1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

हिमालयन लाइफले राख्यो ५ लाख ३६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना संस्थापक शेयरधनीको नाममा दर्ता ५ लाख ३६ हजार २२५ कित्ता शेयर बिक्रीमा राखेको छ।

कम्पनीका अनुसार यो बिक्री प्रक्रिया नेपाल बीमा प्राधिकरणले जारी गरेको “बीमकको संस्थापक शेयर कारोबार निर्देशिका, २०७७” अनुसार सञ्चालन हुनेछ। यस अन्तर्गत, पहिलो प्राथमिकता कम्पनीका हालका संस्थापक शेयरधनीलाई दिइएको छ।

कम्पनीले जनाएको छ, इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको कानुन विभागमा लिखित प्रस्ताव पेश गर्नुपर्नेछ। यदि तोकिएको समयभित्र कुनै प्रस्ताव नआएमा, बाँकी शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइने व्यवस्था तय गरिएको छ।

हिमालयन लाइफले यस कदममार्फत संस्थापक शेयरधनीमा हिस्सेदारीको पुन:समायोजन गर्दै बजारमा थप पारदर्शिता र अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।