२०८३ बैशाख १३

आज यी राशिहरुको भाग्य चम्किदै: सफलता र सम्मानको ढोका खुल्ने, मनका सबै चाहना पूरा हुने संकेत

आज भदौ १६ गते सोमबार ई.सं. २०२५ सेप्टेम्बर १ नेपाल सम्बत ११४५ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल नवमी , चन्द्रमा वृश्‍चिक राशिमा, ज्‍येष्‍ठा नक्षत्र, विषकुम्‍भ योग, बालव करण ।

आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४३ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर २३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्‍चिक राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन शरिर ऐनामा हेरेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ४२ मिनेट देखि ०७ बजेर १७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धार्मिक/सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्‌नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो । मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्‌ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ । नियम/कानूनसँग असङ्गत विषयवस्तु र गलत काममा दिलचस्पी राख्नु हुँदैन, साँच्चै भन्ने हो भने आज रिस्क र जोखिमबाट टाढा भाग्ने दिन हो । कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा ‘हँ मा हँ’ मिलाउनुभन्दा ‘नाइँ’ पनि भन्न सक्नुपर्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
किनमेलका क्षेत्रबाट लाभ हुनेछ । साझेदार र सहयोगीले पूर्णरूपेण सहयोग गर्नेछन् । कुनै प्रतिस्पर्‌द्धामा समेत सफलता हासिल हुनेछ । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस्, फाइदा हुनेछ । प्रयास गरेमा मन पिरोल्ने समस्यालाई हल गरी मनको बोझ कम गर्न सकिन्छ । जीवनसाथीले पनि मनको कुरो बुझिदिंदा सन्तुष्टि मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, त्यसैले परिश्रम र आरामको सन्तुलनमा ध्यान दिई पठनपाठनमा जुट्नुपर्छ, बहस वा तर्कवितर्कमा विजयी भइने छ । प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, सुखसुविधा भनेको केवल साधनमात्र हो । आफूले गरेको मिहिनेतको प्रतिफल अरुले हत्याउने चेष्टा गर्नेछन्, तर शुभचिन्तकहरूको साथ पाउनाले अप्ठ्यारो परिस्थितिमा समेत काम बनाउन सकिने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ । पारिवारिक सुखमा अभिबृद्धि हुनेछ, आफन्त र शुभचिन्तकले पूर्ण सहयोग गर्नेछन् । विशिष्ट व्यक्तिसँग घुलमिल र उठबस हुने दिन हो । आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागुरियाका व्यापारीका लागि राम्रो दिन देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आन्तरिक खूबी तथा क्षमताको सहज विकास हुने एवं कार्यशैलीमा गम्भीरता आउने राम्रो दिन छ, बुद्धि र कौशलको प्रयोग गर्दा धनार्जनको राम्रो अवसर मिल्नेछ । व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो । कामधन्दामा एक्लै खट्नुपर्ने दिन हो । आशा देखाउनेहरूले पनि सहयोग गर्ने परिस्थिति बन्दैन, अतः व्यस्त रहँदारहँदै दिन बितेको पत्तो पाइने छैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दाजुभाइ, दिदीबहिनी वा छरछिमेकीको सहयोग गर्ने हुँदा केही समय बित्नसक्छ । आज व्यक्तिगत पहिचान र प्रतिष्ठा एवं व्यवसायिक स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्ने दिन हो । आत्मबल र हिम्मतका साथमा काम गरेमा महत्त्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ, कुनै कुरामा दुविधा भएमा सहकर्मीको साथ लिंदा झन राम्रो हुनेछ । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ, सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् । मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने छ, तर कुनैकुनै कुराले तपाईंलाई एक्लो र खिन्न बनाउन सक्छ । बोलीमा विशेष बल छ, मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइने छ । सानो प्रयासले भाग्य र भविष्य सपार्न सकिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ । प्रयास गर्दा उपलब्धि पाउने दिन हो, उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उच्छृङ्खलता बढ्न सक्छ । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मन अस्थिर र कातर बन्ने कमजोर समय छ, कतिपय विषयको निर्णय लिनुपर्दा दोधारेपन देखिने छ । सँगीसाथी र सहकर्मीको मद्दत लिएको जाती हुन्छ । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । सरकारविरोधी, असामाजिक र हानिकारक कार्यमा संलग्नता बढ्न सक्छ, सोच्दै नसोचेको क्षेत्रमा धनहानि हुनसक्छ, त्यसैले सचेत र संयम हुनुपर्ने समय हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो । सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्नसक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुस हटेर जानेछन् । दाम्पत्यसुख र प्रेम सम्बन्धका निमित्त राम्रो समय छ, एक्लै बस्नुहुन्छ भने घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गरेको जाती हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ । परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ । दायित्व र जिम्मेबारी थपिने समय हो, कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको सान्निध्य पाइने तथा विचार र भावना ग्रहण गर्ने दिन हो, सेवाचाकरीमा पनि केही समय दिनुपर्ने हुन्छ ।

Read More

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी (फोटोफिचर)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यसहितको प्रतिनिधिमण्डलमा उच्च पदाधिकारी पनि सहभागी भएका हुन् ।

राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँचदिने भ्रमणमा रहेका छन् । भ्रमणका क्रममा पहिलो दिन प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता भइसकेको छ । सोमबार (भदौ १६गते) सुरु हुने शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन् ।

Read More

ओली र मोदीबीच तियान्जिनमा स्ट्याण्ड-अप मिटिङ: सम्वादको नयाँ ढोका कि फोटोशूट ?

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग भारतको सम्बन्ध गहिरो रहेको बताएका छन् ।

चीनको तियान्जिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग उभिएर भएको भलाकुसारीको तस्विर सार्वजनिक गर्दै मोदीले नेपाल र भारतबीचको सम्बन्ध विशेष रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच आज भेट भएको हो । प्रधानमन्त्री ओली सांघाई सहयोग संगठनको सम्मेलनमा भाग लिनको लागि चीन पुगेका हुन् । प्रधानमन्त्री ओलीले हिजो शनिबार चीन पुगेकै दिन चिनियाँ राष्ट्रपति सि जिनपिङ संग भेटवार्ता गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले भने आज तियान्जिनमा विश्वका विभिन्न देशका नेताहरुसँग उभिएर भेटेका तस्विर सार्वजनिक गरेका छन् । सुरुमा नेपालका प्रधानमन्त्री ओलीसँग उभिएर हात समाएर गरेको भेटको तस्विर सार्वजनिक गर्दै सामाजिक सञ्जाल एक्समा नेपालसँगको गहिरो सम्बन्ध रहेको लेखेका छन् ।

जहाँ प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यले मोदीलाई नमस्कार गरेकी छिन् । लगत्तै, मोदीले एक्समा माल्दिभ्सका राष्ट्रपतिसँग उभिएरै भेटेको तस्विर सार्वजनिक गरे । त्यसपछि इजिप्टका प्रधानमन्त्री, बेलारुसका राष्ट्रपति, ताजिकिस्तानका राष्ट्रपतिसँग पनि उभिएरै भेटेको तस्विर मोदीले सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री ओली र मोदीबीच यही भेटवार्ता नै साइडलाईन भेटवार्ता हो वा होईन भन्ने खुलेको छैन । तर, प्रधानमन्त्री ओलीले भोलि सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने कार्यक्रम तय भएको छ । पुटिनपनि चीन ओर्लिएका छन् । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते काठमाडौं फर्कने कार्यतालिका छ ।

Read More

खोटाङका तत्कालीन तीन जिल्ला शिक्षा अधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल, प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

अख्तियारले उनीहरुविरुद्ध खोटाङको हलेसी तुवाचुङ नगरपालिका-४ स्थित लक्ष्मी माध्यमिक बिद्यालय, बडहरेको बिद्यालय भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

अख्तियारले तत्कालीन जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाललाई १०-१० लाख, जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन लेखा अधिकृत भुवन प्रसाद आचार्यलाई १० लाख, जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन लेखापाल सुरेश कुमार श्रेष्ठ र सव-इन्जिनियर शिवराज राईलाई २४-२४ लाख, श्री लक्ष्मी माध्यमिक विद्यालय, खोक्सेली, खोटाङका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी दाहाललाई ८ लाख तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेष कुमार पौड्याललाई १३ लाख १२०, लक्ष्मी माध्यमिक विद्यालय, खोक्सेली, खोटाङका तत्कालीन प्रधानाध्यापकद्वय राजेन्द्र प्रसाद दाहाल र ऋषिराम पोखरेललाई ८-८ लाख बिगो माग गरेर मुद्धा दायर गरेको छ ।

त्यस्तै लक्ष्मी माध्यमिक विद्यालय, खोटाङका प्रधानाध्यापक नयन कुमार राईलाई ५ लाख १२०,  लक्ष्मी माध्यमिक विद्यालयका तत्कालीन लेखापाल सीता कार्कीलाई २१ लाख १२० र लक्ष्मी माध्यमिक विद्यालय, खोटाङको भवन निर्माण गर्ने जिम्मेवारी पाएका अर्जुन तामाङलाई १६ लाख बिगो माग गरेर मुद्धा दायर गरेको छ । 

Read More

विपी राजमार्ग भदौ मसान्तसम्म रातिमा बन्द हुने

काठमाडौँ । विपी राजमार्गको रातिमा बन्द हुने समय भदौ मसान्त सम्म थपिएको छ ।

जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको निर्णय अनुसार सामान्य वर्षातमा पनि पहिरोबाट राजमार्ग अवरुद्ध हुने गरेको र मनसुनको प्रभाव अझै कायम रहेको हुँदा सवारीसाधन र यात्रुलाई जोखिमको प्रभावबाट कम गर्न वि.पि राजमार्गको काभ्रेभञ्ज्याङ्ग- भकुण्डेवेशी हुदैँ सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई साँझ ५ बजेदेखि विहान ५ बजेसम्म निषेध गरिएकोमा उक्त व्यवस्था मिति भाद्र १६ गतेदेखि भाद्र मसान्तसम्म कायम राखिने भएको छ ।

विपी राजमार्ग साउन १ गतेदेखि रातिमा बन्द हुदै आएको छ ।

Read More

कालिकोटको गगने खोलाको पहिरो हटाउने कार्य जारी

सुर्खेत । अविरल बर्षाको कारण कालिकोटको गगनेखोलामा पहिरो आइ अवरुद्ध भएको सडक अझै सुचारु हुन सकेको छैन ।

सडक डिभिजन जुम्लाले ठुलो ढुंगासहितको पहिरो आएका कारण ढुंगा फुटाएर पहिरो सफा गरिरहेको जानकारी दिएको छ । कार्यालयले सडक खुलाउन अझै केहि समय लाग्ने बताएको छ ।

साथै बर्षातको समयमा यात्रा गर्दा सावधानी अपनाएर मात्र गर्न र रात्रीको समयमा यात्रा नगर्न आग्रह गरेको छ । 

Read More

साफ यू–१७ महिला च्याम्पियन बनेको भारतलाई बंगलादेशले हरायो

काठमाडौं । च्याम्पियन बनेको भारतलाई साफ यू–१७ महिला च्याम्पियनसिपको अन्तिम खेलमा बंगलादेशले हराएको छ ।

आइतबार सम्पन्न खेलमा बंगलादेशले भारतलाई ४-३ गोल अन्तरले पराजित गरेको हो । ३-३ को बराबरी रहेको अवस्थामा इन्जुरी समयको अन्तिम मिनेटमा बंगालदेशले गोल गर्दै खेल जितेको हो । 

बंगलादेशको जितमा पुर्णिमा मार्मा, अल्पी अक्तर, सौरभी अकन्डा प्रिटी र मामोन चक्माले एक एक गोल गरेका थिए । त्यसैगरी भारतका लागि अनुष्का कुमारी, प्रितिका बर्मन र जुलन नोंगमाथेमले एक एक गोल गरेका थिए । 

यस खेलको नतिजाले परिणाममा कुनै असर नगरेपनि बंगलादेशले भारतलाई अपराजित हुदै उपाधि जित्न भने रोकेको छ ।

यो खेलपछि बंगलादेशको ६ खेलमा १३ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतको भने ६ खेलमा १५ अंक रहेको थियो ।

प्रतियोगितामा आजै नेपालले आफ्नो अन्तिम खेलमा भुटानको सामना गर्दैछ ।

Read More

ब्यानरमा रेशम चौधरीको तस्बीर राखेर शुरू भयो नाउपाको केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ।

रञ्जिताले बैठकमा एका तिर आफ्नो र अर्को तिर संरक्षक रेशम चौधरीको तस्बीर भएको ब्यानर राखेर बैठक शुरु गरेकी छन् । यस बैठकमा संरक्षक रेशम चौधरी पक्ष भने सहभागी भएका छैनन् ।

दुईदिनसम्म चल्ने बैठकमा पार्टीको विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगमा अद्यावधिक लगायत उपनिर्वाचनका विषयमा छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय सदस्यका साथै संघ, प्रदेश र स्थानीय तहमा पार्टीका निर्वाचित प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ ।

यसअघि पार्टीका संरक्षक रेशम चौधरी पक्षको राष्ट्रिय भेलाले अध्यक्ष श्रेष्ठलाई पार्टीको अध्यक्ष र साधारण सदस्यबाट समेत हटाएर रेशमका बुवा लालबीर चौधरीलाई अध्यक्ष बनाएपनि निर्वाचन आयोगले रञ्जिता नेतृत्वको केन्द्रीय समितिलाई नै मान्यता दिएपछि नाउपा विभाजनको संघारमा रहेको छ ।

Read More

निर्देशक दिनेश राउतले नयाँ फिल्म ‘कुमारी’ बनाउने घोषणा

काठमाडौँ । दिनेश राउतले नयाँ फिल्म ‘कुमारी’ को घोषणा गरेका छन् । यस अघि ‘प्रसाद’, ‘पुजार सार्की’ जस्ता सामाजिक कथामा फिल्म बनाएका राउतले लभस्टोरी फिल्म ‘कुमारी’ बनाउने घोषणा गरेका हुन्  । 

यस फिल्ममा अबिसेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिका रहनेछ । अबिसेकले यसअघि फिल्म ‘बेहुली फ्रम मेघौली’ मा अभिनय गरेका थिए । आकृति भने चर्चित गीत ‘बार्दली’ की मोडल हुन् ।

फिल्म ‘आइ एम सरी’बाट निर्देशकीय यात्रा सुरु गरेका निर्देशक राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथामा आधारित फिल्म बनाएर स्थापित भएका थिए । 

Read More

भारत र अमेरिकाको सम्बन्ध बिग्रिदै, ट्रम्पको भ्रमण स्थगित

काठमाडौँ । भारत र अमेरिकाको सम्बन्ध दिनप्रतिदिन खराब हुदै गइरहेको देखिएको छ । अमेरिकाले भारतलाई ५० प्रतिशत कर लगाएर शुरु भएको खराब सम्बन्धको शुरुवातसँगै अब राष्ट्रपति डोनाल्ड ट्रम्पले यस बर्षको अन्त्यमा हुने भारत भ्रमण स्थगित गरेका छन् ।

न्यूयोर्क टाइम्सले मोदीले ‘सच्चा साथी’ भनेका ट्रम्पको अब उनीसँग सम्बन्ध बिग्रिएको दाबि गर्दै यस वर्षको अन्त्यमा क्वाड शिखर सम्मेलनमा भाग लिन भारत आउने बताएका ट्रम्प अब नआउने भएका हुन् ।

कर लगाएपछि भारतमा ट्रम्पको विरुद्धमा अब नकारात्मक वातावरण सिर्जना भएको छ । गत हप्ता, महाराष्ट्रमा एक उत्सवको क्रममा, उनको एउटा विशाल पुतला घुमाइएको थियो, जसमा उनलाई ‘पिठ्युँमा छुरा प्रहार गर्ने’ व्यक्तिको रूपमा देखाइएको थियो । अमेरिकाले चालेका कडा कदमहरूलाई भारतमा पूर्ण रूपमा धम्की अर्थात् ‘गुण्डागिरी’ भनिरहेका छन् ।

न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार, भारत र अमेरिकाबीचको तनावको वास्तविक कारण ट्रम्पको नोबेल पुरस्कारको चाहना भएको समेत दाबी गरिएको छ । रिपोर्टमा ट्रम्पले जुन १७ मा प्रधानमन्त्री मोदीसँग फोनमा कुराकानी गरेका थिए । यस क्रममा ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम ल्याउनमा आफूले गर्व गरेको बताएका थिए ।

यसपछि, ट्रम्पले मोदीलाई पाकिस्तानले नोबेल पुरस्कारको लागि मनोनयन गर्ने बताए । ट्रम्पले अप्रत्यक्ष रूपमा भारतलाई पनि त्यस्तै गर्न आग्रह गरे तर मोदीले ट्रम्पको यस प्रस्तावलाई नजरअन्दाज गरिदिए । मोदीले ट्रम्पलाई स्पष्ट रूपमा भारत र पाकिस्तानबीचको युद्धविरामसँग अमेरिकाको कुनै सरोकार नभएको र यो भारत र पाकिस्तानबीच प्रत्यक्ष रूपमा भएको बताए । मोदीले भारतको संसदमा पनि पाकिस्तानसँगको अप्रेशन सिन्दुर रोकिनुमा अमेरिकाको भूमिकालाई खारेज गरेका थिए ।

Read More