२०८३ बैशाख १४

देशका विभिन्न कारागारबाट कैदीहरु भाग्दै

काठमाडौँ । देशका विभिन्न कारागारबाट कैदीहरु भाग्नेक्रम जारी रहेको छ ।

सहकारी ठगी प्रकरणमा ललितपुरको नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेदेखि नख्खु कारागारमै जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका पूर्व राज्यमन्त्री टकलासमेत जेलबाट निस्केका छन् ।  

काठमाडौँ उपत्यकामा कारागारबाट भागेका कैदीले गएराती विभिन्न स्थानमा लुटपाटमा संलग्न भएको पाइएको छ ।

त्यस्तै ललितपुरको नख्खु कारागार र काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारगारका साथै झापा, सोलखुम्बु, महोत्तरी, कैलाली, बैतडी, दाङ, रुकुम पश्चिम र कास्की जिल्लाका विभिन्न कारगारबाट कैदीबन्दीहरू भागेका छन् ।

प्राप्त जानकारी अनुसार मकवानपुरको भीमफेदी कारागारबाट समेत साढे २ सयभन्दाबढी कैदीहरु भागेका छन् । कास्कीको कारागारबाट ३७४ जना कैदी भागेका छन् । महोत्तरीको जलेश्वरस्थित कारागारबाट साढे ५ सयभन्दा बढी कैदी भागेको बताइएको छ । त्यस्तै जुम्लाबाट समेत कैदी भागेको जानकारी प्राप्त भएको छ ।

Read More

कानुनी शासन स्थापित गर्ने कार्यमा सहयोग गर्न नेपाल प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले कानुनी शासन स्थापित गर्ने कार्यमा साथ सहयोग गर्न अनुरोध गरेको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयले मंगलबार राति विज्ञप्ति जारी गर्दै जेनजीको प्रदर्शनका क्रममा नागरिक र प्रहरीको दुखद निधनले मर्माहत बनाएको उल्लेख गर्दै कानुनी शासन स्थापित गर्ने कार्यमा साथ सहयोग गर्न अनुरोध गरेको हो ।

प्रहरीले घाइतेहरूको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण एवं कुनै पनि अपराधिक समूहबाट हुने क्षतिलाई रोक्न समेत आग्रह गरको छ ।  

प्रहरीले भनेको छ- 

‘प्रदर्शनका क्रममा भएको जनधनको क्षति अत्यन्तै अपूरणीय एवं दुखद छ, त्यसबाट उत्पन्न परिणामस्वरूप परिस्थितिलाई बिग्रन नदिन र नागरिक र प्रहरीका साझेदारीपूर्ण, शान्तिपूर्ण, सहकार्यका माध्यमले आन्दोलनका क्रममा भएका घाइतेहरूको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण एवं कुनै पनि अपराधिक समूहबाट हुने क्षतिलाई रोकी शान्ति पुनर्स्थापनार्थ निर्वाह गर्नुपर्ने दायित्वमा एकाकार भई प्रहरीलाई सार्वजनिक शान्ति अमन चयन, अपराध नियन्त्रण र अनुसन्धान गरी कानुन कार्यान्वयनका माध्यमले कानुनी शासन स्थापित गर्ने कार्यमा सबैले साथ सहयोग प्रदान गर्न नेपाल प्रहरी सबैमा हार्दिक अनुरोध गर्दछ ।’

Read More

लुटपाट, तोफोड र आगजनीमा संलग्न २१ जना पक्राउ

काठमाडौँ । नेपाली सेना सडकमा आएसँगै स्थिति नियन्त्रणमा लिने प्रयास शुरु गरेको छ ।  

सेनाले लुटपाट, तोफोड र आगजनीमा संलग्न २१ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।  

सेनाले नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि पक्राउ गरेको छ । सेनाले अनावश्यक रुपमा बाहिर ननिस्किन आग्रह गरेको छ । 

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ बजे सम्म बन्द हुने

काठमाडौँ । बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज अपराहन्नसम्म बन्द हुने भएको छ ।

मंगलबार दिनको साँढे २ बजेदेखि बन्द गरिएको विमानस्थल दिउसो १२ बजेसम्म बन्द हुने र त्यसपछि खुलाउने तयारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले गरेको हो । कार्यालयले विमानस्थल वरपर धुँवा देखिएपछि जहाजको सुरक्षमा असर पर्ने देखिएपछि दिउसो साढे २ बजेदेखि बन्द गरेको थियो ।

त्यस्तै आन्तरिक विमान कम्पनि अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने उल्लेख गरेको छ । बुद्ध एयरले मंगलबारका सब्वाई उडान रद्ध गरेको थियो । 

आर्टको तर्फ वायुसेवा सञ्चालक सङ्घले जस्तोसुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिवद्धता जनाउदै उडान सञ्चालनमा रहेका हेलिकप्टरबाट कुनै पनि राजनीतिज्ञ, मन्त्रीलगायतलाई उडान सेवा नदिएको समेत स्पष्ट गरेको छ ।

Read More

विश्वकप छनौटमा पोर्चुगलको लगातार दोस्रो जित

काठमाडौँ । पोर्चुगलले विश्वकप छनौट अन्तर्गत हंगेरीमाथि जित हासिल गरेका छन् । गएराती सम्पन्न खेलमा पोर्चुगलले हंगेरीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो, बेर्नार्डो सिल्भा र जोआओ कान्सेलोले एक एक गोल गरेका थिए । त्यस्तै हंगेरीका लागि बारनाबास भार्गाले दुई गोल गरेका थिए ।

यो जितपछि पोर्चुगलले युरोपको विश्वकप छनौटमा लगातार दोस्रो जित हासिल गरेको छ । समुह एफ मा रहेको पोर्चुगलको २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै हंगेरीको २ खेलमा एक अंक मात्र रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।

Read More

सुरक्षाका लागि सेना सडकमा: बिहानैदेखि माइकिङ, अराजक गतिविधि गर्नेहरु पक्राउ

काठमाडौं । नेपाली सेनाले हिजो राति १० बजेदेखि सुरक्षा आफूले जिम्मा लिएको जनाएको छ ।

जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले कारबाही सुरु गरेको हो ।

काठमाडौँका विभिन्न स्थानबाट अराजक गतिविधि गरेका केही युवाहरूलाई पक्राउ गरेको छ भने देशैभरि भीड नगर्न, सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड नगर्न पनि आग्रह गरिरहेको छ ।

आज बिहानैदेखि सडकमा सेनाले जनताको जीउ धन र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि सबैलाई माइकिङ गर्दै आग्रह गरिरहेको हो ।
कसैले क्षति पुर्‍याइरहेको थाह पाए सेनालाई सूचना दिन पनि आग्रह नेपाली सेनाले गरिरहेको छ ।

जेनजीले पनि आन्दोलनका क्रममा केही तत्त्वहरूले लुटपाट गर्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास गरिरहेको भन्दै लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेको पारिसकेको छ ।

Read More

एशिया कपमा अफगानिस्तानको विजयी शुरुवात

काठमाडौँ । अफगानिस्तानले एशिया कपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न एशिया कपको उद्घाटन खेलमा अफगानिस्तानले हङकङलाई ९४ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

अफगानिस्तानले दिएको १८९ रनको लक्ष्य पछाएको हङकङ २० ओभरमा ९ विकेट गुमाउदै ९४ रन बनाएको थियो ।

हङकङका लागि बाबर ह्यातले ३९ र कप्तान यसिम मुर्ताजाले १६ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले सेडीक्युल्लाह अटलको ७३ र अज्मतुल्लाह ओमारजाईको ५३ रनको मद्धतले २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाएको थियो ।

अब एशिया कप अन्तर्गत आज भारत र युएईबीच खेल हुदैछ । यो खेल रति ८: १५ बजेदेखि शुरु हुने छ ।

Read More

मोरङमा आन्दोलनको नाउँमा लुटपाट, प्रहरीको अपरेशनमा चार जना पक्राउ

विराटनगर । मोरङ जिल्लाको विराटनगर महानगरपालिकाका विभिन्न स्थानमा चोरी तथा लुटपाट गर्दै हिँड्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई चोरी गरेको सामानसहित रंगेहात पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१८ का ७० वर्षीय चन्दन मण्डल र ३९ वर्षीय गंगा प्रसाद मण्डल रहेका छन्। यसका साथै, भारतका २० वर्षीय अभिषेक प्रसाद र २५ वर्षीय रामतेश प्रसाद पनि पक्राउ परेका छन्।

प्रहरीले उनीहरूको साथबाट चोरी गरिएका विभिन्न सामानहरू समेत बरामद गरेको छ। बरामद भएका सामानहरूमा मे १ ह ६५०५ नम्बरको टेम्पो, बीआर ३८ एन ४५४१ र बीआर ३८ भी २१२९ नम्बरका दुई वटा मोटरसाइकल, ‘ग्रीन नेपाल’ लेखिएको १२ भोल्टको ७ वटा ब्याट्री, ३ वटा इन्भर्टर, १ थान सोफा र अन्य पुराना फर्निचरका सामानहरू रहेका छन्।

पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

सेना सक्रिय, आन्दोलनका नाममा लुटपाट र आगजनी भएको भन्दै अराजक गतिविधि रोक्न चेतावनी

काठमाडौँ । नेपाली सेनाले हालको आन्दोलनका क्रममा भइरहेका लुटपाट, आगजनी र तोडफोडका घटनालाई रोक्न आग्रह गर्दै यदि त्यस्ता गतिविधि नरोकिएमा स्थिति नियन्त्रणमा लिन कडा कदम चाल्ने चेतावनी दिएको छ।

एक सूचना जारी गर्दै सेनाले भदौ २४ गते राति १० बजेदेखि नेपाली सेना लगायतका सुरक्षा निकायहरू आफ्नो जिम्मेवारीमा दृढतापूर्वक प्रस्तुत हुने जनाएको छ।

नेपाली सेनाले हालको विषम परिस्थितिको फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने, लुटपाट र आगजनी गर्ने काम गरिरहेको भन्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ।

यदि यस्ता गतिविधि नरोकिएमा नेपाल र नेपालीको सुरक्षाका लागि नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू स्थिति नियन्त्रणमा लिनका लागि तयार रहेको सेनाले स्पष्ट पारेको छ। “यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातिको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं,” सूचनामा भनिएको छ।

सेनाले सम्पूर्ण राष्ट्रवासीलाई यस कार्यमा सहयोग गर्न पनि हार्दिक अपिल गरेको छ। त्यसपछि सुरक्षा स्थितिको पुनर्मूल्याङ्कन गरी थप सूचना जारी गरिने पनि जनाइएको छ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले  हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जानकारी दिएको छ ।

हाल देशभर साधारणतया बदली रहको छ भने सबै प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा कोशी प्रदेश, बागमती प्रदेश  र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

Read More