२०८३ बैशाख १३

इरानमा मुद्राको पुनर्मुद्रण: चार शून्य हटाउने

काठमाडौँ । इरानले आफ्नो मुद्राबाट चार शून्य हटाउने भएको छ । सरल भाषामा भन्नुपर्दा, इरालले १०,००० रियाल केवल एक रियाल बराबर बनाउने भएको हो । संसदले यो कदमलाई अनुमोदन गरेको छ । यो कदम ३५ प्रतिशतभन्दा बढीको लामो मुद्रास्फीतिको कारणले गरिएको हो, जसले रियालको मूल्यमा उल्लेखनीय कमी ल्याएको छ।

अहिलेसम्म, इरानी रियाल खुला बजारमा डलरको तुलनामा लगभग ११ लाख ५० हजार रियाल पुगेको छ । यो प्रस्ताव धेरै वर्षदेखि तयार गरिएको थियो । 

संसदको आर्थिक समितिका प्रमुख शमसोल्दिन होसेनले मुद्रा रियाल नै रहनेछ, र यो परिवर्तन रातारात हुने छैन । केन्द्रीय बैंकसँग यसलाई लागू गर्न दुई वर्ष लाग्ने छ । यसपछि, तीन वर्षको अवधि हुनेछ जसमा पुरानो र नयाँ दुवै मुद्राहरू प्रयोग गरिनेछ ।

चार शून्यहरू हटाउनाले रियाल एकाइहरू सानो हुनेछन् । उदाहरणका लागि, हाल केहि खरिद गर्न एक लाख रियाल चाहिन्छ भने, सुधार पछि उही वस्तु १०० रियालमा उपलब्ध हुनेछ । सानो संख्याले मानिसहरूलाई मुद्राको मूल्य बुझ्न सजिलो बनाउनेछ, जसले खरिद र वित्तीय योजनालाई सजिलो बनाउन सक् छ। यद्यपि, यो केवल एक मनोवैज्ञानिक प्रभाव हुने छ । यो सुधारले मुद्राको एकाइहरू मात्र परिवर्तन गर्दछ, यसको वास्तविक मूल्यमा भने कुनै असर गर्ने छैन । यदि मुद्रास्फीति नियन्त्रण गरिएन भने, रियालको मूल्य फेरी पनि घट्दै जानेछ ।

त्यस्तै कम्प्युटर र मोबाइल एपहरूमा ठूलो संख्याका कारण हुने जटिलताहरू कम हुनेछन् ।

इरानमा मुद्रास्फीति ३५ प्रतिशतभन्दा बढी छ । इरानको व्यापार र विश्वसँगको सम्बन्ध तनावग्रस्त छ । १९७९ को इस्लामिक क्रान्तिदेखि इरानको अर्थतन्त्रले धेरै चुनौतीहरूको सामना गरेको छ । मुद्रास्फीतिमा निरन्तर वृद्धि हुनुको मुख्य कारण उच्च आयात र कम निर्यात हो । यसले रियालको मूल्यमा निरन्तर गिरावट आएको छ । २०२३ मा, अवस्था यति बिग्रियो कि मुद्रास्फीतिले रियालको अवमूल्यनलाई पनि पार गरेको थियो । अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले विदेशी मुद्राको अभावलाई बढाएको छ ।

इरानको व्यापार र विश्वसँगको सम्बन्ध तनावपूर्ण रहेको र राजनीतिक करणले अर्थतन्त्रलाई अझ कमजोर बनाइरहेको छ र रियालको मूल्य अझ घटिरहेको छ ।

अमेरिकाले इरानमाथि यसको आणविक कार्यक्रम र सुरक्षा चिन्ताका लागि धेरै प्रतिबन्धहरू लगाएको छ । ट्रम्प प्रशासनले इरान विरुद्ध ‘अधिकतम दबाब’ नीति अपनाएको छ, तेल निर्यात, बैंकिङ र ढुवानीमा कडा प्रतिबन्धहरू लगायो, र इरानी तेल खरिद गर्ने कम्पनीहरूलाई पनि दण्ड दिएको छ ।

अमेरिकाको प्रतिबन्धहरूले इरानको हतियार कार्यक्रमहरूमा अक्टोबर २०२५ सम्म प्रतिबन्धहरू थप विस्तार गरेको छ । यी प्रतिबन्धहरूले विदेशी बैंकिङ लेनदेनहरूलाई गाह्रो बनाउनुका साथै डलर र युरो जस्ता विदेशी मुद्राहरू घटाएको छ र आयातलाई महँगो र सीमित बनाएको छ । जसले लगानी र व्यापार पनि प्रभावित गरेको छ ।

इरानको तेल निर्यात २०२५ मा प्रतिदिन १.४-१.७ मिलियन ब्यारेलबाट घटेर १ मिलियन ब्यारेलमा पुगेको छ । यसले गर्दा राजस्वमा ५-१० अर्ब डलरको कमी आएको छ ।

स्विफ्टबाट बहिष्कार र बैंकहरूमाथिको प्रतिबन्धले विदेशी मुद्रा सञ्चितिलाई सीमित बनाएको छ, जुन २०२४ मा २६ अर्ब डलर र २०२५ मा ३४ अर्ब डलर अनुमान गरिएको थियो, तर यसको प्रयोगमा बाधा पुर्‍याएको छ । २०२३-२०२५ मा रियालको मूल्यमा थप १४ प्रतिशत गिरावट आयो, मुद्रास्फीति ९० प्रतिशत पुगेपछि मुद्रामा चार शून्य हटाउने निर्णय भएको हो ।

इरानले अब मुख्यतया चीन (तेल निर्यातको ९० प्रतिशत), टर्की, युएई र इराकसँग व्यापार गर्छ । युरोप र संयुक्त राज्य अमेरिकासँगको व्यापार लगभग अस्तित्वहीन छ ।

सन् २०२४ मा, इरानको कुल निर्यात लगभग २२.१८ अर्ब डलर थियो, जसमा तेल र पेट्रोकेमिकलहरू सबैभन्दा बढी थिए, जबकि आयात ३४.६५ अर्ब डलर थियो, जसले गर्दा १२.४७ अर्ब डलरको व्यापार घाटा भयो। तेल निर्यातमा कमी र प्रतिबन्धका कारण २०२५ मा यो घाटा १५ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । प्रमुख व्यापारिक साझेदारहरूमा चीन (निर्यातको ३५%), टर्की, युएई र इराक समावेश छन्, जसले तेल निर्यातको ९० प्रतिशत ओगटेको छ ।

इरानले छिमेकी देशहरू र युरेशियन आर्थिक संघ, जस्तै आइएनएसटीसी कोरिडोर र चीनसँग नयाँ ट्रान्जिट मार्गहरूसँग व्यापार बढाउने प्रयास गरेको छ । तैपनि, २०२५ मा जीडीपी वृद्धि केवल ०.३प्रतिशत हुने अनुमान गरिएको छ । प्रतिबन्धहरू हटाइएका वा आणविक सम्झौताको पुनर्स्थापना बिना, व्यापार र रियालको मूल्य स्थिर गर्न गाह्रो हुनेछ ।

Read More

युक्रेनलाई टोमाहक मिसाइल दिएमा वाशिंगटन र मस्कोबीच सम्बन्ध बिग्रिन्छ: पुटिन

काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिएका छन् । पुटिनले अमेरिकाले युक्रेनलाई लामो दूरीको टोमाहक मिसाइलहरू आपूर्ति गरेमा वाशिंगटन र मस्कोबीचको सम्बन्धलाई असर गर्ने चेतावनी दिएका हुन् ।

पुटिनले शनिबार एक अन्तर्वार्तामा ट्रम्पको यस्तो कदमले हाम्रो सम्बन्धलाई बिगार्ने बताएका हुन् । यसअघि बिहीबार, पुटिनले  युक्रेनी सेनाले अमेरिकी सैन्य कर्मचारीहरूको प्रत्यक्ष संलग्नता बिना यी मिसाइलहरू सञ्चालन गर्न सक्षम नहुने बताएका थिए ।

रुसको शक्तिलाई उल्लेख गर्दै पुटिनले अमेरिकी टोमाहक क्रूज मिसाइलको आपूर्तिले युद्धभूमिमा शक्ति सन्तुलन परिवर्तन नगर्ने समेत दाबि गरेका छन् । उनले रूसको वायु रक्षा प्रणाली पहिले नै समान पश्चिमी हतियारहरूको आपूर्तिमा अनुकूल भइसकेको बताएका छन् ।

स्थानीय समाचार एजेन्सीका अनुसार, गत महिना न्यूयोर्कमा संयुक्त राष्ट्र महासभाको छेउमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की र ट्रम्प बीचको बैठक पछि टोमाहक मिसाइलहरूको आपूर्तिको बारेमा बहस सुरु भएक ओथियो । जेलेन्स्कीले त्यो बैठकको क्रममा विशेष रूपमा मिसाइलहरूको लागि अनुरोध गरेका थिए ।

सेप्टेम्बरको अन्त्यमा, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ह्वाइट हाउसले कीभलाई टोमाहक मिसाइल आपूर्ति गर्ने विचार गरिरहेको बताएका थिए । प्रत्येक टोमाहक मिसाइलको मूल्य कम्तिमा १.३ मिलियन डलर रहेको छ । तिनीहरूको दायरा २५ सय किलोमिटर छ, जसले गर्दा तिनीहरू मस्को र त्यसभन्दा बाहिर प्रहार गर्न सक्छन् ।

Read More

महिला क्रिकेट विश्कप: न्युजील्याण्डमाथि दक्षिण अफ्रीका ६ विकेटले विजयी

काठमाडौँ । जारी महिला विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाले न्यूजील्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले न्यूजील्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

न्यूजील्याण्डले दिएको २३२ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ४०.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि न्यूजील्याण्डले पहिला ब्याटिंग गर्दै ४७.५ ओभरमा अल आउट हुदै २३१ रन बनाएको थियो ।

जारी विश्वकपमा दक्षिण अफ्रिकाको दोस्रो खेलमा यो पहिलो जित हो भने न्यूजील्याण्डले अहिलेसम्म खेलेका आफ्ना दुवै खेलमा हार बेहोरेको छ ।

जारी विश्वकपमा आज बंगलादेश र इङल्याण्डबीच खेल हुदैछ ।

Read More

नेपाल र मलेसियाबीचको चौथो खेल आज हुदै

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको चौथो खेल आज खेल्दै छ । आज हुने तेस्रो खेल ७: ४५ बजेदेखि शुरु हुदैछ । 

जारी सिरिजमा नेपाल र मलेसियाले यसअघि खेलेका खेलमा नेपालले एक र मलेसियाले दुई खेल जितेर सिरिज २-१ रहेको छ । 

नेपाल र मलेसियाबीच आजको खेलपछि पाँचौं खेल ८ अक्टोबरमा हुने तालिका रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली मलेसियामा रहेको छ । जसमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन् ।

Read More

आजदेखि कार्तिक स्नान शुरु

काठमाडौँ । आजदेखि सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि कार्तिकस्नान र आकाशदीप दान शुरु भएको छ । 

आजद्केही कार्तिक शुक्ल पूर्णिमाको दिन कार्तिकस्नान र चतुर्मासव्रत समापन हुनेगर्दछ । यो महिनामा दामोदर भगवानको साथै तुलसी देवीको पूजा ,अर्चना र आकाशदीप बाल्ने गरिन्छ ।

कार्तिक महिनामा जसले प्रात स्स्नान गरेर आकाशदीपको दान गर्दछ भने उ सवै लोकको स्वामी र सम्पतीले सम्पन्न भएर यस लोकमा सुख भोगेर अन्त्यमा मोक्षको प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । स्नान गर्नकोलागी नदी ,तलाउ ,धारो कुवा आदिमा गएर यो महिनामा प्रात स्नान गर्दछ भने उसले यमराजको यातना कहिल्यै भोग्नु नपर्ने शास्त्रमा उल्लेख छ ।

आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याइन्छ। आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ। आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ । तुलसी पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास छ । कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ। कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ । 

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ  । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायूको प्रभाव रहेको र देशभर आंशिक बदली रहेको जानकारी दिएको छ ।

महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने र कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ र कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टा पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

Read More

२०८२ असोज २१ गते मंगलबार: आजको राशिफल

आज असोज २१ गते मंगलबार ई.सं. २०२५ अक्टोबर ७ नेपाल सम्बत ११४५ कौलाथ्व पुर्णिमा, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल पुर्णिमा, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, ध्रुव योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ६ बजे र सूर्यास्त साँझ ५ बजेर ४५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । 

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ७ बजेर ५० मिनेट देखि ९ बजेर १६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आजदेखि कार्तिक स्नान शुरु हुदैछ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो खट्नुपर्ने दिन हो । अन्त्यसम्म व्यस्त रहनु पर्नेछ, तर मिहिनेत गरेअनुसार राम्रै प्रतिफल हात लागी हुनेछ । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
हाँकेरताकेको लक्ष्यमा पुग्न सफल भइने छ, नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ । थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनु पर्ने हुन्छ । मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
जोखिम र सङ्कटले घेरेको समय छ, धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी संयमताका साथमा आफ्नो कामलाई निरन्तरता दिनुहोला । नियमरकानूनसँग असङ्गत विषयवस्तु र गलत काममा दिलचस्पी राख्नु हुँदैन, साँच्चै भन्ने हो भने आज रिस्क र जोखिमबाट टाढा भाग्ने दिन हो । चित्त व्याकुल हुनुका साथै गुनासो र गनगन बढ्ने दिन हो, तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा समेत कमजोरी देखा पर्नसक्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
शङ्कास्पद कारोबार र क्रियाकलापमा सहभागी नबन्नु राम्रो हुनेछ, महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु होला । प्रविधिको प्रयोग गरेर वा अनलाइन गतिविधिमार्फत अतिरिक्त लाभ हुनसक्छ । ढुवानी र आयातनिर्यातको काममा संयमता अपनाउनु ठीक हुन्छ । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । गीतसङ्गीत, साहित्य वा कुनै कलासम्बद्ध विषयमा रुचि जाग्ने दिन हो । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, त्यसैले परिश्रम र आरामको सन्तुलनमा ध्यान दिई पठनपाठनमा जुट्नुपर्छ, बहस वा तर्कवितर्कमा विजयी भइने छ । शारीरिक थकान र बेचैनीको समय हो, ससाना कुरामा चिन्ताग्रस्त भइने छ, सानातिना विषयमा चिन्ता गर्ने हुँदा आफूमात्र होइन, आफन्त र सँगीसाथीको तनावमा समेत बृद्धि हुने समय छ । आफूले गरेको मिहिनेतको प्रतिफल अरुले हत्याउने चेष्टा गर्नेछन्, तर शुभचिन्तकहरूको साथ पाउनाले अप्ठ्यारो परिस्थितिमा समेत काम बनाउन सकिने दिन हो । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ । कुनै नयाँ कामको थालनी गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला । कार्य सम्पादनमा सहजता र शीघ्रता हुनेछ, सीप वा योग्यता बढाउने अवसर मिल्नेछ, तर पारिवारिक प्रयोजनका लागि समय छुट्याउनु होला । इच्छा पूरा हुने दिन हो, लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका वा भोगविलासका सामाग्रीमा फाइदा हुनेछ, आजको केही समय घरपरिवारमा खर्च गरेको जाती हुन्छ । दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ । पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय छ । अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुपर्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आत्मबल र हिम्मतका साथमा काम गरेमा महत्त्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ, कुनै कुरामा दुविधा भएमा सहकर्मीको साथ लिंदा झन राम्रो हुनेछ । जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर सँगीसाथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुपर्छ । धर्मकर्म वा परोपकारी काममा चित्त जाने दिन हो, हाँकेरताकेका काममा मित्र र सहयोगीको साथ पाउनाले नचिताएको काम सम्पादन हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ । प्रतिद्वन्द्वीले हार खानेछन्, मित्रवर्ग र स्टाफको सहयोग मिल्नाले मन प्रसन्न रहनेछ, कार्यक्षेत्रमा पनि राम्रो गर्नसक्नाले प्रतिष्ठा र सम्मान बढ्ने दिन हो । कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ तपाईंको व्यवसाय बढाउने उत्तम तरिका बन्नसक्छ । मानिसहरूको नकारात्मक प्रतिक्रियालाई बेवास्ता गर्दै आफ्नो कर्ममा ध्यान दिने समय हो । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको कुनै पल तपाईंका लागि भावुक समय बन्नसक्छ, तर परिवारका सदस्य र जीवनसाथीको साथ मिल्नाले मन प्रसन्न रहनेछ । प्रयास गर्दा उपलब्धि पाउने दिन हो, उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उच्छृङ्खलता बढ्न सक्छ । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर रिसराग, घमण्ड र अहङ्कारबाट टाढा रहनु ठीक हुन्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ । पठनपाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो, त्यस्तै तपाईंमा दिकदारी र चिडचिडेपन पनि हाबी हुनसक्छ । परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्न सक्छ, तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ, विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मानसिक सन्तुष्टिको समय हो, तथापि आज कुनैकुनै कुरामा भावनामा वहन सक्नुहुन्छ । पार्टनरलाई कुनै उपहार दिएमा सम्बन्धमा अझ प्रगाढता छाउनेछ । आज धार्मिक स्वभाव र परोपकारी मिजास प्राप्त हुने समय हो । पेसागत काम नोकरी वा व्यापार वृत्तिबाट राम्रो धनार्जन गर्ने समय छ । सरकारी काम, ठेकापट्टा आदिमा अड्किएको काम फुकाउन सकिने समय हो, प्रयास गरेमा अन्य काममा समेत लाभ पाउने समय हो ।

Read More