२०८३ बैशाख १३

प्रदेश प्रमुख र मुख्यमन्त्रीसहितको टोलीले गर्यो सरकारी भवनमा आगजनी र तोडफोडको अनुगमन

जनकपुरधाम । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र मुख्यमन्त्री सतिश कुमार सिंहले 

जेनजी आन्दोलनका क्रममा प्रदेशका सरकारी कार्यालयको आगजनी र तोडफोडको अनुगमन गरेको मुख्यमन्त्री सिंहले जानकारी दिएका हुन् । सो क्रममा उनीहरुले क्षतिग्रस्त प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा भवन, विभिन्न मन्त्रालय र अन्य सरकारी कार्यालयहरूको प्रत्यक्ष अवलोकन तथा निरीक्षण गरेका थिए ।

मुख्यमन्त्री सिंहले अहिलेको अवस्था अनुसार सेवा सुचारु गर्न निर्देशन दिएको बताउदै लगभग ९९ प्रतिशत सवारी साधन जलाइएको बताउदै विस्तृत रिपोर्ट आउनेक्रममा रहेको बताए । अनुगमनका क्रममा प्रदेश प्रमुख भण्डारी र मुख्यमन्त्री सिंहसहित सभामुख रामचन्द्र मण्डल, मन्त्रीहरु र प्रदेश सांसदहरुको पनि उपस्थिति रहेको थियो ।

Read More

विचार मिल्नेसँग पार्टी एकताको पहल गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले विचार र सिद्धान्त मिल्ने पार्टीसँग एकताको पहल गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले मुलुकमा उत्पन्न विषम परिस्थितिमा वामपन्थी शक्तिहरू गम्भीर हुनु जरुरी रहेको निष्कर्ष निकाल्दै पार्टी एकताको निर्णय गरेको सो पार्टीले जनाएको छ ।

पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले चुनौतीपूर्ण परिस्थितिमा कम्युनिस्ट आन्दोलन तथा राष्ट्रिय स्वाधीनता र जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्न सम्पूर्ण कम्युनिस्ट, वामपन्थी तथा समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अघि बढ्न हार्दिक अपिल गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार १० बुँदे निर्णयमा सो पार्टीले विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग पार्टी एकताका लागि पहल गर्ने समेत उल्लेख छ ।

एकीकृत समाजवादीले निर्णयमा भनेको छ- ‘पार्टीले अँगालेका नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरूसँग पार्टी एकता गर्न र अन्य पार्टी र समूहहरूसँग वर्तमान सन्दर्भमा सहकार्य गर्न हाम्रो पार्टीको तर्फबाट पहलकदमी अघि बढाउने निर्णयसमेत गर्दछ ।’ 

एकीकृत समाजवादीले २०८२ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएकाले सो मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सुनिश्चित गर्न सरकार, राजनीतिक दलहरू, नागरिक समाज एवं सम्बन्धित सबैमा हार्दिक आह्वान गरेको छ । विगतका कामको समग्र समीक्षा गरेर निष्कर्ष निकाल्न र गल्ती कमीकमजोरीहरू सच्याउँदै व्यापक सुधारको प्रक्रियाका साथ राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, जनताको हित तथा मुलुकको समृद्धिको पक्षमा अझ दृढतापूर्वक अगाडि बढ्ने एकीकृत समाजवादीले प्रतिबद्धता व्यक्त गरेको छ ।

Read More

शशांकको प्रश्न: मन्त्री पनि भएको छैन, भ्रष्टाचार पनि गरेको छैन, मेरो घर किन जल्यो ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफ्नो घर जलाइएकोमा गुनासो गरेका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै डा. कोइरालाले मैले के गल्ति गएको थिए र मेरो घर जल्यो भन्दै प्रश्न गरेका छन् ।  भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कोइरालाको घरमा पनि आगजनी भएको थियो ।

उनले भने- ‘जेनजी भनेको कुन शक्ति हो पहिले त्यो ठम्याउनुपर्‍यो । उनीहरूले भ्रष्टाचार, सुशासन र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शन गर्ने भनेका थिए । तर मैले के गल्ती गरेको थिएँ मलाई थाहा छैन, चार पटक जिते, मन्त्री पनि भएको छैन । भ्रष्टाचार पनि गरेको छैन । गणेशमानजीको घर जलाइयो, विराटनगरको कोइराला निवास जल्यो, किन जल्यो, कसको माथि यो आक्रोश पोखेको हो । यसको जवाफ मैले दिन सक्दिन । तर आक्रोश त छ ।’ 

डा. कोइरालाले यस्तो अवस्था आउँछ भन्ने कल्पनासमेत नगरेको बताउदै सरकार संबिधान अनुसार नभएको उल्लेख गर्दै संयमता पुर्वक अगाडी बढ्नु पर्ने भएको बताए ।

Read More

खरानीको टिको लगाएर नयाँ इतिहास रच्न तयार छौँ, एमालेले निर्वाचनको सामना गर्छ: बाँस्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा वितण्डा मच्चाउने सबै अपराधीहरूलाई कानुनको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा शुक्रबार काभ्रेको बनेपास्थित चारदोबाटोमा भएको कार्यक्रममा बोल्दै नेता बास्कोटाले यस्तो बताएका हुन् ।

‘यो वितण्डा गर्ने सबै अपराधीहरूलाई कानुनको दायरामा ल्याउनुपर्दछ र उनीहरूबाटै क्षतिपूर्ति दिलाउने व्यवस्था गर्नुपर्छ’,बास्कोटाको भनाइ छ । समयले परिवर्तन माग्ने र युग परिवर्तन हुने भन्दै परिवर्तित चाहाना र भावनालाई सम्मान गर्न सक्नुपर्नेमा जोड दिँदै बाँस्कोटाले कुनै पनि सैनिक तानाशाह, व्यक्तिको तानशाह वा परेड नेपाली जनतालाई स्वीकार्य नभएको बताए ।

उनले अहिलेको अवस्थामा तीन वटै पुस्ता मिलेर देशलाई समृद्धिमा पुर्याउनुपर्ने बताए । उनले वर्तमान सरकारले पाएको म्यान्डेट अनुसार समयमा निर्वाचन गरोस् भन्दै एमाले निर्वाचनको सामना गर्न तयार रहेको बताए । ‘हामी अवश्य पनि खरानीको टिको लगाएर नयाँ इतिहास रच्नका निम्ति तम्तयार भएर बसेका छौँ’, बास्कोटको भनाइ छ ।

Read More

भाटभटेनीले कर्मचारी नहटाउने, पुरै पारिश्रमिक दिने प्रतिबद्धता

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा १२ स्टोर ध्वस्त भए पनि भाटभटेनीले कुनै पनि कर्मचारीले जागिर तथा सेवा-सुविधा नगुमाउन बताएको छ । १० हजार कर्मचारी आबद्ध रहेको भाटभटेनीले कर्मचारीलाई पुरा पारिश्रमिक र दशैँ बोनस समेत दिने बताएको छ । 

देश भर २८ स्टोर रहेको भाटभटेनीले हाल १६ स्टोर संचालनमा ल्याएको र आगजनी भएका स्टोरका धेरै जसो कर्मचारीले अन्य स्टोरमा काम गरिरहेको र केहिले ध्वस्त भएका स्टोरमा सरसफाई लगायतका काम गरिरहेको बताएको छ ।

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको निशानामा परेपछि काठमाडौँसहित धरान, विराटनगरम बुटवल लगायतका भाटभटेनीका स्टोर निशानामा परेका थिए ।

Read More

बलिवुड गायक जुबीन गर्गको सिंगापुरमा दुखद दुर्घटनामा निधन

काठमाडौँ । प्रसिद्ध बलिवुड गायक जुबीन गर्गको सिंगापुरमा एक दुखद दुर्घटनामा निधन भएको छ ।

स्कुबा डाइभिङ गर्दा उनी दुर्घटनामा परेपछि सिंगापुरमा उपचारको क्रममा निधन भएको मिडिया रिपोर्टमा उल्लेख छ । ५२ बर्षिय गर्ग उत्तर पूर्व महोत्सवमा भाग लिन सिंगापुरमा थिए, जहाँ उनले सेप्टेम्बर २० मा प्रस्तुति दिने कार्यक्रम थियो । उनको अचानक मृत्युले प्रशंसकहरू र सम्पूर्ण आसामी समुदायलाई स्तब्ध बनाएको छ ।

जुबीन गर्गले २००६ को फिल्म ‘ग्याङ्स्टर’ को ‘या अली’ गीत गाए, जसले उनलाई लोकप्रियताको शिखरमा पुर्याएको थियो । उनले २००२ को फिल्म काँटे को ‘जाने क्या होगा रामा रे’ गीत पनि गाएका थिए । उनले फिल्म नमस्ते लन्डनको ‘दिलरुबा’ गीत पनि गाएका थिए ।

पूर्व राज्यसभा सांसद रिपु बोराले ट्विटरमा गायकलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।  आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले जुबीन गर्गको निधनमा शोक व्यक्त गरेका छन् । 

Read More

गृह मन्त्रालयले उच्छृङ्खल गतिविधि भएमा खबर गर्न बनायो सहायता कक्ष

काठमाडौँ । गृहमन्त्रालयले जेनजी आन्दोलन पश्चात विकसित घटनाक्रमपछि समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा खबर गर्न आग्रह गरेको छ ।

मन्त्रालयले उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न मोबाईल नम्बर ९८५१३६०६०३ सहितको सहायता कक्ष स्थापना गरिएको जानकारी दिदै सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एस.एम.एस, ह्वाट्सएप, भाईवरमार्फत जानकारी गराउन आग्रह गरेको छ ।

गृहमन्त्रालयले भनेको छ- 
जेनजी युवा पुस्ताद्वारा भएको प्रदर्शन पश्चात् विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्नसक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सोको सहजीकरण गर्न मोबाईल नं. ९८५१३६०६०३ सहितको सहायता कक्ष गृह मन्त्रालयमा स्थापना गरिएको हुँदा आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एस.एम.एस, ह्वाट्सएप, भाईवरमार्फत जानकारी गराउनुहुन सम्बन्धित सबैमा अनुरोध

Read More

दाउन्ने सडक अवरुद्ध

नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने क्षेत्रमा पहिरो झरेकाले सडक अवरुद्ध भएको हो ।

प्रहरीले अहिले सडकमा लेदो सहितको पहिरो खसेको र पहिरो हटाउने कार्य जारी रहेको जानकारी दिएको छ । केहि दिनदेखि लगातार बर्षा भएपछि निर्माणाधीन दाउन्ने सडक हिलो र चिप्लो भएकाले सडक एकतर्फी हुदा लामो समय जाम हुने गरेको छ ।

Read More

संयुक्त राष्ट्र संघमा गाजासम्बन्धि प्रस्तावमाथि अमेरिकाको छैटौं पटक भिटो

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले गाजामा तत्काल र स्थायी युद्धविराम र बन्धकहरूको रिहाइको माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्मा प्रस्तुत प्रस्तावलाई फेरि एक पटक भिटो लगाएको छ ।

अमेरिकाले यो प्रस्तावमा भिटो लगाएको छैटौं पटक हो । मध्य पूर्वका लागि अमेरिकी उप-दूत मोर्गन ओर्टागसले मस्यौदा प्रस्तावले हमासको निन्दा वा इजरायलको आत्मरक्षाको अधिकारलाई पर्याप्त रूपमा मान्यता नदिएको बताएकी छन् । सुरक्षा परिषद्का अन्य १४ सदस्य राष्ट्रहरूले प्रस्तावको पक्षमा मतदान गरेका थिए । यसले गाजाको अवस्थालाई ‘विपत्तिजनक’ भनेर वर्णन गरेको छ । यसले इजरायलमाथिका सबै राहत प्रतिबन्धहरू हटाउन आग्रह गरेको छ । संयुक्त राष्ट्र संघले इजरायलले आफ्नो सैन्य अभियानलाई तीव्र पार्दै गर्दा गाजा शहरको अन्तिम जीवन रेखा भत्किँदै गएको चेतावनी दिइरहेको बेला अमेरिकाको यो कदम आएको हो ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायली सैन्य अभियानमा अहिलेसम्म ६५ हजार १४१ जना मारिएका छन् ।

Read More

छाउनीमा उपचार हुदै गरेका ८० वर्षे देउवाको गर्दनमा १२ टाँका, अझै केही दिन अस्पताल बस्नु पर्ने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई देउवाको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

ब्रिफिङका क्रममा उपसभापति खड्काले सभापति देउवाको गर्धनमाथि गम्भीर चोट लागेको र १२ टाँका लगाइएको जानकारी गराएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

बैठकपछि पत्रकार सम्मेलनमा पत्रकारहरूले सभापति देउवाको स्वास्थ्य अवस्थाबारे सोधेको प्रश्नमा प्रचार विभाग प्रमुख विश्वकर्माले देउवा अझै सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा रहेको जानकारी उपसभापति खड्काले बैठकमा ब्रिफिङ गरेको जानकारी दिए ।

‘उहाँ सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा रहनुभएको जानकारी उपसभापतिज्यूले बैठकमा गराउनुभयो,’ विश्वकर्माले भने, ‘केही दिन अझै अस्पताल राख्ने डक्टरले परामर्श दिएकाले अझै उहाँ केही दिन अस्पतालमा बस्ने जानकारी उपसभापतिज्यूले गराउनुभएको छ ।’

देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि विश्वकर्माले बताए ।

Read More