२०८३ बैशाख १३

एकसाथ देखिए पुटिन, किम र सी जिनपिङ

काठमाडौँ । चीनको राजधानी बेइजिङमा विजय दिवस परेड जारी रहेको छ । यस आयोजनाबाट चीनले आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको छ ।

यस सैन्य परेडलाई चीनले आयोजना गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो सैन्य परेड भनिएको छ । यो कार्यक्रम दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले चीनसमक्ष आत्मसमर्पण गरेको ८० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो ।

परेड अघि चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उन सँगै देखिएका थिए ।

यी तीन नेताहरु एक साथ देखिएको यो पहिलोप पटक हो । यी तीन नेताहरू परेड हेर्न आएका विश्वभरका नेताहरूको लाइनको अग्रपंक्तिमा रहेका थिए ।

यस परेडमा पुटिन र किमसहित नेपालका प्रधानमन्त्री केपि शर्मा ओली, पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ, भियतनाम, मलेसिया, बेलारुस, इरान, जिम्बाब्वे, सर्बिया, स्लोभाकिया, क्युबा र म्यानमार जस्ता देशका नेताहरू सहभागी रहेका छन् ।

Read More

विश्वकप लिग-२ अन्तर्गत नामिबियासँग क्यानडा पराजित

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियाले क्यानडालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा नामिबियाले क्यानडालाई २४ रनले पराजित गरेको हो ।

नामिबियाले दिएको २६२ रनको लक्ष्य पछाएको क्यानडाले ४८.३ ओभरमा अल आउट हुदै २३७ रन बनाएको थियो । क्यानडाका लागिकप्तान निकोलस किर्तोनले सर्बाधिक ४६ रन बनाएका थिए भने पर्गत सिंहले ४०, साद बिन जाफरले ३० रन बनाएका थिए । त्यस्तै नामिबियाका बलर बेर्नार्ड स्कोल्जले ४ तथा जेजे स्मितले ३ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ५० ओभरमा ८ विकेट गुमाउदै २६१ रन बनाएको थियो । नामिबियाका लागि मलान क्रुगेरले सर्बाधिक ८० रन बनाए भने जान फ्राइलिंकले ६०  तथा जेपी कोत्जेले ३८ रनको योगदान गरेका थिए । त्यसैगरी क्यानडाका बलर जसकरण सिंह र अखिल कुमारले ३-३ विकेट लिएका थिए ।

यो जितपछि विश्वकप लिग-२ को अंक तालिकामा नामिबियाको २३ खेलमा १९ अंक भएको छ र छैटौं स्थानमा रहेको छ । त्यसैगरी क्यानडाको हाल २३ खेलमा २० अंक रहेको छ र पाँचौं स्थानमा कायम छ । 

अब  विश्वकप लिग-२ अन्तर्गत अर्को खेल विहिबार नामिबिया र स्कटल्याण्डबीच हुने तालिका रहेको छ ।

Read More

इन्द्रजात्राको इन्द्रध्वजको उत्थान विहिबार शुभ साइतमा गरिने

काठमाडौं । काठमाडौंको ऐतिहासिक जात्रा इन्द्रजात्राको इन्द्रध्वजको उत्थान विहिबार गरिने शुभ साइत निकालिएको छ ।

इन्द्रजात्रा काठमाडौ उपत्यकाको सवै भन्दा ठुलो जात्रा रहेको र नेवार समुदायको विशेष पर्वका रुपमा मनाउने गरिएको राष्ट्रिय पर्व हो ।

इन्द्रजात्राका लागि भाद्र १९ गते विहिवारका दिन विहान १० बजेर ३१ मिनेटमा शुभसाईतमा इन्द्रध्वजको उत्थान गरिने बताइएको छ । 

काठमाडौं महानगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले यस बर्षको ईन्द्रजात्रामा विगतका वर्षहरुमा भन्दा केही फरक कार्यक्रमहरु समावेश गरिएको जानकारी दिएका छन् ।  यस वर्ष भिडियो डकुमेण्ट्री प्रतियोगिता, सम्पदा पद यात्रा , मेड इन काठमाडौं मार्फत माटाका सामान बनाउने कलाको प्रत्यक्ष प्रदर्शनी र तस्वीर प्रदर्शन समेत रहेको मानन्धरले जानकारी दिएका छन् । महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का वडा अध्यक्ष आशामान संगतले हरेक जात्राको आफनै महत्व रहेको बताउदै जात्राका लागि सवै सरोकारवाला निकायको सहकार्य र समन्वयको आवश्यक रहने बताएका छन् । 

इन्द्रजात्राका लागि रथयात्रा अन्तर्गत भाद्र २२ गते माथिल्लो टोलमा रथयात्रा, भाद्र २६ गते विहिबार नानिचा यात्रा, हुने भने सोही दिन रातको १० बजेर ३१ मिनेनको शुभ साईतमा यःसीं क्वः थलेगु अर्थात इन्द्रध्वज ढलाएसँगै यसवर्षको इन्द्रजात्रा समापन हुने छ । 

Read More

इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकाको विजयी शुरुवात

काठमाडौँ । दक्षिण अफ्रिकाले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ ।

लिड्स क्रिकेट मैदानमा सम्पन्न सिरिजको पहिलो खेल दक्षिण अफ्रिकाले ७ विकेटले जितेर सिरिजमा विजयी शुरुवात गरेको हो ।

इङल्याण्डले दिएको केवल १३२ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २०.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

दक्षिण अफ्रिकाका लाफी एडेन मार्क्रमले ८६ रन बनाएका थिए भने रयान रिकेलटनले ३१ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २४.३ ओभरमा अल आउट हुदै केवल १३१ रन मात्र बनाएको थियो । इङल्याण्डका लागि जामी स्मिथले सर्बाधिक ५४ रन बनाए भने जस बटलरले १५, जो रुटले १४ र कप्तान ह्यारी ब्रुकले १२ रन बनाएका थिए ।

त्यसैगरी दक्षिण अफ्रिकाका बलर केशब महाराजले ४ तथा विआन मुल्डरले ३ विकेट लिएका थिए ।

यो जितपछि दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल विहिबार हुने छ ।

Read More

पाकिस्तानमाथि अफगानिस्तान १८ रनले विजयी

काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेको छ ।  गएराती शारजाहमा सम्पन्न खेलमा अफगानिस्तानले पाकिस्तानलाई १८ रनले पराजित गरेको हो । 

अफगानिस्तानले दिएको १७० रनको लक्ष्य पछाएको पकिस्तानले २० ओभरमा ९ विकेट गुमाउदै १५१ रन बनाएको थियो । पाकिस्तानका लागि हारिस राउफले सर्बाधिक ३४ रन बनाएका थिए भने फखर जमानले २५ र कप्तान सलमान अघाले २० रन बनाएका थिए ।

त्यसैगरी अफगानीस्तानका बलर फाजल्हक फारुकी, राशिद खान, मोहमद नाबी र नूर मोहमदले २-२ विकेट लिएका थिए । 

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै १६९ रन बनाएको थियो ।  अफगानिस्तानका लागि इब्राहिम जद्रानले ६५ र सेडीक्वेलाह अटलले ६४ रन बनाएका थिए । त्यस्तै पाकिस्तानका बलर फाहिम्म अशरफले ४ विकेट लिएका थिए ।

यो यस त्रिकोणात्मक सिरिजमा अफगानिस्तानको तेस्रो खेलमा दोस्रो जित हो ।  त्यस्तै यस अघि दुई खेल लगातार जितेको पाकिस्तानले तेस्रो खेलमा हार बेहोरेको छ ।  अब सिरिज अन्तर्गत विहिबार पाकिस्तान र युएईबीच खेल हुदैछ ।

Read More

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

आज दिनको १ बजे बस्ने समितिको बैठकमा आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा आ.व. २०८२/०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल हुने कार्य सूची रहेको छ । 

Read More

आरबिबि फोकस ४० को इकाई खरिदका लागि आवेदन खुला

काठमाडौँ । आबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेले आफ्नो व्यवस्थापनमा आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष आरबिबि फोकस ४० को इकाई आज (भदौ १८ गते) देखि सार्वजनिक निष्काशनमा ल्याउदैछ।

आरबिबि मर्चेन्ट बैंकिङ्गले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड आरबिबि फोकस ४० को इकाई बिक्रीमा ल्याउन लागेको हो। जसमध्ये न्यूनतम १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि र न्यूनतम १० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

सो योजनामा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ। निष्काशन बन्द छिटोमा भदौ २२ गते हुनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा असोज १ गतेसम्म निष्काशन अवधि लम्बिन सक्छ।

१२ वर्ष अवधिको उक्त योजनाको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सिआस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

इकाई निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कोष प्रबर्द्धकलाई केयर एनपी ए प्लस इस्यूअर रेटिङ्ग दिएको छ भने योजना व्यवस्थापकलाई इक्रा नेपालले इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ।

यस योजनाले नेप्सेमा सूचीकृत कम्पनीहरुको धितोपत्रको आन्तरिक मूल्यांकन गरी उच्चतम प्रतिफल दिने सम्भाव्य ४० कम्पनीहरुलाई प्राथमिकतामा राखी लगानी गर्ने योजना बनाएको छ। साथै समय र परिस्थिति अनुसार मूल्यांकन गर्दा ४० वटा कम्पनीभन्दा बढी कम्पनीको शेयरमा समेत लगानी गर्न सक्नेछ।

Read More

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको छैटौं अधिवेशनको  ६०औं बैठक दिनको १ बजेदेखि शुरु हुदैछ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले ‘जलस्रोत विधेयक’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता ( दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Read More

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन् । चीनको तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली आज स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले  (एससीओ) को शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए भने कैयौं महत्वपूर्ण भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जीङपीङ र उपराष्टपति हान चङसँग द्विपक्षीय भेटवार्ता गरेका छन् भने रुसका राष्ट्रपति भ्लादमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथ, कम्बोडियाका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, भियतनामका प्रधानमन्त्री फाम मिन चिङ भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा उनकी धर्मपत्नी राधिका शाक्यसहित पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी रहेका छन् । 

Read More

ग्लोबल आइएमई सेक्यूरिटिजको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । ग्लोबल आइएमई बैंकको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको ग्लोबल आइएमई सेक्यूरिटिजले आफ्नो दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । मंगलबार कम्पनीको रजिष्ट्रर्ड कार्यालय नयाँबानेश्वर, काठमाडौंमा सम्पन्न साधारणसभामा कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलको अध्यक्षता रहेको थियो ।

सभामा प्रमुख अतिथिका रूपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीको उपस्थिति रहेको थियो । त्यस्तै, ग्लोबल आइएमई बैंकका प्रतिनिधि, कम्पनी रजिष्ट्रारका प्रतिनिधि तथा अन्य गण्यमान्य व्यक्तित्वहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

वार्षिक साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको वार्षिक वित्तीय विवरण, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणलगायतका प्रस्तावमाथि छलफल गरी सर्वसम्मतिले पारित गरेको छ । साथै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधनसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरिएको छ ।

ग्लोबल आइएमई सेक्यूरिटिजले स्थापनाको छोटो अवधिमै लगानीकर्तालाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री सेवा विस्तार गर्दै आएको छ । कम्पनीले आगामी दिनमा लगानीकर्ताको हितमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ ।

Read More