२०८३ बैशाख १३

रेशम चौधरीले गरे नयाँ पार्टी खोल्ने घोषणा

काठमाडौँ । रेशम चौधरीले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रहेका चौधरीले पार्टी छोडेर नागरिक उन्मुक्ति पार्टी नेपाल खोल्ने घोषणा गरेका हुन् । 

यसअघि नाउपामा आफ्नो अधिपत्य जनाउने प्रयास गरेका चौधरीले आफ्नै श्रीमती रन्जिता श्रेष्ठले नदिएपछि चौधरीले नयाँ पार्टी खेल्ने बताएका हुन् । 

नाउपाको चौधरी समुहले श्रेष्ठलाई हटाएर आफ्नै पिता लालवीर चौधरीलाई अध्यक्ष बनाए पनि निर्वाचन आयोगले वैधानिकता नदिएपछि नाउपामा श्रेष्ठ समुहले आधिकारिकता पाएको थियो । 

Read More

आज मन्त्रिपरिषद विस्तार हुनसक्ने, मन्त्रीमा यी नामको छ चर्चा 

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्नसक्ने सम्भावना रहेको छ ।  शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएकी कार्कीले आफ्नो मन्त्रिपरिषदमा केहि मन्त्री थप्ने तयारी गरेकी हुन् ।

जेनजी आन्दोलनको जगमा उनीहरुकै प्रस्तावमा प्रधानमन्त्री बनेकी कार्कीले मन्त्रीको छनौट पनि उनीहरुकै सिफारिसमा गर्ने भएकी छन् । यसका लागि जेनजी समुहले आन्तरिक मतदानबाटै मन्त्री छान्ने बताएका छन् । 

नयाँ मन्त्री पनि राजनीतिक दलभन्दा बाहिरबाटै हुने छन् । हाल काठमाडौँ महानगरका पुर्व कानुनी सल्लहाकार वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याल र कुलमान घिसिङको नाम मन्त्री बन्ने सूचीमा अगाडी रहेको छ । जेनजी समुहहरुले भने आफुहरुबाट कोहि मन्त्री नबन्ने र विज्ञहरुलाई सिफारिस गर्ने बताएका छन् । 

यस सरकारको प्रमुख जिम्मेवारी आगामी फागुन २१ गते आम निर्वाचन गराउने भएकाले यो सरकारमा धेरै मन्त्री नबन्ने बताइएको छ । यस सरकारले आम जनताका दैनिक सेवालाई सहज बनाउने देखि आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाको पुनर्निर्माण गर्ने जस्ता जिम्मेवारी प्राथमिकतामा रहेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी समुहको माग अनुसारनै प्रधानमन्त्री नियुक्त गरेर संसद विघटन गरिदिएपनि राजनीतिक दलहरुले भने राष्ट्रपतिले संसद विघटन गरेर संबैधानिक काम गरेको भन्दै असहमति प्रकट गरेका छन् । उनीहरुले संसदबाट कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले पहल नगरेको आरोप लगाएका छन् ।

अर्कोतर्फ राष्ट्रपति पौडेलले भने अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण निकास निकालेकोले सबैलाई फागुन २१ मा हुने चुनाव सम्पन्न गर्न सहयोग गर्न अपिल गरेका छन् । 

राष्ट्रपति पौडेलले दलहरुले संसद विघटनको विरोध गरेपछि शनिबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्- ‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् । तसर्थ, बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपिल गर्दछु ।’ 

Read More

सुदन गुरुङको अडान: सबै राजनीतिक नियुक्ति खारेज, राजदूतहरू फिर्ता बोलाउने पहिलो शर्त

काठमाडौं । मुलुकमा यतिवेला सुशिला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । जेन-जी पुस्ताको आन्दोलनले कांग्रेस र एमाले नेतृत्वको केपी ओलीको शक्तिशाली सरकार ढलेर कार्कीको नेतृत्वमा नयाँ सरकार बनेको छ । पूर्व प्रधानन्यायाधीश कार्कीले शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएर शपथ खाएकी हुन् ।

उनी शनिबार जेन-जीहरुको प्रदर्शनमा घाइते भएर विभिन्न अस्पतालमा उपचार गराईरहेका घाइतेहरुको स्वास्थ्य अवस्था बुझ्न पुगेकी थिईन् । सो क्रममा उनले आफू १८ घण्टा जनताको सेवामा खटिने प्रतिबद्धता व्यक्त गरेकी थिईन् । प्रधानमन्त्री कार्कीले भोलि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन् ।

मन्त्रिपरिषद् विस्तारअघि जेन-जीहरुको आन्दोलनमा अगुवाई गरेका हामी नेपालका संयोजक सुदन गुरुङकहाँ ठूलो भीड लागेको छ । मन्त्री बन्न चाहनेहरुले सुदनसँग सम्पर्क बढाएका छन् । सुदनले नयाँ सरकारले पूराना सबै राजनीतिक नियुक्ती खारेज गर्नुपर्ने अडान राखेका छन् । उनले संवैधानिक नियुक्तीसमेत खारेज हुनुपर्ने अडान लिएका छन् । यस्तै, विभिन्न देशमा रहेका राजनीतिक प्रभावको कारण राजदूत भएकाहरुलाई पनि फिर्ता बोलाउनुपर्ने उनको पहिलो शर्त छ ।

Read More