२०८३ बैशाख १८
can

पुरुष क्रिकेटको नेपाल ए टिममा मा ३२ खेलाडी छनौट

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले ओमान, स्कटल्याण्ड  र अमेरिकासँग खेल्ने नेपाल ए टिमको घोषणा गरेको छ ।

अप्रिल २२ देखि मे ११ सम्म माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेलका लागि ३२ जना नेपाल ए टिमका लागि खेलाडी छनौट गरिएको हो ।

जसमा १ तृत राज दास, २ देव खनाल, ३ शङ्कर राना, ४ ईशान पाण्डे, ५ अरनिको यादव, ६ विवेक राना मगर, ७ अनिल कुमार साह, ८ अर्जुन घर्ती मगर, ९ नारायण जोशी, १० रसिद खान, ११ सन्तोष यादव, १२ हेमन्त धामी, १३ रिजन ढकाल, १४ आकाश चन्द, १५ विशाल पटेल, १६ अर्जुन साउद, १७ प्रतिष जीसी, १८ कुशल मल्ल, १९ युवराज खत्री, २० विपिन खत्री, २१ दिपेस कँडेल, २२ शेर मल्ल, २३ रुपेस सिंह, २४ सुभ कंसकार, २५ पवन सराफ, २६ सागर ढकाल, २७ दीपक प्रसाद डुम्रे, २८ साहब आलम, २९ प्रकाश जैसी, ३० सन्दीप जोरा, ३१ मयन यादव र ३२ अभिशेष गौतम रहेका छन् ।

त्यस्तै नेपाल ए को प्रमुख प्रशिक्षक राजु बस्न्यात र सहायक प्रशिक्षक: प्रकाश शर्मा रहेका छन् ।

Read More

अमेरिका र इरानबीच वार्ता कहिले हुन्छ ?

काठमाडौँ । इरान र अमेरिकाबीच वार्ता जारी रहे पनि तनावपूर्ण अवस्था कायम रहेको छ । इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले वार्ता चलिरहेको भए पनि महत्वपूर्ण विषयमा मतभेद कायम रहेकाले सहमति सजिलै नहुने बताएका छन् ।

दुवै देशबीचको युद्धविराम अप्रिल २२ मा समाप्त हुने समय नजिकिँदै गर्दा इरानले पाकिस्तानमा हुने दोस्रो चरणको वार्तामा सहभागी हुन अस्वीकार गरेको छ ।

इरानले अमेरिकामाथि अत्यधिक माग राख्ने, अव्यवहारिक सर्त अघि सार्ने, बारम्बार अडान परिवर्तन गर्ने र विरोधाभासी धारणा प्रस्तुत गर्ने आरोप लगाएको छ । साथै, गलत सूचना फैलाएको आरोप पनि लगाइएको छ ।

इरानका अनुसार अमेरिकी नौसैनिक नाकाबन्दी युद्धविराम सम्झौताविपरीत रहेको र धम्कीपूर्ण अभिव्यक्तिले अवस्था झनै बिगारिरहेको छ । यस्तो परिस्थितिमा वार्ताबाट सकारात्मक निष्कर्ष आउने सम्भावना न्यून रहेको बताइएको छ ।

यता पाकिस्तानस्थित इरानी राजदूत रजा अमीरी मोगद्दमले पनि अमेरिकाको आलोचना गरेका छन् । उनले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्दै नाकाबन्दी कायम राख्नु र युद्धको चेतावनी दिनु गलत भएको बताएका छन् ।

इस्लामाबादमा सम्भावित मध्यस्थता वार्तालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । उच्चस्तरीय बैठकअघि सुरक्षाको मूल्यांकन गर्न अमेरिकी सुरक्षा टोलीसमेत पाकिस्तान पुगेको जनाइएको छ ।

यसबीच, इरानले अमेरिकाबाट नयाँ प्रस्ताव प्राप्त भएको जानकारी दिएको छ । ती प्रस्तावको विवरण सार्वजनिक नभए पनि तनाव कम गर्ने र वार्ता अघि बढाउने प्रयाससँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ ।

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको १३ सयले घटेर तोलाको २ लाख ९९ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख १ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५ रुपैयाँले घटेर ५१९० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५२२५ मा कारोबार भएको थियो ।

Read More

स्वयम्भू क्षेत्रबाट ३ जना सडक सहयोगापेक्षीको उद्धार

काठमाडौँ । काठमाडौँको स्वयम्भू क्षेत्रबाट ३ जना सडक सहयोगापेक्षीहरुको उद्धार गरेर मानव सेवा आश्रममा राखिएको छ ।

यसरी उद्धार भएका व्यक्तिमध्ये ४४ वर्षिया महिलाको ठेगाना खुलेको छैन । उनको अवस्था सामान्य छ । ७० वर्षका पुरुषको ठेगाना लमजुङ हो भने उनको अवस्था पनि सामान्य नै छ । ५५ वर्षका पुरुषको घर नुवाकोट हो भने उनको हातमा चोट छ । 

यसअघि पशुपति क्षेत्रबाट ६ जना, कालीमाटीबाट २ जना, टेकुबाट १ जनालाई उद्धार गरिसकिएको छ । 

काठमाडौँलाई सडक आश्रित सहयोगापेक्षीमुक्त सहर बनाउन महानगरपालिकाले नेपाल प्रहरी, मानव सेवा आश्रम र स्थानीयहरुको सहभागिताका सडकमा रहेका विरामी, मानसिक तथा शारीरिक रुपमा अशक्त, वेवारिसे व्यक्तिहरुलाई उद्धार गरिरहेको छ ।

Read More

अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री समीर पाउल कपुर काठमाडौं आइपुगेका छन् । 

मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री कपुर टर्किस एअरलाइन्सको उडानमार्फत इस्तानबुलबाट सोमबार बिहान नेपाल आइपुगेका हुन् ।

उनले भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाह, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । 

कपुर नयाँ सरकार गठनपश्चात नेपाल आउने पहिलो उच्चस्तरीय अमेरिकी अधिकारी हुन् । यसअघि उनले बंगलादेशमा नयाँ सरकार गठनपछि भ्रमण गरेका थिए ।

कपुर भ्रमण सम्पन्न गरेर बुधबार स्वदेश फर्कने बताइएको छ ।

Read More

होर्मुज क्षेत्रमा ‘टोसका’ नामक कन्टेनर जहाज अमेरिकी नियन्त्रणमा

काठमाडौँ । ‘टोसका’ नामक ठूलो कन्टेनर जहाजलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको छ । करिब २९४ मिटर लामो र ३२.५ मिटर चौडाइ भएको यो जहाज चीनबाट इरानतर्फ जाँदै थियो ।

उक्त जहाज अप्रिल १२ मा मलेसियाको क्लाङ बन्दरगाहबाट छुटेको र इरानको अब्बास बन्दरगाहतर्फ गइरहेको बताइएको छ ।

अमेरिकी सेनाका अनुसार आइतबार करिब ६ घण्टासम्म जहाजका चालकदललाई पटक–पटक चेतावनी दिइएको थियो । वासिङ्टनले घोषणा गरेको नाकाबन्दी उल्लङ्घन गरिरहेको भन्दै जहाज रोकिन आग्रह गरिएको थियो ।

तर जहाज नरोकेपछि अमेरिकी युद्धपोतले तोप प्रहार गर्दै इन्जिन कक्षलाई निशाना बनाएको थियो । त्यसपछि जहाजको गति रोकिन पुगेको र अमेरिकी सैनिक चढेर नियन्त्रणमा लिएको जनाइएको छ । हाल उक्त जहाज अमेरिकी नियन्त्रणमा रहेको बताइएको छ ।

Read More

बेइजिङ हाफ म्याराथनमा रोबोर्टको किर्तिमान

काठमाडौँ । चीनको बेइजिङमा आयोजना गरिएको ई–टाउन ह्युमन्वाइड रोबोट हाफ म्याराथनले प्रविधि क्षेत्रमा नयाँ इतिहास बनाएको छ । आइतबार भएको प्रतियोगितामा पहिलो पटक ह्युमन्वाइड रोबोटहरूले मानव धावकलाई पछि पार्दै उल्लेखनीय प्रदर्शन गरेका छन् ।

‘मानव–रोबोट संयुक्त दौड’ नाम दिइएको उक्त प्रतियोगितामा १०० भन्दा बढी रोबोट र करिब १२ हजार मानव धावकले २१. १ किलोमिटर दूरी तय गरेका थिए । सुरक्षाका लागि दुवै समूहबीच अवरोध राखिएको थियो ।

प्रतियोगितामा ‘लाइटनिङ’ नामको रोबोट सबैभन्दा आकर्षण बनेको थियो । उक्त रोबोटले ५० मिनेट २६ सेकेन्डमै दूरी पूरा गर्दै मानव विश्व कीर्तिमानभन्दा पनि छिटो समय निकालेको जनाइएको छ । यसअघि मानवतर्फको कीर्तिमान ५७ मिनेट २० सेकेन्ड रहेको थियो ।

प्रतियोगितामा पहिलो तीन स्थान एकै प्रविधि कम्पनीका रोबोटहरूले हासिल गरेका छन् । दोस्रो र तेस्रो स्थानमा रहेका रोबोटहरूले क्रमशः करिब ५१ र ५३ मिनेटमा दूरी पूरा गरेका थिए । ती रोबोटमा उच्चस्तरीय शीतलन प्रविधि प्रयोग गरिएको थियो, जसले दौडका क्रममा ताप नियन्त्रण गर्न सहयोग गरेको बताइएको छ ।

यस वर्षको प्रतियोगितामा करिब ४० प्रतिशत रोबोटले आफ्नै संवेदक र कृत्रिम बुद्धिमत्ताको सहायताले स्वतन्त्र रूपमा दौड पूरा गरेका छन् । अघिल्लो वर्ष सबै रोबोट बाह्य नियन्त्रणमा निर्भर थिए ।

प्रतियोगिताका क्रममा केही रोचक दृश्य पनि देखिएका थिए । एक रोबोटले ट्राफिक व्यवस्थापकको भूमिका निभाउँदै संकेत र आवाजमार्फत धावकलाई दिशा दिइरहेको थियो । तर केही रोबोट सुरुवातमै लड्ने, बाटो बिराउने वा अवरोधमा ठोक्किने जस्ता समस्या पनि देखिएका थिए ।

चीनले रोबोटिक्स क्षेत्रमा आफूलाई विश्वस्तरमा अग्रणी बनाउने लक्ष्यसहित तीव्र रूपमा काम गरिरहेको छ । सरकारी सहयोग, पूर्वाधार र नीतिगत समर्थनमार्फत यस क्षेत्रको विकासलाई प्राथमिकता दिइएको जनाइएको छ ।

Read More

विद्यार्थी युनियनको अधिकार खोस्ने कदम अलोकतान्त्रिक- प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयमा विद्यार्थी सङ्गठनका गतिविधि रोक्ने निर्णयप्रति आपत्ति जनाएका छन् ।

उनले स्वतन्त्र विद्यार्थी युनियनको अधिकार खोस्ने र विद्यार्थी सङ्गठनको उपस्थिति निषेध गर्ने कदम अलोकतान्त्रिक भएको बताएका छन् । ज्ञवालीले विश्वविद्यालयभित्र ‘सुरक्षा इकाइ’ स्थापना गर्ने निर्णयलाई प्राज्ञिक स्वायत्ततामाथिको हस्तक्षेपका रूपमा व्याख्या गरेका छन् । उनले यस्तो विषयमा हस्ताक्षर हुनु आश्चर्यजनक रहेको टिप्पणी गरेका छन् ।

उनका अनुसार विद्यार्थी आन्दोलनमा केही समस्या भए पनि त्यसलाई निषेध गर्नु समाधान नभएको बताएका छन् । विद्यार्थीका हित, शिक्षाको गुणस्तर सुधार र स्वस्थ शैक्षिक वातावरणका लागि संवाद र सहकार्य आवश्यक रहेको उनको भनाइ छ । उनले प्रश्न गरेका छन्- ‘के तपाईँ कपालमा चायाँ पर्यो भनेर गर्धन नै छिनाउनु हुन्छ ?’

ज्ञवालीले विद्यार्थी आन्दोलनलाई सुधार र रूपान्तरणतर्फ लैजानुपर्ने उल्लेख गर्दै प्रतिबन्धले समस्या झन् जटिल बनाउने चेतावनी दिएका छन् ।

Read More

अमेरिकाको लुइसियानामा गोलीकाण्ड: ८ बालबालिकासहित १० जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको लुइसियाना राज्यस्थित श्रेभपोर्टमा भएको गोलीकाण्डमा ८ बालबालिकासहित १० जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार आइतबार बिहान करिब ६ बजे एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा यस्तो घटना भएको सिएनएनले उल्लेख गरेको छ ।

मृत्यु हुने बालबालिकाको उमेर १ देखि १४ वर्षसम्म रहेको जनाइएको छ । स्थानीय प्रहरी प्रमुख वेन स्मिथले यस्तो घटना पहिले कहिल्यै नदेखिएको बताएका छन् ।

घटना वेस्ट ७९औँ स्ट्रिट क्षेत्रमा भएको हो । आरोपी शमार एल्किन्स घटना पछि फरार हुँदै कार लुटेर भाग्ने प्रयास गरेका थिए । तर प्रहरीले पछ्याएर उनलाई गोली हानी मारिएको जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार घटना घरेलु विवादसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ । गोली चलाउने व्यक्ति मृतक परिवारसँग सम्बन्धित रहेको पनि बताइएको छ, तर घटनाको ठोस कारण अझै खुलेको छैन ।

प्रहरीले घटनासम्बन्धी फोटो, भिडियो वा जानकारी भए उपलब्ध गराउन सर्वसाधारणसँग अपिल गरेको छ । शहरका मेयर टम आर्सेनोले यस घटनालाई अत्यन्त दुःखद भन्दै शहरकै सबैभन्दा त्रासदीपूर्ण घटनामध्ये एक भएको बताएका छन् ।

Read More

प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन् ।

दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरू सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

​बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे विमर्श हुनेछ। यस्तै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल हुनेछ।

बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्याल,पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, ​नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले संवाद गर्ने बताइएको छ ।

यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट),चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसँग पनि प्रधानमन्त्री शाहले छलफल गर्ने भएका छन् ।

Read More