1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

काँग्रेसको महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल चयन हुदै

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल बन्ने निश्चित भएको छ ।

विश्वप्रकाश शर्माले घिमिरेलाई महामन्त्री बनाउन आफुले नाम फिर्ता लिएपछि अब घिमिरे र पौडेल विशेष महाधिवेशनबाट महामन्त्री बन्ने निश्चित भएको हो ।

काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत निर्वाचन समितिले उम्मेदवारको अन्तिम सूची सार्बजनिक गर्ने तयारीमा रहेको छ ।। काँग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन हुने निश्चित रहेको छ ।

त्यस्तै उपसभापतिमा फरमुल्लाह अन्सारीको उम्मेदवारी परेको छ भने सहमहामन्त्रीमा बहादुर सिंह लामाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिले नयाँ नेतृत्वको चयन सर्वसम्मत गर्न लागेकोले केहीबेरपछि नै घोषणा हुने बताइएको छ । काँग्रेसको विशेष महाधिवेशनले  १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।