यवस्था गर्ने र सामान ढुवानीका लागि आवश्यक पर्ने सवारी साधन र मानिसहरूलाई सुरक्षित स्थलसम्म लिएर जानका लागि आवश्यक पर्ने सवारी साधनको समेत बन्दोबस्त गृह मन्त्रालयको समन्वयमा गर्ने बताएको छ ।

त्यस्तै बस्तीहरूबाट मानिसहरूलाई पहिलो आश्रयस्थलमा ‌ओसारपसार गरेपछि उक्त स्थलमा खाना, खाजा, पानीको व्यवस्था काठमाडौं महानगरपालिकाले गर्ने र मेडिकल टिमसहितको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने निर्णय सरकारले गरेको बताएको छ ।

Read More

आइसीसी डिभिजन लिग- २ सिरिज: आज नेपाल र युएई आमने सामने

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आजदेखि नेपाल, युएई र ओमानबीचको सिरिज शुरु हुदैछ ।

सिरिजको पहिलो खेल नेपाल र युएईबीच हुदैछ । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साँढे ९ बजदेखि शुरु हुदैछ ।

यो सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र कारण केसी रहेका छन् ।

आज देखि मे ५ सम्म हुने यस सिरिजमा तिनै देशले एक अर्काविरुद्ध २-२ खेल खेल्ने तालिका रहेको छ । जस अनुसार आज नेपाल र युएई खेल्दैछन् भने अप्रिल २७ मा ओमान र युएई, अप्रिल २९ मा नेपाल र ओमान, मे १ मा नेपाल र युएई, मे ३ मा ओमान र युएई तथा मे ५ मा नेपाल र ओमान खेल्ने तालिका रहेको छ ।

हाल अंक तालिकामा नेपाल २० खेलमा ५ जित, १३ हार र २ खेलको नतिजा नआउदा १२ अंकसहित सातौं स्थानमा रहेको छ । त्यस्तै युएई २० खेलमै ५ जित र १५ हारसहित १० अंक हासिल गरेर पुछारमा रहेको छ । त्यसैगरी ओमानको २४ खेलमा २९ अंक रहेको छ । ओमानले २४ खेलमा १३ जित, ८ हार र ३ खेलको नतिजा नआउदा अंक बाडेको छ ।

Read More

विश्व औलो दिवस आज मनाइदै

काठमाडौँ । विश्व औलो दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । विश्व औलो दिवस २०२६ को विषय ‘औलो अन्त्य गर्न प्रेरित: अब हामी सक्छौं । अब हामीले गर्नुपर्छ’ भन्ने रहेको छ ।

‘एनोफिलिज’ नामक लामखुट्टेको टोकाइका कारण औलो रोग फैलिने गर्छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहोर तथा दूषित पानीमा बस्छ । विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करिब ५० हजार मानिस प्रभावित हुने गर्छन् । जसमध्ये करिब २७ प्रतिशतको मृत्यु औलो रोगकै कारण हुने गर्छ । औलो रोगका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका बालबालिका धेरै छन् ।

यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाँच वर्ष मुनिका बालबालिका रहने गरेका छन् । संसारमा पाइने औलोको परजीविमध्ये दुई परजीवि प्लाज्मोडियम फाल्सिपेरम तथा प्लाज्मोडियम भाइभेक्स जातको परजीविमात्र नेपालमा पाइन्छ । यसमध्ये प्लाज्मोडियम फाल्सिपेरम गराउने औलो रोग बढी कडा तथा खतरनाक हुन्छ ।

स्वास्थ्य संस्था र सरोकारवाला निकायले औलो निवारण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएपनि नेपालमा औलोको प्रकोप कायमै छ । औलो उन्मूलनका लागि भन्दै करोडौं रकम खर्च गरिएको छ ।

औलो रोग लाग्न नदिनु लामखुट्टेको टोकाईबाट जोगिनु नै हो । त्यसको लागि लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु नै सबैभन्दा उत्तम उपाय हो । पानी जम्ने स्थानहरू कम गर्ने, बासस्थान नष्ट गर्ने, लामखुट्टेको लार्भा नाश गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा सधैं झुल प्रयोग गर्नुपर्दछ । शरीरका खुला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउने उपयोगी स्प्रे, लिक्विड, म्याट आदि पनि प्रयोग गर्न सकिन्छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी प्रदेश लगायत देशका हिमाली भू-भागमा आंशिक बादल लागेको छ तथा बाँकी पहाडी र तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूका साथै कर्णाली र सुदुरपस्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

त्यसैगरी देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा रहेको छ । मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिएकोले विभागको पछिल्लो सूचनामा अध्यावधिक रहनुहुन तथा अवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

Read More

२०८३ बैशाख १२ गते शनिबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ बैशाख १२ गते शनिबार ईस २०२६ अप्रल २५ नेपाल सम्बत ११४६ वछलाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष नवमी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, गण्ड योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३१ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३४ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज विश्व औलो दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

दार्शनिक र धार्मिक प्रकृतिका काममा आकर्षण बढ्ने वा खट्ने दिन छ । घरबाट कुनै माङ्गलिक कर्म गर्ने सूचना आउनसक्छ, सम्पर्क गरी जानकारी बटुल्नु होला । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो । पारिवारिक जीवन र दैनिकीका दृष्टिले राम्रै दिन छ, माइतीपक्षसित भेटघाट हुने वा सम्बन्ध÷सम्पर्क बढ्ने तथा सरसहयोग लिन-दिन सकिने समय हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ, गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ । अचानक कुनै मित्रसँग भेटघाट हुने अथवा कुनै नयाँ अवसरको उपयोग गर्ने दिन हो, प्रभावशाली कुराकानीका माध्यमबाट तपाईंले आफ्नो अन्तर्वार्ता, प्रजेन्टेसन, र बैठकहरूमा अरुमाथि राम्रो छाप छोड्न सक्नुहुन्छ । अतिरिक्त आम्दानीका लागि कुनै व्यवसाय, पेसा वा नोकरीका बारेमा आकर्षण छ भने अनुभवी र जान्नेबुझ्नेको राय लिएर अघि बढ्दा जाती हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

मानसिक शान्तिको आभास हुनेछ, पार्टनरले तपाईंको भावना बुझ्नेछन्, कतै एकान्त स्थलमा बसेर भावना साटासाट गर्न र रमाउन पाइने छ । निर्णय गर्ने, न्याय गर्ने र विशेष काम गर्ने अद्भूत क्षमता देखा पर्नेछ, बोलीमा समेत विशेष प्रभाव देखिने छ । बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो, अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाती हुन्छ । मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ । खर्चको मात्रामा अचानक बृद्धि हुनसक्छ, अझ नजिकैको आफन्त वा मनमिल्ने साथीसँगको साझेदारीमा कुनै कारोबार गर्नुछ भने आज सावधानीपूर्वक कदम चाल्नु आवश्यक देखिन्छ, अन्यथा आर्थिक क्षति हुने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

अनुकूल स्थानान्तरणको योग छ, सम्बद्ध निकायमा कुरा राख्न अनुकूल समय छ । त्यस्तै बढुवा हुनुछ भने ठीक ढंगले तैयारी गर्नुहोला । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित बन्नाले काममा निष्ठाको कमी हुनेछ । सिनियर्स वा आफन्तले निराशा र वैमनस्यता प्रकट गर्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो, पार्टनरका तर्फबाट पनि कुनै खुसी हुने कुरा सुन्न पाइने छ र प्रसन्नता बढ्नेछ । जुनियर स्टाफ वा सहयोगीको साथ पाउनाले कार्यसम्पादनमा सहजता आउने छ, सामूहिक भावनाको विकास हुने तथा सम्मानित र प्रतिष्ठित बन्नसक्ने समय छ । नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

विदेश यात्रा वा छात्रवृत्तिका लागि तैयारी गरिंदै छ भने आजको प्रयासले नयाँ गति समात्ने र लाभ पाउने दिन हो । भाग्यले साथ दिने समय हो, आफ्नो प्रभावलाई अझ बलियो बनाउन आफ्ना प्रियजन र सहकर्मीहरूलाई प्रोत्साहन गर्नुपर्छ, किनकि विश्वास संसारको सबैभन्दा सुन्दर बिरुवा हो, जुन जमिनमा होइन मुटुमा उम्रन्छ । कुनै नौलो विषयको अनुभव प्राप्त हुनेछ, जसले तपाईंको कार्यशैलीमा सुधार गर्नेछ । नसुल्झिएको गुत्थी सुल्झाउन सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

व्यक्तित्व विकासको चिन्ता बढ्ने दिन छ । नयाँ सीप वा ज्ञान प्राप्तिका निमित्त अवसर मिल्नेछ, जागरूकता देखाएमा भाग्यले साथ दिने समय हो । लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । पारिवारिक वातावरण सामान्य रहने छ, घरायसी प्रबन्ध वा बन्दोबस्तीमा व्यस्त भइने छ । भावना र इच्छाहरूको कदर हुँदैन र मन अशान्त बन्नसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आयात निर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो, तर घरपरिवारको चाहनाअनुसार खर्चमा बृद्धि हुनसक्छ । हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन हो । जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने समय हो, तथापि अधिकार प्राप्ति वा भविष्यको चिन्ताले सताउन सक्छ, पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्, तापनि चुनौती चिर्दै काम बनाउन सकिने छ । निरङ्कुशता, घमण्ड र अहङ्कारलाई त्यागेर प्रगतिपथमा लम्कने समय हो, आजको कुनै एउटा राम्रो निर्णय तपाईंको सुखद अनुभवको कारक बन्नेछ । आडम्बर देखाउनु हुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ र बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सिर्जनात्मक काम गर्नुपर्छ भन्ने भावना विकसित हुने सुन्दर दिनको आगमन भएको छ । हाँके÷ताकेका काम बन्नुका साथै ज्ञानमूलक क्रियाकलापमा संलग्नता बढ्ने तथा प्रतिस्पद्र्धा वा परीक्षामा सफल भइने समय हो । ईष्र्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ । मनको कुरो साथीले बुझिदिंदा आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । कुरा काट्नेहरूको सक्रियता बढ्न सक्छ, दिमाग भारी हुनसक्छ, तथापि बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन हो । अध्ययन÷अध्यापनका दृष्टिले कमजोर समय छैन, मिहिनेतको उत्कृष्ट नतिजा मिल्नेछ, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ ।

Read More

सशस्त्र प्रहरीका ७ एसपी एसएसपीमा बढुवाका लागि सिफारिस, दीपककुमार थापा पहिलो नम्बरमा

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) का सात जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सार्वजनिक गरेको हो।

समितिले दीपककुमार थापालाई पहिलो वरीयतामा राख्दै बढुवाका लागि सिफारिस गरेको छ। त्यसैगरी अन्य सिफारिसमा परेका अधिकारीहरूमा सुधीर सुवेदी, महेश केसी, प्रकाशकुमार सुवेदी, चित्राङ्ग दाहाल, सुभाष भण्डारी र प्रदीप सिंह कार्की रहेका छन्।

गृह मन्त्रालयका सचिवको अध्यक्षतामा बस्ने बढुवा समितिले कार्यसम्पादन, वरिष्ठता तथा अन्य मापदण्डका आधारमा सिफारिस गर्ने व्यवस्था रहेको छ।

अब सिफारिस भएका अधिकारीहरूको बढुवा प्रक्रिया औपचारिक निर्णयपछि कार्यान्वयनमा आउनेछ।

Read More

सुकुम्बासी बस्ती हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी किनार तथा सार्वजनिक स्थानमा बसोबास गर्दै आएका सुकुम्बासी बस्ती खाली गराउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

गोपाल रनपहलीसहित ११ जनाले संयुक्त रूपमा दायर गरेको रिटबारे सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन्। रिटमा भूमिहीन तथा सुकुम्बासी परिवारलाई उचित पहिचान र प्रमाणीकरण नगरी तथा वैकल्पिक बसोबासको व्यवस्था नगरी जबर्जस्ती हटाउन नहुने माग गरिएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै नदी किनारका बस्ती आज साँझ ७ बजेसम्म खाली गर्न निर्देशन दिएका थिए। उक्त सूचनापछि बस्ती क्षेत्रमा अन्योल र चिन्ता बढेको छ।

रिट निवेदनमा देशभरका यस्ता बस्तीका परिवारलाई व्यवस्थित पुनर्स्थापनाको व्यवस्था नगरी कुनै पनि प्रकारको हटाउने वा विस्थापन गर्ने कार्य रोक्न अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

सर्वोच्च अदालतले अब उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै आवश्यक आदेश दिनेछ।

Read More

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण तय, कूटनीतिक तयारी तीव्र

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह निकट भविष्यमा भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारत सरकारले दिएको निम्तो उनले स्वीकार गरिसकेको स्रोतहरूले बताएका छन्।

भ्रमण निश्चित भएसँगै परराष्ट्र मन्त्रालयले आवश्यक तयारी अगाडि बढाएको छ। उच्चस्तरीय भेटघाट, द्विपक्षीय सहकार्य र आपसी हितका विषयमा केन्द्रित हुने गरी एजेन्डा निर्माण भइरहेको जनाइएको छ।

यसअघि परराष्ट्र मन्त्री शिशिर खनालले मोरिसस भ्रमणका क्रममा प्रधानमन्त्री शाहको भारत यात्रा चाँडै हुने संकेत दिएका थिए। त्यही क्रममा भारतका विदेश मन्त्री एस. जयशंकरसँग भएको भेटमा पनि सम्भावित भ्रमणबारे प्रारम्भिक छलफल भएको बताइएको छ।

भ्रमणको तयारीलाई व्यवस्थित बनाउन भारतले चाँडै नै आफ्नो परराष्ट्र सचिवलाई नेपाल पठाउने तयारी गरेको बताइएको छ। यसले भ्रमणलाई औपचारिक रूप दिन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।

Read More