1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

इरानमा स्टारलिंक इन्टरनेट नि: शुल्क

काठमाडौँ । एलन मस्कको कम्पनी स्टारलिंकले इरानका बासिन्दाहरूका लागि स्याटेलाइट इन्टरनेट सेवाहरू निःशुल्क गरेको छ ।

इरानमा भइरहेको विरोध प्रदर्शनका कारण, विगत केही दिनदेखि देशमा इन्टरनेट सेवाहरू बन्द छन् । यस समयमा, स्टारलिंक इरानीहरूका लागि बाहिरी संसारसँग कुराकानी गर्ने केही माध्यमहरू मध्ये एक बनेको छ ।

एक अनुमानले इरानमा कम्तिमा ५० हजार स्टारलिंक रिसीभरहरू रहेको देखिएको छ, यद्यपि यी कति सक्रिय छन् भन्ने स्पष्ट छैन ।

इरानमा स्टारलिंक प्रयोग गर्नुलाई अपराधीकरण गरिएको छ । हालैका रिपोर्टहरूले इरानी सरकारी एजेन्टहरूले स्टारलिंक रिसीभर मालिकहरूमाथि कारबाही गरिरहेको कुरा बाहिर आएको छ । स्टारलिंक इन्टरनेट प्रयोग गर्न एन्टेना सहित रिसीभिङ उपकरण चाहिन्छ ।

केहि सातादेखि इरानमा जारी प्रदर्शनलाई अमेरिकाले खुला समर्थन गरेको छ भने अहिलेसम्म इरानको प्रदर्शनमा दुई हजार भन्दा बढीको ज्यान गएको दाबि गरिएको छ । सरकारले सबै किसिमका सञ्चार सम्पर्क बन्द गरेको छ ।