२०८३ बैशाख २६

राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगजनी

काठमाडौँ । जेनजी प्रदर्शनकारीले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

काठमाडौँको बोहोराटार स्थित राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी भएको हो ।

Read More

च्यासलस्थित एमाले पार्टी कार्यालयमा आगजनी

काठमाडौँ । जेनजी प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन्।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले मंगलबार आगजनी र तोडफोड गरेका हुन्।

सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि युवाहरूको समूह मंगलबार दलका पार्टी कार्यालय तोडफोडमा उत्रिएका हुन्।

युवाहरूले पार्टी कार्यालय र शीर्ष नेताका घरलाई निशाना बनाउन थालेका छन्।

Read More

रास्वपाकी सुमना श्रेष्ठले पनि गरिन सांसदबाट राजनीमा घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पनि सांसदबाट राजीनामा घोषणा गरेकी छिन ।

यसअघि रास्पवाका सांसद असिम शाह र तोसिमा कार्कीले पनि राजीनामाको घोषणा गरेका थिए ।

सुमनाले भनेकी छन्-
सांसदको काम भनेको सरकारलाई जवाफदेहि बनाउने हो । तर सरकारले जवाफदेहिताको सिमाना पार गरिसक्यो । यो अवस्थामा नरसंहारकारी सरकारले दिने बिजनेश सम्हाल्ने काममा सिमित भएको संसदमा सदस्य भएर बस्न नैतिकताले दिएको छैन । यसैले सांसद पदबाट राजिनामा दिदैछु ।

साथै, जेनजीहरूले सर्वदलिय जस्ता भ्रममा नपरि आफ्नो नेतृत्व दाबी गर्नुहोस् । यहि दलहरूसँगै बसेर देशले निकास पाउँदैन ।

Read More

खानेपानीमन्त्री प्रदिप यादवको राजीनामा

काठमाडौँ । खानेपानी मन्त्री प्रदिप यादवले राजीनामा दिएका छन् । सामाजिक सञ्जालबाट मन्त्री यादवले राजीनामाको घोषणा गरेका हुन् ।

उनले युवापुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले भनेका छन्-  
प्रिय युवा भाई बहिनीहरु तपाई नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ । हिजो जेनजी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सहि मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु ।

Read More

रास्वपाकी तोसिमा कार्कीले पनि गरिन सांसदबाट राजनीमा घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले राजनीमा घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीले राजीनामा घोषणा गरेको जनाएकी छिन् ।

‘म आधिकारिक रुपमा पत्र नै बुझाउँला तर आज भाद्र २४ गते ११:५५ बजे देखि नै यो अपराधी र संवेदनाहीन सरकारको कठपुतली बनेको संसदको जिम्मेवारीबाट हट्ने र २०७९ को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु। जेनजी आईएम विथ यु,’ कार्कीले लेखेकी छिन् ।

यसअघि रास्वपाकै सांसद असिम शाहले राजीनामाको घोषणा गरेका थिए ।

Read More

आरजु अध्यक्ष रहेको युलेन्स स्कुलमा आगजनी

काठमाडौं । ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा आगजनी भएको छ ।

आन्दोलनरत युवाहरुले आगजनी गरेपछि प्रहरीलाई पुग्न समेत सकेको थिएन भने प्रदर्शनकारीले दमकललाई समेत फर्काइदिएक थिए । युलेन्स स्कुलमा हाल परराष्ट्रमन्त्री रहेकी आरजु राणा देउवा अध्यक्ष छिन् ।

प्रदर्शनकारीले आरजुको बुढानिलकण्ठस्थित निवास र धनगढीस्थित निवासमा समेत आगजनी गरेका छन् । 

Read More

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बदलीय बैठक बोलाएका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी रहेको बताउदै उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निस्कर्षको लागि संबद्ध पक्षसँग संवादमा रहेको उल्लेख गरेका छन् । साथै उनले आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरेको जानकारी दिदै उत्पन्न विषम परिस्थितिमा संयम रहन आग्रह गरेका छन् ।

उनले भनेका छन्- 
हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको

घटनाप्रति दुखी छु । कुनैपनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो । उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निस्कर्षको लागि संबद्ध पक्षसँग संवादमा रहेको छ । त्यसैको लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान समेत गरेको छु । सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई यो विषम परिपिस्थतिमा संयम रहन विनम्र अनुरोध गर्दछु ।

Read More

रास्वपाका असिम शाहले दिए सांसदबाट राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले सांसद पदबाट राजीनामा दिएका छन् ।

शाहले आजको मितिदेखि तत्काल प्रभावका साथ संसद सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराएका हुन् ।

उनले अब सडकमा उत्रिएर जेनजी पुस्ता, आफ्ना नागरिक र सत्यका पक्षमा लड्न भन्दै सांसदबाट राजीनामा दिएको बताएका छन् ।

उनले भनेका छन्: 
म असिम शाह , प्रतिनिधि सभाको सदस्यको हैसियतमा, आजको मितिदेखि तत्काल प्रभावका साथ संसद सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराउँछु। गत दिनहरूमा भइरहेको जेनजी आन्दोलनलाई सरकारले दमन गर्ने कार्य, शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउनेजस्ता अमानवीय कदम, र नागरिक अधिकारमाथिको ठाडो हस्तक्षेप मेरो विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएको छ।

मैले पटक–पटक सदनमा युवाको आवाज बोलेँ, चेतावनी दिएँ— सडक विद्रोह हुन सक्छ, यदि युवाको भावना बुझिएन भने। तर, सरकार चलाउनेहरूले कहिल्यै सुन्न चाहेनन्, कहिल्यै गम्भीरतापूर्वक लिन चाहेनन् । संसद भवनको सुरक्षाभन्दा बच्चाहरूको ज्यान ठूलो हो। भवन जोगाउन हत्या गर्ने अपराध सरकारद्वारा भएको छ।

संसदमा बसेर चुप लाग्नु, या यस्ता गलत नीतिहरूलाई मौन समर्थन गर्नु मेरो पुस्ता,  मतदाता र मेरो देशको भविष्यसँग ठूलो विश्वासघात हुनेछ भन्ने दृढ विश्वासका साथ, मैले यो निर्णय गरेको हुँ । सांसद मेरो लागि मात्र पद होइन, नागरिकको आवाज प्रतिनिधित्व गर्ने माध्यम हो तर जब त्यो आवाज नै दबाइयो, र सरकारले नागरिकप्रतिको प्रतिबद्धता तोड्यो, त्यस्तो संसदमा बसिरहनु मेरो लागि अब सम्भव रहेन ।

म अब सडकमा उत्रेर जेनजी पुस्ता, आफ्ना नागरिक र सत्यका पक्षमा लड्न प्रतिबद्ध छु ।

Read More

बुढानिलकण्ठस्थित देउवाको निवासमा आगजनी

काठमाडौँ । जेनजी आन्दोलनमा संलग्न युवाहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा आगजनी गरेका छन् ।

देउवाको बुढानिलकण्ठस्थित निवासलाई घेराउ गर्दै तोडफोड र आगजनी गरेका हुन् । अहिले देउवा निवास पुर्णरुपमा प्रदर्शनकारीको कब्जामा रहेको छ ।

Read More

रमेश लेखकको नैकापस्थित निवास घेराउ

काठमाडौँ । जेनजी आन्दोलनमा संलग्न युवाहरुले गृहमन्त्री रमेश लेखकको नैकापस्थित निवास घेराउ गरेका छन् ।

युवाहरुले घर नजिक नाराबाजी गरिरहेका छन् भने घर अगाडी आगजनी समेत गरेका छन् । अहिले लेखकको घर वरपर ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

सोमबार भएको जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि लेखकले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।

Read More