२०८३ बैशाख १३

जेनजीको आडमा गरिएको हिंसा र रूपान्तरणको नाममा रोइलो अस्वीकार्य: सूर्य थापा

काठमाडौं । नेकपा एमालेका नेता सुर्य थापाले पार्टी पुनर्गठनको कुरा उठाउनु गलत भएको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता थापाले पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो गलत भएको टिप्पणी गरेका हुन् ।

उनले जेनजीलाई मोहरा बनाएर मच्चाइएको हत्या, आगजनी र अपमान किमार्थ अनुकरणीय नभएको बताएका छन् । उनले भनेका छन्- ‘पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो गलत छ। जेन जीलाई मोहरा बनाएर मच्चाइएको हत्या, आगजनी र अपमान किमार्थ अनुकरणीय छैन ।’

Read More

जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ । 

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति एवं कानून मन्त्री अनिल कुमार सिन्हासंग उद्योग मन्त्रालयमा भेटघाट गर्दै महासंघको टोलीले सो आग्रह गरेको हो ।  

युवा (जेनजी) पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठमा धेरै सार्वजनिक सम्पत्तिसंगै उद्योगी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनी भएको उल्लेख गर्दै महासंघले आमसर्वसाधारण तथा उद्योगी व्यवसायीहरुको मनोबल बढाउन सो सुनिश्चितता आवश्यक भएकोमा जोड दिएको हो । 

सो अवसरमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितता र दोषीमाथि कडा भन्दा कडा कारवाहीका लागि मन्त्रीको ध्यानाकर्षण गराए । उनले आन्दोलनका क्रममा भएको आक्रमण तथा तोडफोडले उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै करिब ८० अर्ब रुपैया बराबरको क्षति भएको जानकारी दिए । 

ढकालले भने- ‘देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर शुसासन कायम गर्ने कार्यमा महासंघ सरकारसंग समन्वय एवं सहकार्य गर्न तयार छ । नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रको आवश्यकता र निर्वाध काम गर्न पाउने सुनिश्चितता आवश्यक छ ।’

उद्योग वाणिज्य तथा आपूर्ति एवं कानून मन्त्री अनिल कुमार सिन्हाले  ठूलो क्षतिका बाबजुद पनि निजी क्षेत्रले देखाएको सदाशयता र सहयोगमा देखिएको तत्परता सकारात्मक भएको बताए । 

उनले फरक परिस्थतीमा वर्तमान सरकार गठन भएपनि आम सर्वसाधारण र व्यवसायिक सुरक्षाको लागि सरकार गम्भीर रहेको बताए । मन्त्री सिन्हाले मुलुकको उद्योग व्यवसायको पुनरोत्थान र सुधारका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए ।  

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले हरेक आन्दोलनका क्रममा निजी क्षेत्र माथी प्रहार हुने गरेकोले निजी क्षेत्रलाई  हेर्ने दृष्किोण परिवर्तन आवश्यक रहेको धारणा राखे ।  यस्तै उनले पुर्ननिर्माणमा सम्भव भएसम्म स्वदेशी वस्तुको उपयोग एवं प्रयोग गर्नुपर्ने बताए ।  

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपाल सन २०२६ नोभेम्बरमा नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुने हुँदा अहिलेको परस्थितीमा स्तरोन्नतिको निर्णय रोक्न सरकरले संयुक्त राष्ट संघ समक्ष आग्रह गर्नु पर्ने सुझाव दिए । 

यस्तै उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्यले आमरुपमा कानूनी राज्यको प्रत्याभूति दिनु अहिलेको प्राथमिकता रहेको बताए ।  उनीहरुले युवा (जेन जी) पुस्ताको आन्दोलन र चाहना बमोजिम भ्रष्टाचारमुक्त समाज निर्माण गरि सबै तहमा शुसासनको जग बसाल्नु आजको आवश्यक्ता भएको उल्लेख गर्दै आम नागरिकले वर्तमान सरकारबाट त्यो अपेक्षा गरेको धारणा राखेका थिए ।

Read More

अर्थ मन्त्रालयमा पुरानो शैलीको बिदा, आजदेखि सबै निर्णय डिजिटल स्वीकृतिबाट हुने

काठमाडौं । अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र गर्ने भएको छ ।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयले अर्थमन्त्रालयका कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्वरूपमा लागू गरेको जानकारी गराएका छन् ।

अर्थमन्त्री खनालले डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै कागजी प्रक्रिया अन्त्य हुने बताए । अर्थमन्त्री खनालका अनुसार आजबाट मन्त्रालयका आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति लिन–दिने कार्य अनलाइन प्लेटफर्ममार्फत मात्र हुने भएको छ।

यसले समय, लागत र श्रम बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ ।

Read More

भारतविरुद्ध खेल्ने नेपाली राष्ट्रिय महिला फुटबलको प्रारम्भिक टिमको घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्ध खेल्ने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक टिमको घोषणा गरेको छ । नेपालले अक्टोबर २६ मा सिक्किममा भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

एन्फाले नेपाली महिला राष्ट्रिय फुटबल टिमको प्रारम्भिक ३५ खेलाडीको घोषणा गरेको छ ।

नेपाली महिला फुटबलको प्रारम्भिक टिम:
गोलकिपर: 
अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर, उषा नाथ, सुशीला चौधरी र लीला जोशी ।

डिफेन्डर: 
निशा ठोकर, समिक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राणा, अमृता जैशी, सजनी थोकर, हिरा कुमारी भुजेल र नेहा कुमारी चौधरी ।

मिडफिल्डर:
विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राणा मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहोरा, सनु परियार र सुक्रिया मिया ।

फरवार्ड: 
रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई, जेनिफर मगर र सावित्रा भण्डारी ।

Read More

गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी

काठमाडौं । गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी निर्वाचित भएका छन् ।

बिहिबार भएको १० औं साधारणसभा बाट संचालकमा निर्वाचित भएका रेग्मीलाई बोर्डको पहिलो बैठकले अध्यक्ष चयन गरेको हो ।

सस्थापक सेयर सदस्यहरुवाट रेग्मी सहित ४ जना सदस्य निर्वाचन भएका थिए । जसमा सुरेस कुमार श्रेष्ठ, शेर बहादुर बुढाथोकी र सुनिल कार्की रहेका छन् ।

साधारणसभालाई सम्बोधन गर्दै गरिमा विकास बैंकका सस्थापक अध्यक्ष जलेश्वर पाण्डेले गरिमा क्यापिटलको विगत स्मरण गराउदै क्यापिटल यहाँसम्म ल्याउन अहिलेको टिमको ठूलो भुमिका रहेको उल्लेख गरे । कार्यक्रमलाई सम्बोधन गर्दै गरिमा विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाणले नेपालको परिवेश अनुसार गरिमा ग्रुप चलेको हुँदा यस ग्रुपबाट संचालन भएका सबै व्यवसायहरु प्रगतिको बाटोमा गएको धारणा राखेका थिए ।

क्यापिटलका निर्वाचन अध्यक्ष दिपक पाण्डेले आफुले आठ बर्षसम्म संस्थालाई नेतृत्व गर्दा भोगेका भोगाइहरु सुनाएका थिए ।

Read More

नेसपा नयाँ शक्तिको महाधिवेशन आयोजक समितिको संयोजक बनिन् दुर्गा सोब

काठमाडौँ । डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नेतृत्व छोडेपछि दुर्गा सोब संयोजक रहेको विशेष महाधिवेशन आयोजक समिति बनाइएको छ ।

बुधबार र बिहीबार काठमाडौँमा भएको केन्द्रीय समितिको विस्तारित बैठकले अध्यक्ष डा. बाबुराम भट्टराईको पद त्यागलाई स्वीकार गर्दै वरिष्ठ उपाध्यक्ष सोबलाई महाधिवेशन आयोजक समितिको संयोजक चयन गरेको हो ।

बैठकले महासचिव सोनाम सिं स्याङ्तानलाई महाधिवेशन आयोजक समितिको सदस्य सचिव चयन गरेको छ ।  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले विशेष महाधिवेशन फागुनमा गर्ने बताएको छ ।

Read More

जेनजी प्रदर्शनमा लुटिएको हतियार बुझाए सम्मान, नबुझाए कारवाही गर्ने

काठमाडौं । गृह मन्त्रालयले जेनजी प्रदर्शनमा सुरक्षाकर्मीबाट लुटिएका हातहतियार र खरखजाना असोज महिना भित्रै नजिकको प्रहरी कार्यालयमा बुझाए सम्मान गर्ने भएको छ ।

बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले प्रदर्शनका क्रममा लुटिएका वा हराएर फेला परेका हातहतियार असोज मसान्तभित्र बुझाउन आग्रह गर्दै हतियार बुझाउनेलाई सम्मान गरिने जनाएको छ ।

असोज मसान्तभित्र त्यस्ता हतियार प्रहरीलाई नबुझाउनेलाई कारबाही गरिने पनि मन्त्रालयले भनेको छ । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देशभरका प्रहरी र कार्यालयबाट हतियार र खरखजाना लुटपाट भएको थियो ।

Read More

५८ घण्टापछि खुलेको मुग्लिन-नारायणगढ सडक: गन्तव्यतर्फ लागे सयौं सवारीसाधन

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ। मंगलबार खसेको पहिरो पन्छाएसँगै बिहीबार रातीदेखि दुईतर्फी रूपमा सडक सञ्ञ्चानमा आएको हो।

डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मङ्गलबार दिउँसो १ बजेदेखि अवरुद्ध भएको सडक दुई दिन लगाएर पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो। अवरुद्ध सडक खुलाउनन बुधबार, बिहीबार नारायणगढ र मुग्लिन दुवैतर्फबाट ६ वटा मेसिन प्रयोग गरी पहिरो हटाउने कामलाई तीव्रता दिइएको थियो।

शुक्रबार साँझ साढे ६ बजे गएको पहिरो झण्डै ४६ घण्टापछि हटाएपछि सडक सञ्चालनमा आएको थियो। पुनः मंगलबार पनि दिउँसो एक बजेदेखि निरन्तर पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। ठुलो पहिरो भने साँझ ४ः५५ बजे ठुलो पहिरो गएको थियो।

सडक सञ्चालन भएसँगै रोकिएका सयौँ सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। मंगलबार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खसेको थियो। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी गुड्ने गर्दछन्।

सडकमा गत एक सातादेखि मालवाहक सवारी रोकिएका थिए भने यात्रुवाहक केही सवारीसाधन भने सडक आंशिक रूपमा खुला भएको समय पार भएका थिए।

Read More

लेन्डुप दोर्जेको जस्तो अवस्था दोहोरिन नदिन होसियार बन्ने जनतानै हो- लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लेन्डुप दोर्जेको नियति दोहोरिन नदिन जनता सचेत हुनुपर्ने बताएका छन् ।

लिङदेनले सामाजिक सञ्जाल टिप्पणी गर्दै कतिपय अवस्थामा मानिसहरूलाई आफू प्रयोग भइराखेको जानकारी नहुने भन्दै जनता होसियार बन्नुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्- ‘कतिपय अवस्थामा मानिसहरूलाई म प्रयोग भइराखेको छु भन्ने कुरा थाहा हुँदैन। जसरी लेन्डुप दोर्जेलाई राजासँगै देश सकिँदैछ भन्ने कुरा थाहा भएन । होसियार बन्ने जनताले हो।’

Read More

करण जोहरको फिल्म भित्रिए राष्ट्रिय पुरस्कार विजेता विक्रान्त

काठमाडौँ । बलिवुड फिल्म १२ फेलका लागि नेशनल अवार्ड जितेका अभिनेता विक्रान्त मेस्सीले करण जोहरको धर्मा प्रोडक्सनको बहुप्रतिक्षित फिल्ममा भित्रिएका छन् । विक्रान्त मेस्सीले अब करण जोहरको आगामी फिल्म दोस्ताना-२ मा अभिनय गर्ने भएका हुन् ।

विक्रान्तले आफु धर्माको फिल्म दोस्ताना- २ मा अनुबन्ध भएको जानकारी दिदै अब चाँडै नै उनलाई डिजाइनर लुगा र फेन्सी धूपको चश्मामा देख्न सक्ने भन्दै आफैलाई व्यंग्य गरेकाछन् । विक्रान्तले भनेका छन्- ‘मलाई लाग्छ यो खबर पहिले नै बाहिर आइसकेको छ । मलाई थाहा छैन किन मैले यसको बारेमा कुरा गरेको छैन । म ‘दोस्ताना २’ गर्दैछु । म धर्मा प्रोडक्सनको मेरो पहिलो फिल्म गर्दैछु । तपाईंले मलाई राम्रो डिजाइनर लुगा लगाएको देख्नुहुनेछ । करण जोहरले मलाई राम्रो लुगा र फेन्सी सनग्लास लगाउने कुरा सुनिश्चित गर्नेछन् । म युरोपमा कतै सुटिङ गर्दैछु ।’

फिल्मका बाँकी कलाकारहरूको बारेमा कुरा गर्दै, फिल्ममा ‘द ब्याडीज अफ बलिउड’ फेमकी लक्ष्य लालवानी पनि ‘दोस्ताना २’ को एक हिस्सा हुने छन् । यद्यपि, विक्रान्तले फिल्मको मुख्य अभिनेत्रीको बारेमा कुनै पनि जानकारी दिन अस्वीकार गरे । 

‘दोस्ताना २’ को घोषणा हुँदा कार्तिक आर्यन, जान्हवी कपूर र लक्ष्य लालवानीले मुख्य भूमिकामा अभिनय गर्ने भनिएको थियो । यद्यपि, केही रचनात्मक भिन्नताका कारण कार्तिक आर्यनले फिल्म छोडे र फिल्म रोकिएको थियो । फिल्ममा विक्रान्त मेस्सी र लक्ष्यले मुख्य भूमिका निर्वाह गर्नेछन् । यद्यपि, फिल्मको महिला मुख्य भूमिकाको बारेमा अहिलेसम्म कुनै जानकारी खुलाइएको छैन ।

कामको कुरा गर्दा, विक्रान्त मेस्सी हाल आध्यात्मिक गुरु श्री श्री रविशंकरको बायोपिकको छायांकनमा व्यस्त छन् ।

Read More