२०८३ बैशाख १३

जेन्जी पुस्ताको प्रदर्शनमा सहभागी हुन्छु, चैत्र १५ जस्तो दमन नहोस्: दुर्गा प्रसाई

काठमाडौँ । सामाजिक सञ्जाल बन्द भएको विरोधमा जेन्जी पुस्ताले सोमबार प्रदर्शन गर्दैछन् । बढिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द भएको विरोधमा जेनजी पुस्ताले काठमाडौँको माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेसँगै मेडिकल व्याव्सायी दुर्गा प्रसाईले पनि सो प्रदर्शनमा सहभागी हुने घोषणा गरेका छन् ।

दुर्गा प्रसाईले सामाजिक सञ्जालमा लेख्दै आफु आन्दोलनमा सहभागी हुने र चैत्र १५ गते जस्तो दमन नहोस् भनेका छन् । उनले भनेका छन्- ‘भ्रष्टाचारविरुद्धको यस महाअभियानमा सबै नेपाली दाजुभाई दिदीबहिनी हरुलाई धन्यबाद छ ! यो देश र नेपाली  नागरिक जोगाउने आन्दोलनमा म आफै सरिक हुनेछु, गत चैत १५ गतेको जस्तो सरकारले दमन नगरोस । ३ वर्षअघि हामीले उठाएको आवाजलाई आज फेसबुक, टिकटकदेखि सम्पूर्ण सञ्चार जगतले पुनः दोहोर्‍याएको छ, धन्यवाद सबैलाई !’

प्रसाईले ढिलो भए पनि नेपाली दाजुभाई दिदी बहिनीहरुको चेत खुलेको भन्दै भ्रष्टाचारविरुद्ध सबै मिलेर, एकजुट भएर अगाडि बढ्ने संकल्प गर्न आग्रह गरेका छन् ।    

Read More

कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्न नहुने काँग्रेसको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसले कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्न नहुने निष्कर्ष निकालेको छ । 

आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको पोजिसन बुझेर सर्वोच्चको आदेश अनुसार कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्न नहुने निष्कर्ष निकालेको हो । बैठकमा सरकारको पोजिसन बुझेर यस विषयमा थप निर्णय लिने गरि छलफल भएको कांग्रेस नेताहरुले बताएका छन् ।

सरकारले बिहीबारबाट नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपनि कांग्रेसले अहिलेसम्म औपचारिक धारणा सार्बजनिक गरेको छैन । कांग्रेसका महामन्त्री गगन थापाले तत्काल आफ्नो धारणा सार्बजनिक गर्दै सरकार उल्टो बाटो हिडेको आरोप लगाएका थिए । 

सरकारले सर्वोच्च अदालतको परमादेशको हवाला दिदै दर्ता नभएका २६ सामाजिक बन्द गरेपछि चौतर्फी आलोचना भइरहेको छ ।

Read More

यो अभियान जनताको समस्या सिंहदरबारसम्म पुर्‍याउने हो, सहिदका पीडा लिएर सडकमै उभिन्छौं: प्रचण्ड

लम्जुङ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली शनिबार श्री भक्ति नमूना माध्यमिक विद्यालय पुगेको छ।

विद्यालयमा आयोजित संवाद कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नो लामो राजनीतिक यात्रामा यस विद्यालयसँग विशेष सम्बन्ध रहेको स्मरण गर्दै भने- ‘म धेरै अघि यहाँ आएको थिएँ, पहिलो पटक प्रधानमन्त्री भएपछिसमेत यो विद्यालयमा आएको थिएँ ।’

उनले हालैको लम्जुङ कृषि क्याम्पस अवलोकन र त्यहाँ भएका छलफलको उल्लेख गर्दै वर्षा यामका कारण पोखरामा रोकिएको मध्यपहाडी लोकमार्ग अभियान पुनः सुरु गरिएको बताए । उनले भने- ‘हामीले बैतडीदेखि कास्की सम्म अभियान चलाउँदा बर्खाका कारण स्थगित गर्नुपरेको थियो। अहिले फेरि यसलाई निरन्तरता दिएका छौं। यस अभियानमा हाम्रो जोडिनुको मुख्य उद्देश्य जनताको समस्या बुझेर सिंहदरबारसम्म पुर्‍याउनु हो ।’

अभियानका क्रममा जनयुद्ध र जनक्रान्तिका सहिद तथा बेपत्ता परिवारसँग निरन्तर भेटघाट भइरहेको जानकारी दिँदै उहाँले उनीहरूको पीडा सम्बोधन गर्न पार्टीले प्रयासरत रहेको बताए । साथै, सरकारमा रहँदा सामाजिक न्याय, सुशासन र विदेशमा रहेका नागरिकका लागि सामाजिक सुरक्षा कोषमा समावेश गर्ने जस्ता काम गरेको पनि स्मरण गरे ।

उनले भने- ‘राम्रो काम गर्दै गर्दा हामीलाई सरकारबाट हटाइए पनि भ्रष्ट्राचार अन्त्य र सुशासनको अपेक्षा राख्ने जनताको मनबाट हामी हटेका छैनौं ।’

Read More

पोखराको हेम्जाबाट जुवातास खेलिरहेका ९ जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका-२५ हेम्जा सुन्दरपुरी चोकस्थित म्याग्दी मालिका गाउँपालिका-५ घर भएका ३३ वर्षीय धिरेन पूर्जाले संचालन गरेको होटल म्याग्दीमा जुवातास खेलिरहेको अवस्थामा धिरेन समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ७ सय ९० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Read More

देउवाको फेसबुक पोष्टमा बालेनको कमेन्ट: यो पोष्ट कुन भिपीएनबाट हो ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फेसबुक पोष्टमा कमेन्ट गर्दै कुन भिपीएनबाट चलाएको भन्दै व्यंग्यात्मक टिप्पणी गरेका छन् । 

सभापति देउवाले सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु’ भन्ने पोस्टमा बालेनले यो पोस्ट कुन भिपीएनबाट हो भन्दै कमेन्ट गरेका हुन् । 

बालेनले भनेका छन्- ‘यो Post कुन vpn बाट हो, नेपाली हो कि बिदेशी,’ बालेनले लेखेका छन्, ‘सारै गारो हुने रहेछ vpn बाट चलाउन त !!!’

सरकारले दर्ता नभएका २६ सामाजिक सञ्जाल बन्द गरेपनि शिर्ष नेताहरुले आफ्ना सामाजिक सञ्जाल एकाउन्टबाट लगातार पोष्ट गरिरहेपछि आम मानिसमा आक्रोश उत्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।

Read More

सुनको मुल्य बढ्नेक्रम जारी, तोलाको २ लाख १२ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढ्नेक्रम जारी रहेको छ । आइतबार सुन तोलामा १६ सयले बढेर नयाँ किर्तिमान कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको १६ सयले बढेर तोलाको २ लाख १२ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख १० हजार ४ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २४९० मा कारोबार भएको थियो ।

Read More

बेलायतमा ‘प्यालेस्टाइन एक्सन’ अभियानका ४२५ भन्दा बढी पक्राउ

काठमाडौँ । बेलायतमा ‘प्यालेस्टाइन एक्सन’ नामक समूहमाथिको प्रतिबन्धको विरोधमा भएको विरोध प्रदर्शनका क्रममा ४२५ भन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन् ।

सयौं मानिसहरूले प्रतिबन्धको विरोध गर्न मध्य लन्डनको संसद स्क्वायरमा भेला भएका थिए । धेरै प्रदर्शनकारीहरूले ‘म नरसंहारको विरोध गर्छु, म प्यालेस्टाइन एक्सनलाई समर्थन गर्छु’ लेखिएका प्लेकार्डहरू बोकेका थिए ।

महानगरीय प्रहरीले पक्राउ परेकाहरूमध्ये धेरैजसो प्रतिबन्धित संगठनका समर्थकहरू रहेको बताएको छ । प्रहरी अधिकारीहरूमाथि आक्रमण गर्ने र सार्वजनिक व्यवस्था खलल पार्ने अपराध अन्तर्गत २५ भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरिएको छ । सरकारले आतंकवाद ऐन अन्तर्गत जुलाईमा प्यालेस्टाइन एक्सनमाथि प्रतिबन्ध लगाएको थियो । यस कानून अन्तर्गत, संगठनमा सामेल हुनु वा समर्थन गर्नु अपराध हो, जसलाई १४ वर्षसम्मको जेल सजाय हुन सक्छ ।

‘प्यालेस्टाइन एक्सन’ एक अभियान समूह हो । यसका प्रवक्ताहरू मध्ये एकले पहिले प्रतिबन्धको बारेमा भनेका थिए- ‘प्रतिबन्ध विरुद्धको विरोध द्रुत गतिमा बढिरहेको छ ।’

उनले विरोध प्रदर्शनले प्यालेस्टाइन एक्सनमाथिको प्रतिबन्ध ‘लागू गर्न असम्भव र स्रोतसाधनको बर्बादी’  भएको देखाएको बताएको बिबिसीले उल्लेख गरेको छ ।

Read More

चन्द्र ग्रहण लाग्दा के गर्ने, के नगर्ने ?

काठमाडौं । आज खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । ग्रहण राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने र राति ११: ५६ मा चन्द्रग्रहणको मध्य हुने भने राति १: ४१ बजे ग्रहण सकिने समितिले जनाएको छ ।

काठमाडौँबाट करिब साढे तीन घण्टा चन्द्रग्रहण देखिने छ । २०८२ सालको यो पहिलो ग्रहण हो । आउँदो फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

शास्तीय मान्यता अनुसार ग्रहण लाग्नु ९ घण्टा अगाडी सुतक लाग्ने भएकाले बाल, वृद्ध, आतुर, दीर्घरोगी बाहेक अरुलाई भोजन र शयन निषेध गरेको छ । चन्द्र ग्रहणको मेष,  बृष, कन्या र धनु राशि भएकाहरुलाई शुभ र मिथुन, कर्कट, सिह, तुला, बृश्चिक, मकर, कुम्भ र मिन राशि भएका ब्यक्तिलाई अशुभ हुने मानिएको छ ।

यो चन्द्र ग्रहण यस वर्षको दोस्रो हो तर नेपालबाट देख्न सकिने चन्द्र ग्रहणका रूपमा यस वर्षको यो पहिलो चन्द्र ग्रहण हो । नेपाल सहित युरोपको उत्तरपूर्वि भाग, एसियाका सम्पूर्ण देशहरू, अस्ट्रेलिया, उत्तरी अमेरिका लगायत एटलान्टीक र प्यासिफिक किनारका धेरै देशहरूबाट यो चन्द्र ग्रहण देखिने बताइएको छ । 

यो एउटा चन्द्रमाको सामान्य बृत चक्र हो जहाँ सूर्य र चन्द्रको बिचमा पृथ्वी पर्न जान्छ । यस समयमा पृथ्वी, चन्द्र र सूर्यबिचको दूरी सबैभन्दा थोरै हुन्छ । यस क्रममा पृथ्वीको छाया चन्द्रमा देखिन्छ, चन्द्र नै प्रकाशको अभावमा र पृथ्वीको छायाले कालो देखिन्छ र यो नै चन्द्र ग्रहण हो । 

ग्रहणको आंशिक छाया भएमा खण्डग्रास र पूर्ण छाया भएमा खग्रास चन्द्र ग्रहण भएको भनिन्छ । सामान्यतया ग्रहणलाई नराम्रो रूपमा व्याख्या गरिएको पाइएता पनि यो प्रकृतिको एउटा सामान्य प्रक्रिया हो तथापि केही हदसम्म मानवको संवेग, व्यवहार र सामाजिक अन्तरक्रिया पद्धतिहरूमा असर पर्न सक्ने सनातन ठहर छ । राष्ट्रिय सङ्कट, सामाजिक पृष्ठभूमि आदि इत्यादिसँग ग्रहणलाई जोडेर हेर्ने चलन भएता पनि चन्द्र ग्रहणको असर केवल व्यक्तिगत पक्षमा मात्र रहेको बताइन्छ ।

ग्रहण पश्चात् दानपूण्यका काम गर्ने, ग्रहण अवधिभर खानपिन नगर्ने, कीर्तन भजन गर्ने चलन सदियौँदेखि चलिआएको छ । ग्रहण पछि खोला या तीर्थस्थलमा स्नान गर्ने चलन पनि छ ।

के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खान बाहेक ग्रहण र यसको सूतकका बेला नित्य कर्म भने गर्न हुने र ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् बताउछन् ।

ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।

निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् । 

पुरिषे  कृमियोनिश्च  मैथुने  ग्रामसुकरः ।।

अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति । 

बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।।

अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । 

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविदहरुले शास्त्रमा उल्लेख भएको बताएका छन् । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न भने हुने बताइन्छ । ग्रहण निषेध गरिएका बाहेक कर्म गर्न हुने जनाइएको छ ।

Read More

रसुवास्थित पासाङ ल्हामु सडकखण्ड पुर्ण रुपमा अवरुद्ध

रसुवा । रसुवास्थित पासाङ ल्हामु सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । 

आइतबार बिहान गोसाईकुण्ड गाउँपालिका-२ बालुवाखानिस्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट सुख्खा पहिरो झरी बाटो पुर्ण रूपमा अवरुद्ध भएको छ । 

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।

Read More

गोकुल बास्कोटाको टिप्पणी: जेन्जी पुस्ताले क्षितिज पारीसम्म नियालेर आयो भने कसैले रोक्न सक्दैन

काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले जेन्जी र अल्फा पुस्ता आएमा कसैले रोक्न नसक्ने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले जेन्जी र अल्फा पुस्ता आईसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काइरहेको उल्लेख गर्दै हाहु मा हैन क्षितिज पारीसम्म नियालेर ऊ आयो भने कसैले रोक्न नसक्ने बताएका हुन् ।

उनले भनेका छन्- 
जेन्जि र अल्फा पुस्ता आईसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काउदैछ।हाहु मा हैन क्षितिज पारी सम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन।मौसम त दुई महिनामा हल्का रङग फेर्छ, राजनीतिमा छेपारे र चेपारे प्रवृतिसँग किन गुनासो ? हरेक दशकले त्यो चटक भोग्दै त आएको छ ।

Read More