२०८३ बैशाख १३

भारत र पाकिस्तान क्रिकेटमा देखिएन उत्साह

काठमाडौँ । एसिया कप खेल बहिष्कार गर्नुपर्ने माग चर्को रुपमा उठिरहेका बेला आज हुन लागेको भारत र पाकिस्तानको खेलको उत्साहमा कमि देखिएको छ । विश्व क्रिकेटमै ठुला प्रतिद्वन्दी मानिने भारत र पाकिस्तानबीच अपरेशन सिन्दूर पछि पहिलो पटक क्रिकेट मैदानमा आमने सामने हुदै छन् । यो खेल नेपाली समय अनुसार राति ८: १५ बजे देखि शुरु हुदैछ ।

खास गरि भारतमा यस खेलको बारेमा विरोधका आवाजहरू उठिरहेका छन् । सामाजिक सञ्जालमा पाकिस्तानविरुद्ध खेल्न नहुने आवाज उठिरहेका बेला भारत सरकारले भने यो खेल खेल्न अनुमति दिएको छ । यस पटक यस खेललाई लिएर फ्यानहरूमा उत्साह अलि कम देखिएको छ । गत अप्रिलमा पहलगाममा भएको आतंकवादी हमलापछि भारतले अपरेशन सिन्दूरको साथ सैन्य अपरेशन सुरु गरेको थियो, जसपछि भारत र पाकिस्तान बीच विवाद बढेको थियो । यस कारण, खेल बहिष्कार गर्ने माग उठेको छ ।

खेलको लागि हजारौं टिकटहरू अहिले पनि बिक्रि नभएको पाइएको छ र शुक्रबार भारतको अभ्यास सत्रमा धेरै कम दर्शकहरू उपस्थित भएका थिए । टिकट खुलेको केहि मिनेटमै सोल्ड आउट हुने र फ्यानहरु बेकाबू हुने भारत पाकिस्तानबीचको क्रिकेटको त्यो रोमान्चकता हराउनुलाई अचम्म मानिएको छ ।

यस एशिया कपमा समूह चरणको आफ्नो पहिलो खेलमा भारतले युएईलाई ९ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको छ भने पाकिस्तानले ओमानलाई ९३ रनले पराजित गरेर विजयी सुरुवात गरेको थियो । 

भारत र पाकिस्तानबीच अहिलेसम्म १३ टी-२० खेल भएका छन् । जसमा अहिलेसम्म १० खेल भारतले जितेको छ भने पाकिस्तानले ३ खेल जितेको छ । 

भारत र पाकिस्तान अन्तिम पटक २०२४ को टी-२० विश्वकपमा टी-२० मा आमनेसामने भएका थिए । दुई टोलीबीचको सो खेल न्यूयोर्कमा खेलिएको थियो र भारतले ६ रनले जितेको थियो ।  यद्यपि, २०२४ को टी-२० विश्वकप र हालको टोलीमा धेरै भिन्नता छ र भारत-पाकिस्तान टोलीमा पनि परिवर्तन आएको छ । भारतले अन्तिम पटक रोहित शर्माको कप्तानीमा खेलेको थियो भने पाकिस्तानको नेतृत्व बाबर आजमले गरेका थिए । रोहितले अब टी-२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका छन् भने बाबरले एसिया कपको लागि टोलीमा स्थान पाएका छैनन् । त्यसैले भारत र पाकिस्तानका टोलीहरू अब नयाँ कप्तानको नेतृत्वमा यो खेलमा प्रवेश गर्नेछन् । भारतको नेतृत्व सूर्यकुमार यादवले गरिरहेका छन् भने पाकिस्तानको नेतृत्व सलमान अली आगाले गरिरहेका छन् ।

भारतीय टिम:
सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), तिलक वर्मा, रिंकु सिंह, शिवम दुबे, हार्दिक पाण्ड्या, अभिषेक शर्मा, अक्षर पटेल, जितेश शर्मा (विकेटकिपर), सञ्जु सैमसन (विकेटकिपर), जसप्रित बुमराह, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती र हर्षित राणा ।

पाकिस्तानको टिम:
सलमान आगा (कप्तान), फखर जमान, खुशदिल शाह, सैम अयुब, हसन नवाज, हुसैन तलत, फहीम अशरफ, मोहम्मद नवाज, मोहम्मद हारिस (विकेटकिपर), साहिबजादा फरहान (विकेटकीपर), हसन अली, हरिस रउफ, अबरार अहमद, सलमान मिर्जा, सुफियान मुकीम, मोहम्मद वासिम र शाहिन शाह अफरिदी ।

Read More

सुमना श्रेष्ठले छोडिन् रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं पुर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन्  ।

सुमनाले गल्ति कहिल्लै नस्वीकारेको गल्तीमाथि गल्ति गरिरहेको भन्दै पार्टी छोडेको घोषणा गरेकी हुन् । उनले आफुले पार्टी छोडेको जानकारी रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा जानकारी गराएकी छन् ।

सो ग्रुपमा उनले भनेकी छन्- कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अ झ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । आई क्वीट, मैले पार्टी छोडेँ ।

सुमना यसअघि सुशीला कार्कीको शपथग्रहण समारोहमा समेत पुगेपछि उनले रास्वपा छोड्ने आकलन गरिएको थियो । सामाजिक सञ्जाल र मिडियामा उनले रास्वपा छोड्ने चर्चा भएपछि उनले शनिबार एक भिडियो जारी गर्दै आफुले सुशीला कार्कीलाई मन्त्री बनेर होइन पछाडीबाट सहयोग गर्ने बताएकी थिइन् ।

Read More

चुच्चेपाटीस्थित भाटभटेनीमा ६ शव जलेको अवस्थामा भेटियो

काठमाडौँ । काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव भेटिएको छ । 

जेनजी आन्दोलनका क्रममा गत मंगलबार प्रदर्शनकारी गरेको आगजनीका क्रममा आगजनी गरिएको भाटभटेनीमा ६ वटा शव भेटिएको हो । 

शव आगोले जलेर क्षत्‌‌विक्षत् भएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । ध्वस्त भएको भाटभटेनीमा शुक्रबार एउटा शव भेटिएको थियो भने शनिबार थप पाँच वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

शवको पहिचान गर्न सकिने अवस्था नरहेको र शवको डीएनए परिक्षणपछि मात्रै पहिचान गर्न सकिने प्रहरीले जनाएको छ ।

यसअघि धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा चार जनाको शव भेटिएको थियो ।

Read More

जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको मृत्यु

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा सरकारले सो जानकारी दिएको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जनाको मृत्यु भएको छ भने प्रहरीतर्फ ३ जनाको निधन भएको छ । यस्तै, कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरुको मृत्यु भएको जानकारी दिइएको छ । 

त्यस्तै हाल १३४ प्रदर्शनकारीको विभिन्न अस्पतालमा उपचार गराइरहेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिएका छन् । त्यस्तै हाल प्रहरीहरु ५७ जना उपचाररत रहेको जानकारी दिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा मृत्यु भएका युवाहरुलाई शहिद घोषणा गर्ने निर्णय गरेको जानकारी दिएकी छन् ।

कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै आफुले आन्दोलनमा मृत्यु भएका सबैलाई शहिद घोषणा गर्ने निर्णय गरेको बताएकी हुन् । उनले अहिलेको व्यवस्था अनुसार सरकारले सबै शहिद परिवारलाई जनही १०-१० लाख दिने निर्णय समेत गरेको बताएकी छन् ।

साथै आन्दोलनका क्रममा घाइते भएका सबैको उपचार गर्ने र घाइतेका आफन्तहरु उपचारको क्रममा राजधानीमा बस्दाको खर्च समेत सरकारले बेहोर्ने बताएकी छन् ।

Read More

लन्डनको प्रदर्शनमा लाखौं सहभागी

काठमाडौँ । बेलायतको लन्डनमा अति दक्षिणपन्थी कार्यकर्ता टमी रोबिन्सनले आयोजना गरेको र्‍यालीमा लाखौ सहभागी भएका छन् । डेढ लाख भन्दा बढी सहभागी भएको सो र्यालीमा हिंसा भड्किएको बिबिसीले उल्लेख गरेको छ ।

टमी रोबिन्सनद्वारा सञ्चालित ‘युनाइट द किंगडम’ र ‘स्ट्यान्ड अप टु रेसिज्म’ समूहहरू आमनेसामने भएका थिए । महानगरीय प्रहरीका अनुसार दुवै पक्षले बोतल, पटाका र अन्य वस्तुहरू प्रहार गरे, जसमा प्रहरीलाई पनि लक्षित गरिएको थियो । प्रहरीले धेरै अभियुक्तहरूको पहिचान गरिएको छ र उनीहरूमाथि कारबाही गरिने बताएको छ । प्रदर्शनकारीहरूले बेलायत, इङ्गल्याण्ड, अमेरिका र इजरायलको झण्डा र ट्रम्प समर्थक टोपी लगाएका थिए र प्रधानमन्त्री केयर स्टारमर विरुद्ध नारा लगाएका थिए । बेलायतमा रेकर्ड शरणार्थी आवेदनहरूको बीचमा आप्रवासन एक प्रमुख राजनीतिक मुद्दा बनेको छ ।

प्रदर्शनका क्रममा २६ प्रहरी घाइते भएका थिए। तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ। यस र्यालीलाई सामाजिक सञ्जाल कम्पनी एक्सका मालिक एलन मस्कले भिडियो लिङ्क मार्फत ह्वाइटहलमा भेला भएकाहरूलाई सम्बोधन गरेका थिए ।

अर्कोतर्फ, यस र्‍यालीको विरुद्ध ‘स्ट्यान्ड अप टु रेसिज्म’ द्वारा विरोध प्रदर्शन गरिएको थियो । यसमा करिब ५ हजार मानिसहरू सहभागी थिए ।

प्रहरीका अनुसार हालसम्म २५ जनालाई विभिन्न अपराधअन्तर्गत पक्राउ गरिएको छ । यस र्‍यालीलाई ध्यानमा राख्दै लन्डनमा भारी सुरक्षा व्यवस्था गरिएको थियो। प्रहरीले रोबिन्सनका समर्थकहरूलाई पछाडि धकेल्न लाठी प्रयोग गर्दा झडप भएको थियो । टमी रोबिन्सन, जसको वास्तविक नाम स्टीफन याक्सली-लेनन हो, ले भीडलाई सम्बोधन गर्दै राजनीतिज्ञहरूको आलोचना गरेका थिए । उनले बेलायती अदालतहरूले कागजात नभएका आप्रवासीहरूको अधिकार ‘स्थानीय समुदाय’ भन्दा माथि रहेको फैसला गरेका आरोप लगाएका थिए ।

गत महिना, पुनरावेदन अदालतले एसेक्सको एपिङमा रहेको द बेल होटलमा शरणार्थीहरूलाई राख्नबाट रोक्ने आदेशलाई उल्ट्याएको थियो ।

Read More

रास्वपाले लुटपाट र आगजनीमा आफ्ना कार्यकर्ता संलग्न भएको प्रमाण भेटिए कारवाही गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धाक-धम्की लुटपाटमा रास्वपा सदस्य कोही संलग्न भएको प्रमाण भेटिएमा प्रशासनलाई उपलब्ध गराउन अनुरोध गरेको छ ।

पार्टीका सहमहामन्त्री एवम संगठन विभाग प्रमुख गणेश धिमालले आइतबार विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनका क्रममा धाक-धम्की लुटपाटमा रास्वपा सदस्य कोही संलग्न भएको प्रमाण भेटिएमा प्रशासनलाई उपलब्ध गराउन अनुरोध गर्दै आवश्यक कानूनी कारबाही गर्न सहयोग गर्ने बताएको छ ।

जेनजी आन्दोलनका क्रममा रास्वपाका कार्यकर्ताको व्यापक घुसपैठ भएरको तोडफोड र आगजनीमा संलग्न भएको आरोप आमरुपमा लागेपछि रास्वपाले यस्तो आग्रह गरेको हो ।    

रास्वपाले भनेको छ-  

यही मिति २०८२ भाद्र २३ र २४ गते जेन्जी ( नव युवा ) पुस्ता समूहले गरेको आन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण शहीदहरूमा भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ । आन्दोलनमा घाइते हुनुभएका सम्पूर्णको निशुल्क उपचारको माग गर्दछौ, साथै सहादत प्राप्त परिवारको यथोचित गाँस, बास, कपासको र जीवन निर्बाहको लागि रोजगारिको ग्यारेन्टीको लागि सरकार सङ माग गर्दछौ । जेन्जि का माग र मुद्दामा रास्वपा मधेश प्रदेश साथ सहयोग र समर्थनको प्रतिबद्धता ब्यक्त गर्दछ ।

साथै राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेशका सबै सदस्यहरूलाई आन्दोलनको क्रममा भएको सार्वजनिक सम्पत्तिमा भएको क्षतिको सरसफाई, मर्मत संभार साथै अन्य अत्यावश्यक कार्यमा लाग्न अनुरोधको साथै निम्नानुसार निर्णय कार्यान्वयनको लागि निर्देशानुसार अनुरोध गरिन्छ ।

१. सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा सञ्चार गृहमा भएको तोडफोड, आगजनीको कारण तत तत जिम्मेवारीमा रहेका जिम्मेवार व्यक्तिहरुको मनोबलमा ह्रास आएको कुरा बुझेका छ तसर्थ उहाँहरुलाई सामाजिक संरक्षण र स्वीकार्यतामा सघाउ पुग्ने अभियान चलाउने ।

२. राष्ट्रिय स्वतन्त्र पार्टी कानुनी शासन निजी सम्पतिप्रतिको अधिकार जस्ता कुराको संरक्षण गर्छ। तसर्थ धाक धम्की, लुटपाट जस्ता कानुन विपरीतका काममा पार्टीका कोही पनि सदस्य संलग्नता देखिए या प्रमाणसहित कोही कसैले उजुरी दिएमा सो प्रमाण र पार्टी सदस्यको विवरण प्रशासनलाई उपलब्ध गराएर आवश्यक कारबाहीको लागि सघाउने । साथै पार्टीको साधारण सदस्य समेत नरहने गरी जिम्मेवारीबाट हटाउने ।

३. सरकारी कार्यालय, प्रहरी चौकी, विद्यालय, निजी ब्यक्तिगत सम्पत्ति र विभिन्न दलको पार्टी कार्यालयहरूमा भएको तोडफोड, आगजनी, आक्रमणको विरोधको साथै घोर भ्रत्सना गर्दछौं । त्यस्ता अवान्छित गतिविधिमा संलग्नहरूको पहिचान गरेर कानुन अनुसार कारबाहीको लागि पार्टीले सुरक्षा निकाय तथा प्रशासनलाई सघाउनेछ ।

४. सुरक्षाकर्मी राष्ट्रसेवक कर्मचारी वा आन्दोलनको क्रममा भएको क्षतिको कारण पीडितहरूको घाउमा मलम लगाउन आफ्नो दक्षता र क्षमता अनुसार सहयोग गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टी सबैमा अनुरोध गर्दछ ।

Read More

प्रधानमन्त्री कार्कीद्वारा लैनचौरस्थित शहिद स्मारक पुगेर श्रद्धाञ्जली अर्पण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित शहिद स्मारक पुगेर श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

आज सिंहदरबारमा आफ्नो कार्यभार सम्हाल्नु अघि प्रधानमन्त्री कार्की शहिद स्मारक पुगेर शहिदलाई श्रद्धाञ्जली दिएकी हुन् ।

अब केहि बेरमा उनले सिंहदरबारस्थित गृहमन्त्रालयमा तयार गरिएको प्रधानमन्त्रीको नयाँ कार्यालयमा पदभार ग्रहण गर्ने बताइएको छ ।

जेनजीओ आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यलय ध्वस्त भएपछि वैकल्पिक व्यवस्था गरिएको छ ।

Read More

कति छ आज सुनचाँदीको मुल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ सयले घटेर तोलाको २ लाख १५ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन अहिलेसम्मकै उच्च मुल्य तोलाको २ लाख १५ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २५७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २५६५ मा कारोबार भएको थियो ।

Read More

नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्छौं: चीन

काठमाडौँ । चीनले नेपालकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिदै नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने प्रतिक्रिया दिएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले चीन र नेपालले सम्मानित मित्रता बाड्ने उल्लेख गर्दै चीनले सधैं जस्तै नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने बताएका छन् । 

चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूलाई प्रवर्द्धन गर्न, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउन नेपालसँग काम गर्न तयार रहेको बताएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनको जगमा सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि चीनको प्रतिक्रिया ढिलो गरि आएको हो । अर्को छिमेकी देश भारतले भने शुक्रबार राति नै अन्तरिम सरकारको स्वागत गरेको थियो ।

Read More

शान्तिपुर्ण समाधानको स्वागत गर्दै अमेरिकाको राष्ट्रपति पौडेल र युवा नेताहरूको प्रशंसा

काठमाडौँ । अमेरिकाले जेनजी आन्दोलनका क्रममा भएका दुखद घटनाहरूपछि शान्तिपुर्ण समाधानको स्वागत गरेको छ ।

काठमाडौँस्थित अमेरिकी दुताबासले आइतबार बिहान लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दुखद घटनाहरूपछि शान्तिपुर्ण समाधानको स्वागत गरेको हो ।

साथै अमेरिकाले दुखद समयमा नेपालको साथमा रहेको बताउदै नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई संक्रमणलाई सहज बनाउदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान व्यक्त गरेको छ ।

अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा अमेरिका नेपालसँग सहकार्य गर्न तयार रहेको दुताबासले उल्लेख गरेको छ । 

दुताबासले भनेको छ- 
नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सम्माननीय सुशीला कार्की नियुक्त हुनुभएको छ । गत हप्ताको दुखद घटनाहरूपछिको शान्तिपुर्ण समाधानको हामी स्वागत गर्दछौं ।

हामी लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दछौं, यद्यपि यो दुखद समयमा हामी नेपालसँग शोकमा साथ मै छौं। हामी नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई संक्रमणलाई सहज बनाउदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौं। अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी  नेपालसँग सहकार्य गर्न तयार छौं।

Read More