1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब १३ करोडको कारोबार

काठमाडौँ । नेप्से आज दोहोरो अंकले बढेको छ । बुधबार नेप्से १०.८७ अंकले बढेर २६३३.७६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४२ कम्पनिका एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ५ अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । 

आज एसवाई प्यानल र न्यादी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्योर इनर्जीको शेयर मुल्य ६.४७ प्रतिशतले बढेको छ । त्यस्तै आज वीन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी ग्रीन भेन्चरको १७ करोड ७९ लाख कारोबार भएको छ भने बन्दीपुर केबलकारको १५ करोड ८८ लाखको कारोबार भएको छ ।