२०८३ बैशाख २४

सप्तकोशीमा पानीको बहाब बढ्यो, ३१ ढोका खोलियो

विराटनगर । सप्तकोशी नदीमा पानीको सतह बढेपछि ३१ ढोका खोलिएको छ । 

आइतबार राति १० बजे कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड २ लाख २६ हजार ५६० क्युसेक पुगेको थियो ।  त्यसपछि कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

Read More

ब्राइटनसँग हार्यो म्यानचेस्टर सिटी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी ब्राइटनसँग स्तब्ध भएको छ । आइतबार राति सम्पन्न खेलमा ब्राइटनले म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ३४औं मिनेटमा इर्लिंग हालान्डको गोलमा शुरुवाती अग्रता लिएको म्यानचेस्टर सिटीले दोस्रो हाफमा २ गोल खाएको थियो । ब्राइटनका लागि जेम्स मिल्नर र ब्राजन ग्रुडाले एक एक गोल गरेका थिए ।

म्यानचेस्टर सिटीको यस सिजनमा यो तेस्रो खेलमा दोस्रो हार हो । त्यस्तै ब्राइटनले भने यस सिजनमा पहिलो जित हासिल गरेको छ । ब्राइटनको ३ खेलमा एक जित एक बराबरी र एक हार खेलेको छ ।

Read More

रायो भल्लेकानोसँग बराबरीमा रोकियो बार्सिलोना

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ ।  गएराती सम्पन्न खेलमा बार्सिलोना रायो भल्लेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

बार्सिलोनाका लागि खेलको ४०औं मिनेटमा लामिन यमलले पेनाल्टी मार्फत गोल गर्दै शुरुवाती अग्रता लिएपनि रायो भल्लेकानोले खेलको ६७औं मिनेटमा फ्रान पेरेजको गोलमा बराबरी गरेको थियो ।

यस सिजनका शुरुवाती दुवै खेल जितेको बार्सिलोना तेस्रो खेलमा बराबरीमा रोकिएको हो । यो बराबरीपछि बार्सिलोनाको ३ खेलमा ७ अंक भएको छ र हाल चौथो स्थानमा रहेको छ ।

त्यस्तै गरि रायो भल्लेकानोको भने यो यस सिजनमा पहिलो जित हो । ३ खेलमा ४ अंक भएको रायो भल्लेकानो हाल दशौँ स्थानमा रहेको छ ।

Read More

संघीय संसदका दुई समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ ।

आज प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

आज बिहान साढे ११ बजेदेखि शुरु हुने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालाहरुसँग विधेयकका सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा छलफलको कार्यसूची रहेको छ ।

Read More

सामसङ मोबाइलको “दिन दिनै दशैं” अफरः दैनिक ११ जनाले पाउनेछन् भाटभटेनी शपिङ भौचर

काठमाडौं । नेपालकै अग्रणी मोबाइल ब्रान्ड सामसङले यस दशैंलाई थप उल्लासपूर्ण बनाउन नयाँ उपभोक्ता अभियान “दिन दिनै दशैं” सुरु गरेको छ। सेप्टेम्बर १ देखि सेप्टेम्बर २८, २०२५ सम्म लागू हुने यो अफर अन्तर्गत सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउनेछन्।

यस अफरमा सहभागी हुन ग्राहकले आफ्नो नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेटको Serial Number टाइप गरी Samsung Serial No. लेखेर ३५००१ मा SMS पठाउनुपर्नेछ। SMS पठाएपछि तुरुन्तै दर्ता भएको सन्देश प्राप्त हुनेछ।

अफर अनुसार, प्रत्येक दिन एक भाग्यशाली विजेताले रु. १ लाख मूल्य बराबरको भाटभटेनी शपिङ भौचर प्राप्त गर्नेछन् भने अन्य १० जनाले रु. १० हजारको शपिङ भौचर पाउनेछन्। यसरी २८ दिनसम्म हरेक दिन ११ जना विजेताले उपहार जित्ने अवसर पाउने हुँदा, चाडपर्व तयारीमा रहेको ग्राहकलाई यो अफर उपयोगी हुने देखिन्छ।

MX सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका अनुसार, “दिन दिनै दशैं” मार्फत सामसङले आफ्ना ग्राहकलाई चाडपर्वको उत्सवलाई अझ विशेष बनाउने तथा जीवनमा थप मूल्य थप्ने लक्ष्य लिएको हो।

विजेताको Serial Number घोषणा सामसङका आधिकारिक फेसबुक पेजहरू Smart Plaza Nepal र IMS Nepal मा गरिनेछ। अफर सामसङका आधिकारिक विक्रेता र ई–कमर्स प्लेटफर्ममार्फत नेपालभर उपलब्ध छ।

सामसङले यस अभियानमार्फत हरेक चाडपर्वमा आफ्ना ग्राहकलाई अमूल्य अनुभव दिने परम्परालाई निरन्तरता दिएको जनाएको छ।

Read More

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउसो ३: १५ बजेदेखि शुरु हुने तालिका रहेको छ ।

आजको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यस्तै विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने र उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रास्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

Read More

वर्षाको क्रम जारी: २४ घण्टासम्म भारी वर्षाको सम्भावना, केही ठाउँमा चट्याङको जोखिम / सतर्क रहन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको देखिएको बताएको छ ।

हाल मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउसो देशभर साधारणतया बदली रहनेछ र कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

Read More

उपनिर्वाचन विशेष: रूपन्देही-३ मा डा. थापाको उम्मेदवारी, रास्वपाको नयाँ गणित

काठमाडौं । आगामी कात्तिक १७ गते रूपन्देही–३ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा.लेखजंग थापा उम्मेदवार भएका छन् । रूपन्देही–३ बाट उम्मेदवार बन्नका लागि रास्वपाबाट ९ जनाले उम्मेदवारी बन्न निवेदन दिएका थिए । रास्वपाको प्राइमरी इलेक्सनबाट उनी उम्मेदवारमा निर्वाचित भएका हुन् ।

उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौड्याल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल उम्मेदवारको आकांक्षी रहेका थिए ।

रूपन्देहीको सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा.थापा वरिष्ठ न्युरोलोजिस्ट हुन् । न्युरोलोजी अध्ययन गरेका डा.थापा अमेरिकाको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन् ।

Read More

आज यी राशिहरुको भाग्य चम्किदै: सफलता र सम्मानको ढोका खुल्ने, मनका सबै चाहना पूरा हुने संकेत

आज भदौ १६ गते सोमबार ई.सं. २०२५ सेप्टेम्बर १ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल नवमी , चन्द्रमा वृश्‍चिक राशिमा, ज्‍येष्‍ठा नक्षत्र, विषकुम्‍भ योग, बालव करण ।

आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४३ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर २३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्‍चिक राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन शरिर ऐनामा हेरेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ४२ मिनेट देखि ०७ बजेर १७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धार्मिक/सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्‌नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो । मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्‌ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ । नियम/कानूनसँग असङ्गत विषयवस्तु र गलत काममा दिलचस्पी राख्नु हुँदैन, साँच्चै भन्ने हो भने आज रिस्क र जोखिमबाट टाढा भाग्ने दिन हो । कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा ‘हँ मा हँ’ मिलाउनुभन्दा ‘नाइँ’ पनि भन्न सक्नुपर्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
किनमेलका क्षेत्रबाट लाभ हुनेछ । साझेदार र सहयोगीले पूर्णरूपेण सहयोग गर्नेछन् । कुनै प्रतिस्पर्‌द्धामा समेत सफलता हासिल हुनेछ । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस्, फाइदा हुनेछ । प्रयास गरेमा मन पिरोल्ने समस्यालाई हल गरी मनको बोझ कम गर्न सकिन्छ । जीवनसाथीले पनि मनको कुरो बुझिदिंदा सन्तुष्टि मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, त्यसैले परिश्रम र आरामको सन्तुलनमा ध्यान दिई पठनपाठनमा जुट्नुपर्छ, बहस वा तर्कवितर्कमा विजयी भइने छ । प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, सुखसुविधा भनेको केवल साधनमात्र हो । आफूले गरेको मिहिनेतको प्रतिफल अरुले हत्याउने चेष्टा गर्नेछन्, तर शुभचिन्तकहरूको साथ पाउनाले अप्ठ्यारो परिस्थितिमा समेत काम बनाउन सकिने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ । पारिवारिक सुखमा अभिबृद्धि हुनेछ, आफन्त र शुभचिन्तकले पूर्ण सहयोग गर्नेछन् । विशिष्ट व्यक्तिसँग घुलमिल र उठबस हुने दिन हो । आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागुरियाका व्यापारीका लागि राम्रो दिन देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आन्तरिक खूबी तथा क्षमताको सहज विकास हुने एवं कार्यशैलीमा गम्भीरता आउने राम्रो दिन छ, बुद्धि र कौशलको प्रयोग गर्दा धनार्जनको राम्रो अवसर मिल्नेछ । व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो । कामधन्दामा एक्लै खट्नुपर्ने दिन हो । आशा देखाउनेहरूले पनि सहयोग गर्ने परिस्थिति बन्दैन, अतः व्यस्त रहँदारहँदै दिन बितेको पत्तो पाइने छैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दाजुभाइ, दिदीबहिनी वा छरछिमेकीको सहयोग गर्ने हुँदा केही समय बित्नसक्छ । आज व्यक्तिगत पहिचान र प्रतिष्ठा एवं व्यवसायिक स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्ने दिन हो । आत्मबल र हिम्मतका साथमा काम गरेमा महत्त्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ, कुनै कुरामा दुविधा भएमा सहकर्मीको साथ लिंदा झन राम्रो हुनेछ । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ, सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् । मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने छ, तर कुनैकुनै कुराले तपाईंलाई एक्लो र खिन्न बनाउन सक्छ । बोलीमा विशेष बल छ, मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइने छ । सानो प्रयासले भाग्य र भविष्य सपार्न सकिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ । प्रयास गर्दा उपलब्धि पाउने दिन हो, उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उच्छृङ्खलता बढ्न सक्छ । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मन अस्थिर र कातर बन्ने कमजोर समय छ, कतिपय विषयको निर्णय लिनुपर्दा दोधारेपन देखिने छ । सँगीसाथी र सहकर्मीको मद्दत लिएको जाती हुन्छ । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । सरकारविरोधी, असामाजिक र हानिकारक कार्यमा संलग्नता बढ्न सक्छ, सोच्दै नसोचेको क्षेत्रमा धनहानि हुनसक्छ, त्यसैले सचेत र संयम हुनुपर्ने समय हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो । सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्नसक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुस हटेर जानेछन् । दाम्पत्यसुख र प्रेम सम्बन्धका निमित्त राम्रो समय छ, एक्लै बस्नुहुन्छ भने घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गरेको जाती हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ । परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ । दायित्व र जिम्मेबारी थपिने समय हो, कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको सान्निध्य पाइने तथा विचार र भावना ग्रहण गर्ने दिन हो, सेवाचाकरीमा पनि केही समय दिनुपर्ने हुन्छ ।

Read More

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी (फोटोफिचर)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यसहितको प्रतिनिधिमण्डलमा उच्च पदाधिकारी पनि सहभागी भएका हुन् ।

राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँचदिने भ्रमणमा रहेका छन् । भ्रमणका क्रममा पहिलो दिन प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता भइसकेको छ । सोमबार (भदौ १६गते) सुरु हुने शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन् ।

Read More