२०८३ बैशाख २२

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी आजदेखि, नेपालले अमेरिकाको सामना गर्दै

काठमाडौं । रुवाण्डामा आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी आजदेखि शुरु हुदैछ । 

आज पहिलो दिन नेपालले अमेरिकाको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ४: ४५ बजेदेखी शुरु हुदैछ ।

त्यस्तै आज रुवान्डा र इटालीवीच अपराहन्न १२: ४५ बजेदेखि उद्घाटन खेल हुदैछ । 

नेपाल क्रिकेट संघ (क्यान) ले यो प्रतियोगिता खेल्न नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, मनिषा उपाध्याय, सम्झना खड्का, रुवि पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत र रचना चौधरीलाई त्यसतर्फ पठाएको छ । त्यस्तै नेपाली टिमको मुख्य प्रशिक्षक हर्षल पाठक रहेका छन् ।

रुवाण्डा क्रिकेट संघले आयोजना गर्ने पहिलो आइसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १८ देखि मे २ सम्म हुदैछ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरूमा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा रहेका छन् ।

नेपालले पहिलो खेल अप्रिल १८ मा अमेरिकाविरुद्ध खेल्ने छ भने दोस्रो खेल अप्रिल १९ मा इटालीसँग अप्रिल २२ मा रुवाण्डासँग, अप्रिल २४ मा भानुआटुमा, अप्रिल २६ मा अमेरिकासँग, अप्रिल २८ मा रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

हाल देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र तराई भू-भागमा आंशिक बादल लागेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको  पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, मधेश प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको  सम्भावना रहेको छ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अन्य केही भू-भागमा तातो दिन हुने सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, कोशी प्रदेशको पहाडी र तराई लगायत बाँकी पहाडी भू-भागमा आंशिक बादल  लाग्ने र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Read More

२०८३ बैशाख ५ गते शनिबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ बैशाख ५ गते शनिबार ईस २०२६ अप्रिल १८ नेपाल सम्बत ११४६ चौलागा पारु, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष प्रतिपदा, चन्द्रमा मेष राशिमा, आस्विनी नक्षत्र, प्रिती योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३८ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३० मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज मत्स्यन्द्रनाथ रथारोहण हुदै छ भने आज विश्व सम्पदा दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

जोखिम मोलेर काम गर्ने प्रवृत्तिलाई अङ्कुश लगाउनु होला । शत्रु र कुरा काट्नेहरू सक्रिय रहेको समय हो । आफ्नै कमजोरीले साख बिग्रन सक्छ । आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागुरियाका व्यापारीका लागि राम्रो दिन देखिन्छ । पारिवारिक वातावरण ठीकै छ, तर छोराछोरीको इच्छा बुझेर काम गर्ने हुँदा बजेट डगमगाउने तथा पारिवारिक जीवनमा मनोमालिन्य बढ्नसक्ने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कुनै समस्या छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । घरबाहिर हुनुहुन्छ भने मन मिल्ने साथीलाई बताउनु ठीक हुन्छ । कामधन्दालाई पर सारेर केही समय विश्राम लिनु र मुडफ्रेस गर्नु उचित हुन्छ । त्यस्तै आयस्रोत र पदप्रतिष्ठामा बृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ । बाध्यात्मक घरायसी काममा खट्नुपर्ने हुँदा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ, तथापि श्रम गरेबमोजिम राम्ररी नै कार्यालयको काम सम्पादन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । नयाँ ठाउँ, रमणीय वातावरण र नयाँ मित्रको सङ्गत र संसर्ग हुने समय हो । मनमस्तिष्क धर्म, अध्यात्म र परोपकारप्रति केन्द्रित हुनसक्छ । साझेदार र सहकर्मीको सुझाव लाभदायी ठहरिने छ । कामधन्दा छोडेर सामाजिक क्रियाकलापमा सक्रिय भइने छ, तथापि चुस्तदुरुस्त व्यवस्थापनका कारण बेफाइदा हुनेछैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

जीवनसाथी र परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ, कुनै आर्थिक समस्या छ भने प्रयास गरेमा हल हुने समय हो । मिहिनेत र बुद्धिकौशलको प्रयोग गरी आज सँगीसाथीका बीचमा विद्वान् र चङ्ख साबित हुने दिन हो, गुरुजनबाट स्याबासी पाउन सक्नुहुन्छ । मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन हो, तर पनि भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । हाँके÷ताकेको उपलब्धि प्राप्त हुने, तर महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

विपरीत परिस्थिति भए पनि कामलाई कुशलतापूर्वक झेल्नसक्ने सामथ्र्यको विकास गर्न सकिने छ । पेसागत उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ । एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ, जीवनशैली र उठबसमा परिवर्तन गर्नसके प्रेमजीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ । खुट्टा तान्ने र कुरा काट्ने शत्रुहरूसित सतर्कता अपनाउनु होला, त्यस्तै वाचा गर्नेले धोका दिनसक्छन् । हडबड, शीघ्रता र क्रोध पनि आजका शत्रु हुन् भन्ने बुझ्नुपर्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ । आत्मविश्वासमा कमी आउनसक्छ, हरेक क्रियाकलापमा संयमता र हिम्मतको खाँचो हुनेछ । जुवा वा सट्टाबाजीमा धन लगानी गर्नु हानिकारक बन्नेछ । लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता छ भने प्रतियोगी बलिया छन् भन्ने बुझी अझ धेरै मिहिनेत र प्रयास गर्नुपर्ने दिन हो । व्यक्तित्व विकास तथा भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनसक्छ, लक्ष्यप्रति गम्भीर भएमा हरेक काममा सफलता मिल्नेछ । लाभमूलक विषयमा लगानी गरेमा भविष्य सुध्रने छ । रोकिएको काम बन्ने र पदीय दायित्वमा बृद्धि हुने दिन छ, खोजी गर्दा आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

चिडचिडेपना बढ्ने समय भएकाले एउटै कामका लागि निकै खट्नुपर्ने हुन्छ । आज समय निकालेर परिवार र सँगीसाथीसँग सम्पर्क गरेको राम्रो हुन्छ । लेखन÷प्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो । निकै धपेडी गर्ने वेला छ, काम गर्दा अनेकानेक बाधा हुनसक्छन्, तथापि दोहोर्याएर प्रयास गरेमा सबै काम सम्पन्न हुने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धार्मिक-सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । आफन्त वा छरछिमेकको काममा खट्नुपर्ने समय छ, घरव्यवहारकै काममा पनि व्यस्तता रहनेछ, आज बहुप्रतीक्षित अभिलाषा र इच्छाको पूर्ति हुने दिन हो । विशेष गरी जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्दछन्, तिनको प्रयास सफल हुने तथा प्रशंसा पाउने समय हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ । हाकिमको कचकच बढ्नेछ, अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने बाध्यता हुनेछ, तापनि प्रयत्न गर्दा लाभमूलक क्षेत्रको पहिचान गर्न सकिने छ । ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुन्छ । कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ । घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

स्वास्थ्यक्षेत्र, काठपात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानीसम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने हुन्छ । स्वास्थ्यस्थितिमा कमजोरी देखिए पनि आनन्द र तिर्सनामा बृद्धि हुने दिन हो । स्वभावमा अस्वाभाविकता देखा पर्नेछ, कलहबाट टाढिएको जाती हुन्छ । जिद्दीपन र घमण्ड बढ्नेछ, गर्नुपर्ने काम वा जिम्मेबारीप्रति कुनै लगाव देखिंदैन, तर परीक्षामा खरो उत्रन अझ धेरै मिहिनेत गर्ने समय हो ।

Read More

बिबिसीले दुई हजार कर्मचारी हटाउदै

काठमाडौँ । बेलायतको सार्वजनिक प्रसारण संस्था बीबीसीले ठूलो मात्रामा कर्मचारी कटौती गर्ने निर्णय गरेको छ ।

आगामी दुई वर्षभित्र करिब दुई हजार कर्मचारी हटाइने जनाइएको छ, जसले कुल कर्मचारीको झण्डै १० प्रतिशतलाई असर पार्नेछ । यो निर्णय करिब पाँच अर्ब पाउण्ड बराबरको खर्च बचत गर्ने उद्देश्यले लिइएको हो ।

बीबीसीका कार्यवाहक महानिर्देशक रोड्री टेल्फन डेविसले बुधबार यसबारे जानकारी दिएका हुन् । उनका अनुसार सन् २०११ पछि यो सबैभन्दा ठूलो कर्मचारी कटौती हुनेछ । हाल बीबीसीमा करिब २१ हजार पाँच सय कर्मचारी कार्यरत छन् ।

डेविसले यो निर्णयले कर्मचारीमा चिन्ता र अनिश्चितता बढाउने स्वीकार गर्दै वर्तमान आर्थिक अवस्थाका कारण यस्तो कदम चाल्न बाध्य भएको बताएका छन् । बढ्दो महँगी, लाइसेन्स शुल्कबाट घट्दो आम्दानी, व्यापारिक आम्दानीमा गिरावट र विश्व आर्थिक अस्थिरताले खर्च कटौती गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

खर्च घटाउन बीबीसीले नयाँ भर्नामा नियन्त्रण गर्ने, यात्रामा हुने खर्च कम गर्ने, व्यवस्थापन परामर्शमा खर्च घटाउने तथा कार्यक्रम र भेलामा हुने खर्च कटौती गर्ने योजना बनाएको छ ।

यसका साथै लागत घटाउन प्रविधिको प्रयोग बढाउनेतर्फ पनि बीबीसीले ध्यान केन्द्रित गरेको छ । बीबीसीको मुख्य आम्दानी बेलायतका घरधुरीबाट उठाइने वार्षिक लाइसेन्स शुल्कबाट आउने गर्छ ।

Read More

भूतपूर्व सैनिक सम्मेलन सञ्चालन

काठमाडौँ । ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण-सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल सन्देशका साथ मध्य पूर्वी पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गत मधेसका जिल्लाहरूमा भूतपूर्व सैनिक सम्मेलन-२०८२ सञ्चालन भएको छ ।

मुख्य सम्मेलन केन्द्र, मध्य पूर्वी पृतना, बर्दिबासमा प्रधान सेनापति अशोक राज सिग्देल र अन्य २ वटा उपकेन्द्रहरूमा ज्येष्ठ अधिकृतको प्रमुख आतिथ्यमा सञ्चालन भएको यस सम्मेलनमा उक्त क्षेत्रमा बसोबास गर्ने करिब दुई हजार पाँच सय अवकाश प्राप्त सैनिक तथा परिवारजनको उपस्थिति रहेको थियो ।    

नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा सञ्चालन भएको सम्मेलनमा ज्येष्ठ भूतपूर्व सैनिक तथा ज्येष्ठ एकल महिला र ४ जना सन्ततिलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने १ जना अभिभावकलाई सम्मान गर्नुका साथै सर्वोत्कृष्ट र उत्कृष्ट उद्यमीहरूलाई प्रशंसा-पत्र एवं पुरस्कार वितरण गरिएको थियो । सोही क्रममा फरक क्षमता भएका तथा अशक्त ८ (आठ) जना भूतपूर्व सैनिकहरूलाई व्हिल चेयर तथा बैसाखी वितरण गरिएको थियो ।

यस प्रकारको कार्यक्रमले सेवारत र अवकाश प्राप्त सैनिकहरू बिचको सम्बन्धलाई निरन्तरता दिँदै कल्याणकारी कोषको स्थायित्व एवं गुणात्मक सेवा प्रदान गर्न उपयुक्त तथा व्यवहारिक सुझाव सङ्कलन गरी हिताधिकारीहरुलाई शिक्षा, स्वास्थ्य, सहुलियत र स्वरोजगारका क्षेत्रमा समयानुकूल सुविधा प्रदान गर्न मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । 

आर्थिक वर्ष २०८२/०८३ को भूतपूर्व सैनिक सम्मेलन मध्ये मध्य पूर्वी पृतना अन्तर्गतका हिमाली तथा पहाडी जिल्लाहरूमा मिति २०८३ वैशाख ५ गते आयोजना हुने कार्यक्रम रहेको छ ।

Read More

संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार संबिधानप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

विहिबार अन्तर सरकारी वित्ति परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले सरकार संबिधानप्रति प्रतिबद्ध रहेको र संबिधान परिवर्तन गर्दा पनि सरकारले संबिधानकै धारामा टेकेर गर्ने स्पष्ट गरेका हुन् । उनले करिब दुई तिहाईको बहुमत आएको अवस्थामा संबिधानमा के के परिवर्तन गर्ने हुन् भन्ने हल्ला चलाइएको बताउदै मन्त्री वाग्लेले सरकार संबिधानप्रति प्रतिबद्ध रहेको स्पष्ट गरेको बताए ।

सरकार सेवामुखी काम गर्न प्रतिबद्ध रहेको बताउदै मन्त्री वाग्लेले यसको शुरुवात समेत गरिसकेको बताए । उनले ठुलो जनमतसाथ आएको सरकारलाई सामान्य काम चलाउ किसिमको काम गर्ने छुट नभएको भन्दै आफुहरुले व्यापक सुधारका काम गर्न शुरु गरेको बताए ।

उनले बजेटमार्फत दर्जनौं ऐन खारेज र संशोधन गर्ने बताउदै नियमन गर्ने ऐन नभएमा नयाँ ऐन ल्याउने तयारीका साथ काम गरिरहेको बताए । 

मन्त्री वाग्लेले विकासको बाधक बनेको भनिएको खरिद ऐनलाई छिटो परिवर्तन गर्ने बताउदै अध्यादेशबाट गर्ने वा संसदको आउदो अधिवेशनबाटै परिवर्तन गर्ने प्रतिबद्धता जनाए ।

उनले सरकारले रुपान्तरणकारी पूर्वाधारको विकास गर्ने तयारीमा सरकार रहेको बताए । मन्त्री वाग्लेले ठुला पूर्वाधारमा निजी क्षेत्रलाई ल्याउने बताउदै भारतले अपनाइरहेको टोल सडकको अवधारणाको सानो अंश नेपालमा ल्याउने बताए ।

Read More

रास्वपाले टुंगायो समितिका सभापतिका उम्मेदवार, को को छानिए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ ।

बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो ।

त्यस्तै रास्वपाले मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ । बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै कानुन समितिको सभापतिमा समीक्षा बास्कोटा, कृषि समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार समितिको सभापतिमा आशिष गजुरेल, राज्य व्यवस्था समितिको सभापतिमा हरि ढकाल, शिक्षा समितिको सभापतिमा डा. ओजश्वी शेरचन, सार्बजनिक सुनुवाई संयुक्त समितिको सभापतिमा बोधनारायण श्रेष्ठ, राज्यका निर्देशक सिद्धान्त र दायित्व समितिको सभापतिमा गणेश कार्की, अन्तर्राष्ट्रिय समितिको सभापतिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग समितिको सभापतिमा रहवर अन्सारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

Read More

संसदीय समितिका सभापतिको चयनमा सत्ता पक्ष र विपक्षी दल छुट्टा छुट्टै छलफलमा

काठमाडौँ । दलहरु संसदीय समितिको सभापतिको चयनमा जुटेका छन् । आज १ बजेदेखि ४ बजेसम्म प्रतिनिधि सभाका विषयगत समितिका सभापतिको मनोनयन दर्ताको समय रहेको छ  ।

यसैबीच समितिका सभापतिका उम्मेदवारको विषयमा छलफल गर्न रास्वपाको संसदीय दलको बैठक सिंहदरबारमा शुरु भएको छ ।

अर्कोतर्फ सिंहदरबरस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरु पनि छलफलमा जुटेका छन् । संसदीय समितिका सभापति चयनको विषयमा नेपाली काँग्रेसम एमाले र नेकपासहितका दलहरु छलफलमा जुटेका हुन् ।

कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने बताएको छ । तर सत्तारुढ दल रास्वपाले विपक्षी दलहरूलाई समितिको सभापति नदिने संकेत गरेको छ । सामान्यतया सार्बजनिक लेखा समितिको सभापति विपक्षी दललाई दिने प्रचलन रहेकाले यस पटक काँग्रेसले दाबि गरेको छ ।

Read More

जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाबाट एक जना पक्राउ

काठमाडौँ । धनकुटामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ गुठ बस्ने ४२ वर्षीय धन बहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । 

धन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

बलिवुडको सुपरहिट ‘सैयारा’ टिमले घोषणा गर्यो नयाँ फिल्म

काठमाडौँ । बलिवुडको २०२५ को सुपरहिट फिल्म ‘सैयारा’ को टिम फेरी अर्को फिल्ममा दोहोरिने भएको छ । निर्देशक मोहित सुरी, निर्माता अक्षय विधानी तथा मुख्य कलाकार अहान पाण्डे र अनीत पड्डा नयाँ प्रोजेक्टका लागि पुनः एकजुट भएका छन् ।

‘सैयारा’ टिमले नयाँ फिल्मको घोषणा गरेपनि फिल्मको नाम भने तय गरिएको छैन । सामाजिक सञ्जाल र मिडियामा फिल्मको नाम सैयारा- २ हुनसक्ने अड्कलबाजी चलेपनि निर्माण पक्षले यो फिल्मको नाम सैयारा- २ नहुने स्पष्ट गरेको छ ।   

यो नयाँ फिल्म एक भावनात्मक प्रेमकथामा आधारित हुने बताइएको छ, जसमा गहिरो भाव र संगीतलाई विशेष रूपमा जोड दिइनेछ । निर्माण टिमका अनुसार फिल्मको कथा अझै औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।

यशराज फिल्म्सको ब्यानरमा बन्ने यो फिल्म यसै वर्षदेखि छायांकनमा जाने तयारीमा छ । 

सैयारा फेम अभिनेता अहान पाण्डेले यसअघि आफ्नो दोस्रो फिल्म चर्चित निर्देशक अली अब्बास जफरसँग गर्ने घोषणा गरिसकेका छन् ।

Read More