२०८३ बैशाख १३

पाकिस्तानको क्वेटामा विस्फोट, १३ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको क्वेटामा बलुचिस्तान नेशनल पार्टी (बीएनपी) को र्‍यालीपछि भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

जियो न्यूजका अनुसार बलुचिस्तान नेशनल पार्टीका केन्द्रीय सूचना सचिव आगा बलुचले यो विस्फोट नवाब नियाज जेहरीको गाडी नजिकै भएको उल्लेख गरेको छ । विस्फोटमा उनका केही व्यक्तिगत सुरक्षाकर्मीहरू पनि मारिएका छन् ।

राज्य सरकारले यस घटनाको अनुसन्धानको आदेश दिएको छ । बलुचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुगटीले घटनाको निन्दा गर्दै भने कि यो विस्फोट ‘मानवताका शत्रुहरूको कायरतापूर्ण कार्य’ भएको बताएका छन् ।

Read More

सुनको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्य आज पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको २ हजारले बढेर तोलाको २ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुनको मुल्य तोलाको २ लाख ५ हजार ९ सयमा कारोबार भएको थियो । यो सुनको मुल्यले हरेक दिन नयाँ किर्तिमान बनाइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।  

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर २४८०  रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २४८५ मा कारोबार भएको थियो ।

Read More

बन्द भयो शिल्पाको प्रसिद्ध रेस्टुरेन्ट ‘बास्टियन बान्द्रा’

काठमाडौँ । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राविरुद्ध ६० करोडको ठगीको मुद्दा दर्ता भएकै समयमा दुवैले आफ्नो प्रसिद्ध रेस्टुरेन्ट ‘बास्टियन बान्द्रा’ बन्द गर्ने घोषणा गरेका छन् ।

२०१६ मा सुरु भएको यो रेस्टुरेन्ट मुम्बईको रात्रि जीवनको एक महत्त्वपूर्ण हिस्सा मानिन्थ्यो । विशेष गरी समुद्री खानाको लागि प्रसिद्ध, ‘बास्टियन’ केवल खानाको आश्रयस्थल मात्र थिएन, तर फिल्म स्टारहरू र व्यापार जगतका ठूला व्यक्तित्वहरूको बैठकको केन्द्र बनेको थियो । शिल्पा र रंजित बिन्द्रा बीचको साझेदारीमा सुरु भएको यो रेस्टुरेन्ट समयसँगै मुम्बईको ‘हटस्पट’ बनेको थियो ।

शिल्पा शेट्टीले इन्स्टाग्राम स्टोरी मार्फत एक युगको अन्त्य जस्तै भएको उल्लेख गर्दै रेस्टुरेन्ट बन्द गरेको घोषणा गरेकी हुन् ।  उनले ‘बास्टियन’ ले उनलाई र शहरलाई अनगिन्ती सम्झनाहरू दिएको उल्लेख गर्दै यस अवसरमा पुराना ग्राहकहरूलाई बोलाएर विशेष कार्यक्रम गर्ने बताएकी छन् ।

यद्यपि, शिल्पाले यो ब्रान्ड पूर्ण रूपमा समाप्त नहुने कुरा पनि स्पष्ट पारेकी छन् । उनले यसको नयाँ अध्याय ‘बास्टियन एट द टप’ नामबाट सुरु हुनेछ । शिल्पा शेट्टी र राज कुन्द्रालाई मुम्बईका एक व्यापारी दीपक कोठारीले ६०.४ करोड ठगी गरेको आरोप लगाएका छन् । उजुरीमा यो रकम २०१५ देखि २०२३ सम्म लगानी र ऋणको रूपमा दिइएको थियो, तर पछि यसलाई व्यक्तिगत खर्चको लागि प्रयोग गरिएको आरोप छ । मुद्दा ‘बेस्ट डिल टिभी प्राइभेट लिमिटेड’ नामक कम्पनीसँग सम्बन्धित छ, जुन अहिले बन्द रहेको छ । यी आरोपहरूमा, उनीहरुका वकिलले यो पुरानो लेनदेनको विषय भएको उल्लेख गर्दै यसमा कुनै आपराधिकता नरहेको बताएका थिए । 

Read More

रुकुम पूर्व पहाडी लोक मार्ग पुर्ण रुपमा अवरुद्ध

रुकुम पुर्व । रुकुम पूर्व पहाडी लोक मार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ । 

बुधबार बिहान रुकुम पूर्वको भुमे गाउँपालिका- ४ काँडाबगरस्थित मध्ये पहाडी लोक मार्गमा सडक माथिबाट ढुङगासहितको सुख्खा पहिरो झरि सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको बताएको छ ।

Read More

विजय दिवसमा चीनको सैन्य शक्ति प्रदर्शन (फोटो फिचर)

काठमाडौँ । राष्ट्रपति सी जिनपिङको सम्बोधनपछि चीनको विजय दिवस परेड आयोजना गरिएको छ । सो परेडमा चिनियाँ सैन्य शक्ति प्रदर्शन गरिएको थियो । यसमा आणविक-सक्षम अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रदर्शन गरिएका थिए ।

सो प्रदर्शनीमा विभिन्न प्रकारका छोटो देखि मध्यम दूरीका क्षेप्यास्त्रहरू, बहु प्रक्षेपण रकेट प्रणालीहरू र मानवरहित लडाई हवाई सवारी साधनहरू (जसलाई स्टेल्थ ड्रोन पनि भनिन्छ) प्रदर्शन गरिएको थियो ।

त्यस्तै हाइपरसोनिक ग्लाइड सवारी साधन, वाईजे-२१ एन्टी-शिप क्रूज मिसाइल र जेएल-३ पनडुब्बी-प्रक्षेपित ब्यालिस्टिक मिसाइल पनि प्रदर्शन गरिएको थियो ।

यस सैन्य परेडलाई चीनले आयोजना गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो सैन्य परेड भनिएको छ । यो कार्यक्रम दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले चीनसमक्ष आत्मसमर्पण गरेको ८० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो । परेड अघि चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन सँगै देखिएका थिए । यी तीन नेताहरु एक साथ देखिएको यो पहिलोप पटक हो । यी तीन नेताहरू परेड हेर्न आएका विश्वभरका नेताहरूको लाइनको अग्रपंक्तिमा रहेका थिए ।

यस परेडमा पुटिन र किमसहित नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ, भियतनाम, मलेसिया, बेलारुस, इरान, जिम्बाब्वे, सर्बिया, स्लोभाकिया, क्युबा र म्यानमार जस्ता देशका नेताहरू सहभागी भएका थिए ।

तस्बीर: सिजीटीएन 

Read More

बलिवुडकी सैयारा फेम अभिनेत्री अनीत काठमाडौँमा

काठमाडौँ । बलिवुडकी सैयारा फेम अभिनेत्री अनीत पड्डा काठमाडौँ आएकी छन् । अनीत आफ्नी साथी अभिनेत्री तेन्जिन ल्हाकिलासँग समय बिताउन काठमाडौँ आएकी हुन् ।

ल्हाकिलाले अनीतसँग काठमाडौँको बौद्धलगायतका स्थानमा घुमेका तस्बीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । ल्हाकिला र अनीतले यसअघि ‘बिग गर्ल्स डोन्ट क्राइ’ नामक वेभ सिरिजमा एक साथ काम गरेका थिए । 

अनीतले सो सिरिजपछि यश राजको फिल्म सैयारामा अभिनय गर्ने अवसर पाएकी थिइन् । सैयाराले बलिवुड बक्स अफिसमा कैयौं किर्तिमान बनाउदै सुपरहिट बनेको थियो । सैयारामा अनीत र अभिनेता आयान पाण्डेको अभिनयको निकै प्रसंशा भएको छ र दुवैलाई बलिवुडका आगामी सुपरस्टारको संज्ञा दिइएको छ ।

Read More

‘रोबो न्यायाधीश’ को अवधारणा लागु गर्दै भारत

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहयोगमा कार्यालयहरूको काम सजिलो हुँदै गइरहेको छ, अब अदालतहरूले पनि यसको सहयोगमा काम गर्ने भएका छन् ।

भारतमा अब न्यायपालिकाले एआई प्रयोग गर्ने भएको छ, यसले छिटो निर्णय चाहनेहरूलाई सबैभन्दा बढी फाइदा पुर्‍याउने बताइएको छ । अंग्रेजीमा एउटा भनाइ छ – ‘जस्टिस डिलेड इज जस्टिस डिनाइड’, यसको अर्थ न्यायमा ढिलाइ हुनु भनेको न्यायबाट वञ्चित हुनु जस्तै हो । तर अब एआईको सहयोगमा सामान्य केसहरु जस्तै ट्राफिक नियम तोड्ने र जग्गा सम्बन्धी विवाद जस्ता मुद्दाहरू छिटोभन्दा छिटो समाधान गर्न एआईको प्रयोग गरिने भएको छ । एक हिसाबले, हामी भन्न सक्छौं कि अब एआई ‘माई लर्ड’ को भूमिकामा देखिनेछ ।

‘रोबो जज’ नामले भ्रमित नहुनुहोस्, यसको अर्थ रोबोट न्यायाधीशको कुर्सीमा बस्ने होइन । यो यस्तो प्रविधि हो, जसमा एआई प्रयोग गरेर मुद्दाको पृष्ठभूमि र अघिल्ला निर्णयहरूको विश्लेषण गरिनेछ । यसले न्यायाधीशहरूलाई छिटो निर्णय लिन मद्दत गर्नेछ । विशेष गरी ट्राफिक नियम तोड्ने र जग्गा विवाद जस्ता साना अपराधहरू सजिलै समाधान हुने विश्वास गिएको छ । यसलाई मानव न्यायाधीशहरूको प्रतिस्थापनको रूपमा नभएर केवल उनीहरूलाई मद्दत गर्नको लागि लागु गर्न खोजिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

न्यूज १८ को रिपोर्ट अनुसार, सरकारले जिल्ला तथा सत्र अदालतका न्यायाधीशहरूलाई ‘रोबो न्यायाधीश’ प्रविधि बुझ्न र यसको प्रयोग सिक्न तालिम दिने कार्यक्रम सुरु गरेको छ । यसका लागि, न्यायाधीशहरूलाई विदेश पठाइनेछ, जहाँ यस्तो प्रविधि पहिले नै सफलतापूर्वक काम गरिरहेको छ । यहाँ न्यायाधीशहरूले एआईले निर्णय लिन कसरी मद्दत गर्न सक्छ, यसको प्रयोगले न्याय प्रणालीलाई कसरी उन्नत र छिटो बनाउन सक्छ भनेर सिक्नेछन् ।

‘रोबो न्यायाधीश’ को अवधारणा पहिलो पटक इस्टोनियामा सुरु भएको थियो । यहाँ, ७००० युरो भन्दा कमको विवादमा एआईको सहयोगमा निर्णय दिइन्छ । यो यहाँ ई-शासन मोडेलको एक हिस्सा थियो । प्रविधिले पहिले फेला परेका सबै प्रमाणहरूको विश्लेषण गर्छ, त्यसपछि निर्णय दिन्छ । यदि कोही यसबाट सन्तुष्ट छैन भने, उसले मानव न्यायाधीशलाई अपील गर्न सक्छ । चीनमा पनि यस्तै प्रणाली अपनाइएको थियो र एआईले लाखौं मुद्दामा निष्पक्ष निर्णय दिएको बताइएको छ । भारतले दुवै देशको प्रणालीलाई नजिकबाट अवलोकन गरेको थियो, यसबारे छलफल तीन वर्षअघि सुरु भएको थियो । यो योजना भारतमा यसैबर्ष लागु हुन सक्ने बताइएको छ ।  

Read More

निजी सहायकसँगको सम्बन्धका कारण नेस्लेका प्रमुख कार्यकारी अधिकृत बर्खास्त

काठमाडौँ । एफएमसीजी कम्पनी नेस्लेले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सिइओ) लरेन्ट फ्रेक्सलाई बर्खास्त गरेको छ । फ्रेक्सको एक सहकर्मीसँगको सम्बन्धका कारण यो कारबाही गरिएको बताइएको हो ।

फ्रेक्सले कम्पनीलाई यो सम्बन्धको बारेमा जानकारी पनि नदिएको बताइएको छ । कम्पनीले अब वरिष्ठ उपाध्यक्ष र नेस्लेको कफी रणनीतिक व्यापार इकाईका प्रमुख फिलिप नभ्रातिललाई उनको ठाउँमा नयाँ सीईओ नियुक्त गरेको छ ।

नेस्ले फ्रेक्सलाई बर्खास्त गर्ने निर्णय एक अनुसन्धान पछि गरिएको बताएको छ, अनुसन्धानमा उनको सम्बन्ध उनकी निजी सहायकसँग रहेको खुलासा भएको खुलासा भएको थियो । यो अनुसन्धान कम्पनीका अध्यक्ष पल बुल्के र प्रमुख स्वतन्त्र निर्देशक पाब्लो इस्लाद्वारा गरिएको थियो भने कम्पनी बाहिरका वकिलहरूको सहयोग पनि लिइएको उल्लेख गरिएको छ । अध्यक्ष बुल्केले नेस्लेको मूल्यमान्यता र नियमहरूले धेरै अर्थ राख्ने भन्दै  लरेन्टलाई उनको धेरै वर्षको सेवाको लागि धन्यवाद दिएका छन् ।

लरेन्ट फ्रेक्सलाई गत वर्ष मात्र प्रमुख कार्यकारी बनाइएको थियो । त्यतिबेला नेस्लेको स्टक २०२२ को सुरुवातको तुलनामा लगभग ४० प्रतिशतले घटेको थियो । त्यतिबेला तौल घटाउने औषधिका कारण युरोप र अमेरिकामा मानिसहरूको खाने बानी परिवर्तन भइरहेको थियो । फ्रेक्सले कम्पनीमा लगभग ४० वर्ष काम गरेका थिए र मार्क स्नाइडरलाई प्रतिस्थापन गरेका थिए ।

फिलिप नवरातिललाई कम्पनीको नयाँ सीईओ बनाइएको छ । उनले २००१ मा नेस्लेमा आन्तरिक लेखा परीक्षकको रूपमा काम सुरु गरेका थिए र २००९ मा नेस्ले होन्डुरसको कन्ट्री म्यानेजर बनेका थिए । २०१३ मा, उनले मेक्सिकोमा कम्पनीको कफी र पेय पदार्थ व्यवसाय सम्हालेका थिए । गत वर्ष उनी नेस्ले नेस्प्रेसोका प्रमुख कार्यकारी बने र यस वर्ष कार्यकारी बोर्डमा सामेल भएका थिए । 

यसअघि जुलाई १९ मा, टेक कम्पनी एस्ट्रोनोमरका सीईओ एन्डी बायर्नले कोल्डप्ले कन्सर्टमा मानव संसाधन प्रमुखसँग रोमान्स गरिरहेको देखेपछि राजीनामा दिनुपरेको थियो । त्यपछि, मानव संसाधन प्रमुख क्रिस्टिन क्याबोटले पनि राजीनामा दिएकी थिइन् ।

Read More

कानुनी झमेलामा परिन् शाहरुखकी छोरी सुहाना

काठमाडौँ । बलिवुडका किङ शाहरुख खानकी छोरी सुहाना खान कानुनी झमेलामा परेकी छन् । सुहानाले महाराष्ट्रको रायगड जिल्लाको अलिबाग क्षेत्रमा करोडौं रुपैयाँको कृषि जग्गा किनेको विषय विवादमा परेको छ । 

महाराष्ट्र राज्यको कानून अनुसार, कृषि जग्गा किन्न सक्ने किसान मात्र हुन सक्ने व्यवस्था रहेको छ । अब यो विषय विवादमा परेपछि अनुसन्धान शुरु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  यस विषयमा सुहानाले किनेको जग्गाको सम्झौता रद्द वा जरिवाना हुने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ ।

सुहानालाई यस सम्झौतामा किसानको रूपमा प्रस्तुत गरिएको तर प्रशासनले यस लेनदेनको सम्बन्धमा अनुसन्धान शुरु गरेको बताइएको छ । २०२३ मा सुहानाले अलिबागमा लगभग १२ करोड ९१ लाख बराबरको जग्गा किनेको थियो, जुन देजा भु फार्म प्राइभेट लिमिटेडको नाममा दर्ता गरिएको बताइएको छ ।

सुहानाले मुम्बईको अलिबागको थाल गाउँमा ठूलो जग्गा लिएकी थिइन् । यो जग्गा सरकारले खेतीपातीको लागि तोकेको थियो, जसमा किसानहरूले मात्र खेती गर्न सक्छन् । सुहानाले यो जग्गा अञ्जली, रेखा र प्रिया नामका तीन दिदीबहिनीबाट लिएकी थिइन् । यी तीन दिदीबहिनीले यो जग्गा आफ्ना आमाबाबुबाट पाएकी थिइन् । सुहानाले यो जग्गा किन्दा उनले यसको लागि लगभग ७७.४६ लाख स्ट्याम्प ड्युटी पनि तिरेको बताइएको छ । अब यो विषयमा अनुसन्धान भइरहेको छ । अधिकारीहरूले यस विषयमा अलिबागका तहसीलदारसँग रिपोर्ट मागेको र यस विषयमा विस्तृत अनुसन्धान गर्न आदेश दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

Read More

एएफसी यू-२३ एशिया कप छनौटमा आज नेपालले ताजिकिस्तानको सामना गर्दै

काठमाडौँ । एएफसी यू-२३ पुरुष फुटबल एशिया कप छनौट अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ ।

नेपालले आज ताजिकिस्तानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि ताजकिस्तानको दुशान्बेस्थित सेन्ट्रल स्टेडियममा शुरु हुदैछ ।

एएफसी यू-२३ पुरुष फुटबल एशिया कपको छनौटमा नेपाल समुह के मा रहेको छ । नेपालसहित यस समुहमा ताजिकिस्तान, फिलिपिन्स र सिरिया रहेका छन् । नेपालले अर्को खेल सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ । 

समुह चरणका खेलपछि शिर्ष स्थानमा रहने देश यू-२३ एशिया कपमा छनौट हुने छ भने समुहमा दोस्रो स्थानमा रहने शिर्ष चार देशपनि एशिया कपमा छनौट हुनेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मुख्य प्रशिक्षक नविन न्यौपानेको नेतृत्वमा २३ सदस्यीय नेपाली टिम ताजकिस्तान पुगेको छ । 

नेपाली यू-२३ टिममा गोलकिपरमा कृष्णा मोक्तान, अमित टमटा र  विशाल केसी रहेका छन् भने डिफेन्डरमा विवेक गुरुङ, विशाल नेपाली, लहान सुब्बा, निगम लामा, राम थापा, शंकर थारु र सेमन्त थापा रहेका छन् ।  त्यस्तै मिडफिल्डरमा अभिषेक सेङटाङ, आयुष घलान, आरोन थापा, निरज कार्की, दीपेश गुरुङ, कृतिश रत्न चुञ्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ रहेका छन् भने फरवार्डमा रोहन खड्गी र निरजन धामी रहेका छन् ।

Read More