सुर्खेत । अविरल बर्षाको कारण कालिकोटको गगनेखोलामा पहिरो आइ अवरुद्ध भएको सडक अझै सुचारु हुन सकेको छैन ।
सडक डिभिजन जुम्लाले ठुलो ढुंगासहितको पहिरो आएका कारण ढुंगा फुटाएर पहिरो सफा गरिरहेको जानकारी दिएको छ । कार्यालयले सडक खुलाउन अझै केहि समय लाग्ने बताएको छ ।
साथै बर्षातको समयमा यात्रा गर्दा सावधानी अपनाएर मात्र गर्न र रात्रीको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।




