२०८३ बैशाख १३

नेपाल प्रहरीमा ठुलो संख्यामा खुल्यो जागिर (लिंक सहित)

काठमाडौँ । नेपाली प्रहरीले ठुलो संख्यामा भर्ना खोलेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै १५५३ प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी १५९४ जनाको भर्ना खोलेको हो ।

सूचनामा प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा ८ कक्षा पास गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

प्रहरी जवानमा योग्यता पुगेका नेपाली नागरिकले यहि असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएको केन्द्रमा स्वयम् उपस्थित भई दरखास्त फाराम बुझाउन सकिने उल्लेख छ । आवेदन सातै प्रदेशका प्रदेश प्रहरी कार्यालय, सबै जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रहरी परिसरबाट दिन सकिने छ ।

त्यसैगरी खेलाडीको हकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौंमा आवेदन बुझाउन सकिने छ ।

नयाँ भर्नाको सुचना यस लिंकमा क्लिक गरेर हेर्न सकिन्छ

Read More

दुबई जेलमा रहेकी कुवेतकी इन्फुलेन्सर भोक हड्तालमा

काठमाडौँ । कुवेतकी प्रसिद्ध सामाजिक सञ्जाल इन्फुलेन्सर रवान बिन हुसेन दुबईमा जेलमा रहेकी छन् । रवानलाई मार्च २०२३ मा सार्वजनिक स्थानमा रक्सी पिउने, प्रहरी अधिकारीमाथि आक्रमण गर्ने र अशान्ति मच्चाउने आरोपमा पक्राउ गरिएको थियो । 

उनी अहिले भोक हडतालमा बसेको कारण चर्चामा रहेकी छन् । रवानका इन्स्टाग्राममा ७५ लाख फलोअर्स छन् । जेलबाट उनको एउटा तस्बिर भाइरल भइरहेको छ, जसमा उनी कमजोर र थकित देखिन्छिन् ।

अदालतले उनलाई छ महिनाको जेल सजाय, २० हजार दिरहम जरिवाना र देश छोड्न आदेश दिएको थियो । यद्यपि, उनले जेलमा एक महिला गार्डमाथि आक्रमण गरेकी थिइन्, जसपछि उनको सजाय एक वर्ष बढाइएको थियो ।

रवान पहिले धेरै विवादहरूमा संलग्न भइसकेकी छिन्, जसमा २०२० मा उनको पतिसँग सम्बन्ध विच्छेद पछि भएको आक्रमणको मुद्दा, बेलायतमा अदालतमा अनुपस्थिति, बगदाद विमानस्थलमा झगडा र साउदी अरेबियामा इरानी झण्डाको अगाडि नाच्ने जस्ता रहेका छन् । भोग पत्रिकाले एक पटक उनलाई कुवेतको ब्रुक शिल्ड्स भनेको थियो, तर अब उनी निरन्तर कानुनी समस्याहरूमा फसेकी छिन् ।

Read More

इजरायली सेनाको यमनमा अहिलेसम्मकै ‘सबैभन्दा ठूलो हमला’

काठमाडौँ । इजरायली सेनाले यमनमा अहिलेसम्मकै ‘सबैभन्दा ठूलो हमला’ गरेको दाबी गरेको छ ।

यो हुथी विद्रोहीहरूले बारम्बार गरेको ड्रोन र मिसाइल आक्रमणको प्रतिक्रियामा भएको बताइएको छ । इजरायली रक्षा बलले राजधानी सानामा दर्जनौं विमानहरूले हुथी सुरक्षा र गुप्तचर सेवाहरू र सैन्य लक्ष्यहरूमा बमबारी गरेको रिपोर्ट गरेको छ ।

हुथी सरकारद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलद्वारा गरिएको आक्रमणलाई ‘क्रूर अपराध’ को रूपमा वर्णन गरेको छ ।

मन्त्रालयले आक्रमणले नागरिक र आवासीय भवनहरूलाई लक्षित गरेको र आठ जनाको मृत्यु भएको बताएको छ ।

इजरायलद्वारा गरिएको यो आक्रमण इजरायली रेड सी रिसोर्ट इलातमा २२ जना घाइते भएको एक दिनपछि भएको हो, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

Read More

ओभिडोमाथि बार्सिलोनाको कमब्याक जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले ओभिडोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओभीडोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाले १-० ले पछि परेको अवस्थामा कमब्याक गर्दै जित हासिल गरेको थियो । बार्सिलोनाको जितमा एरिक गार्सिया, रोबेर्ट लेवानडोस्की र रोनाल्ड आराउजोले एक एक गोल गरेका थिए । यसअघि ओभीडोका लागि अल्बेर्टो रेइनाले एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको ६ खेलमा १६ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिड भन्दा २ अंकले पछाडी रहेको छ । त्यसैगरी ओभिडोको ६ खेलमा ३ अंक रहेको छ लिगमा १८औं स्थानमा रहेको छ ।         

Read More

एशिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौँ । पाकिस्तान एशिया कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सुपर फोर अन्तर्गतको खेलमा बंगलादेशलाई ११ रनले पराजित गरेसँगै पाकिस्तान फाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको १३६ रनको मध्यम लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाउदै १२४ रन मात्र बनाए पछि पाकिस्तान ११ रनले विजयी भएको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन बनाएको थियो ।

अब एशिया कपको फाइनलमा पाकिस्तानको भिडन्त भारतसँग हुने भएको छ । यस प्रतियोगितामा भारत र पाकिस्तान यसअघि दुई पटक भिडीसकेका छन् र दुवै खेल भारतले जितेको छ । फाइनल खेल आइतबार हुने छ । त्यसअघि सुपर फोर अन्तर्गतको अन्तिम खेल आज भारत र श्रीलंकाबीच हुने छ । 

Read More

रुससँगको युद्ध समाप्त भएमा राष्ट्रपति छोड्न तयार छु: जेलेन्स्की

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्ध समाप्त भएपछि राष्ट्रपति पद त्याग्न तयार रहेको बताएका छन् । न्यूयोर्कमा अन्तर्वार्तामा जेलेन्स्कीले उनको लक्ष्य युद्ध रोक्नु रहेको बताउदै सत्तामा रहन नचाहेको स्पष्ट गरेका हुन् ।

जेलेन्स्कीले युद्धविराम भयो भने, उनी संसदलाई चुनाव गर्न आग्रह गर्ने बताएका छन् । उनले भने- ‘युद्ध पछि, मानिसहरू नयाँ नेता चयन गर्न चाहन्छन् । म त्यसको लागि तयार छु ।’

युक्रेनमा मार्शल ल लागू भएका कारण संबिधान अनुसार चुनाव हुनबाट रोकिएको छ । जेलेन्स्की २०१९ मा भारी विजयका साथ राष्ट्रपति बनेका थिए । उनको कार्यकाल मे २०२४ मा समाप्त हुनुपर्ने थियो, तर युद्धका कारण यो लम्बिएको छ । युद्ध सुरु हुँदा उनको लोकप्रियता ९० सम्म पुगेको थियो र अहिले पनि, विभिन्न सर्वेक्षणहरूले उनलाई ६० प्रतिशत भन्दा बढी युक्रेनीको समर्थन भएको देखाएका छन् ।

जेलेन्स्कीसँग अगस्टमा ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा चुनाव नभएको बारेमा गुनासो गरेका थिए । जेलेन्स्कीले उनलाई युद्धविराम भयो भने, उनी संसदलाई चुनावको लागि तयारी गर्न आग्रह गर्ने जवाफ दिएका थिए ।

Read More

मन्त्री महावीर पुनको सिटिइभिटीलाई चार बुँदे निर्देशन

काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले सिटिइभिटीलाई चार बुँदे निर्देशन दिएका छन् । 

विहिबार मन्त्री पुनले तुरुन्त कार्यान्वयनको लागि अध्यक्षको हैसियतले सिटिइभिटीलाई चार बुँदे निर्देशन दिएको जानकारी दिएका छन् ।

मन्त्री पुनले पहिलो निर्देशन मौजुदा पाठ्यक्रमलाई सुधार गरि नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्त भित्र पेश गर्न निर्देशन दिएका छन् । त्यस्तै दोस्रो निर्देशन एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको परीक्षाफल तीन महिना भित्र अनिवार्य रुपमा प्रकाशन गर्ने व्यवस्था गर्ने निर्देशन दिएका छन् ।

त्यस्तै तेस्रो सिटिइभिटी कार्यालयमा विद्यार्थी, अविभावक र शिक्षकहरुको गुनासो सुन्ने र प्राप्त गुनासो को अभिलेखिकरण र सम्वोधन गर्ने शाखा तुरुन्त बनाउने र सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । मन्त्री पुनले चौथो निर्देशन २०६९ सालदेखि अहिलेसम्म सम्बन्धनको लागि प्राप्त भएका सम्पुर्ण आवेदनहरु छानविन गरि असोज मसान्त भित्र रिपोर्ट पेश गर्ने र सम्बन्धन दिने नदिने निर्णय तुरुन्त गर्न निर्देशन दिएका छन् ।

यसअघि मन्त्री पुनले मंगलबार तीन बुँदे निर्देशन दिएका थिए । 

जसमा नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने, केहि बिश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ बर्ष सम्म लगाउने अवस्थाको अन्त्य गर्दै बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिएका थिए ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाता भित्र ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरु नकाट्ने) सफा गरि सुन्दर बँगैचा सहित फुटपाथ बनाएर बिश्वविद्यालयलाई आकर्षक बनाउने निर्देशन दिएका थिए ।

Read More

आज अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस मनाइदै

काठमाडौँ । आज अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस मनाइदैछ । 

संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको छ । सन् २०१४ बाट हरेक वर्ष यो दिवस मनाउने सुरु गरिएको हो । सार्वजनिक जागरूकता बढाउन र परमाणु निःसस्त्रीकरणको सवालमा राष्ट्र संघले गरेका प्रयासको श्रृंखलामा यसलाई एउटा नयाँ आरम्भको रुपमा लिने गरिएको छ । 

परमाणु हतियारको पूर्ण उन्मूलन गर्न आवश्यकताबारे आमजनमानसलाई जागरूक पार्दै यसले मानव जातीमा पार्ने असरको बारेमा सबैलाई जानकारी दिनु नै दिवसको मुख्य उद्देश्य हो । सन् १९४६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले संसारबाट परमाणु हतियार निर्मूल पार्न संकल्प लिएसँगै सन् १९५९ मा भएको संयुक्त राष्ट्र संघको साधारण सभाले सामान्य र पूर्ण निःसस्त्रीकरणको उद्देश्यलाई समेत पूर्णरुपमा समर्थन गरेको थियो । विश्वलाई परमाणु हतियार मुक्त गर्ने संयुक्त राष्ट्र संघको पुरानो उद्देश्य हो । संयुक्त राष्ट्र संघको उक्त उद्देश्य पुरा गर्ने र विश्वलाई परमाणु हतियार मुक्त गराउने उद्देश्यलाई साथ दिँदै कतिपय मुलुकले आफ्नो परमाणु कार्यक्रम समेत बन्द गरेका थिए तर त्यसको विभिषिका अझै कायम छ ।

विश्वका शक्तिशाली राष्ट्रहरु अमेरिका, रुस, बेलायत, भारत, इरान, चीन, जापान, कोरिया लगायतका देशमा अझै पनि परमाणु भट्टीहरु सञ्चालनमा रहेका छन् । यसले परमाणु हतियारको त्रास कायमै छ । संयुक्त राष्ट्र संघले आफ्ना विभिन्न सभामा परमाणु निर्मुलीकरणका लागि योजनाहरु पेश गर्दै आएको छ भने राष्ट्र संघका सबैजसो महासचिवले यो उद्देश्यलाई प्राथमिकता दिँदै आएका छन् । संसारमा अहिले करिब १४ हजार भन्दा बढी परमाणु हतियार रहेको अनुमान छ ।

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ भने कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भु-भागका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

आज दिउसो देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा देशभर भारी बर्षाको संभावना नरहेको जनाएको छ । 

Read More

२०८२ असोज १० गते शुक्रबार: आजको राशिफल

आज असोज १० गते शुक्रबार ई.सं. २०२५ सेप्टेम्बर २६ नेपाल सम्बत ११४५ कौलाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल चतुर्थी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र,  विश्कुम्भ योग, विष्टि करण ।

आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५४ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५८ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ४२ मिनेट देखि ९ बजेर ०४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
मिहिनेतले भविष्य सुध्रनेछ, करियर र व्यवसायप्रतिको चासो बढ्नेछ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो । प्रतियोगिता वा प्रतिस्पद्र्धामा सफल भइने दिन हो, कुनै कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, परिश्रमको विकल्प छैन, त्यसैले सर्टकट वा छोटो बाटो छोडेर मिहिनेत गरेर अगाडि बढ्नु ठीक हुन्छ । हाकिमको सद्भाव र सहानुभूति प्राप्त हुनाले महत्त्वाकाङ्क्षी काम सुरु गर्न सकिन्छ । कार्य सम्पादनमा निखार आउनाले थप अवसर मिल्नसक्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ । परिस्थिति प्रतिकूल नै भए पनि अनुभवी र जानकार व्यक्तिको आकस्मिक सहयोग प्राप्त हुँदा समस्या समाधान गर्न मद्दत पुग्नेछ । कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ आदिले कारोबारमा सफलता दिलाउनेछन् । अरुका नकारात्मक कुरामा ध्यान नदिई काममा मात्र फोकस गर्ने दिन हो । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ, सबैले सम्मान गर्नेछन्, समयमै कार्य सम्पन्न हुनाले मन हलुका र आनन्दित बन्नेछ, पारिवारिक सुखको योग बनेको छ । लामो समयपछि एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पनि पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला । आत्मीय मित्र वा प्रेमीप्रेमिकाका बीचमा अविश्वास र भ्रम सिर्जना हुने सङ्केत छ, आफ्नो काम र लक्ष्यप्रति विश्वस्त हुनु ठीक हुन्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन । अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ । विवाद, प्रतियोगिता वा प्रतिस्पद्र्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
पारिवारिक सुख पाउनुका साथै बृद्धबृद्धाको आशीष मिल्ने दिन हो । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ अनि दाम्पत्य जीवन पनि सुखमय रहनेछ । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ । अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ, आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ । सम्झौता वा करार गर्न अनुकूल समय छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
इच्छानुसार आत्मीयजनसँग कुराकानी हुनसक्छ, तर घरायसी परिबन्दले भेटघाटको अनुकूलता नमिल्नाले मन एकतमासको हुने र भावुक बन्ने दिन हो । सन्तान वा भाइबहिनीको करियर सम्बन्धी कुनै समस्या आइपरेमा विशेष व्यक्तिबाट उचित सल्लाह र सहयोग मिल्नेछ, जसबाट तपाईको तनाव पनि हट्नसक्छ । होटलरमोटल, रेस्टोरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढंगले चिन्तन गर्ने समय आएको छ, खटेअनुसार आम्दानी हुने दिन हो । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी विषयमा रुचि जाग्नेछ, नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथरसहयोग प्राप्त हुनेछ । पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ, धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ । सामाजिक क्षेत्र वा फाल्तु विषयमा केन्द्रित हुँदा कार्यक्षेत्र प्रभावित बन्नसक्छ, तथापि कूटनीतिक बुद्धिको उपयोग गर्दा हाँकेरताकेका काममा सफल भइने छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन हो, तर पनि भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । हाँकेरताकेको उपलब्धि प्राप्त हुने, तर महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहेको छ । गरेको कामको सर्वत्र प्रशंसा हुनेछ, सिनियर स्टाफ र सेवाग्राही दुवै पक्षलाई सन्तुष्ट तुल्याउन सकिने छ । कुनै उपहार वा सम्मान प्राप्त गर्ने सम्भावना छ । एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, नत्र ससाना कुरामा पनि नोकझोक बढ्न सक्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
आपसी भेटघाट र मेलमिलापको समय हो, आफन्तसँग फोनमा नै किन नहोस् सम्पर्क गरी भलाकुसारी गरेको राम्रो हुन्छ । आफूस्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउने दिन हो, नयाँ लगानीप्रति आकर्षण देखाउँदा राम्रो हुनेछ । मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
तनाव र स्ट्रेसले भरिएको खराब समय छ, केही समय आफ्नो सुस्वास्थ्य र आरामका लागि छुट्याउनु पर्छ, जसबाट मनोबल बढाउन मद्दत पुग्नेछ । सफलता हासिल गर्न प्रतिस्पद्र्धामा जानुपर्ने समय छ, कारोबारमा पनि लगानी बढाउनुपर्ने परिस्थिति देखिन्छ, तथापि अहिलेको लगानीले पछिलाई फाइदा पुग्नेछ । राखनधरनप्रति सचेत हुने र तालसाँचो बलियो बनाउनुपर्ने दिन हो, अझ घरमा नयाँ र नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
व्यक्तित्व विकास तथा भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनसक्छ, लक्ष्यप्रति गम्भीर भएमा हरेक काममा सफलता मिल्नेछ । लाभमूलक विषयमा लगानी गरेमा भविष्य सुध्रने छ । पदोन्नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय हो, कामविशेषले कतै काजमा जाने वा देशरविदेशको यात्रामा निस्कने संयोग जुरेको छ । आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो, कुरा काट्ने, खिसीट्युरी गर्ने वा प्रतिस्पद्र्धीहरू आफैं तर्किएर हिँड्नेछन् ।

Read More