२०८३ बैशाख २३

अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबीच शिष्टाचार भेट

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ । 

भेटका अवसरमा नेपाल र चीनबीचका भन्सार नाकाहरु व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरुको स्तरोन्नति, नेपाल चीनबीचको व्यापार, नेपाल र चीनबीच विगतमा भएका सहमतिहरुको कार्यान्वयन लगायतका विषयमा छलफल भएको छ ।

Read More

च्याटजिपिटीको मूल कम्पनी ओपनएआईले भारतमा कार्यालय खोल्दै

काठमाडौँ । च्याटजिपिटीको मूल कम्पनी ओपनएआईले भारतमा आफ्नो कार्यालय खोल्ने भएको छ । कम्पनीले यस बर्षको अन्त्यसम्म भारतको नयाँ दिल्लीमा आफ्नो पहिलो अफिस खोल्ने बताएको छ । ओपन एआईले  भारतमा आफ्नो उपस्थिति बलियो बनाउन चाहन्छ । प्रयोगकर्ता संख्याको हिसाबले भारत कम्पनीको दोस्रो ठूलो बजार हो ।

दिल्लीमा कार्यालयको स्थान अझै खुलासा गरिएको छैन । यद्यपि, ओपनएआईले भारतमा कार्यालय खोल्ने प्रक्रिया शुरु गरेको छ ।

ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले भारतमा एआईको लागि उत्साह र अवसरको स्तर अविश्वसनीय रहेको बताएका छन् । उनले भारतमा विश्वव्यापी एआईको अग्रणी बन्नको लागि आवश्यक सबै तत्वहरू रहेको बताएका छन् । यसमा प्राविधिक प्रतिभा, विश्वस्तरीय विकासकर्ता इकोसिस्टम र भारत एआई मिशनमा सरकारी सहयोग जस्ता कुरा रहेका छन् ।

ओपनएआईले प्रयोगकर्ताहरूको हिसाबले भारत अमेरिका पछि यसको दोस्रो ठूलो बजार हो र सबैभन्दा छिटो बढ्दो बजारहरू मध्ये एक भएको बताएको छ । पछिल्लो एक वर्षमा, भारतमा च्याटजिपिटीको साप्ताहिक सक्रिय प्रयोगकर्ताहरूको संख्या चार गुणा बढी बढेको छ । यति मात्र होइन, भारत ओपनएआई विकासकर्ताहरूको लागि शीर्ष ५ बजारहरू मध्ये एक हो । साथै, विश्वभर च्याटजीपीटी प्रयोग गर्ने अधिकांश विद्यार्थीहरू भारतका रहेका छन् ।

भारतको केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले भारतमा आफ्नो उपस्थिति महसुस गराउने ओपनएआईको निर्णयले डिजिटल नवप्रवर्तन र एआई अपनाउने देशको बढ्दो नेतृत्वलाई प्रतिबिम्बित गरेको प्रतिक्रिया दिएका छन् ।

भारतभरका स्थानीय व्यवसाय र संस्थाहरूले एआई-संचालित कृषि सेवाहरू, भर्ती र शासन उपकरणहरू जस्ता चुनौतीहरूको सामना गर्न ओपनएआईका उपकरणहरू पहिले नै प्रयोग गरिरहेका छन् ।

Read More

विद्या भण्डारीलाई सम्झाउनुपर्छ, उल्काउनु हुँदैन: ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आशन्न दोस्रो विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफल र भेटघाट कार्यक्रममा व्यक्त गर्नुभएको भनाइलाई हवाला दिएर कतिपय अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित सूचना र समाचारका सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयले उक्त कार्यक्रम कुनै प्रशिक्षणमूलक नभएको, काठमाडौँ उपत्यकामै हुने विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौँका महाधिवेशन प्रतिनिधिसँग अनौपचारिक भेटघाट मात्र रहेको बताएको छ । भदौ ११ गते नै विधान महाधिवेशन हुने ललितपुर जिल्लाका पार्टी अध्यक्ष र पदाधिकारीसँग पनि अध्यक्ष ओलीको भेटघाट भएको उल्लेख गर्दै सचिवालयले काठमाडौँका प्रतिनिधिसँग अध्यक्ष ओलीले बोल्दै नबोलेका ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ जस्ता भ्रामक र मनगढन्ते विषयहरु स्वार्थपूर्णरुपमा बाहिर ल्याइएकोप्रति आपत्ति जनाएको छ ।

भेटघाटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र सङ्घर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हित विपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनलाई हुन पुुगेका क्षति, अहिले पार्टीले लिएको नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, अहिलेको सरकारले विकास र सुशासनका लागि गर्दै आएका सकारात्मक कामलगायत विषयमा आफ्नो दृष्टिकोण राखेको सचिवालयले बताएको छ । 

अध्यक्ष ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई आफूलेजति सम्मान र माया अरु नेताले नगरेको र उहाँ अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुग्नुभएको भन्ने आश्चर्यमा परेको उल्लेख गर्दै भनेका थिए- ‘पूर्व राष्ट्रपति भण्डारीले पार्टीमा विधिवत्रुपमा सदस्यता प्राप्तिको बाटो नलिएर मिडिया र अरुअरु पार्टीका नेताहरुसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गर्नुभयो । यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुग्दैन र उहाँ त्यसरुपमा आएर पार्टीको एकतालाई भड्काउन हुँदैन भन्ने पार्टीका आम साथीहरुलाई लागेको छ र केन्द्रीय कमिटीले त्यसअनुसार उहाँलाई सदस्यता दिँदा उहाँ र आन्दोलनको सम्मानमा आँच पुग्ने निष्कर्ष हो । उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुन्न । नेतृत्व लिने कु्रा कसैको आँखामा नबिझ्ने लालगेडी हुनुु होइन । नेतृत्व क्षमता चाहिन्छ । परिस्थिति अनुसार डटेर सामना गर्नुपर्ने हुन्छ । उहाँ पार्टीमा आएर अध्यक्ष उठेमा हार्नुहुन्छ । हारेपछि पार्टीको विरोधमा लाग्नुहुन्छ, त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारवाहीमा जानुपर्ने हुन्छ । त्यस खालको अपमानजनक अवस्थामा जानुुभन्दा त उहाँलाई अहिले नै सम्मानजनक हैसियत छ, त्यसैले मसँगको भेटमा पनि उहाँलाई पार्टीमा समस्या खडा गर्नेगरी राजनीतिमा नआउन मैले आग्रह गरेको थिएँ । तर उहाँ च्यासलले सदस्यता खोस्यो, पार्टीको नेतृत्वले देश चलाउन सकेन जस्ता मिथ्या आरोपपूर्ण सार्वजनिक अभिव्यक्ति दिन थाल्नुभएको छ । उहाँलाई उहाँसँग निकट भएका साथीहरुले त्यसो नगर्न सम्झाउनुपर्छ, उल्काउनु हुँदैन ।’

प्रधानमन्त्रीको सचिवालयले उक्त भेटघाट कार्यक्रमका सम्बन्धमा सत्य तथ्य बुझेर मात्रै सम्प्रेषण गर्न हुन सम्बन्धित सबैमा आग्रह गरेको छ । 

Read More

स्वस्तिक लघुवित्तको आइपीओ बाँडफाँड

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि आइपीओ बाँडफाँड गरिएको छ । 

विहिबार गरिएको बाँडफाँडमा १९ हजार १९० जनाले १०- १० कित्ता शेयर परेको छ भने पाँच जनालाई एक एक कित्ता शेयर लक्की ड्रबाट परेको छ ।

स्वस्तिक लघुवित्तको आइपिओका लागि २४ लाख ४० हजार ४६० आवेदकले आवेदन दिएकोमा २४ लाख ३६ हजार ३९३ आवेदन स्वीकृत भएको स्वस्तिक लघुवित्तको आइपीओ बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जानकारी दिएको छ ।

जसमा १९ हजार १९५ ले मात्र शेयर पाएका छन् भने २४ लाख १७ हजार १९८ आवेदकको हात खाली भएको छ । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्तलाई जारी पुँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख बराबरको साधारण शेयर जारी गर्न अनुमति दिएको थियो । पहिलो चरणमा संस्थाले कुल निष्कासन १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल २३ हजार १०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्री गरेको थियो ।

यसैगरी कुल २ लाख ३१ हजार कित्तामध्ये ०.५ प्रतिशतले हुन आउने १ हजार १५५ कित्ता शेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।  

आइपिओ बाँडफाँटको नतिजा सीडीएससी आइपीओ रिजल्ट पोर्टल, मेरो सेयर एकाउन्टलगायतबाट हेर्न सकिन्छ ।

Read More

हैजापछि वीरगंजमा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि

वीरगंज । हैजाको संक्रमणको सामना गरिरहेको वीरगंज महानगरपालिका क्षेत्रमा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको छ ।

महानगरले पर्सा जिल्लामा जापानिज इन्सेफलाइटिसका २५ वटा रिपोर्टेड केश मध्ये र २ वटा पुष्टि भएको र जसमध्ये १ वटा केश वीरगंज महानगर-५ मा पुष्टि भएको जानकारी दिएको छ ।

महानगरले यस अवस्थालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिकाभित्र यस रोगको संक्रमण फैलिन नदिन विशेष सतर्कता र सावधानी अपनाउन सम्पूर्ण सुँगुर तथा बंगुरपालक किसानलाई अनुरोध गरेको छ । यससँगै, सुँगुर र बंगुरको अनावश्यक ओसारपसार नगर्न र रोगसँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखापरेमा तत्कालै महानगरपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न आग्रह गरेको छ । डेंगु, इन्सेफ्लाइटिस, मलेरिया जस्ता प्राणघातक रोग फैलाउने लामखुट्टे नियन्त्रणका लागि वीरगंज महानगरले  ३२ वटै वडामा औषधि छर्कने अभियान सुरु गरेको बताएको छ ।

महानगरमा सरसफाइ संयोजक जयप्रकाश खेतानको नेतृत्वमा ५ वटा गाडी र २० जनाको प्राविधिक टोली परिचालन गरी नाला तथा पोखरीमा स्प्रेमार्फत औषधि छर्कने कार्य सुरु भएको जनाइएको छ ।

महानगर ले गोठ तथा वरिपरिको स्थान सफा राखी पानी जम्न नदिन गोठ वा खेत जानेबेला पूरै शरीर ढाक्ने कपडा प्रयोग गर्न, परिवारका सदस्यलाई जापानिज इन्सेफलाइटिसको खोप अनिवार्य लगाउन आग्रह गरेको छ ।

Read More

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको ४ सयले बढेर तोलाको एक लाख ९९ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९९ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २३५५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २३४५ मा कारोबार भएको थियो ।

Read More

डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

धनगढी  । डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान सदरमुकामतर्फ जादै गरेको से १ ज ७३८ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले अहिलेसम्म चार जनाको शव फेला परेको बताएको छ । जीप सडकबाट करीब पाँच सय मिटर तल जंगलमा खसेको र उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइने प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन । दुर्घटनाको कारण  खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ  ।

Read More

किम र पुटिनले चीनको सैन्य परेडमा भाग लिने

काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ-उनले सेप्टेम्बर ३ मा चीनमा हुने सैन्य परेडमा भाग लिने भएका छन् । 

चीनको विदेश मन्त्रालयले किमसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि यस कार्यक्रममा भाग लिने बताएको छ ।

चीनमा यो ‘विजय दिवस’ परेड जापानसँगको युद्धको ८०औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिन लागेको छ ।

चीनले यस परेडमा आफ्ना नयाँ हतियारहरू प्रदर्शन गर्नेछ, जसमा सयौं विमान, ट्याङ्क र ड्रोन विरोधी प्रणालीहरू समावेश हुने बताइएको छ । चीनले पहिलो पटक परेडमा आफ्नो सेनाको नयाँ शक्ति पूर्ण रूपमा प्रदर्शन गर्न लागेको छ ।

Read More

गुल्मीको राक्सेस्थित कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध

बुटवल । गुल्मीको राक्सेस्थित कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।

विहिबार विहान गुल्मीको कालिगण्डकी गाउँपालिका-२ राक्से स्थित कालीगण्डकी करिडोर सडक खण्डमा माथिबाट लेदो सहितको पहिरो आई बाटो पूर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको र वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

Read More

इन्टर मियामी लिग कपको फाइनलमा

काठमाडौँ । इन्टर मियामी लिग कपको फाइनलमा पुगेको छ । विहिबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा इन्टर मियामीले ओर्लान्डो सिटीलाई ३-१ गोल अन्तरले पराजित गर्दै लिग कपको फाइनलमा पुगेको हो ।

इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने एक गोल टेलास्को सेगोभियाले गरेका थिए । त्यस्तै ओर्लान्डोका लागि एक गोल मार्को पासालिकले गरेका थिए । यस खेलमा खेलको ७५औं मिनेटमा डेभिड ब्रेकालोले रातो कार्ड पाएपछि ओर्लान्डो सिटी १० खेलाडीमा सिमित भएको थियो ।

अब इन्टर मियामीले एलए ग्यालेक्सी र सीटल सोन्डर्स एफसीसँगको विजेतासँग फाइनलमा खेल्ने छ । फाइनल खेल ३१ अगस्तमा हुने छ ।

यो लिग कपको पाँचौं संस्करण हो भने इन्टर मियामीले २०२३ को लिग कप जितेको थियो । 

Read More