1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

दि ओरिएण्टल इन्स्योरेन्सले भूकम्प-आन्दोलन प्रभावित पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग

काठमाडौं । दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले भाद्र २३–२४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतकार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत यस कोषमा योगदान गरेको हो। बिहिबार कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक संजय जोशीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री रामेश्वर खनाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

अर्थमन्त्री खनालले कम्पनीको यो योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्।