२०८३ बैशाख १३

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको १६ सयले बढेर तोलाको २ लाख १५ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख १४ हजार २ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर २५६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २५०५ मा कारोबार भएको थियो ।

Read More

जेनजीको न्यायपूर्ण माग र राष्ट्रको पुनर्निर्माण सँगसँगै अघि बढ्छ,कांग्रेसले वातावारण बनाउदैछ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी युवाहरुका माग सम्बोधन गरेर मात्र देश अगाडी बढ्न सक्ने बताएका छन् ।

कांग्रेस महामन्त्री थापाले जेनजी आन्दोलनकारीका माग अनुसार अन्तरिम सरकार बनाउन र यसका लागि आवश्यक वातावरण बनाउन कांग्रेस तयार रहेको बताएका हुन् ।

महामन्त्री थापाले आफुहरुले नयाँ बन्ने प्रधानमन्त्रीलाई संबिधानसँग जोड्न र संबिधानसम्मत बनाउन आवश्यक रहेको बताएका छन् ।

उनले भनेका छन्- ‘अब बन्ने सरकारले नयाँ चुनाव गराउछ, पुनर्निमाणको काम गर्छ, यस आन्दोलनमा भएका तोडफोड र आगजनीको छानबिन गर्ने काम गर्ने छ । अब बन्ने सरकारलाई संबिधान सम्मत बनाउन र संबिधानसँग जोड्न आवश्यक छ । हामी संबिधानलाई जोगाएर, संबिधानले बाँधेर, जेनजी साथीहरुले राखेका माग अनुसार नागरिक सरकार बनाउने, २०४६ पछिका सबै को सम्पत्ति छानबिन गर्ने, अख्तियारलगायतका निकायमा अहिले रहेका पदाधिकारीको ठाउमा सहि मान्छे नियुक्त गर्नेयी कुरालाई सम्बोधन गर्ने गरी पहल गरिरहेका छौं र यसको वातावारण बनाइरहेका छौं । उनले आज साँझ सम्म सरकार बन्ने कुरा टुंगिन्छ र राजनीति फेरी लयमा फर्किन्छ ।’

Read More

सर्यो वार्ताको समय: गम्भीर मोडमा राष्ट्रपति, मुलुकको हितमा समग्र परामर्शमा जुट्दै

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका बारेमा बिहान ९ बजे बस्ने भनिएको बैठक अहिलेसम्म शुरु भएको छैन । स्रोतका अनुसार बैठक दिनको २ बजेसम्मका लागि सारिएको छ । आन्तरिक छलफल गर्ने भन्दै बैठकको समय सारिएको बताइएको छ ।

यसअघि गएरातीसम्म भएको छलफलमा सुशिला कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गर्ने सहमति भएपनि संसद विघटनको विषयमा सहमति नबनेपछि बैठक आज बिहान बस्ने भनिएको थियो । तर राष्ट्रपति पौडेलले निर्णय लिन ढिलाई गरेका कारण सिंगो देशनै अनिर्णयको बन्दि बनेको र अनेक शक्तिले चलखेल गर्ने अवसर पाइरहेको विश्लेषण हुन थालेको छ । अहिले राष्ट्रपति पौडेलले निर्णय नलिदा सिंगो देश अलमलमा परेको छ । 

जेनजीको एक समुह हामी नेपालले राष्ट्रपतिले युवाहरुको माग नसुनेको भन्दै आफुहरु छलफलमा जुटेको बताएको छ । उनीहरुले संसद् विघटन, अन्तरिम सरकार र सकेसम्म छिटो नयाँ जनादेश आफुहरुको माग रहेको स्पष्ट गरेका छन् ।  

विहिबार दिनभर र राति अबेरसँग प्रधानसेनापति अशोकराज सिग्देल, सुशिला कार्की र वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालसँग गरेको छलफलमा सो सहमति भएको थियो । संबिधानबाटै जेनजीका माग सम्बोधन गर्ने प्रयास भइरहेका बेला अब संसद विघटनको विषयमा छलफल केन्द्रित भएको छ । राष्ट्रपति पौडेल संसद विघटन गर्न अहिलेसम्म सहमत नभएको स्रोतले बताएको छ । 

राष्ट्रपति पौडेलले जेनजी समुह बाहेक संवैधानिक कानुनविद् र राजनीतिका दलका नेताहरूसँग समेत छलफल गरिरहेका छन् । उनले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफल गरिसकेका छन् । त्यस्तै सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग समेत छलफल गरेका छन् । छलफलमा प्रचण्ड र गगन थापालगायतले संबिधानका प्रावधानबाटै कार्कीलाई प्रधानमन्त्री बनाउन आफुहरु सकारात्मक रहेको बताएका थिए । 

Read More

काँग्रेस कार्यालयमा बीपीको तस्बीरसहितको ब्यानर: हामी उठ्ने छौ

काठमाडौँ । नेपाली काँग्रेसको आगजनी भएको सानेपास्थित केन्द्रीय कार्यालयमा झण्डा र हामी उठ्ने छौं लेख्दै बीपीको फोटो अंकित ब्यानर राखिएको छ ।

जेनजी आन्दोलनका क्रममा आगजनी हुदा क्षतिग्रस्त भएको कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ताहरुले शुक्रबार बिहान पार्टीको झण्डासहित सो ब्यानर राखेका हुन् ।

बीपी कोइरालाको तस्वीर अंकित ब्यानरमा लेखिएको छ- ‘उहाँले निर्माण गर्नुभयो, हामी अझ सबल बनाउने छौ… हामी उठ्ने छौ ।’

Read More

हर्क साम्पाङ भन्छन्: मलाई धेरै नगिज्याऊ

काठमाडौँ । नयाँ सरकारको प्रधानमन्त्री दाबि गरिरहेका धरान उपमहानगरका मेयर हर्क साम्पाङ आफुलाई धेरै नगिज्याउन आग्रह गरेका छन् ।

उनले विषम परिस्थितिमा भीरबाट खसेको गाडी जस्तै चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने आफु एक जना मात्रै सच्चा नेपाली भएको भन्दै आफुलाई धेरै नगिज्याउन आग्रह गरेका हुन् ।

उनले भनेका छन्-  
धेरै मलाई नगिज्याऊ ! यो विषम परिस्थितिमा भीरबाट खसेको गाडी जस्तै चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने एक जना मात्रै सच्चा नेपाली हुँ म ! तिम्ले मान नमान तर यो देशको अभिभावक हुँ म ! घमण्डी भन या जे भन ! मलाई गिज्याउने तिमेरुकै कारण यहाँ देश यस्तो बन्यो !

Read More

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोलाई २७ वर्षको सजाय

काठमाडौँ । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई २७ वर्ष तीन महिनाको जेल सजाय भएको छ । 

ब्राजिलको सर्वोच्च अदालतमा बोल्सोनारो विरुद्ध पाँच फरक-फरक आरोपमा २७ बर्ष तीन महिनाको सजाय सुनाएको हो । पाँच न्यायाधीशहरूको प्यानलमध्ये चार जनाले उनलाई पाँच मुद्दामा दोषी ठहर गरेका छन् । प्यानलले बोल्सोनारोलाई विद्रोहको षड्यन्त्र रचेको आरोपमा दोषी ठहर गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग धेरै राम्रो सम्बन्ध रहेका बोल्सोनारोको योसँगै राजनीतिक भविष्य पनि सकिएको विश्लेषण गरिएको छ । 

यो पहिलो पटक होइन जब जैर बोल्सोनारोलाई शासन र अधिकारीहरूको विरुद्धमा गएको आरोप लगाइएको छ । यसअघि आफ्नो सैन्य करियरको क्रममा, बोल्सोनारोलाई १९८६ मा सेनामा कम तलबको मुद्दा उठाउन एक समाचार पत्रिकालाई अन्तर्वार्ता दिएको आरोप लगाइएको थियो, जुन सैन्य नियमहरू विरुद्ध थियो । यद्यपि, उनको कदमको त्यतिबेला प्रशंसा गरिएको थियो ।

१९८७ मा, बोल्सोनारो अर्को मुद्दामा फसेका थिए । १९८६ मा बोल्सोनारोको अन्तर्वार्ता लिने पत्रिकाले जैरले आफ्ना साथीहरूसँग मिलेर रियो दि जेनेरियोमा सैन्य एकाइहरूमा बम राख्ने षड्यन्त्र गरेको खुलासा गरेको थियो । पत्रिकाले स्केच र षड्यन्त्रको बारेमा जानकारी पनि प्रकाशित गर्‍यो र सबै स्केचहरू बोल्सोनारो आफैंले बनाएको दाबी गरिएको थियो । २०१८ मा, सैन्य अधिकारीहरूले यस मुद्दामा सर्वसम्मतिले उनलाई दोषी पाए । यद्यपि, सर्वोच्च सैन्य अदालतका अनुसन्धान अधिकारीले उनलाई निर्दोष ठहराउन जोड दिए । अन्ततः अदालतले उनलाई निर्दोष मुक्त गर्यो । यो निर्णय पछि, बोल्सोनारो १९८९ मा ब्राजिलको राजनीतिमा प्रवेश गरेका थिए ।

Read More

नेपाली सेनाले भन्यो: भ्रामक समाचार र टिका टिप्पणीको विश्वास नगर्नु

काठमाडौँ । नेपाली सेनाले विद्यमान परिस्थितिमा सेनासँग जोडेर विभिन्न टिका टिप्पणी, धारणा र विश्लेषण भएको भन्दै भ्रामक समाचार र टिका टिप्पणीलाई विश्वास नगर्न आम सर्बसाधारणमा अनुरोध गरेको छ ।

साथै नेपाली सेनाले सूचना आदान प्रदान गर्न जनसम्पर्क तथा सूचना निर्देशनालय लगायत स्थानीय स्तरमा समेत पृतना हेडक्वाटरसँग समन्वय गर्न सकिने समेत स्पष्ट गरेको छ । साथै नेपाली सेनाले जनसम्पर्क तथा सूचना निर्देशनालय लगायत स्थानीय स्तरमा समेत पृतना हेडक्वाटरसँग समन्वय गर्न सम्बन्धि व्यक्तिहरुको सम्पर्क नम्बर समेत सार्बजनिक गरेको छ ।

नेपाल सेनाको पूर्वी क्षेत्र (ताप्लेजुङ्ग, पाँचथर, ईलाम, झापा, संखुवासभा, तेहथुम, भोजपुर, धनकुटा, मोरङ्ग, सुनसरी, खोटाङ्ग, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा) बाट ९८५२०८१७०४ मा सम्पर्क गर्न सकिने छ भने मध्य पूर्वी क्षेत्र (सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, रामेछाप र दोलखा) बाट ९८५४०२०७७२ मा सम्पर्क गर्न सकिने छ  ।

त्यस्तै  मध्य क्षेत्र (रसुवा, नुवाकोट, मकवानपुर, धादिङ्ग, चितवन) बाट ९८६३०२८८८४ नम्बरमा सम्पर्क गर्न सकिने छ भने पश्चिम क्षेत्र (गोरखा, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, मनाङ्ग, लम्जुङ्ग, बाग्लुङ्ग, म्याग्दी र मुस्ताङ्ग) बाट ९८५६०११४३९ नम्बरमा सम्पर्क गर्न सकिने नेपाली सेनाले जनाएको छ ।

त्यसैगरी मध्य पश्चिम क्षेत्र (नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, दाङ्ग, प्युठान, रोल्पा, सल्यान, रुकुम पूर्व र रुकुम पश्चिम) बाट ९८६३०२९१३७ नम्बरमा सम्पर्क गर्न सकिने छ भने उत्तर पश्चिम क्षेत्र (बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला) बाट ९८६३०२९१७७ नम्बरमा सम्पर्क गर्न सकिने छ ।

त्यस्तै सुदूर पश्चिम क्षेत्र (कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बैतडी, दार्चुला र बझाङ्ग ) बाट ९७६२३०६५६१ नम्बरमा सम्पर्क गर्न सकिने छ । त्यस्तै उपत्यका क्षेत्र (काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक) बाट ९८६०११३६२२ नम्बरमा सम्पर्क गर्न सकिने नेपाली सेनाले आग्रह गरेको छ ।

Read More

सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सुचारू गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न निर्देशन दिएको छ । 

शुक्रबार राष्ट्र बैंकले नेपाली सेनाले जारी गरेको निर्देशनका आधारमा आवतजावत हुनेगरी सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न निर्देशन दिएको हो । 

राष्ट्र बैंकले भनेको छ-  
यस बैंकबाट इजाजतपत्र तथा अनुमतिपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेनाको मिति २०८२/०५/२६ मा जारी विज्ञप्ति नं. १७ अनुसार आवतजावत हुनेगरी सीमित कर्मचारीबाट आफ्ना सम्वेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्नुहुन र अन्य प्रणालीको हकमा जोखिमको आधारमा रिमोट एसेसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनुहुन साथै सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो वेभ साइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउनुहुन यो सूचना जारी गरिएको छ ।

Read More

संसद विघटनमा अबको छलफल केन्द्रित हुने

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गर्ने तयारी गरेपनि संसद विघटनको विषय भने अझै टुंगिएको छैन ।  

विहिबार दिनभर र राति अबेरसँग प्रधानसेनापति अशोकराज सिग्देल, सुशिला कार्की र वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालसँग गरेको छलफलमा सो सहमति भएको छ ।

अब आज बिहान ९ बजे पुन छलफल हुने बताइएको छ । आज हुने छलफल जेनजी समुहको प्रमुख मागको रुपमा रहेको अहिलेको संसद विघटनमा केन्द्रित हुने छ । संबिधानबाटै जेनजीका माग सम्बोधन गर्ने प्रयास भइरहेका बेला अब संसद विघटनको विषयमा छलफल केन्द्रित भएको छ । राष्ट्रपति पौडेल संसद विघटन गर्न अहिलेसम्म सहमत नभएको स्रोतले बताएको छ ।

उनले अहिलेकै संसदलाई कायम राखेर कार्कीलाई प्रधानमन्त्री बनाउन तयार भएको र संसद विघटन नगर्ने विषयमा जेनजी समुहका प्रतिनिधि सहमत भएका छैनन् ।

राष्ट्रपति पौडेलले जेनजी समुह बाहेक संवैधानिक कानुनविद् र राजनीतिका दलका नेताहरूसँग समेत छलफल गरिरहेका छन् । उनले कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफल गरिसकेका छन् । त्यस्तै सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग समेत छलफल गरेका छन् । छलफलमा प्रचण्ड र गगन थापालगायतले संबिधानका प्रावधानबाटै कार्कीलाई प्रधानमन्त्री बनाउन आफुहरु सकारात्मक रहेको बताएका थिए । 

जेनजी समूहको प्रमुख माग नै संसद् विघटन, अन्तरिम सरकार र सकेसम्म छिटो नयाँ जनादेश जाने रहेकाले यी मागलाई संबिधानको दयारा भित्र पारेर सम्बोधनको प्रयास भइरहेको बताइएको छ ।

Read More

राजेश पायल राईको जेनजीसँग माग: मलाई सञ्चार वा विदेशमन्त्री सम्हाल्न दिनुस्

काठमाडौँ । गायक राजेश पायल राईले आफुलाई सञ्चार वा विदेश मन्त्री बनाउन जेनजी समुहलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै गायक राईले आफुले प्रधनमन्त्री नमागेको बताउदै आफुले पर्यटन मन्त्रालय समेत सम्हाल्न सक्ने दाबी गरेका छन् ।

उनले म भन्दा धेरै विदेश कोही पुगेको प्रमाण छ भने ल्याउन र आफ्नो पासपोर्ट चेक गर्न समेत चुनौती दिएका छन् ।साथै उनले आफुलाई पर्यटन र संगीतको विकास गर्ने बारे थाहा भएको दाबि गरेका छन् ।

उनले भनेका छन्- 
जेनजी भाईहरु मलाइ सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस् । प्रधानमन्त्री मागेको छैन किनकि म सन्चार र पर्यटन स्म्हाल्न सक्छु । यदि मभन्दा धेरै विदेश कोही पुगेको प्रमाण ल्याउ मेरो पासपोर्ट र तिम्रो पासपोर्ट चेक गरु यो मेरो दावा हो । मलाई थाहा छ पर्यटन र संगीतको विकास ! आँट गर्नै हो भने असम्भब कही छैन ।

Read More