२०८३ बैशाख १३

प्रधानमन्त्रीलाई बधाई दिदै सुनिताले भनिन्: बदलाको भावनाभन्दा माथि उठेर काम गर्नुहोला

काठमाडौँ । काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोलले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिदै बदलाको भावनाभन्दा माथि उठेर काम गर्न आग्रह गरेकी छन् ।

उपमेयर डंगोलले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिदै यो केवल ऐतिहासिक र गौरवमय क्षण मात्र नभएर बदलाको भावनाभन्दा माथि उठेर, जेनजी लगायत समस्त जनताको भावना अनुरुप मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम अवसर पनि भएको बताएकी छन् ।

डंगोलले प्रधानमन्त्री कार्कीले नयाँ पुस्ताको आकांक्षा र शहीदहरूको अविस्मरणीय बलिदानलाई सम्मान गर्दै गहन जिम्मेवारीलाई नेतृत्वले द्वन्द्वको सट्टा संवाद, विभाजनको स्थानमा एकता, निराशाको अन्त्य गरी आशाको संचार र सुशासनको मार्गमा मुलुकलाई अगाडि बढाउनेछ विश्वास व्यक्त गरेकी छन् ।

सुनिता डंगोलले भनेकी छन्- 

नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुभएकोमा पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

यो तपाईंका लागि केवल ऐतिहासिक र गौरवमय क्षण मात्र होइन, अपितु बदलाको भावनाभन्दा माथि उठेर, जेन जी लगायत समस्त न्यायप्रेमी जनताको भावना अनुरुप मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम अवसर पनि हो।

हामी सम्पूर्ण महिला दिदीबहिनीहरूको दृढ आशा छ, नवनियुक्त प्रधानमन्त्रीले नयाँ पुस्ताको आकांक्षा र शहीदहरूको अविस्मरणीय बलिदानलाई सम्मान गर्दै यस गहन जिम्मेवारीलाई नेतृत्वले द्वन्द्वको सट्टा संवाद, विभाजनको स्थानमा एकता, निराशाको अन्त्य गरी आशाको संचार र सुशासनको मार्गमा मुलुकलाई अगाडि बढाउनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु ।

साथै जेन जी पुस्ताको आन्दोलनमा सहादत प्राप्त गर्नु भएका शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु ।

Read More

सरसफाई अभियानलाई निरन्तरता दिदै कपिलवस्तुको ग्यालेक्सी क्लबका युवा

कपिलवस्तु । कपिलवस्तु जिल्लामा सक्रिय ग्यालेक्सी युथ क्लबले आफ्नो अभियानलाई निरन्तरता दिएको छ । 

यसैक्रममा क्लबका युवाहरुले बाणगंगाको चार नम्बरमा सरसफाई गरेका छन् । क्लबकी सचिव प्रतिक्षा गैरेले आजको सरसफाई अभियानमा ५० भन्दा बढी स्थानीय युवाहरु सहभागी भएका थिए । सरसफाईबाट २५  बोराभन्दा बढी फोहोर निस्केको उनले जानकारी दिएकी छन् । 

आजको सरसफाई अभियानमा पिपरा इलाका प्रहरी कार्यालयबाट प्रहरीहरुले समेत सहजीकरण गरिदिएका थिए । हालै भएको जेनजी आन्दोलनमा पनि सक्रिय रहेका युवाहरुले आगामी दिनमा आन्दोलनका क्रममा आगजनी भएका सरकारी सम्पत्ति सरसफाई र पुनर्निमाणमा सहयोग गर्ने योजना बनाएको गैरेले बताएकी छन् ।

पछिल्लो एक बर्षदेखि सामाजिक रूपान्तरणको अभियानमा प्रेरणाको स्रोत बन्दै गएको छ । क्लबले विशेषगरी युवाहरूलाई एकीकृत गर्दै सफा कपिलवस्तु अभियान, क्यान्सर पीडितका लागि सहयोग संकलन, अनाथ बालबालिकाको सहारा र जनचेतना कार्यक्रमजस्ता प्रभावकारी कार्यहरू गर्दै आएको छ ।

हरेक शनिबार सञ्चालन हुने जनचेतना कार्यक्रममार्फत क्लबले शिक्षा, स्वास्थ्य, वातावरण र युवाको भूमिकासम्बन्धी विषयमा संवाद र छलफलको माध्यमबाट चेतना फैलाउने काम गरिरहेको छ ।

क्लबले सञ्चाल गरेको सामाजिक कार्यक्रमहरूमध्ये ‘सफा कपिलवस्तु अभियान’ अहिले निकै चर्चामा रहेको छ । यस अभियानमार्फत क्लबले कपिलवस्तुको विभिन्न क्षेत्रहरूमा नियमित सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसले न केवल शहरलाई सफा राख्न मद्दत गरेको छ, तर स्थानीयवासीमा पनि सरसफाइप्रतिको चेतना विकास गरेको छ ।

ग्यालेक्सी युथ क्लब हाल कपिलवस्तुमा सामाजिक उत्तरदायित्व बोक्ने युवाहरूको साझा मञ्च बनेको छ । क्लबको कार्यशैली र समर्पणले अन्य युवाहरूलाई पनि समाजसेवातर्फ प्रेरित गरिरहेको छ । यस क्लबको नेतृत्व २१ बर्षिय युवा अभियन्ता अमृत गिरीले गरेका छन् । 

Read More

राष्ट्र संघको महासभामा स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापनाको पक्षमा मतदान

काठमाडौँ । संयुक्त राष्ट्र संघको महासभामा छुट्टै र स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापनाको लागि मतदान भएको छ । यो प्रस्तावलाई कुल १९३ सदस्य देशहरूमध्ये १४२ देशहरूले समर्थन गरेका छन् । केवल १० देशहरूले यसको विपक्षमा मतदान गरे भने १२ देशहरूले मतदानबाट टाढा रहे ।

भारत, चीन, रूस, साउदी अरेबिया, कतार, युक्रेन, बेलायत, इटाली, फ्रान्स, जर्मनी र नेपालसहित धेरै देशहरूले न्यूयोर्क घोषणा भनिने यो प्रस्तावलाई समर्थन गरेका छन् । इजरायल र अमेरिका सहित कुल १० देशहरूले यसको विपक्षमा मतदान गरेका छन् ।

यसअघि, वेस्ट बैंकमा रहेको अदुमिम बस्तीको भ्रमण गरेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्यालेस्टिनी राज्य कहिल्यै नबन्ने बनेका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, नेतान्याहूले इजरायली बस्ती विस्तार गर्ने विवादास्पद योजनासँग सम्बन्धित सम्झौतामा हस्ताक्षर गरेका छन् । यस अन्तर्गत, प्यालेस्टिनीहरूले आफ्नो अधिकार दाबी गरेको भूमिमा बस्ती निर्माण गरिनेछ ।

यो प्रस्ताव यस्तो समयमा आएको हो जब संयुक्त राष्ट्र संघको महत्वपूर्ण बैठक सेप्टेम्बर २२ मा न्यूयोर्कमा हुने भएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले यस बैठकमा प्यालेस्टाइनलाई औपचारिक रूपमा राष्ट्रको दर्जा प्रदान गर्ने बताएका थिए । फ्रान्स बाहेक नर्वे, स्पेन, आयरल्याण्ड र बेलायतले पनि यस्तै कदम चाल्ने बारेमा कुरा गरेका छन् । 

शुक्रबार ल्याइएको प्रस्तावको बारेमा, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले भने- ‘मध्य पूर्वमा शान्तिको लागि मुख्य प्रश्न दुई-राष्ट्र समाधानको कार्यान्वयन हो, जहाँ दुई स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक राष्ट्रहरू – इजरायल र प्यालेस्टाइन, शान्ति र सुरक्षामा एकअर्काको छेउमा बस्छन् ।’

यसले गाजामा भावी नेतृत्वबाट हमासलाई पूर्ण रूपमा बहिष्कार गर्न पनि आह्वान गर्दछ र हमास सहित सबै प्यालेस्टिनी समूहहरूलाई “प्यालेस्टिनी प्राधिकरणलाई आफ्ना हतियारहरू समर्पण गर्न र स्वतन्त्र राज्य स्थापना गर्न काम गर्न” आह्वान गर्दछ ।

यस वर्ष जुलाईमा, फ्रान्स र साउदी अरेबियाले प्यालेस्टिनी मुद्दामा एक अन्तर्राष्ट्रिय बैठक आयोजना गरे । न्यूयोर्क घोषणापत्र छलफलको मूल थियो । प्रस्ताव पहिले नै अरब लिगद्वारा अनुमोदन गरिएको छ र १७ संयुक्त राष्ट्र सदस्य राष्ट्रहरू (धेरै अरब देशहरू सहित) द्वारा हस्ताक्षर गरिएको छ ।

Read More

जेनजी आन्दोलनमा क्रिकेट खेलाडीको पनि मृत्यु

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा एक क्रिकेट खेलाडीको पनि मृत्यु भएको छ  ।

नेपाल क्रिकेट संघ (क्यान) ले जेनजी आन्दोलनका क्रममा बाँके जिल्ला क्रिकेटका खेलाडी सुलभराज श्रेष्ठको पनि मृत्यु भएको जानकारी दिएको छ ।

क्यानले श्रेष्ठको असामयिक निधन भएको खबरले सबैलाई गहिरो दुःख र स्तब्ध बनाएको उल्लेख गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

साथै क्यानले देशमा पछिल्लो दिनहरूमा विकसित भएको घटनाक्रम र  सोहि दौरान आन्दोलनको क्रममा सहादत प्राप्त गर्नु हुने सम्पूर्णमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।

Read More

रूसमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ । रूसको कामचट्का क्षेत्रको पूर्वी तट नजिकै ७.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

समाचार एजेन्सी रोयटर्सले जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेसलाई उद्धृत गर्दै यो जानकारी दिएको छ । भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताएको छ । साथै, अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्प ७.४ रेक्टर स्केल र गहिराइ ३९.५ किलोमिटर रहेको बताएको छ ।

यो भूकम्पपछि, प्रशान्त सुनामी चेतावनी प्रणालीले सम्भावित सुनामीको चेतावनी दिएको छ । गत महिनाको अन्त्यमा, कामचट्का नजिकै ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि यस क्षेत्रमा धेरै ठाउँमा सुनामी आएको थियो । यो भूकम्पको प्रभाव जापानसम्म पुगेको बताइएको छ ।

Read More

काँग्रेस कार्यकर्तालाई शेखर कोइरालाको आव्हान: जनताको केन्द्रमा बस्ने अभियानमा लागौं

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले न दाजुको न भाईको कांग्रेस कांग्रेसजनको भनेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै कोइरालाले अब नयाँ परिस्थितिमा सत्ताको केन्द्रमा को छ ? पार्टी केन्द्रमा को छ ? अब यस्ता विषय गौंण भएको उल्लेख गर्दै पार्टी न दाजुको न भाईको कांग्रेस कांग्रेसजनको भनेर अगाडी बढ्न कांग्रेस कार्यकर्तालाई आव्हान गरेका छन् । 

उनले भनेका छन्- ‘सत्ताको केन्द्रमा को छ ? पार्टी केन्द्रमा को छ ? अब यस्ता विषय गौंण भए । हामी जनताको केन्द्रमा बस्ने अभियानमा लागौं । पार्टी ‘न दाजुको न भाईको कांग्रेस कांग्रेसजनको’ भनेर अगाडी बढौं । जनताको भरोसा र विश्वासलाई शिरोधार्य गर्दै अगाडि बढे राष्ट्र निर्माणको अभिभारा स्वतः तपाई हाम्रो जिम्मेवारीमा आउँछ ।’

कोइरालाले कांग्रेसभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउने जिम्मेवारी सबैको भएको उल्लेख गर्दै यसको लागि देशव्यापी बहश, छलफल र विवेकपूर्ण कदमहरु कसरी अगाडि बढाउन दशैं लगत्तै देशव्यापी रुपमा जाने बताएका छन् ।

कोइरालाले देशको राजनीतिमा नयाँ प्रयोग अगाडि आएको बताउदै जेनजीको नाममा भएको सार्वजनिक सम्पतिको लुटपाट र आगजनी, व्यक्तिको सम्मानमा पुर्‍याएको पासविक व्यवहार र समाजमा फैलाएको त्रासलाई किमार्थ आन्दोलन वा समाज परिवर्तन भन्न नसकिने बताए ।

उनले भनेका छन्- ‘मुलुक भित्र उत्पन्न राजनीतिक परिस्थितिवारे हामी सवै जानकार नै छौं । मुलुक वेगवानरुपमा नयाँ दिशातर्फ दौडिन खोजेको छ । देशको राजनीतिमा नयाँ प्रयोग अगाडि आएको  छ । हामीले यसलाई सतर्कतापूर्वक हेर्नुपर्छ । यही भाद्र २३ र २४ गते देशमा जे जस्ता घटनाहरु घटे र त्यसको परिणाम स्वरुप ‘जेनजी’ आन्दोलनको युवा उर्जा र चेतनावाट प्रस्फुटन भएको नयाँ सरकारले आम नागरिकको भरोसा र बिश्वास जितेर काम गर्नेछ भन्नेमा म बिश्वस्त छु । म यहाँ जेनजी आन्दोलनलाई कसरी हेर्नुपर्छ र तत्कालिन सरकारले कसरी हेर्यो भन्नेबारे समिक्षा गर्दिन, यसवारे मैले भाद्र २३ गते सरकार संयम भएन भनेर आफ्नो विचार सार्वजनिक रुपमा राखेको कुरा साथीहरुलाई विदितै छ । भाद्र २४ गते आन्दोलनको आव्हान गर्ने जेनजीको नाममा भएको सार्वजनिक सम्पतिको लुटपाट र आगजनी, व्यक्तिको सम्मानमा पुर्याएको पासविक व्यवहार र समाजमा फैलाएको त्रासलाई किमार्थ पनि सभ्य समाजले २१ औं शताव्दीमा आन्दोलन वा समाज परिवर्तन भन्न सक्तैन ।’

साथै कोइरालाले कांग्रेसका सभापति शेरबहादुर देउवा जसको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहास रहेको बताउदै देउवामाथि घरमा बसिरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई आफूले जघन्य अपराधको कोटीमा राख्ने बताए ।

उनले भनेका छन्- ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहाँस छ, उहाँ माथि घरमा बसिरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई म जघन्य अपराधको कोटीमा राख्छु,  यसको जति निन्दा गरेपनि कम हुन्छ । हिजो कांग्रेस कहाँ चुक्यो ? के भयो ? र के हुनुपर्थ्यो ? भनेर म यहाँ समय खर्च गर्न चाहन्न । अब नयाँ परिस्थितिमा नेपाली कांग्रेसका साथीहरु कसरी अगाडि बढ्ने भन्ने प्रश्न हामी सामु छ । यस विषम परिस्थितिमा हाम्रो पार्टीका अग्रजहरुवाट हामी शिक्षा लिन सक्छौं । हाम्रा अग्रजहरु विपी कोइराला, गणेशमान सिंह , कृष्णप्रसाद भटराई, गिरिजाप्रसाद कोइराला लगायत अनेकन् योद्धाहरुले लोकतान्त्रिक आन्दोलनमा छोडेको पदचिन्हबाट भावी कांग्रेसको दिशा निर्धारण गर्नुपर्दछ ।’

Read More

मोदीले दिए प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छन् ।

मोदीले कार्कीलाई बधाई दिदै नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

मोदीले भनेका छन्- ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ ‘।

यस अघि भारत सरकारले शुक्रबार रातिनै नेपालमा अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको थियो ।

शुक्रबार राति नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो अन्तरिम महिला प्रधानमन्त्री बनेकी हुन् । जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति  रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।

Read More

अफ्रिकी देश कंगोमा छुट्टाछुट्टै डुङ्गा दुर्घटनामा १९३ जनाको मृत्यु

काठमाडौँ । अफ्रिकी देश कंगोको उत्तर-पश्चिमी भागमा यस हप्ता दुई छुट्टाछुट्टै डुङ्गा दुर्घटना भएका छन्, जसमा कम्तिमा १९३ जनाको मृत्यु भएको छ । यी दुर्घटनाहरू बुधबार र बिहीबार भूमध्यरेखा प्रान्तमा भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

कंगोको मानवीय मामिला मन्त्रालयले बिहीबार साँझ लगभग ५०० यात्रु भरिएको डुङ्गामा आगो लागेर कंगो नदीमा डुबेको थियो । यो दुर्घटना मालाङ्गे गाउँको लुकोलेला क्षेत्रमा भएको र दुर्घटनापछि २०९ जनालाई उद्धार गरिएको थियो ।

बुधबार, सोही प्रान्तको बासानकुसु क्षेत्रमा मोटर चालित डुङ्गा दुर्घटनाग्रस्त भयो । त्यसमा कम्तिमा ८६ जनाको मृत्यु भयो, जसमध्ये धेरैजसो विद्यार्थीहरू थिए । सरकारी सञ्चारमाध्यमका अनुसार, धेरै मानिसहरू अझै बेपत्ता रहेको र उद्धार कार्य जारी रहेको उल्लेख गरिएको छ ।

दुर्घटनाको कारण ‘अनुचित लोडिङ र रात्रिकालीन ड्राइभिङ’ भएको बताइएको छ । स्थानीय सामाजिक संस्थाहरूले सरकारलाई लापरवाही गरेको आरोप लगाएका छन् र मृतकको संख्या आधिकारिक तथ्याङ्कभन्दा धेरै बढी भएको दाबी गरेका छन् ।

कङ्गोमा, डुङ्गा दुर्घटनाहरू बढ्दै गइरहेका छन् । देशका सडकहरू धेरै कम र खराब अवस्थामा छन्, किनभने मानिसहरू प्रायः पुरानो काठ र कमजोर डुङ्गामा यात्रा गर्छन् । उनीहरुसँग कुनै लाइफ ज्याकेट छैन र यात्रुहरूको संख्यामा कुनै नियन्त्रण छैन । तिनीहरूमध्ये धेरैजसो रातमा हिँड्छन्, जसले गर्दा दुर्घटनाको समयमा उद्धार कार्य अत्यन्तै कठिन हुने गरेको बताइन्छ ।

Read More

कार्कीको नियुक्ति हृदयविदारक घटनापछिको महत्त्वपूर्ण कदम: बेलायत

काठमाडौँ । बेलायतले सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषयलाई महत्वपूर्ण कदम भनेको छ ।

पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको शपथ लिए लगत्तै काठमाडौंस्थित बेलायती दूतावासले प्रतिक्रिया दिदै गत हप्ताका हृदयविदारक घटनाहरूपछिको महत्त्वपूर्ण कदम भएको बताएको छ । 

बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने स्पष्ट गरेको छ ।

Read More

काठमाडौँ उपत्यकामा हट्यो निषेधाज्ञा र कर्फ्यू

काठमाडौं । उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुरमा लगाएको निषेधाज्ञा र कर्फ्यू हटेको छ ।

जेनजी आन्दोलनपछि नेपाली सेनाले दिउसोमा निषेधाज्ञा र रातिको समयमा कर्फ्यू लगाउदै आएकोमा आज बिहान ६ बजेदेखि कर्फ्यु सकिएको छ । बिहान ६ बजेसम्म कायम रहेको कर्फ्यूको समय सकिएको छ भने अर्को सूचना आएको छैन ।

शुक्रबार साँझ जेनजी आन्दोलनको म्यान्डेट अनुसार अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएर शपथ लिएसँगै काठमाडौँको स्थिति सामान्य हुदै गएको देखिएको छ । शनिबार बिहानैदेखि नै उपत्यकाको सडकमा चहलपहल देखिएको छ । 

Read More