२०८३ बैशाख १३

ग्लोबल आइएमई सेक्यूरिटिजको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । ग्लोबल आइएमई बैंकको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको ग्लोबल आइएमई सेक्यूरिटिजले आफ्नो दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । मंगलबार कम्पनीको रजिष्ट्रर्ड कार्यालय नयाँबानेश्वर, काठमाडौंमा सम्पन्न साधारणसभामा कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलको अध्यक्षता रहेको थियो ।

सभामा प्रमुख अतिथिका रूपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीको उपस्थिति रहेको थियो । त्यस्तै, ग्लोबल आइएमई बैंकका प्रतिनिधि, कम्पनी रजिष्ट्रारका प्रतिनिधि तथा अन्य गण्यमान्य व्यक्तित्वहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

वार्षिक साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको वार्षिक वित्तीय विवरण, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणलगायतका प्रस्तावमाथि छलफल गरी सर्वसम्मतिले पारित गरेको छ । साथै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधनसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरिएको छ ।

ग्लोबल आइएमई सेक्यूरिटिजले स्थापनाको छोटो अवधिमै लगानीकर्तालाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री सेवा विस्तार गर्दै आएको छ । कम्पनीले आगामी दिनमा लगानीकर्ताको हितमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ ।