२०८३ बैशाख १३

संयुक्त राष्ट्रसंघले प्रधानमन्त्री सुशीला कार्कीलाई दियो बधाई

काठमाडौँ । संयुक्त राष्ट्रसंघले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ।

नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर हाम्डीले शान्ति, न्याय, पारदर्शिता, जवाफदेही र प्रगतिको आकांक्षामा नेपाली जनतासँग ऐक्यबद्धता जनाउदै प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएको हो ।

प्रधानमन्त्री कार्कीलाई शुभकामना दिँदै संयुक्त राष्ट्रसंघले नेपाल सरकारसँग मिलेर स्थिरता, मानव अधिकार र दिगो विकासमा सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।

राष्ट्रसंघले संकटको अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र जेनजी युवाहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा समेत गरेको छ । 

Read More

दक्षिण अफ्रिकामाथि इङल्याण्डको फराकिलो जित

काठमाडौँ । इङल्याण्डले जारी टी-२० सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले दक्षिण अफ्रिकालाई १४६ रनले पराजित गरेको हो ।

इङल्याण्डले दिएको ३०५ रनको विशाल लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १६.१ ओभरमा अल आउट हुदै १५८ रन मात्र बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि कप्तान एडन मार्क्रमले ४१ रन बनाए भने बजोर्ण फर्च्युनले ३२ रनको योगदान गरे । त्यस्तै इङल्यान्डका बलर जोफ्रा आर्चरले ३ विकेट लिए भने साम करण, लियाम डवसन र विल ज्याकले २-२ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा २ विकेट गुमाउदै ३०४ रन बनाएको थियो । इङल्याण्डका लागि फिल साल्टले ६० बलमा १४१ रनको आक्रामक शतकीय पारी खेलेका थिए । त्यस्तै जस बटलरले ३० बलमा ८३ रन बनाएका थिए भने ह्यारी ब्रुकले ४१ र जाकोब बेथेलले २६ रन बनाएका थिए ।

यो जितपछि इङल्याण्डले ३ खेलको सिरिजमा कमब्याक गर्दै १-१ को बराबरी गरेको छ । अब सिरिजको अर्को खेल आइतबर हुने छ ।

Read More

पक्राउ परे चार्ली कर्कको हत्या गर्ने युवक

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार्ली कर्कको हत्या गर्ने संदिग्धलाई प्रहरी हिरासतमा लिइएको बताएका छन् ।

रिपोर्टका अनुसार आक्रमणकारीले स्वेच्छाले आत्मसमर्पण गरेको बताइएको छ । कर्कलाई युटाको एक कलेज कार्यक्रममा बोल्ने क्रममा गोली हानी हत्या गरिएको थियो । कर्क गैर-नाफामुखी राजनीतिक संस्था टर्निङ प्वाइन्ट युएसएका सह-संस्थापक र ट्रम्पका नजिकका सहयोगी थिए । अधिकारीहरूले आक्रमणकारी विद्यार्थीहरूको बीचमा प्रवेश गरेर भागेको बताएका छन् । उनी कलेजको विश्वविद्यालयको विद्यार्थी भने नभएको रिपोर्टमा उल्लेख छ । 

घटनास्थल नजिकै एउटा परिष्कृत र शक्तिशाली राइफल बरामद भएको थियो । यसलाई बोल्ट एक्शन राइफल भनेर चिनिन्छ, जसको लक्ष्य अर्ध-स्वचालित राइफल भन्दा बढी सटीक हुने बताइएको छ । गोलीबारी पछि, बन्दुकधारी छतबाट हाम फालेर जंगलतिर भागेको बताइएको थियो । संदिग्धको स्केच पनि जारी गरिएको थियो । संदिग्धको २२ बर्षिय  टेलर रोबिन्सन भएको सीएनएनले उल्लेख गरेको छ ।

Read More

पाकिस्तानको एशिया कपमा विजयी शुरुवात

काठमाडौँ । पाकिस्तानले जारी एशिया कपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले ओमानलाई ९३ रनले जितेको छ ।

पाकिस्तानले दिएको १६१ रनको लक्ष्य पछाएको ओमानले १६.४ ओभरमा अल आउट हुदै केवल ६७ रन मात्र बनाएको थियो ।

ओमानका लागि हम्माद मिर्जाले सर्बाधिक २७ रन बनाएका थिए भने आमिर कालीमले १३ रन बनाएका थिए । त्यस्तै ओमान;लाई अल आउट गर्नेक्रममा पाकिस्तानका सैम आयुब, सुफियान मुक्वीन र फाहीम अशरफले २-२ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद हारिसले सर्बाधिक ६६, सहिबजादा फरहानले २९ र फखर जमानले २३ रन बनाएका थिए । त्यस्तै ओमानका बलर शाह फैसल र आमिर खानले ३-३ विकेट लिएका थिए ।

यो जितपछि पाकिस्तानको समुह ए मा २ अंक भएको छ । अब एशिया कप अन्तर्गत आज बंगलादेश र श्रीलंकाबीच खेल हुदैछ ।     

Read More

को हुन सुशीला कार्की ?

काठमाडौँ । पुर्वप्रधानन्यायाधीश सुशिला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । जेनजी आन्दोलनको जगमा कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् ।

सुशीला कार्की नेपालको न्यायिक इतिहासमा एक ऐतिहासिक व्यक्तित्व मानिन्छिन् । उनी नेपालको प्रथम महिला प्रधानन्यायाधीश पनि हुन् । उनी २०७३ साल वैशाख ११ गते प्रधानन्यायाधीशमा नियुक्त भएकी थिइन् । यसरी उनको नियुक्तिले नेपालको न्यायपालिकामा मात्र नभई सम्पूर्ण समाजमा पनि लैङ्गिक समानताको नयाँ ढोका खोलिदिएको थियो ।

सुशीला कार्कीको जन्म भोजपुर जिल्लामा भएको हो। उनले राजनीतिक विज्ञानमा स्नातकोत्तर भारतको बनारस हिन्दू विश्वविद्यालय बाट गरेकी थिइन् । त्यसपछि उनले कानुनको अध्ययन गरेकी थिइन् । शिक्षण पेशामा केही समय बिताइसकेपछि उनी कानुन व्यवसायतर्फ प्रवेश गरेका थिए ।

न्यायिक यात्रा:
– उनले वकिलको रूपमा आफ्नो यात्रा सुरु गर्नुभयो र २०४९ सालमा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भएकी थिइन् ।
– करिब दुई दशक लामो न्यायिक सेवापछि २०७० सालमा सर्वोच्च अदालतको कायम सरुवा न्यायाधीश र पछि कायम न्यायाधीश बनेकी थिइन् ।
– अन्ततः २०७३ सालमा प्रधानन्यायाधीशको पद सम्हालेकी थिइन् ।

सुशीला कार्की आफ्नो इमानदार छवि, कडा निर्णय र निष्पक्षताका लागि चर्चित थिइन् । उनले भ्रष्टाचार, सुशासन, मानवअधिकार लगायतका मुद्दामा साहसिक र ऐतिहासिक फैसलाहरू गरेकी थिइन् । उनका निर्णयहरूले राज्यको नीतिगत तथा प्रशासनिक संरचनामा गहिरो प्रभाव पारेका छन् । उनी न्यायालयभित्र मात्र होइन, देशको राजनीतिक संक्रमणकालीन यात्रामा समेत प्रभावशाली न्यायाधीशका रूपमा स्मरण गरिन्छिन् ।

उनको कार्यकाल करिब १० महिनामात्रै थियो, तर त्यो छोटो अवधिमा पनि उनले न्यायपालिकालाई बलियो र विश्वासिलो बनाउन योगदान गरेकी थिइन् ।

उनको कार्यकालमा संसदमा उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो, जुन निकै विवादास्पद मानिन्छ । तर उनको कडा र निष्पक्ष स्वभावकै कारण धेरैले उनलाई समर्थन गरेका थिए ।

सुशीला कार्की केवल न्यायाधीश मात्र होइन, महिला सशक्तीकरणको प्रतीक पनि बनेकी थिइन् । उनले क्षमता, इमानदारी र दृढताले महिलाले पनि राज्यका सबैभन्दा उच्च पदमा पुग्न सक्छन् भन्ने प्रमाणित गरेकी छन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीविरुद्ध मुद्दामा साहसी निर्णय दिएकि थिइन् । यस फैसलाले नेपालको न्यायिक इतिहासमा ठूलो चर्चा पायो र उनलाई ‘कडा न्यायाधीश’ को रुपमा चिनिएको थियो ।

त्यस्तै राज्यद्वारा हुने मानवअधिकार उल्लंघनमाथि उनी सधैं कठोर देखिएकी थिइन् । बेपत्ता पारिएका, द्वन्द्वकालका पीडितहरू र न्यायबाट वञ्चित वर्गलाई सम्बोधन गर्ने विषयमा उनले महत्त्वपूर्ण आदेश दिएकी थिइन् ।

त्यस्तै मन्त्रालय, सरकारी निकाय र सार्वजनिक पदधारीहरूलाई कानुनअनुसार जवाफदेही बनाउन उनले भूमिका खेलेकी थिइन् । सुशीला कार्की केवल नेपालकी पहिलो महिला प्रधान न्यायाधीश मात्र होइनन्, उहाँ साहसी, निष्पक्ष र न्यायप्रिय व्यक्तित्व मानिन्छिन् । यद्यपी उनको कार्यकालमा भएको विवादस्पद ८० न्यायाधीशको नियुक्ति भएकोमा उनको आलोचना हुने गरेको छ । 

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जानकारी दिएको छ ।

हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी प्रदेश र बागमती प्रदेशका पहाडका थोरै स्थानहरूमा साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने देशका पहाडी भू-भागका केही तथा तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ । 

Read More

२०८२ भदौ २८ गते शनिवार: आजको राशिफल

आज भदौ २८ गते शनिवार ई.सं. २०२५ सेप्टेम्बर १३ नेपाल सम्बत ११४५ ञलागा षष्ठी- २१ गुंलागा आमै, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण षष्‍ठी , चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र,  हर्षण योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४८ मिनेटमा र सूर्यास्त साँझ ०६ बजेर १३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन तिल मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २१ मिनेट देखि ०८ बजेर ५३ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आजको दिनमा सप्‍तमी श्राद्ध, प्राथमिक उपचार दिवस रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले आज खासै लाभ मिल्ने समय छैन । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । पतिपत्नीमा एक किसिमको समझदारी कायम हुने दिन हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर रिसराग, घमण्ड र अहङ्कारबाट टाढा रहनु ठीक हुन्छ । काममा प्रगति हुने समय छ, तर एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन् भन्ने बुझेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ । क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुन्छ । अझ लेनदेनको विषय हो भने निकै सतर्कता अपनाउनु होला । तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल/तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान/प्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ । रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा हाँके/ताकेका काम पूरा गर्न सजिलो हुनेछ । जीर्णोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ, तर प्रयास गरेमा अड्किएको वा फँसेको धन हात पर्ने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो खट्नुपर्ने दिन हो । अन्त्यसम्म व्यस्त रहनु पर्नेछ, तर मिहिनेत गरेअनुसार राम्रै प्रतिफल हात लागी हुनेछ । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । नोकरीमा बढुवा हुने वा कार्यक्षेत्रमा विस्तार हुने राम्रो दिन छ । सिनियर स्टाफको सहयोग र सद्भावले सन्तुष्टि मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मन हलुका र चङ्गा हुने दिन हो, आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । लामो समयदेखि मनमा उठेका विषयवस्तुको परिपूर्ति गर्ने दिन हो । कुनै विशेष ठाउँमा अन्तर्वार्ता दिने हो भने आजको प्रयास फलदायी बन्नेछ । असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनेछ । आज कालीगढी, मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारमा राम्रो हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्‌नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । जोखिम र सङ्कटले घेरेको समय छ, धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी संयमताका साथमा आफ्‌नो कामलाई निरन्तरता दिनुहोला । नियम/कानूनसँग असङ्गत विषयवस्तु र गलत काममा दिलचस्पी राख्नु हुँदैन, साँच्चै भन्ने हो भने आज रिस्क र जोखिमबाट टाढा भाग्ने दिन हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनोरञ्जनात्मक समय हो, पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा सम्बन्ध/सम्पर्क बढ्नेछ । साझेदारीको कुनै काम छ भने त्यसमा समेत लाभ हुनेछ । आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा पनि केही समय खर्च हुनसक्छ । पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । दैनिक काममा जीवनसाथी र सन्तानको सहयोग जुट्नेछ, तर ससाना कुरामा पनि बहस र विवाद हुने दिन हो, सचेत हुनुपर्छ । निराशा र कुण्ठा बढ्ने समय हो, नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ । कुनै नयाँ कामको थालनी गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला । कार्य सम्पादनमा सहजता र शीघ्रता हुनेछ, सीप वा योग्यता बढाउने अवसर मिल्नेछ, तर पारिवारिक प्रयोजनका लागि समय छुट्याउनु होला । इच्छा पूरा हुने दिन हो, लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शरीर त स्वस्थ रहने छ, तर चिन्तामा बृद्धि हुने दिन हो । आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ, तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ । व्यस्ततामा दिन बित्नेछ, तथापि कामको चापबाट फुर्सद निकालेर आज केही समय घरपरिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ । लवलाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो, तथापि घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ । सँगीसाथी वा आत्मीयजनसित भेटघाट हुने वा सहकार्यमा कुनै काम सम्पन्न हुने समय छ, पारिवारिक माहौल र आर्थिक पक्षसमेत सुदृढ देखिन्छ । अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूर्ण सहयोग मिल्नेछ ।

Read More