२०८३ बैशाख १३

लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको जगमा निकास निकाल्न उचित हुन्छ: मानव अधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको जगमा निकास निकाल्न उचित हुने बताएको छ ।

आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको बताएका छन् ।

आयोगले मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको अवधारणाको जगमा निकास निकाल्न उचित हुने धारणा राष्ट्रपतिसमक्ष आयोगले राखेको बताएको छ ।

साथै राष्ट्रपतिबाट मानव अधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानूनी शासनको रक्षार्थ आवश्यक कार्य हुने आयोगको दृढ विश्वास रहेको र वर्तमान परिस्थितिका विषयमा अन्य सरोकारवाला पक्षहरुसँग समेत आयोग निरन्तर सम्पर्कमा रहेको प्रवक्ता डा. पोखरेलले बतायेअका छन् ।

Read More

मानवअधिकारकर्मीको सुझाव: संविधानको धारा ६१ अनुसार देशलाई निकास देऊ

काठमाडौँ  । मानव अधिकारवादीहरुले अन्य विकल्पमा सहमति हुन नसकेमा संविधानको धारा ६१ अनुसार तत्काल देशलाई निकास दिन आग्रह गरेका छन् ।  जवाफदेही निगरानी समूहले एक विज्ञप्ति जारी गर्दै यस्तो सुझाव दिएको हो । 

‘राष्ट्रपतिलाई सुम्पिएको संविधान पालन र संरक्षण गर्ने अभिभावकीय कर्तव्यअनुसार  संकटमोचनका लागि आवश्यक आदेश जारी गरी जेन–जी आन्दोलनले अनुमोदन गरेको व्यक्तिको नेतृत्वमा नागरिक सरकार गठन गर्ने, संविधानबमोजिम संसद्को निर्वाचनको उपयुक्त मिति तोक्ने’ निगरानी समुहले सुझाव दिएको छ । उनीहरुले परिस्थितिको सामान्यीकरण र कानुनी शासनको बहाली सुनिश्चित गर्दै विद्यमान संवैधानिक तथा राजनीतिक संकटको निकास दिने र जेन–जी आन्दोलनको मर्म र भावना अनुरूप मुलुकको आत्मविश्वास जगाई राजनीतिक स्थिरता र सुशासनतर्फ अग्रसर हुनुपर्ने भनेको छन् । 

मानवअधिकारकर्मी राजुप्रसाद चापागाई, राजन कुईंकेल, रुकमनी महर्जन,  चरण प्रसाई, डा. गौरीशंकरलाल दास, डा. मन्दिरा शर्मा, दिनेश त्रिपाठी, सुमन अधिकारी, देवी सुनुवार, बाबुराम गिरी, डा. विरेन्द्र थपलिया, जनकबहादुर राउत, इन्द्रप्रसाद अर्याल, महामुनिश्वर आचार्य, विकास बस्नेत, अनिता थपलिया, भक्त विश्वकर्मा, बद्रीप्रसाद भुसाल, निराजन थपलिया, काशीराम ढुंगाना, लक्ष्मी पोखरेल, पुष्पराज पौडेल, सन्तोषबाबु सिग्देल, मोहना अन्सारी, कमला पन्थी लगायतले सयुक्त रुपमा यस्तो अनुरोध गरेका हुन् । 

उनीहरुले  नीतिगत भ्रष्टाचारका कानुनी छिद्र पहिचान गरी टाल्ने, विगत लामो समयदेखि छानबिनमा नपरेका घोटालाहरूको अनुसन्धान गर्ने, जिम्मेवारविरुद्ध मुद्दा चलाउने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमा उतार्ने कुरा सुनिश्चित गर्न आवश्यक कानुनी तथा नीतिगत सुधारका प्रयास अघि बढाउन पनि अनुरोध गरेका छन् ।

के छ संबिधानको धारा ६१ मा :

६१. राष्ट्रपतिः 
(१) नेपालमा एक राष्ट्रपति रहनेछ ।

(२) राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ । निजले यस संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्नेछ ।

(३) राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ ।

(४) संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।

Read More

जेनजीको माग अनुसार बन्ने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ: मुख्यसचिव अर्याल

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताएका छन् ।

 शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरुको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यसचिव अर्यालले नयाँ सरकारको काम सिंहदबारबाटै हुने जानकारी दिदै जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको स्पष्ट गरेका हुन् । 

अर्यालले अहिले अत्यावश्यक सेवाहरू सञ्चालन हुन थालेको र सेवाप्रवाहलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएकोसमेत बताउदै त्यसका लागि सम्बन्धित मन्त्रालय र विभागलाई आवश्यक व्यवस्था गर्न निर्देशनसमेत दिइसकेको बताए । 

मुख्यसचिव अर्यालले सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अहिले सुरक्षास्थिति सामान्यतर्फ उन्मुख रहेको बताउदै प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको र यो नेपालकै दुर्भाग्य भएको बताए । उनले पूर्वाधार र सवारीसाधनको क्षतिबारे प्राविधिक मूल्यांकन गरेर विवरण निकालिने बताए ।

Read More

सभामुख र अध्यक्ष भन्छन्: विधिको शासन र संविधानवादबाट बाहिर जान हुदैन

काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन् ।

सभामुख घिमिरे र अध्यक्ष दाहालले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन अपिल गर्दै विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका हुन् ।

उनीहरुले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको बताएका छन् ।

उनीहरुले भनेका छन्-  
यही मिति २०८२ भदौ २३ र २४ गते भएको जेन जेडहरूको आन्दोलनका क्रममा भएको जनधनको क्षतिले हामीलाई स्तब्ध बनाएको छ । आन्दोलनको क्रममा आफ्नो ज्यान गुमाउनु हुने सबै युवाहरू तथा कर्तव्य निर्वाहको क्रममा ज्यान गुमाउनु हुने राष्ट्रसेवक प्रहरीहरूमा हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । साथै आन्दोलनका क्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन राज्यका सम्बन्धित संयन्त्रहरूलाई विशेष आग्रह गर्दछौं ।

२०८२ भदौ २४ गते बानेश्वरस्थित संघीय संसद भवन, सिंहदरबारस्थित संघीय संसद सचिवालय लगायत विभिन्न सरकारी कार्यालयहरू, सरकारी तथा निजी आवासहरू, सञ्चार गृहहरू, व्यापारिक प्रतिष्ठान एवम् सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक दस्तावेजहरू नष्ट हुने गरि भएको आगजनी र तोडफोडले मर्माहत बनाएको छ । संघीय संसद भवन तथा सचिवालय र देशभरि भएको आगजनीले देशलाई अपुरणीय क्षति भएको छ ।

देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ । यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौं । आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौं ।

Read More

एआई बारे मस्कको नयाँ भविष्यवाणी

काठमाडौँ । भविष्यमा एआई कस्तो हुन्छ भन्ने विषयमा हरेक दिन, प्रविधि दिग्गजहरू र विज्ञहरूले आफ्नो राय दिइरहेका छन् ।

कोही यसलाई मानवताको लागि खतरनाक भनिरहेका छन् भने कोही यसलाई मानिसहरूको लागि उपयोगी उपकरण भनिरहेका छन् । यसैबीचमा एलन मस्कको नाम पनि एआईको बारेमा राय राख्नेहरूको सूचीमा छ, उनी समय-समयमा बताउँछन् कि एआई उनको नजरमा कहाँ जाँदैछ । एक्सएआइका संस्थापक मस्कले अब आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा भविष्यवाणी गरेका छन् । उनले अर्को वर्ष अर्थात् २०२६ सम्ममा एआई कुनै पनि मानिसभन्दा बढी बुद्धिमान हुन सक्छ । २०३० सम्ममा एआई सम्पूर्ण मानवजातिभन्दा स्मार्ट हुन सक्ने बताएका छन् ।

रिपोर्ट अनुसार, मस्कले हालै एक पोडकास्टमा एआईको विकास कति छिटो भइरहेको छ र हामी अबदेखि यसको लागि तयार हुनुपर्छ भन्ने बताएका छन् । मस्कले अर्को वर्षसम्म एआई मानिसभन्दा र ५ वर्षपछि सम्पूर्ण मानव जातिभन्दा स्मार्ट हुने दाबी गरेका छन् । मस्कले यस्तो दाबी गरेको यो पहिलो पटक होइन, यसअघि २०२० मा २०२५ सम्ममा एआई मानिसभन्दा स्मार्ट हुन सक्ने बताएका थिए ।

मस्कको दाबी धेरै विज्ञहरूको दाबीसँग केही हदसम्म मिल्दोजुल्दो देखिएको छ । २०१७ मा, एक एमआईटी अध्ययन बाहिर आयो, जसमा भनिएको थियो, ४५ वर्षमा, एआईले मानव बुद्धिमत्तासँग मेल खाने ५० प्रतिशत सम्भावना छ । ९ वर्षमा यो हुने १० प्रतिशत सम्भावना छ । २०१६ मा ५५० एआई विज्ञहरूको सर्वेक्षणमा पनि यही कुरा खुलासा भएको थियो । २०२३ को एक सर्वेक्षणमा, २ हजार ७७८ एआई अनुसन्धानकर्ताहरूले २०४७ सम्ममा एआईले मानव स्मार्टनेसमा पुग्ने ५० प्रतिशत सम्भावना छ । मस्कले आफूले गरेको अनुमानमा निश्चित रूपमा अलि हतार देखाएको विश्लेषण गरिएको छ ।

Read More

धरानको भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा शव फेला

सुनसरी । सुनसरीको धरानमा रहेको भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा एक शव फेला परेको छ।

भाटभटेनीको माथिल्लो तलामा एक जनाको शव फेला परेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले पुष्टि गरेका छन् ।

आज बिहान आगो नियन्त्रणमा लिने क्रममा शव फेला परेको हो । जेनजी आन्दोलनका क्रममा भाटभटेनीमा लुटपाट र आगजनी भएको थियो ।

Read More

जेनजी आन्दोलनमा होटल उद्योगको प्रारम्भिक क्षति २५ अर्बभन्दा बढी

काठमाडौँ । जेनजी आन्दोलनमा देशभरका होटल उद्योगमा ठूलो क्षति पुगेको छ । 

नेपाल होटल संघ (हान) ले दिएको प्रारम्भिक तथ्यांकअनुसार कम्तीमा २५ वटा होटल, रिसोर्ट, लज र रेष्टुरेन्टमा क्षति पुगेको छ । तोडफोड र आगजनीमा परेको सम्पत्तिको अनुमानित मूल्य २५ अर्बभन्दा बढी रहेको छ ।

हानका अनुसार काठमाडौं र पोखरामा सबैभन्दा धेरै होटल व्यवसायमा क्षति पुगेको छ । त्यसपछि भैरहवा, बुटवल, धनगढी, झापा, दाङ, बर्दिबासलगायतका क्षेत्रमा पनि होटल उद्योग प्रभावित भएका छन् । 

आगजनी र तोडफोडका कारण करिब २ हजारभन्दा बढी कामदार प्रत्यक्ष प्रभावित भएको अनुमान गरिएको छ । हानले आगजनी भएका होटलहरु यस सिजनमा सञ्चालनमा आउन नसक्ने ठहर छ । क्षति भएका होटलमध्ये करिब ६० प्रतिशतले बीमाबाट आंशिक क्षतिपूर्ति पाउने सम्भावना रहेको हानले जानकारी दिएको छ ।

Read More

जलेको घरको पीडा भुल्दै गोल्छाको प्रतिबद्धता: रोजगारी र लगानीबाट देश बनाउने अभियान जारी रहन्छ

काठमाडौँ । उधोगपति शेखर गोल्छाले जेनजी आन्दोलनका नाममा भएको वीभत्स आक्रमणबाट आफ्नो परिवार पनि प्रभावित भएको बताएका छन् ।
सामाजिक संजालमा आगोले जलेको गेट (ढोका) को तस्विर हाल्दै गोल्छाले यस्तो बताएका हुन् । तर आफु र आफ्नो परिवार निरास वा विचलित भने नभएको गोल्छाले बताएका छन् । आन्दोलनका क्रममा गोल्छाको उद्योग र निजी निवासमा समेत तोडफोड तथा आगजानी भएको थियो ।

उनले भनेका छन्-
देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस् ।

केहि व्यवसायी माथि भएको वीभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो तर म र मेरो परिवार निरास वा विचलित भएको छैन । आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना सहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहन्छु ।

अन्धकार पछिको उज्यालोले हामी सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस्

Read More

सीपी राधाकृष्णन बने भारतको १५औं उपराष्ट्रपति

काठमाडौँ । सीपी राधाकृष्णनले भारतको १५औं उपराष्ट्रपतिको रूपमा शपथ लिएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा ६७ वर्षीया राधाकृष्णनलाई शपथ ग्रहण गराएकी हुन् ।

यस क्रममा पूर्व उपराष्ट्रपति जगदीप धनखड पनि आफ्ना उत्तराधिकारी सीपी राधाकृष्णनको शपथ ग्रहण समारोहमा उपस्थित रहेका थिए । उपराष्ट्रपति पद त्यागेपछि धनखड पहिलो पटक सार्वजनिक कार्यक्रममा भाग लिएको देखिएको थियो ।

मंगलबार भएको उपराष्ट्रपति चुनावमा राधाकृष्णनले ४५२ मत प्राप्त गरेर जित हासिल गरेका थिए भने विपक्षी उम्मेदवार बी सुदर्शन रेड्डीले ३०० मत प्राप्त गरेका थिए ।

यसअघि  जगदीप धनखडले आफ्नो स्वास्थ्यमा समस्या देखाउदै राजीनामा दिएपछि उपराष्ट्रपतिको चुनाव भएको हो ।

Read More

जेनजी समुह हामी नेपालका अध्यक्ष सुदन गुरुङ शित्तल निवासमा

काठमाडौँ । जेनजी समुहका हामी नेपालका अध्यक्ष सुदन गुरुङ राष्ट्रपति निवास शितल निवास पुगेका छन् ।

सुदन केहि बेरअघि राष्ट्रपति रामचन्द पौडेलसँग छलफल गर्न राष्ट्रपति निवास शित्तल निवासमा पुगेका हुन् । 

सोमबार र मंगलबार भएको जेनजी आन्दोलनपछि नयाँ सरकार गठनको तयारी भइरहेका बेला गुरुङ शितल निवास पुगेका हुन् । राष्ट्रपति पौडेलले जेनजी समुहले प्रस्ताव गरे अनुसार सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउन सहमत भएपनि उनीहरुको माग अनुसार संसद विघटन गर्न तयार नभएको बताइएको छ ।

Read More