२०८३ बैशाख २६

जनार्दनको सुझाव: शक्तिशाली छानबिन आयोग र सबैको सहभागितामा सरकार चाहिन्छ, जेनजी समेटेर वैधानिक सरकार बनाऔं

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विद्यमान समस्या समाधानको लागि केही सुझावहरू अघि सारेका छन् ।

सङ्कटको बेला संविधानको रक्षा हुन सकेन भने सबै वैधानिकताहरूको अन्त्य भई थप अराजकता पैदा हुने र राष्ट्र र राष्ट्रियता झन् पछि झन् संकटमा पर्ने कुरालाई मध्यनजर गर्दै वैधानिक बाटो मार्फत समाधान निकाल्न उनको सुझाव छ ।

विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– ‘विषम परिस्थितिमा सरकार गठन गर्ने प्रयास भइरहँदा जेनजीहरूको समेत अपनत्व र प्रतिनिधित्व हुनेगरी अन्तरिम सरकार गठन गर्नु नितान्त आवश्यक छ। परिस्थिति अनुसारको सरकार गठन गर्न सामान्य अवस्थामा जस्तो संविधानका सबै धाराको अक्षरशः पालना नहुन सक्छ तर सबैलाई स्वीकार्य सरकार गठन गर्दा समेत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा टेकेर गर्नु आवश्यक छ। ‘

संवैधानिक बलविहीन सरकार बनाउँदा वर्तमान संविधानका पक्षधरहरूबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई समेत ध्यान दिन जरुरी रहेको उनले बताएका छन् । संविधान बाहिर सरकार गठन गरिएमा त्यसले राज्यका सबै निकायको वैधानिकता माथि प्रश्न खडा भई अकल्पनीय अवस्था सृजना हुने खतरा रहने र वर्तमान राष्ट्रिय सङ्कटलाई समाधान गर्न थप जटिलता हुन सक्नेबारे ध्यान दिन जरुरी रहेको शर्माले बताएका छन् ।

भ्रष्टाचारको जालोलाई अन्त गर्न शक्तिशाली स्वतन्त्र छानबिन आयोग गठन गरी कडा कारबाहीको दायरामा ल्याउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

राष्ट्रमा हाल उत्पन्न असामान्य परिस्थिति एवं सङ्कटको मूल जिम्मेवार सरकारमा रहेका राजनीतिक पार्टीका नेताहरू र मुख्य गरी दुई तिहाईको भनिएको सरकार रहेको पनि उनको आरोप छ ।

प्रेस बक्तब्य
जेन्जी पुस्ताले उठाएको भ्रष्टाचार र राजनीतिक स्थायित्वसँग सम्बद्ध एवं जनताको जीवनचर्या भएको सामाजि सञ्जाल बन्द गर्ने लेकतन्त्रको आत्म मार्ने कार्यका विरुद्ध उठेकोआन्दोलनलाई सरकारले गरेको दमन नरसंहार को भत्सना गर्दछु। राजनीतिक सुधारका लागि भएको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्णयोद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक संवेदना व्यक्त गर्द छु । सम्पूर्ण घाइतेहरूको स्वास्थ्य लाभको कामनागर्दछु।साथै नरसंहारको छानबिन गरि दोसिलाई कठघरामा ल्याउ न स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्नु पर्दछ।

यतिवेला मुलुक सरकार विहिन अवस्थामा रहेको छ । मुलुकभर एक प्रकारको भए र त्रासको अवस्थाछ । आम जनता असुरक्षित र संकित देखिन्छन् । त्यसैले सर्वप्रथम जनताको सुरक्षाको सुनिश्चित गर्ने र त्यस पछी मुलुकलाई राजनितक निकास दिन आवश्यक छ । त्यसैले बिध्यान समस्याको समाधानको लागी देहाय बमोजिमका कदमहरु तत्काल चाल्न म सबै सम्बद्ध स‌ग आग्रह गर्न चाहान्छु ।

· भ्रष्टाचार को जालोलाई अन्त गर्न शक्तिशाली स्वतन्त्र छानबिन आयोग गठन गरी कडा कारबाहीको दायरामा ल्याउन आवश्यक छ।

· राष्ट्रमा हाल उत्पन्न असामान्य परिस्थिति एवं संकटको मूल जिम्मेवार सरकारमा रहेका राजनीतिक पार्टीका नेताहरू र मुख्य गरी दुई तिहाईकोभनिएको सरकार जसले सुधार र जनतालाई सेवा दिनुको सट्टा भ्रष्टाचारको वृद्धि गर्ने र अहंकारी प्रवृत्तिबाट ग्रसित भई जनताका आवाजहरुलाईकुल्चने ललकार्ने उत्तेजित बनाउने लगायतका अभिव्यक्ति र व्यवहारहरू मुख्य रूपले जिम्मेवार छन् ।

· आजको अराजक परिस्थिति सिर्जना गर्नुमा तिनै नेताहरुको परिवारवाद र कुर्सीमोहले जन्माएको भ्रष्टाचारको परिणाम हो ।

· आन्दोलनमा जेन्जीहरूले पवित्र उद्देश्यले उठाएका मुद्दाहरू त्यसमाथि गरेको दमन बाट उत्पन्न आक्रोशले सिर्जना गरेको वातावरण मा गलतमनसायले घुसपइट वाट मानविय र भौतिक मात्र नभई मुलुक स‌चालनको केन्द्रविन्दुमा रहेको तथ्यांक श्रेष्ता र सबै रेकर्डहरु समाप्त पारे र राष्ट्रलाईगम्भीर र अपूरणीय क्षति भएको छ।

· यतिबेला राजनीतिक पार्टीहरू पार्टीहरू नेतृत्वविहीन जस्ता भएका छन्। परिणाम स्वरुप वर्तमान संकटको समाधानका लागी गर्न पहल गर्ने सामर्थ्य र नैतिक आधार राजनितिक दलका शिर्ष नेताहरुले गुमाएका छन् ।

· यस्तो विषम परिस्थितिमा सरकार गठन गर्ने प्रयास भइरहँदा जेनजीहरूको समेत अपनत्व र प्रति निधित्व हुनेगरी अन्तरिम सरकार गठन गर्नुनितान्त आवश्यक छ। परिस्थिति अनुसार को सरकार गठन गर्न सामान्य अवस्थामा जस्तो स‌विधानका सबैधाराको अक्षरस पालना नहुन सक्छतर सबैलाई स्विकार्य सरकार गठन गर्दा समेत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा टेकेर गर्नु आवश्यक छ।

· स‌वैधानिक वल विहिन सरकार बनाउदा बर्तमान संविधानका फक्षधरहरुबाट उत्पन्न हुन सक्ने सुरक्षा चनौतिलाई समेत ध्यान दिन जरुरी छ । संविधान वाहिर सरकार गठन गरीएमा त्यसले राज्यका सबै नियको वैधानिकता माथी प्रश्न खडा भइ अकल्पनिय अवस्गा श्रजना हुने खतरा रहन्छ र बैधानिकताको अभावमा वर्तमान राष्ट्रिय संकटलाई समाधान गर्न थप जटिलता हुन सक्ने वारे ध्यान दिन जरुरी छ।

· यतिबेला संविधानको रक्षा हुन सकेन भने सबै वैधानिकताहरूको अन्त्य भई थप अराजकता पैदा हुने र राष्ट्र र राष्ट्रियता झन् पछि झन् संकटमापर्ने कुरालाई मध्यनजर गर्दै वैधानिक बाटो मार्फत समाधान निकाल्न लागी परौ ।

· राष्ट्र को संकट सबै नागरिरको सरोकारको र जिमेवारीको विषय हो। तसर्थ आन्दोलनले स्थापित नारा र एजेण्डा लाई सफल पार्न वैधानिकतालाई आत्म साथ गर्न सबैमा हार्दिकअपिल गर्दछु।

जनार्दन शर्मा ।

Read More

त्रिविको सम्पूर्ण पठनपाठन कार्त्तिक ११ देखि मात्रै हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्त्तिक ११ देखि मात्रै हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गर्दै मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हाललाई सम्पूर्ण पठनपाठन बन्द गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि हुने जानकारी दिएको छ ।

Read More

जेनजी र सेनाबिच आज वार्ता, सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन बालेनको समर्थन

काठमाडौँ । जेनजी समूह र नेपाली सेनाबिच आज वार्ता हुदै छ । बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन ।

नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर आज बिहिबार वार्तामा आउन आग्रह गरेको थियो । जंगी अड्डामै जेनजीबिच विवाद भएपछि हिजो गर्ने भनिएको वार्ता आजको लागि सारिएको थियो ।

जेनजीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रधानमन्त्रीको लागि अगाडि सारेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई आफ्नो समर्थन रहेको बताएका छन् ।

Read More

ट्रम्पको नजिकको सहयोगी कन्जरभेटिभ कार्यकर्ता किर्कको गोली हानी हत्या

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिकको सहयोगी कन्जरभेटिभ कार्यकर्ता चार्ली किर्कको गोली हानी हत्या गरिएको छ ।  अमेरिकाका युटामा एक कार्यक्रमको क्रममा किर्कको गोली हानेपछि मृत्यु भएको थियो ।

किर्कलाई अमेरिकी राष्ट्रपति ट्रम्पको नजिकको सहयोगी मानिन्थ्यो । उनी अमेरिकाभरि विभिन्न क्याम्पसमा बहस कार्यक्रम सञ्चालन गर्ने कारणले परिचित थिए । ट्रम्पले लेखेका छन्- ‘महान र प्रख्यात चार्ली किर्क अब रहेनन् । अमेरिकाका युवाहरूलाई चार्लीले जत्तिको कसैले बुझेन र माया गरेन ।’

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा चार्ली पालमुनि माइक समातेर बोलिरहेको देखिन्छ । त्यसपछि अचानक उनको घाँटी नजिकै गोली लाग्यो, उनी धेरै रगत बगेर भुइँमा ढलेका थिए । 

प्रसिद्ध राजनीतिक कार्यकर्ता चार्लीले टर्निङ प्वाइन्ट युएसए नामक संस्था चलाउने गर्थे, जसमा उनी स्कूल र कलेजहरूमा गएर विद्यार्थीहरूलाई राजनीतिको बारेमा बताउथे । उनलाई ट्रम्पको कट्टर समर्थक पनि मानिन्थ्यो । आक्रमणकारी को थियो र उनले किन यस्तो गरे भन्ने कुरा अझै स्पष्ट भएको छैन ।

Read More

गभर्नर डा. पौडेल भन्छन्: मेरो रिस बृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथीहरुको फलोस् फुलोस

काठमाडौँ । गभर्नर डा. विश्व पौडेलले आफ्ना बृद्ध बा आमा बसेको चितवनको घर जलाइएकोमा असन्तुष्ट व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै गभर्नर पौडेलले आफ्नो रिस भैसेपाटीको घर जलाएर नपुगि वृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथीहरुको फलोस् फुलोस भनेका छन् ।

साथै गभर्नर पौडेलले जिन्दगीमा कसैसँग एक रुपैया नमागेको बताउदै आफु चितवनमा सधै कक्षामा फस्ट भएको र गाउँको केहि सुबिधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक रहेको, आफु नेपालमै बस्ने गरि आएपछि केयुमा प्राध्यापक भएको बताएका छन् । 

उनले भनेका छन-
यस भिडियोमा शुरुमा ढुंगा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षिय बुढि आमाको सुत्ने कोठा हो। वहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको पनि हो । यो मेरो गाउँको घर हो । गभर्नर भएपछि पनि हरेक हफ्ता म एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गर्थे । बा ले लगभग १५ वर्ष अघि म बिद्यार्थी छँदानै बनाएको घर हो । अहिले मेरो बा पनि ८७ वर्षको हुनुभयो । केहि अघि रक्ताल्पता भैराखेर बाँच्नुहुन्नकी जस्तो भएकोमा अहिले सन्चो हुदैथियो । ६७ वर्ष अघि चितवन झर्नुभएका बा का सबै सन्तान यहि जन्मेका हुन । जिन्दगीमा मैले कसैसँग एक रुपैया मागेको छैन, दिएको मात्र हुँला, चितवनमा सधै कक्षामा फस्ट हुन्थे । गाउँको केहि सुबिधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ भने म नेपालमै बस्ने गरी आएपछि केयुमा प्राध्यापक भए । बा आमा दुबै साधारण लेखपढ गर्न जान्ने हुनुहुन्छ । मेरो रिस मेरो भैसेपाटीको घर जलाएर नपुगी मेरा वृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथीहरुको फलोस् फुलोस ।

Read More

बालेनको सुशिला कार्कीलाई समर्थन

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सुशिला कार्कीलाई आफ्नो सर्मथन रहेको स्पष्ट गर्दै राष्ट्रपतिलाई अन्तरिम सरकारको गठन र  संसदको विघटन अविलम्ब गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले जेनजीलाई धैर्यता राख्न र नआत्तिन आग्रह गर्दै चुनावी सरकारको नेतृत्व गर्नका लागि जेनजीबाट आएको प्रस्ताव सुशीला कार्कीप्रति पूर्ण समर्थन रहेको  स्पष्ट गरेका छन् ।

उनले भनेका छन्- 
प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह, अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ । यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो ।

यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।

तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।  अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता  देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।

सम्माननिय रास्ट्रपति ज्यु , Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र  संसदको विघटन अविलम्ब गर्नु होला ।

Read More

जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार मृतकको संख्या ३० पुगेको हो । 

अहिलेसम्मको पछिल्लो अपडेट अनुसार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार वीर अस्पतालको ट्रमा सेन्टरमा ८ जना, सिभिल अस्पतालमा ६ जना, एभरेष्ट हस्पिटल र फ्रन्टलाइन हस्पिटलमा ३-३ जना, केएमसी आस्पताल २ जना र टिचिङ अस्पतालमा एकको उपचारको क्रममा मृत्यु भएको छ । 

यस्तै, उपत्यकाका बाहिर बाँकेको भेरी अस्पतालमा ५ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना  गरी ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको आँकडा रहेको छ । बाँकेमा मृत्यु भएका ५ जना भने नौबस्तामा रहेको क्षेत्रीय कारागार तथा बाल सुधार गृहका हुन् । 

उपत्यकामा मृत्यु हुने ३ प्रहरीबाहेक अरुको नाम प्रहरीले आधिकारीक रुपमा सार्वजनिक गरेको छैन । 

स्वास्थ्य मन्त्रालयका अनुसार आन्दोलनका क्रममा १०३३ जना प्रदर्शनको क्रममा घाइते भएका छन् । त्यस्तै ७१३ जना डिस्चार्जपछि घर फर्किएका छन् भने २५३ जना भने अहिले पनि उपचारत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Read More

टिप्पणी: बालेनको रोडम्यापमा जेनजी

काठमाडौँ । जेनजीको सोमबार र मंगलबारको आन्दोलनले देशमा शासन व्यवस्था हल्लाएको छ र अब नयाँ परिवर्तनको दिशामा देश जाने निश्चित छ ।

पुराना राजनीतिक दललाई जेनजीको आन्दोलनले तहसनहस बनाइदिएको छ भने अब उनीहरुको पुनरागमन हुने कुरामै अनेकौं आशंका रहेका छन् । बुधबारसम्म कांग्रेस र एमालेले आफ्ना कुरा राखे र संबिधान भित्रबाटै समाधान खोज्नुपर्ने बताए । तर देश भने अब जेनजीको विचारमा अगाडी बढ्ने बाटोमा रहेको छ ।

जेनजीलाई वैचारिक रुपमा काठमाडौँ महानगरका मेयर बालेन शाहले गाइड गरेका छन् । उनले अलमलमा रहेका जेनजीलाई बुधबार राति एक पोष्ट गर्दै संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्ने र छिटो नयाँ चुनाव गर्ने स्पष्ट रोडम्याप दिएका छन् । बालेनको रोडम्याप अनुसार देश अगाडी गएमा सुशिला कार्की देशको पहिलो महिला प्रधानमन्त्री बन्ने निश्चित प्राय रहेको छ ।

केहि पक्षले संविधानको व्यवस्था अनुसार कसरी सुशिला प्रधानमन्त्री बन्न मिल्छ भन्ने जस्ता प्रश्न गरेका छन् । यति ठुलो आन्दोलनले पुरानो सत्ता ढालेको र पुराना दलको राजनीतिक विरासत ढालेको अवस्था हो । यसमा दलहरुले के भन्छन् ? लोकतन्त्रको के हुन्छ भन्ने प्रश्न अहिलेको अवस्थामा ओझेलमा परिसक्यो । कलिला युवाको रगत बगेको यस आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने सहित र उत्तम बाटो बालेनको रोडम्याप नै हो । अहिलेको अवस्थामा यो भन्दा उत्तम विकल्प खोज्नु नै हुदैन ।

केहिले बालेनका बारेमा टिप्पणी गर्दै महानगरमा काम गर्न नसकेको, अराजक भएको, कवाडी र साइकलमा व्यापार गर्नेलाई लखेटेको जस्ता आरोप लगाउने गरेका छन् । यसको काउन्टर प्रश्न गणतन्त्रलले दिएको महँगो स्वतन्त्रताले आज देशको हालत यस्तो भएको हामीले बिर्सन हुदैन । खर्चिलो चुनाव, नेताहरुका आसेपासेको रजाई, बिचौलिया र सिण्डिकेटले जेलिएको राजनीतिक नेतृत्वले देशलाई निरासाको पराकाष्ठमा पुयाएको नतिजा हो हो अहिलेको समय । अर्कोतर्फ सायद अहिले बालेनले चाहेको भए प्रधानमन्त्री सजिलै हुनसक्ने अवस्था थियो तर उनले चुनाव पर्खेको बुझ्न सजिलै सकिन्छ । त्यसैले उनी अति उत्तम नहुन सक्छन् तर अहिले हाम्रो अगाडी देखिएका सबै विकल्प मध्ये सहि विकल्प बालेन नै हुन् र उनले अगाडी सारेको रोडम्याप हो । जसले जेनजीको चाहनालाई दिशानिर्देश गर्दछ ।

Read More

एशिया कपमा भारतको विजयी शुरुवात

काठमाडौँ । भारतले जारी एशिया कपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा भारतले युएईलाई ९ विकेटले पराजित गरेर प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

युएईले दिएको केबल ५८ रनको लक्ष्य पछाएको भारतले ४.३ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा अभिषेक शर्माले ३० र शुभमन गिलले २० रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको युएईले १३.१ ओभरमा अल आउट हुदै ५७ रन मात्र बनाएको थियो । युएईका लागि आलिशान शराफुले सर्बाधिक २२ र कप्तान मुहमद वासीमले १९ रन बनाएका थिए । त्यस्तै युएईको ब्याटिंग लाइन ध्वस्त गर्न कुलदीप यादवले सर्बाधिक ४ विकेट र शिभम दुबेले ३ विकेट लिएका थिए ।

अब एशिया कप अन्तर्गत बंगलादेश र हङकङबीच खेल हुदैछ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदर भन्दा केही उत्तरतिर अवस्थित रहेको जानकारी दिएको छ ।

हाल देशभर साधारणतया बदली रहेको छ । मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

महाशाखाले आगामी २४ घण्टा मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।

Read More