२०८३ बैशाख २४

निजी विद्यालय सञ्चालकको दोस्रो चरणका आन्दोलनको घोषणा, विद्यालय बन्द गर्ने चेतावनी

काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन् ।

जसमा जिल्ला सदरमुकाममा खबरदारी सभा गर्नेम कालोझण्डा र ब्यानरसहित नजिकको चोकमा प्रदर्शन गर्ने र अनिश्चितकालका लागि विद्यालय बन्द गर्नेसम्मका कार्यक्रम रहेका छन् ।

निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् ।

उनीहरुले पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने,  विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना (खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई “गैर नाफामूलक” बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने, छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १०(क) मा ४५% आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान- जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनु पर्नेलगायतका माग अगाडी सारेका छन् ।

Read More

उखु किसानले पाउनुपर्ने सम्पूर्ण बक्यौता रकम तत्काल भुक्तानी गर्न माओवादी केन्द्रको सरकारसँग माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रले उखु किसानले उठाएका सबै जायज मागहरुलाई गम्भीरतापूर्वक सम्बोधन गर्न माग गरेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले विहिबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत उखु किसानको जायज मागप्रति समर्थन जनाउँदै तत्काल उखु किसानले पाउनुपर्ने सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेको हो ।

माओवादी केन्द्रले विज्ञप्तिमा भनेको छ: 
उखु उत्पादनमा निर्भर किसान वर्गले आफ्नो पसिनाको मूल्य, अधिकार र सम्मानका लागि काठमाडौंको माइतीघर मण्डलामा अनशन बस्न बाध्य हुनुपरेको विषयप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गम्भीर ध्यानाकर्षण भएको छ । बक्यौता रकम नपाएर पीडित किसानहरुलाई सरकारले अझ अपमानित गर्ने गरी हालै उखुको समर्थन मूल्य घटाउने निर्णय गर्नु किसान–विरोधी र गैरजिम्मेवार कदम हो भन्ने हाम्रो ठम्याइ छ ।

हाम्रो पार्टी  नेतृत्वको सरकारले किसानको हितलाई केन्द्रमा राख्दै उखुको समर्थन मूल्यमा प्रति क्विन्टल  ७० रुपैया अनुदान तोकेर उनीहरुलाई न्याय दिने विषय प्राथमिकतामा राखेको स्मरणीय छ । तर वर्तमान सरकारले किसानको हित प्रतिकूल हुने गरी उक्त अनुदान मूल्य घटाएर रु. ३५ बनाएको छ । जसले उत्पादन लागतसमेत धान्न नसक्ने अवस्था सिर्जना गरेको छ । यो निर्णयले बक्यौता रकम नपाएर पहिल्यैदेखि संकटमा परेका किसानमाथि थप अन्याय थपेको छ ।

हाम्रो पार्टी आन्दोलनरत किसानको जायज मागप्रति समर्थन जनाउँदै तत्काल उखु किसानले पाउनुपर्ने सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गर्दछौं । साथै किसान वर्ग हाम्रो उत्पादन प्रणालीको मेरुदण्ड मात्र नभई राष्ट्रको अर्थतन्त्रको आधारशीला हुन् भन्ने यथार्थलाई सरकारले बेलैमा आत्मसात गरी उखुको समर्थन मूल्य र त्यसमा दिइने अनुदानलाई किसानमैत्री ढंगले पुनः निर्धारण गर्न र किसानले उठाएका सबै जायज मागहरुलाई गम्भीरतापूर्वक सम्बोधन गर्न समेत माग गर्दछौ ।

उत्पादन र उत्पादकत्वको वृद्धिमार्फत रोजगारी र समृद्धि हासिल गर्दै  मुलुकमा आत्मनिर्भर  अर्थतन्त्रका लागि किसानहरु मुख्य शक्ति हुन । उनीहरुको मनोबल उच्च राख्दै व्यवसायिक प्रवद्र्धनका लागि अनुकुल वातावरण बनाउनु अहिलेको आवश्यकता हो । सरकारले विचौलियाको स्वार्थका लागि सिंगो सत्ता संरचना प्रयोग गर्ने तर किसानहरुका माग वेवास्ता गर्ने प्रवृति गम्भीर छ । यदि सरकारले किसानहरुका माग बेवास्ता गरेमा हाम्रो पार्टी किसानसँगै उभिएर संघर्षलाई अझ व्यापक एवं  सशक्त बनाउदै किसानको अधिकार, सम्मान र न्यायका लागि दृढतापूर्वक उभिने स्पष्ट पार्न चाहन्छौं ।

Read More

इन्डोनेसियामा सांसदहरूको तलब र सुविधाको विरोधमा प्रदर्शन

काठमाडौँ । इन्डोनेसियाको राजधानी जकार्तामा संसद भवन अगाडि सयौं प्रदर्शनकारीहरूले सांसदहरूको तलब र सुविधाको विरोधमा प्रदर्शन गरेका छन् ।

यो हप्ताको दोस्रो ठूलो प्रदर्शन हो, जसले राष्ट्रपति प्रबोवो सुबियान्तोको सरकारविरुद्ध बढ्दो आक्रोश देखाएको छ । प्रदर्शनकारीहरूले सांसदहरूलाई दिइने तलब, भत्ता र सुविधा आवश्यकताभन्दा बढी भएको बताएका छन्।

यो प्रदर्शन श्रमिक संगठनहरूले सुरु गरेका थिए र उनीहरूले न्यूनतम ज्याला बढाउन र कर घटाउन माग गरेका थिए । यसपछि विद्यार्थीहरू पनि विरोधमा सामेल भए र राजनीतिज्ञहरूको विलासी जीवनशैलीप्रति आक्रोश व्यक्त गर्न शुरु गरे । प्रदर्शन बढ्न थालेपछि राजधानी जकार्तामा चार हजारभन्दा बढी प्रहरी तैनाथ गरिएको छ ।

प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेर भीडलाई तितरबितर पारेको र ३०० भन्दा बढी मानिसहरूलाई पक्राउ गरेको मिडिया रिपोर्टमा बताइएको छ ।

प्रदर्शनकारीहरूले सांसदहरूले आफ्नो भत्ता बढाउन खोजिरहेको बताएका छन्, जबकि मजदुरहरूको ज्याला वृद्धिको मागलाई बेवास्ता गरिएको उनीहरुको आरोप छ ।

Read More

प्रधानमन्त्री ओलीले शुक्रबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

विहिबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतहरुसँगको छलफलमा शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने जानकारी गराइएको हो ।

प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा संसदलाई जानकारी गराउने बताइएको छ । प्रधानमन्त्री ‌ओली भदौ १४ गते सांघाई सहयोग संगठन शिखर सम्मेलनमा भाग लिन चीन भ्रमणमा जादैछन् ।

प्रधानमन्त्री ओलीले शुक्रबारको सम्बोधनमा लिपुलेक बारे भारत र चीनबीच हालै भएको सहमति बारे नेपालको धारणा र आगामी रणनीति बारे संसदमा बोल्ने बताइएको छ ।

Read More

रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार बसेको सचिवालय बैठकका निर्णय सार्बजनिक गरिएको छ ।

रास्पवाको सचिवालय बैठकले केन्द्रीय विभागहरूलाई गतिशील बनाउने केन्द्रीय सङ्गठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभागलाई थप गतिशील बनाउनेसहितका ६ निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

रास्वपा बैठकका निर्णयहरु:
 १- समसामयिक राजनीतिक एवं संगठन गतिविधि

पार्टीको संगठन गतिविधि, प्रशिक्षण कार्यक्रम, हस्ताक्षर अभियान लगायतका विषयमा र आगामी कार्यक्रम वारे छलफल भयो ।

२- केन्द्रीय विभागहरूलाई गतिशील बनाउने केन्द्रीय सङ्गठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभागलाई थप गतिशील बनाउने निर्णय गरियो ।

३- प्रदेश, जिल्ला र तल्लो संरचना सुदृढीकरण

प्रदेश तथा जिल्ला संगठनलाई थप रणनीतिक रूपमा सशक्त बनाउन, वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य, तालिका र कार्यनीति तयारीका लागि आवश्यक अख्तियारी प्रदेश इन्चार्जलाई दिने र संगठन सुदृढीकरणका लागि रणनीतिक प्रस्ताव सचिवालयमा पेश गर्न निर्देशन दिने निर्णय गरियो ।

४- रूपन्देही–३ उपनिर्वाचन सम्बन्धी निर्णय

रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया लोकतान्त्रिक, पारदर्शी, जनपक्षीय र योग्यताका आधारमा हुने व्यवस्थाको सर्वत्र स्वीकार्यता देखिएकोप्रति कृतज्ञता व्यक्त गर्दै यस कार्यमा सहयोग पुर्‍याउने रूपन्देहीका नागरिकहरू तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा धन्यवाद ज्ञापन गरियो । साथै आगामी छनोट प्रक्रियामा पनि साथ दिन अनुरोध गरियो । प्रारम्भिक छनोट प्रक्रियामा असाध्यै मेहनत, उत्साह र इमानदारीका साथ सहभागी हुनुभएका नौ उम्मेदवारहरूको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै, प्रारम्भिक निर्वाचनलाई महत्वपूर्ण मानिएकोले सामाजिक आचारसंहिताभित्र रही सद्भावपूर्ण सहभागिताका लागि सबैलाई आह्वान गरियो ।

५- कार्यविधि स्वीकृत

पार्टीले सञ्चालन गर्ने प्रारम्भिक निर्वाचन कार्यविधि, २०८२ र वडा परिषद् कार्यविधि, २०८२ स्वीकृत गरियो ।

६- विज्ञहरूको संलग्नता

कृषि, स्वास्थ्य, उद्योग तथा वाणिज्य, श्रम तथा रोजगार तथा सहकारी क्षेत्रका विज्ञहरूलाई सम्बन्धित क्षेत्रका समस्या विश्लेषण, समाधानका उपायहरूको पहिचान तथा अन्वेषण गर्ने र विज्ञहरूसँगको छलफलमार्फत राष्ट्रिय समृद्धिमा योगदान पुर्‍याउन आवश्यक नीति–कार्यक्रमका सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यमा संलग्न गराउने निर्णय गरियो । यसै सन्दर्भमा, उल्लेखित क्षेत्रका विज्ञहरूलाई मन, वचन र कर्मले राष्ट्र निर्माणमा योगदान दिन आह्वान गरिएको छ ।

Read More

उखु किसानको आन्दोलन बारे गगन थापाको कृषिमन्त्रीसँग छलफल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलित उखु किसानका माग बारे  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग छलफल गरेका छन् ।

गगन थापाले कृषिमन्त्रीसँगको भेट बारे जानकारी दिदै कृषि तथा पशुपन्छी विकास मन्त्री र सम्बन्धित अधिकारीहरूसँग भेटेर मुख्यतः दुई विषयमा छलफल गरेको बताएका छन् ।

महामन्त्री थापाले पहिलो, अहिले तत्काल गर्नुपर्ने काम भनेको आन्दोलित किसानलाई सरकारले कबुल गरे अनुसारको उनीहरूको बिक्रीमा आधारित प्रोत्साहन अनुदान भुक्तानी नै भएको बताएका छन् । उनले बजेटको अभावका कुराहरू बाहिर आए पनि अवस्था त्यस्तो नरहेको उल्लेख गर्दै चालू आर्थिक वर्ष ८२/८३ को बजेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत ‘उखु कृषकहरूलाई अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७५ (संशोधन सहित) उखु उत्पादक कृषकलाई प्रोत्साहन अनुदान उपलब्ध गराउने (गत आ.व. २०८१/८२ को समेत)’ शीर्षकमा २ अर्ब रुपैयाँ छुटाइएको बताएका छन् । यसबाट रकम निकासा गरी अविलम्ब प्रोत्साहन अनुदान रकम अन्तर्गत प्रतिक्विन्टलमा पाउने ७० रुपैयाँको दरले भुक्तानी प्रक्रिया अगाडि बढाउनुपर्ने उनको जोड छ ।

दोस्रो, किसानहरूको हितको सन्दर्भमा सरकारले कहिले एउटा निर्णय गर्ने र कहिले फिर्ता गर्ने गर्न नहुने भन्दै किसानहरूलाई पटक-पटक सडकमा आउने अवस्था सिर्जना गर्न नहुने बताएका छन् । उनले न्यूनतम मूल्यदेखि अनुदानसम्मलाई व्यवस्थित र्दै दीर्घकालीन समाधान निकाल्नका लागि विभिन्न सरोकारवालाहरूसँग बसेर बहु-आयामिक ढङ्गले काम गर्नुपर्ने बताएका छन् ।

महामन्त्री थापाले कृषि मन्त्रालयले यो दुवै विषयमा प्रस्ट रहेको र पहलकदमी गरी पनि रहेको आफुले पाएको बताउदै यो विषय कृषि मन्त्रालयको निर्णयले मात्र नटुंगिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विनियोजित बजेटबाट उखु किसानले पाउनुपर्ने रकम भुक्तानी गरी किसानलाई सडकबाट घर-खेतमा फर्कने वातावरण बनाउन र यो विषयको दीर्घकालीन समाधान खोज्न आवश्यक निर्णय गरी पहलकदमी लिन आग्रह गरेका छन् ।

Read More

संसदको क्यालेन्डर तय गर्न सचेतकहरुसँग छलफलमा सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले भदौं महिनाको संसदको क्यालेन्डर तय गर्न सचेतकहरुसँग छलफल गरेका छन् ।

सिंहदरबारमा जारी छलफलमा प्रमुख ५ दलका प्रमुख सचेतकहरू उपस्थित रहेको सभामुखको सचिवालयले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेसम नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका प्रमुख सचेतक र प्रतिनिधि सहभागी रहेका छन् ।

Read More

नेप्से ३८.१० अंकले घट्यो, ८ अर्ब ९ करोडको कारोबार

काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ । आज विहिबार नेप्से ३८.१० अंकले घटेर २७८१ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२२ कम्पनिका एक करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ मा कारोबार भएको थियो ।

आज म्युचुअल फन्ड र ननलाइफ इन्सुरेन्स क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  

आज सबै भन्दा बढी बिकास हाइड्रोको शेयरको मुल्यमा सकारात्मक सर्किट लागेको छ भने मैलुङ खोला जल विद्युतको शेयर मुल्य ३.६२ प्रतिशतले बढेको छ । त्यस्तै आज ओरियन्टल होटलकोको शेयर मुल्य सबै भन्दा बढी ४.७१ प्रतिशतले घटेको छ ।

त्यस्तै आज नेपाल रिइन्सुरेन्सको सबै भन्दा बढी ६५ करोड ४४ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको ६० करोड ६९ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Read More

नेपाल बैंक र कोटबारी होटेलबीच विशेष छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेड र नुवाकोटस्थित कोटबारी होटेल प्रा.लि.बीच छुट सुविधा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य तथा बैंकमा खाता भएका ग्राहकले कोटबारी होटेलको रिसोर्ट सेवामा विशेष छुट पाउने भएका छन् ।

सम्झौता अनुसार रिसोर्टमा उपलब्ध गराइने विभिन्न सेवामा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । यसमार्फत बैंकका कर्मचारी तथा ग्राहकले सहज र किफायती रूपमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ मा अवस्थित कोटबारी रिसोर्टको सुविधा लिन सक्ने व्यवस्था मिलाइएको छ ।

सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र कोटबारी होटेल प्रा.लि.का महाप्रबन्धक आनन्द सिंह ठकुरीले हस्ताक्षर गरेका छन् ।

Read More

भारतको महाराष्ट्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुग्यो

काठमाडौँ । भारतको महाराष्ट्रको पालघरमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

भारतीय मिडियाहरुका अनुसार गएराति भग्नावशेषबाट थप तीन जनाको शव निकालिएको बताएका छन् । करिब ५० फ्ल्याट भएको यो चार तल्ले अवैध भवन मंगलबार र बुधबार राति करिब १२:०५ बजे ढलेको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार चौथो तल्लामा एक वर्षीया बालिकाको जन्मदिन मनाइँदै गर्दा अचानक भवनको एक भागमा रहेका १२ वटा फ्ल्याट भत्किँदा धेरै बासिन्दा र पाहुनाहरू भग्नावशेषमुनि पुरिएका थिए । बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या १५ पुगेको छ भने अहिले पनि उद्धारको कार्य जारी रहेको बताइएको छ ।

Read More