२०८३ बैशाख १३

इटाली र युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि इटाली र युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने सल्यान बागचौर नगरपालिका-९ घर भएका ३५ वर्षीय रमेशराज डाँगी र भक्तपुर सूर्यबिनायक नगरपालिका-६ बस्ने दैलेख नौमुले गाउँपालिका-२ घर भएका २४ वर्षीय खगेन्द्र मल्ल रहेका छन् । 

पक्राउ मध्ये रमेशराजले इटाली पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १९ लाख ८५ हजार रूपैयाँ र खगेन्द्रले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशराजलाई काठमाडौं महानगरपालिका-१२ बाट र खगेन्द्रलाई भक्तपुर सूर्यबिनायक नगरपालिका-६ बाट पक्राउ गरेको हो । 

उनीहरू मध्ये रमेशराजलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने खगेन्द्रलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

Read More

मालपोत कार्यालय धुलिखेलका खरिदार दुई लाख घुससहित नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीलाई २ लाख घुससहित नियन्त्रणमा लिएको छ ।

अख्तियारले काभ्रेको दोलालघाट-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरु धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राही २ लाख घुस र मोबाइलसहित मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकको कार्यालय परिसरबाट बुधबार बिहान नियन्त्रणमा लिएको जनाएको छ ।

Read More

ज्ञानेन्द्र शाहीको आरोप: जुम्लाको स्याउ बोकेका ट्रकसँग प्रहरीले सय रुपैयाँसम्म घुस माग्यो

काठमाडौँ ।  राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको स्याउ किनिदिन आग्रह गरेका छन् ।   प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै शाहीले विदेशी स्याउ रोकेर नेपाली स्याउको बजारीकरणमा सहयोग गर्न सरकारसँग माग गरेका छन् ।

उनले देशभर र सांसदहरुलाई पनि जुम्लाको स्याउ किनिदिन आग्रह गरेका छन् । उनले भने- ‘जुम्लाको स्याउ आएको छ बजारमा, रसिलो छ, स्वादिलो छ, अर्ग्यानिक छ, केमिकल हालेको छैन । यो स्याउ नेपाल भर सबै र माननीयज्यूहरुले पनि किनिदिनुहोला ।  अहिले मात्र विदेशी स्याउ आइरहेको छ । यसले जुम्लाको स्याउको बजारीकरण गर्न गार्हो भएको छ । कृषिमन्त्रीलाई आग्रह छ । अघिल्लो महिना मात्र साढे एक अर्बको स्याउ आएको छ । विदेशी स्याउ केमिकल हालेको छ । त्यसलाई क्वारेन्टाइन नगरी नल्यादिनुहोला, सकभर एक दुई महिना विदेशी स्याउ रोकिदिनु होला । त्यो भयो भने जुम्लाको स्याउले बजार पाउछ, त्यसले किसान खुशी हुने छन् ।’

त्यस्तै स्याउ ल्याउन सडक अवरुद्ध भएर समस्या भएको भन्दै सांसद शाहीले बर्षाको समयमा अतिरिक्त सडकको पहिरो हटाउने मेसिन राखिदिन आग्रह गरेका छन् । उनले भने- ‘स्याउ रसिलो हुन्छ तर रसिलो स्याउ भित्र पनि पिडा छ । जुम्लाबाट आउने सडक चार दिनदेखि बन्द छ । एउटा डोजरले टुक टुक गरेर सडक खोल्न प्रयास गरेको छ । हिजो एक छिन् सडक खोलियो राति फेरी पहिरो आएर सडक अवरुद्ध रहेको छ । यो बर्षाको समयमा उपकरण थपिदिन भौतिक पूर्वाधार मन्त्रीलाई आग्रह गर्दछौं ।’

साथै सांसद शाहीले जुम्लाबाट स्याउ ल्याएका ट्रकसँग प्रहरीले सय रुपैयाँसम्म घुस मागिरहेको बताउदै स्याउ ल्याएका ट्रक देशभर चेक नगर्ने व्यवस्था गर्न गृहमन्त्रीलाई आग्रह गरेका छन् ।

Read More

रास्वपा र राप्रपाको आजपनि प्रतिनिधि सभाको बैठक बहिस्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद हरि ढकाल र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

रास्वपा सांसद ढकालले आफुहरुविरुद्ध सत्ता पक्ष सुनियोजित रुपमा उत्रिएको आरोप लगाउदै ८४ मा जनताले यसको बदला लिने बताए । उनले भिजिट भिसा प्रकरणमा जारी रहेको विरोध अहिले पनि जारी रहेको बताए । 

त्यस्तै राप्रपा सांसद शाहीले सबैलाई जुम्लाको स्याउ खाइदिन आग्रह गर्दै सडक अवरुद्ध हुदा स्याउ ल्याउन कठिन भएको बताए ।

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

Read More

पुटिनले किमसँग गरे युक्रेनविरुद्ध लडेका उत्तर कोरियाली सेनाको प्रशंसा

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच द्विपक्षीय बैठक भएको छ । हाल चीनको बेइजिङमा रहेका पुटिन र उनबीच द्विपक्षीय बैठक भएको हो ।

बैठकमा पुटिनले किम जोङ उनसँग उनीहरूको सम्बन्ध मैत्रीपूर्ण रहेको बताउदै उत्तर कोरियाली सेनाले कुर्स्क क्षेत्रलाई मुक्त गर्न मद्दत गरेकोमा प्रसंशा गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

पुटिनले किमलाई उत्तर कोरियाली सैनिकहरूले त्यहाँ साहसपूर्वक लडेको बताएको बिबिसीले उल्लेख गरेको छ ।  पुटिनको जवाफमा किमले रुससँगको सहकार्य अझै बढाउने र सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेको रिपोर्टमा उल्लेख छ ।

यो बैठक दियाओयुताई स्टेट गेस्टहाउसमा भएको थियो, जहाँ चीन भ्रमण गर्ने राष्ट्र प्रमुखहरूलाई स्वागत गरिन्छ ।

यसअघि, पुटिन र किमले चीनको विजय दिवस परेडको क्रममा भेटेका थिए । यी दुई नेताहरूसँग चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि उपस्थित थिए ।

दुवै नेता दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले चीनसमक्ष आत्मसमर्पण गरेको ८० औं वार्षिकोत्सवको अवसरमा चीनको बेइजिङमा आयोजना गरिएको सैन्य परेडमा सहभागी हुन चीनमा रहेका छन् । परेड कार्यक्रम आज बिहान सम्पन्न भएको छ ।

Read More

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भोला नाथ थापालाई प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

पदोन्नतिसँगै उपरथी थापा निरीक्षणाधिकृतमा नियुक्त भएको नेपाली सेनाले जानएको छ ।

प्रधानसेनापति सिग्देलले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका प्राविधिक महासेनानी विश्व बन्धु पहाडीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

सो कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।

Read More

दीपकराज गिरीसँग माग्ने बुढाले किन मागे माफी ?

काठमाडौँ । कलाकार केदार घिमिरे माग्ने बुढाले दीपकराज गिरीसँग माफी माग्दै अरुले लखेटेको बेला केहि बोल्न नसकेकोमा माफी मागेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै माग्ने बुढाले जि’स्का कोहि नही होता है उसका दिपक राज गिरि होता है’ भन्दै गिरीसँग माफी मागेका हुन् । 

उनले गिरीले सबैलाई परेको बेलामा सपोर्ट गर्ने गरेको उल्लेख गर्दै आफुलाई परेको बेलामा पनि काँध थापेको तर आफुभने भने मुक दर्शक भएर बस्न बाध्य भएको उल्लेख गरेका छन्। 

उनले भनेका छन्-   
जिस्का कोहि नही होता है उसका दिपक राज गिरि होता है ।  माफ गर्नुहोला दिपक दाई , तपाइलाई अरुले लखेट्दा मैले केहि बोल्न सकिन ,म मुकदर्शक भएर बस्न बाध्य भएं ।

धेरैले मलाई सकभर कम बोल्नू  , बिबादमा नपर्नू  भनेर सल्लाह दिनुहुन्छ । अहिले  मैले अभिनय गरेको चलचित्र “माग्नेराजा” प्रदर्शनरत छ, दशैमा “माइतिघर” आउदैछ साथै तिहारमा “जेरी अन टप” आउंदैछ । झन् यस्तो आफ्नो चलचित्र लाग्ने बेला त बिबादमा बोल्दै  नबोल्नू  भन्छन, ठिक छ अहिले केहि बोलिन तर तपाइँ चाहि कस्तो मान्छे जस्तो लाग्छ भने जब कसैलाई ठुलो आपद पर्छ ठिक त्यहिं बोल्नुहुन्छ , यस अघि तपाईले धेरै जनाको सपोर्टमा बोल्नुभो  र फोकटमा गालीहरु पनि भेट्नुभो , जस्तै  समिक्षा  बैनीको लागि बोल्नुभो , एलिना बैनी को लागि बोल्नु भो, रबि दाइको बारेमा बोल्नुभो , प्रकाश सपुतको लागि बोल्नु भो , सुरक्षा बैनी को बारेमा बोल्नुभो , माग्नेलाई लखेट्दा काँध हाल्नुभो , अहिले रोहित  अधिकारीलाई आड भरोस दिदै हुनुहुन्छ । 

यसरी हेर्दा आज जसले तपाइलाई लखेट्दै छ भोलि उसैलाई पनि तपाइंले नै सपोर्ट गर्ने दिन नआउला भन्न सकिन्न । मलाइ लाग्छ जिस्का कोहि नही होता है  उसका दिपक राज गिरि होता है । अहिले यति मात्र ……म केहि बोलिन ।

Read More

चोरमारा बजारस्थित गिरुबारी खोलाको नयाँ पुल मंसिर दोस्रो साताबाट संचालनमा आउने

चितवन । नारायणघाट-बुटवल सडक खण्ड अन्तर्गत चोरमारा बजारस्थित गिरुबारी खोलाको नयाँ पुल मंसिर दोस्रो साताबाट संचालनमा आउने भएको छ । 

नारायणघाट-बुटवल सडक योजनाका अनुसार हाल पुल निर्माणको ६ स्पान मध्ये चौथो स्पानको कन्सर्टिंग सम्पन्न भएको छ भने पाँचौ स्पानको डण्डी बाँध्ने कार्य भईरहेको छ ।

आयोजनाले मंसिर दोस्रो साताबाट यो नयाँ पुलबाट यातायात सन्चालन गर्ने उद्देश्य रहेको जनाएको छ ।

Read More

फिल्म ‘अभिमन्यु’ को टाइटल ट्रयाकमा भियोमाको र्‍याप

काठमाडौं । फिल्म ‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक भएको छ । टाइटल ट्रयाकमा र्‍यापर भियोमाको शब्द, संगीत र स्वर छ ।

जिन्दगी नै रहस्मयी रहेको बताउने र्‍यापले पैसाले मान्छेको असली चरित्र देखाउने प्रष्ट पार्ने प्रयास गरेको छ । र्‍यापमा पैसामा माया साट्ने र पैसाकै कारण सम्बन्धहरू टुट्ने गरेको यथार्थ चित्रण गरिएको छ ।   कसको पछाडि को लागेको छ भन्ने रहस्यले दिने तनाव र त्यसले जिन्दगीलाई सडकमा झारेको थथार्थ समेटिएको र्‍यापमा षड्यन्त्रकै जालोमा फसेको जिन्दगी र त्यसकै केसको वरिपरि रुमलिएको तनावपूर्ण जिन्दगी चित्रण छ ।  

चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने निर्माणपक्षले बताएको छ । यही कथा टाइटल ट्रयाकमा छ । भिडियोमा र्‍यापर भियोमा आफैँ फिचर्ड छन् । उनीसँगै चलचित्रका चलअचल दृश्य छन् । टाइटल ट्रयाकले पैसाका पछाडि लाग्ने पात्रले भोग्ने समस्या र पाउने दुखमा चलचित्र रहेको थप प्रष्ट पारेको छ ।

चलचित्र ‘अभिमन्यु’ भदौ २७ गते रिलिज हुँदैछ । यो चलचित्रको हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुनेछ ।  हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुनेछ । ‘अभिमन्यु’मा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ । 

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । ‘अभिमन्यु’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।

Read More

अमेरिकी अदालतबाट गुगललाई राहत, क्रोम बेच्न नपर्ने आदेश

काठमाडौँ । अमेरिकी अदालतले टेक दिग्गज गुगललाई ठूलो राहत दिएको छ । संघीय न्यायाधीशले अमेरिकी सरकारको अपील खारेज गर्दै गुगलले क्रोम सर्च इन्जिन र एनड्रोएड बेच्न आवश्यक नरहेको फैसला दिएका छन् । यद्यपि, अदालतले अनलाइन खोजमा प्रतिस्पर्धालाई बढावा दिन गुगललाई प्रतिद्वन्द्वीहरूसँग डेटा साझा गर्न आदेश दिएको छ ।

यसअघि, गुगलका सीईओ सुन्दर पिचाईले अप्रिल २०२५ मा मुद्दाको सुनुवाइको क्रममा अमेरिकी न्याय विभागले खोजेको डेटा-साझेदारी उपायहरूले गुगलका प्रतिद्वन्द्वीहरूलाई यसको प्रविधिलाई उल्टो-इन्जिनियर गर्न सक्षम बनाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । गुगलले पहिले नै अपील दायर गर्ने योजना बनाएको बताएको थियो।

अदालतको निर्णय त्यस्तो समयमा आएको हो जब प्रविधि क्षेत्रमा एआईको प्रभाव बढ्दै गइरहेको छ । च्याटजीपीटी र पर्प्लेक्सिटी जस्ता कम्पनीहरूले अनलाइन खोजमा गुगलको लामो समयदेखिको स्थिति समाप्त गर्न खोजिरहेका छन् । न्यायाधीशले गुगललाई यसको खोज इन्जिन र अन्य सेवाहरूमा ट्राफिक बढाउन अपनाउने रणनीतिहरूमा नयाँ प्रतिबन्ध लगाएका छन् ।

साथै, उनले स्मार्टफोन, व्यक्तिगत कम्प्युटर र अन्य उपकरणहरूमा पूर्वनिर्धारित रूपमा आफ्नो खोज इन्जिनलाई लक गर्न गुगलले वर्षौंदेखि गर्दै आएको अर्बौं डलरको सम्झौता रोक्नबाट रोकेका छन् । न्यायाधीशले गुगललाई आफ्ना वर्तमान र भविष्यका प्रतिस्पर्धीहरूलाई यसको खोज इन्जिनका केही स्रोतहरूमा पहुँच दिन आदेश दिएका छन् ।

अनलाइन विज्ञापन एकाधिकार मुद्दामा अमेरिकी न्याय विभागले डिजिटल विज्ञापन प्रविधि बजारमा एकाधिकार कायम गर्न गुगलले प्रतिस्पर्धी विरोधी विधिहरू अपनाएको आरोप लगाएको थियो । अप्रिलमा, न्यायाधीश लियोनी ब्रिन्केमाले आफ्नो निर्णयमा गुगलले जानाजानी यस्ता कार्यहरू गरेको छ, जसले गर्दा यसले खुला वेब प्रदर्शन प्रकाशक विज्ञापन सर्भर बजारमा पूर्ण नियन्त्रण स्थापित गरेको बताएकी थिइन् । न्याय विभागले अदालतबाट गुगललाई आफ्ना केही विज्ञापन प्रविधि सेवाहरू बेच्नुपर्ने माग गर्ने भएको छ । गुगलले यस निर्णय विरुद्ध अपील गर्ने घोषणा गरेको छ ।

त्यस्तै खोज इन्जिन एकाधिकार मुद्दामा यो मुद्दा खोज इन्जिन बजारमा आफ्नो पकड कायम राख्न गुगलको रणनीतिसँग सम्बन्धित छ । गुगलले आईफोन जस्ता उपकरणहरूमा पूर्वनिर्धारित खोज इन्जिन रहिरहन एप्पल जस्ता कम्पनीहरूलाई अर्बौं डलर तिरेको आरोप छ । अगस्ट २०२४ मा, एक संघीय न्यायाधीशले गुगलले अनुचित माध्यमबाट एकाधिकार कायम राखेको स्वीकार गरेको बताएका थिए ।

Read More