२०८३ बैशाख १४

डिल्लीबजार कारागारमा कैदीबाट आगजनी, सेनाको हस्तक्षेप

काठमाडौँ । काठमाडौँको डिल्लीबजार कारागारमा तनाव भएको छ ।

कारागारमा रहेका कैदीले आगजनी गरेर बाहिर निस्किएपछि नेपाली सेनाले  हस्तक्षेप गरेको छ । कैदीहरुले देशको विशेष परिस्थितिमा आफुहरु बाहिर आउनुपर्ने भन्दै आगजनी गरेका थिए ।

अहिले कारागार भित्र आगो लागेको छ भने सेनाले कैदीहरुलाई बाहिर आउन रोकेपछि अवस्था तनावग्रस्त बनेको छ ।

Read More

अर्थमन्त्री विष्णु पौडेल आक्रमणमा नपरेको सचिवालयको दाबी

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल आक्रमणमा नपरेको उनको सचिवालायले दाबि गरेको छ ।

सचिवालयले विज्ञप्ति जारी गर्दै मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएको भन्दै उनी माथि कुनै आक्रमण नभएको बताएको हो ।

सचिवालयले भनेको छ- 
२०८२ साल भदौ २४ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक हुन् । उहाँमाथि कुनै आक्रमण भएको छैन ।

Read More

लुटपाट र आगजनीमा संलग्न २७ जना पक्राउ, हतियार, गोली र नगद बरामद

काठमाडौँ ।  नेपाली सेना काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको जनाएको छ ।

साथै उनीहरुसँग विभिन्न हतियार नगद र गोलीगठ्ठासमेत सेनाले बरामद गरेको जानकारी दिएको छ ।

सेनाले भनेको छ- 
मिति २०८२ भाद्र २४ गते रातको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्‍चात आज मिति २०८२ भाद्र २५ गतेको विहान १० बजेसम्म काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ । साथै, ३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भईरहेको छ । त्यसैगरी काठमाडौँको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट रु. ३३,७०,०००।०० बरामद गरिएको छ । काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको छ । साथै, २३ जना घाईते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको छ । 

Read More

सर्वोच्चमा अर्को व्यवस्था नभएसम्मका लागि सबै पेसी स्थगित

काठमाडौँ । सर्वोच्च अदालतमा अर्को व्यवस्था नभएसम्मका लागि सबै पेसी स्थगित गरिएको छ । 

मुख्य रजिस्ट्रार बिमल पौडेलले अर्को सूचना जारी नभएसम्मका लागि आज र भोलीदेखिका पेसीमा रहेका मुद्धाहरुको सुनुवाइ स्थगित भएको जानकारी दिएका हुन् । पौडेलले अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको बताएका छन् । सर्वोच्चमा मंगलबारका सुनवाई पनि स्थगित भएका थिए ।

जेनजी आन्दोलनका क्रममा मंगलबार सर्वोच्च अदालतमा पनि आगजनी भएको छ र धेरै महत्वपूर्ण मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएका छन् ।   

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेसम्म बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकी ६ बजेसम्मका लागि बन्द गरिएको छ । 

देशभर निषेधाज्ञा र कर्फ्यू जारी भएका कारण विमानस्थल आज बेलुकी ६ बजेसम्मका लागि बन्द गरिएको छ । यसअघि मंगलबार दिनको साढे २ बजेदेखि विमानस्थल बन्द गरिएको थियो ।  

विमानस्थल कार्यालयका अनुसार निजी वायुसेवाका हेलिकप्टर, आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडानहरू स्थगित भएका छन् ।

यसैबीच आन्तरिक उडान कम्पनी बुद्ध र यति एयरलाइन्सले आजका सबै उडान स्थगित भएको जानकारी दिएको छ ।

बुद्ध एयरले भनेको छ- ‘विषम परिस्थितिका कारण आजका सम्पूर्ण उडानहरु रद्द गरिएको छ । यसबाट यात्रुवर्गमा पर्नजाने असुविधाका लागि हामी क्षमाप्रार्थी छौं ।’

त्यस्तै यति एयरलाइन्सले भनेको छ- ‘देशको विषम परिस्थितिका कारण यती एअरलाइन्सको आजका सम्पूर्ण उडानहरु रद्द भएको जानकारी गराउँदछौं । यसबाट यात्रुवर्गमा पर्नजाने असुविधाका लागि हामी क्षमाप्रार्थी छौं । धन्यवाद ।’

Read More

बाँकेस्थित बाल सुधार गृहमा भएको झडपमा पाँच जनाको मृत्यु

नेपालगञ्ज । बाँकेस्थित बाल सुधार गृहमा भएको झडपमा पाँच जनाको मृत्यु भएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका–१ नौबस्तास्थित बाल सुधार गृहमा गएराती भएको झडपमा पाँच जनाको मृत्यु भएको र दुई जनाको मृत्यु भएको छ ।

उनीहरुलाई भेरी अस्पताल पुर्याउनुभन्दा पहिला नै मृत्यु भइसकेको प्रहरी स्रोतले जानकारी दिएको छ । घटनापछि बाल सुधारगृहको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।

Read More

धैर्य गरौ, हामी फेरी उठ्ने छौ: एमाले महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले फेरी उठ्ने बताएका छन् ।

सामाजिक संजालमा लेख्दै पोखरेल उनले धैर्य गर्न, संयमित बन्न आग्रह गर्दै फेरी उठ्ने बताएका छन् ।

उनले नेत्रलाल अभागीको कविता शेयर गर्दै भनेका छन्- धैर्य गरौ, संयमित बनौ, हामी फेरी उठ्ने छौ ।

Read More

अराजक गतिबिधि अझै हुनसक्छ, आज दिनभर निषेधाज्ञा र रातभर कर्फ्यू जारी रहन्छ: नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले आज ५ बजेसम्म देशभर निषेधाज्ञा जारी रहने र त्यसपछि भोलि बिहान ६ बजेसम्म देशभर कर्फ्यु जारी रहने स्पष्ट गरेको छ ।

निषेधाज्ञा तथा कर्फ्यू सम्बन्धमा नेपाली सेनाले अपिल जारी गर्दै आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेको बताएको छ । 

नेपाली सेनाले आन्दोलन पश्चातको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानको निमित्त सम्बद्ध पक्षहरुबीच समन्वय भइरहेको बताउदै आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारवाही हुने स्पष्ट गरेको छ ।

नेपाली सेनाले भनेको छ: 
विद्यमान विषम परिस्थितिमा मुलुकमा शान्ति सुरक्षा कायम राख्ने दायित्व पूरा गर्न पुऱ्याई रहनुभएको सहयोगको लागि नेपाली सेना सबै राष्ट्रवासीहरुप्रति कृतज्ञता ज्ञापन गर्दछ । आन्दोलनको दौरान भएको जनधनको क्षतिप्रति पुनः गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणका प्रयासहरुमा सहकार्यका लागि सबैमा अनुरोध गरिन्छ ।

आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेको हुँदा देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागु गरिएको निषेधाज्ञा आज मिति २०८२ भाद्र २५ गतेको बेलुकी ५ बजे (१७०० बजे) सम्म देशभर निरन्तर रहने र तत्पश्चात् भोलि भाद्र २६ गते बिहान ६ बजे (०६०० बजे) सम्म कर्फ्यू आदेश जारी रहने एवम् परिस्थितिको विश्लेषणको आधारमा थप सूचना सम्प्रेषण गरिने बेहोरा आम देशवासीलाई जानकारी गराईन्छ ।

निषेधाज्ञा तथा कर्फ्यूको दौरान अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु) सञ्चालन हुन सक्नेछ । आवश्यक सहजताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्नुहुन सम्बद्ध सबैमा अनुरोध गरिन्छ ।

आन्दोलन पश्चातको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानको निमित्त सम्बद्ध पक्षहरुबीच समन्वय भइरहेको हुँदा आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा कारवाही हुनेछ ।

यसै क्रममा, सम्पूर्ण अवकाश प्राप्त सैनिक लगायतका सुरक्षाकर्मीहरु, सबै सेवाका राष्ट्रसेवकहरु, सञ्चारकर्मी तथा आम नागरिकहरुमा अफवाहको पछाडी नलागी आधिकारिक सूचनाहरु मात्र सम्प्रेषण गर्न तथा आधिकारिकतामा मात्र विश्वास गर्न अनुरोध गरिन्छ। साथै, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै जनजीवन सामान्य बनाईराख्ने आ-आफ्नो दायित्वलाई निरन्तरता दिनुहुने कुरामा नेपाली सेना विश्वस्त छ । जस्तोसुकै परिस्थितिमा पनि सबै नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रहि परिस्थितिजन्य जिम्मेवारी वहनमा सक्रिय सुरक्षाकर्मीहरुलाई सहयोग पुयाउन हार्दिक अपिल गरिन्छ ।

Read More

भ्रामक समाचार नफैलाउन प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले भ्रामक समाचार सामाजिक सञ्जालमा नफैलाउन आग्रह गरेको छ ।

प्रहरीले अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्विरलाई प्रयोग गरी हाल भइरहेको आन्दोलनमा ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भनी शिर्षक राखेर भ्रामक समाचार सामाजिक सञ्जालमा फैलाइरहेको भन्दै विषम् परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका भ्रामक नकारात्मक समाचार सिर्जना गरी स्थितिलाई थप भड्काउने कार्य नगर्न तथा नगराउन हुन प्रहरी अनुरोध गरेको छ ।

प्रहरीले भनेको छ- 
अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्विरलाई प्रयोग गरी हाल भइरहेको आन्दोलनमा “बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला” भनी शिर्षक राखेर भ्रामक समाचार सामाजिक सञ्जालमा फैलाइरहेको सम्बन्धमा नेपाल प्रहरीको ध्यानाकर्षण भएको छ । यस विषम् परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका भ्रामक नकारात्मक समाचार सिर्जना गरी स्थितिलाई थप भड्काउने कार्य नगर्न तथा नगराउन हुन नेपाल प्रहरी अनुरोध गर्दछ ।

Read More

आज र भोलि शेयर कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्चेन्जले बुधबार र विहिबार  घितोपत्र कारोबार नहुने जानकारी दिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले कारोबार बन्द रहने जानकारी दिदै भनेको छ- ‘हालको विषम परिस्थिति एवम् कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत कारोबार स्थगन गर्न अनुरोध भई आएकोले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार मिति २०८२ भदौ २५ र २६ गते दुई दिनको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

जेनजीको आन्दोलनका कारण यसअघि मंगलबार पनि धितोपत्रको कारोबार बन्द गरिएको थियो ।

Read More