२०८३ बैशाख १३

अख्तियार प्रमुख राईको राजीनामा माग्न जेनजी मुभमेन्ट अलायन्स टंगाल पुग्यो

काठमाडौँ । जेनजी मुभमेन्ट अलायन्सले अख्तियार प्रमुख प्रेमकुमार राईको राजीनामा मागेको छ ।

हिजोमात्रै अलायन्सले विज्ञप्ती जारी गर्दै तत्काल पदबाट राजीनामा दिन भनेर अख्तियार प्रमुखलाई भनेको थियो । आज भने अलायन्सको नेतृत्वमा जेनजी युवाहरु अख्तियार कार्यालय पुगेका छन् ।

उनीहरुले अख्तियार प्रमुख राईको राजीनामा मागेका छन् । अहिले टंगालस्थित् रातोघरमा बाक्लो प्रहरी परिचालन गरिएको छ । उता, हामी नेपालीका संयोजक सुदन गुरुङले भने तत्काल पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखकसहितलाई पक्राउ गर्न दबाब दिएको छ ।

हिजो राति अबेरसम्म काठमाडौं प्रहरी परिसरमा सुदनको टोलीले जाहेरी दर्ता गर्न दबाब दिएको थियो । तर, प्रहरीले प्रधानमन्त्रीको लिखित निर्देशन आएमात्रै अघि बढ्न सकिने जवाफ दिएको थियो । सुदनको टोलीले राति अबेरसम्म गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेको थियो । सुदनले हिजोदेखि नै सामाजिक सञ्जालमा एरेष्ट केपी ओली, अरेष्ट रमेश लेखक र मडर्रर भनेर क्याम्पेन चलाएका छन् ।

Read More

गृह मन्त्रालयलाई महेश बस्नेतको चेतावनी: प्रतिशोध साँधेर कारवाही गर्ने हैन

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिशोध साँधेर कारवाही नगर्न गृहमन्त्रालयलाई चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले आफुलाई मन नपरेको व्यक्तिका घरहरूमाथि आक्रमण गर्ने र फरक बिचार राख्ने व्यक्तिहरुलाई गिरफ्तार गर्ने भनेर सोसियल मिडियामा ट्रेन चलाउने, मिडिया ट्रायल गर्ने अनि प्रहरी प्रशासनमा डेलिगेसन गएको नाटक गर्ने सुदन गुरुङ, यसका मतियारहरु र यिनीहरूको निजी कम्पनी जस्तो बनेको गृह मन्त्रालयलाई प्रतिशोध साँधेर अनावश्यक हर्कत गर्यो भने ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन् । 

उनले भनेका छन्- 
आफुलाई मन नपरेको व्यक्तिका घरहरूमाथि आक्रमण गर्ने र फरक बिचार राख्ने व्यक्तिहरुलाई गिरफ्तार गर्ने भनेर सोसियल मिडियामा ट्रेन चलाउने , मिडिया ट्रायल गर्ने अनि प्रहरी प्रशासनमा डेलिगेसन गएको नाटक गर्ने सुदन गुरुङ , यसका मतियारहरु र यिनीहरूको निजी कम्पनी जस्तो बनेको गृह मन्त्रालयलाई प्रतिशोध साँधेर अनावश्यक हर्कत गर्यो भने ठूलो मूल्य चुकाउनुपर्नेछ । यो हेक्का राखेर कदम चाल्न हुन सरकारलाई भन्न चहान्छु ।

Read More

हरेक दिन नयाँ किर्तिमान बनाउदै सुनको मुल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको २३ सयले बढेर तोलाको २ लाख ३५ हजार ४ सयमा कारोबार भइरहेको छ । यस अघि सोमबार सुन तोलाको २ लाख ३३ हजार १ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २९६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि चाँदी तोलाको २९६० मै कारोबार भएको थियो ।

Read More

मलेसियाविरुद्ध नेपालको सहज जित, सिरिज २-२ ले बराबरीमा

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको चौथो खेल जितेको छ । मंगलबार सम्पन्न खेल नेपालले ६ विकेटले जितेको हो ।

मलेसियाले दिएको ११२ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक ४८ रन बनाएकी थिइन् भने रुबिना छेत्रीले २३ र कविता कुँवरले १६ रन बनाएकी थिइन् ।

यसअघि पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै १११ रन बनाएको थियो ।

यो जितपछि नेपालले जारी सिरिजमा कमब्याक गर्दै २-२ को बराबरी गरेको छ । अब सिरिजको अन्तिम तथा निर्णायक खेल बुधबार हुने तालिका रहेको छ ।

Read More

रुसले युक्रेनमा बेलायतमा बनेका हतियार प्रयोग गरेको जेलेन्स्कीको दाबि

काठमाडौँ । गत आइतबार रुसले युक्रेनमा ठूलो र घातक आक्रमण गरेको थियो । यी आक्रमणहरू क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेर गरिएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यी आक्रमणहरूमा प्रयोग गरिएका रुसी क्षेप्यास्त्र र ड्रोनहरूमा एक लाखभन्दा बढी विदेशी कम्पोनेन्टहरू फेला परेको दाबी गरेका छन्, जसमा बेलायतमा बनेका कम्पोनेन्टहरू पनि समावेश छन् । जेलेन्स्कीले जर्मनी, जापान र संयुक्त राज्य अमेरिका जस्ता सहयोगी देशहरूमा बनेका कम्पोनेन्टहरू पनि रूसी हतियारहरूमा फेला परेको बताएका छन् । उनले रूसविरुद्ध थप प्रभावकारी प्रतिबन्धहरूको लागि पनि आह्वान गरेका छन् ।

जेलेन्स्कीको दावीको प्रतिक्रियामा, बेलायतको व्यापार विभागले हालै ती कम्पनीहरूविरुद्ध प्रतिबन्धहरूको कार्यान्वयनलाई कडा बनाएको बताएको र उत्पादनहरू अझै पनि रूसको सैन्य आपूर्ति सिरिजमा पुग्ने बताएको छ । बेलायतले रूसी हतियारहरूमा बेलायती कम्पनीका उत्पादनहरू फेला परेको रिपोर्टलाई धेरै गम्भीरताका साथ लिइरहेको बताएको छ ।

सरकारले रूसमा ‘हजारौं उत्पादनहरू’ निर्यातमा प्रतिबन्ध लगाएको छ तर यसमा युद्धमा प्रयोग भइरहेको युक्रेनले हाम्रो ध्यानमा ल्याएको प्रत्येक उत्पादन समावेश रहेको बताएको छ । जेलेन्स्कीले पहिले नै रूसी हतियारहरूमा युरोपेली देशहरू र संयुक्त राज्य अमेरिकामा बनेका धेरै कम्पोनेन्टहरू रहेको दाबी गरिसकेका छन् । उनले युद्धमा रूसले भाडाका सैनिकहरू प्रयोग गरिरहेको पनि दाबी गरेका छन् ।

Read More

भारतविरुद्ध खेल्ने अस्ट्रेलियन क्रिकेट टिमको घोषणा

काठमाडौँ । अस्ट्रेलियाले भारतविरुद्ध खेल्ने एकदिवसीय र टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ । अस्ट्रेलियाको एकदिवसीय र टी-२० दुवै टिमको कप्तानी मिचेल मार्शले गरेका छन् ।

अस्ट्रेलियाको एकदिवसीय टिममा तिब्र गतिका बलर मिचेल स्टार्क फर्किएका छन् । उनी गत नोभेम्बर देखि एकदिवसीय खेल खेलेका थिएनन् । त्यस्तै मार्नस लाबुस्चेन एकदिवसीय टिममा परेका छैनन् । उनको स्थानमा माट रेनशले स्थान पाएका छन् ।

भारत विरुद्ध अस्ट्रेलियाको एकदिवसीय टोलीमा मिशेल मार्श (कप्तान), जेभियर बार्टलेट, एलेक्स केरी (विकेटकिपर), कूपर कोनोली, बेन द्वारशुइस, नाथन एलिस, क्यामरुन ग्रीन, जोश हेजलवुड, ट्राभिस हेड, जोश इङ्ग्लिस (विकेटकिपर), मिचेल ओवेन, म्याट रेनशा, म्याथ्यू सर्ट, मिचेल स्टार्क र एडम जाम्पा रहेका छन् ।

त्यस्तै भारतविरुद्ध अस्ट्रेलियाको टी-२० टिम (पहिलो दुई खेल) का लागि मिशेल मार्श (कप्तान), शन एबट, जेभियर बार्टलेट, टिम डेभिड, बेन द्वारशुइस, नाथन एलिस, जोश हेजलवुड, ट्राभिस हेड, जोश इङ्ग्लिस (विकेटकिपर), म्याथ्यू कुहनेम्यान, मिचेल ओवेन, म्याथ्यू सर्ट, मार्कस स्टोइनिस र एडम जाम्पा रहेका छन् ।

अस्ट्रेलियाले घरेलु मैदानमा भारतविरुद्धको तीन एकदिवसीय खेलको सिरिज खेल्दै छ भने ५ टी-२० खेलको सिरिज खेल्दै छ । पहिलो एकदिवसीय खेल पर्थमा अक्टोबर १९ मा हुदै छ भने दोस्रो खेल एडिलेडमा अक्टोबर २३ मा र तेस्रो खेल सिड्नीमा अक्टोबर २५ ​​मा हुनेछ । 

त्यस्तै टी-२० सिरिजको पहिलो खेल अक्टोबर २९ मा क्यानबेरामा, दोस्रो खेल अक्टोबर ३१ मा मेलवर्नमा, तेस्रो खेल नोभेम्बर २ मा होबार्टमा, चौथो खेल नोभेम्बर ६ मा गोल्ड कोष्टमा र पाँचौं खेल नोभेमब्र ८ मा ब्रिसबेनमा हुने तालिका रहेको छ ।

त्यस्तै भारतीय क्रिकेट कन्ट्रोल बोर्डले यसअघि नै अस्ट्रेलिया टुरका लागि एकदिवसीय र टी-२० टिमको घोषणा गरिसकेको छ । भारतको एकदिवसीय टिममा शुभमन गिल (कप्तान), रोहित शर्मा, विराट कोहली, श्रेयस अय्यर (उपकप्तान), अक्षर पटेल, केएल राहुल (विकेटकीपर), नितिश कुमार रेड्डी, वाशिंगटन सुन्दर, कुलदीप यादव, हर्षित राना, मोहम्मद सिराज, अर्शदीप सिंह, प्रसिद्ध कृष्ण, ध्रुब जुरेल (विकेट किपर) र यशस्वी जैसवाल रहेका छन् ।

त्यस्तै टी-२० टिममा सूर्यकुमार (कप्तान), अभिषेक शर्मा, शुभमन गिल (उपकप्तान), तिलक वर्मा, नितिश कुमार रेड्डी, शिवम दुबे, अक्षर पटेल, जितेश शर्मा (विकेटकिपर), वरुण चक्रवर्ती, जसप्रित बुमराह, अर्शदीप सिंह, कुलदीप यादव, हर्षित राना, सन्जु सामसन,रिंकु सिंह, र वाशिंटन सुन्दर रहेका छन् ।

Read More

ओली र लेखकलाई पक्राउ गर्न सरकारमाथि दबाब

काठमाडौँ । जेनजी आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ हामी नेपालका प्रमुख समेत रहेका सुदन गुरुङसहितको टिमले ओली र लेखकलाई पक्राउ गर्न सामाजिक संजालमा अभियान समेत चलाएर सरकारलाई दबाब बढाएका छन् ।

उच्च स्रोतका अनुसार गएराती प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशिला कार्कीले यस विषयमा छलफल समेत गरेकी छन् । बालुवाटारको छलफलमा प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल र चारै सुरक्षा निकायका प्रमुख, सहित छलफल गरेकी हुन् ।

सरकार पुर्वन्यायाधीश गौरीबहादुर कार्कीको आयोगले भदौ २३ २४ को आन्दोलनको छानबिन सकिएपछि सोहि अनुसार कारवाही गर्ने मनस्थितिमा रहेपनि दबाब बढ्दै गएपछि कानुन अनुसार कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको बुझिएको छ ।

बैठकमा आयोगको प्रतिवेदनपछि नै सोहि अनुसार कारवाही अगाडी बढाउदा कानुन सम्मत हुने सुझाव समेत दिइएको थियो ।

सरकारलाई एकातिर जेनजी समुहको दबाब बढेको छ भने अर्को तिर हालसम्म चुपचाप रहेका दल र उनीहरुका कार्यकर्ता आक्रोशित हुन्छनकी भन्ने पक्षमा समेत छलफल भएको छ ।

सरकारले असोज ५ गते मन्त्रिपरिषद् बैठकबाट भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएको दमनको विषयमा छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो र आयोगले अहिले काम गरिरहेको छ । आयोगलाई तीन दिनको समय दिइएको छ ।

Read More

जेनजी प्रदर्शनका नाममा भएको लुटपाट र आगजनी गर्नेलाई कारबाही गर्न निजी क्षेत्रको माग

काठमाडौँ । निजी क्षेत्रका तीन वटै छाता संगठनले संयुक्त रूपमा जेनजी प्रदर्शनका नाममा भएको घुसपैठ, लुटपाट र आगजनीमा संलग्नमाथि तत्काल कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थमन्त्री रामेश्वर खनालसँगको भेटमा उक्त धारणा राखेका हुन् ।

अर्थमन्त्रीसँग भेटका क्रममा निजी क्षेत्रका प्रतिनिधिले सकारात्मक परिवर्तनका लागि युवाहरूले गरेको आन्दोलनमा भएको घुसपैठले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा राख्ने निजी क्षेत्रमाथि आक्रमण भएकामा गुनासो गरेका छन् ।

पछिल्लो घटनाक्रमबाट उद्यमी व्यवसायी निरुत्साहित बनेको र यस्ता घुसपैठ, लुटपाट एवं आगजनीमा संलग्नमाथि कारबाही नभए निजी क्षेत्र थप हतोत्साहित हुने हुँदा तत्काल कानुनी कारबाही हुनुपर्ने उनीहरूको भनाइ छ ।

तोकिएको समय फागुन २१ मै निर्वाचन गर्न निजी क्षेत्रका तीन वटै छाता संगठनले संयुक्त रूपमा अर्थमन्त्री खनाललाई आग्रहसमेत गरेका छन् । निर्वाचनले खुला बजार र लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउने भएकाले समयमै निर्वाचन गर्न सहयोग र सहकार्य गर्न निजी क्षेत्र तयार रहेको पनि उनीहरूले बताए ।

वर्तमान सरकारको मुख्य लक्ष्य निर्वाचन भए पनि सुधारको जग बसाल्ने अवसर पनि भएको उल्लेख गर्दै लगानी र अन्य स्रोत आकर्षित गर्न निजी क्षेत्रको अगुवाइ वा संलग्नतामा बहुपक्षीय वित्त सम्मेलन आयोजना गरी सबै सरोकारवालालाई आश्वस्त पार्नुपर्नेमा निजी क्षेत्रको जोड छ ।

सरकारले पुनर्निर्माणका लागि राजस्व छुट, बैंकिङ सहुलियत र बिमा सहजीकरणका कार्यक्रम सार्वजनिक गरेको छ । मूल्य खारेज गरी भन्सारमा अनलाइन डेटाबेस प्रणाली लागू गरेपछि बजारमा पारदर्शी कारोबारको प्रश्रय प्राप्त हुने निजी क्षेत्रको अपेक्षा छ ।

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरूले सरकारको उक्त कदमको प्रशंसा पनि गरे । निजी क्षेत्रको मागअनुसार जडित नयाँ डेटाबेस प्रक्रियाको उपयोग गर्न तीनै संस्थाले आफ्ना सदस्य र उद्यमी व्यवसायीलाई आग्रह गरेका छन् । 

असोज ९ मा अर्थमन्त्री खनालद्वारा उद्घाटन गरिएको उक्त प्रणालीले हरेक ६ महिनामा परिमार्जन हुने सन्दर्भ पुस्तिकाका विषयमा व्यवसायीको गुनासो सम्बोधन गर्ने निजी क्षेत्रको अपेक्षा छ । यस प्रणालीमा जाँच पास भएका सबै वस्तुको मूल्य विवरण संग्रह गरिनेछ । सरकारका अनुसार यो डिजिटल स्रोतले भन्सार जाँच पास भएका वस्तुको विश्लेषण र तुलना गर्न सहयोग पुग्नेछ र कारोबार मूल्य पहिचान गर्न सहयोगी हुने निजी क्षेत्रको धारणा छ ।

आफूहरू भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्ने कार्यमा निरन्तर क्रियाशील रहने र सरकारले पनि उद्यमी व्यवसायीले निर्बाध रूपमा काम गर्न पाउने वातावरण बनाउनुपर्ने निजी क्षेत्रको भनाइ छ । भेटमा अर्थमन्त्री खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका थिए ।

Read More

ऊर्जामन्त्री घिसिङबाट विद्युत् भार प्रेषण केन्द्रको अनुगमन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको  विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् ।

काठमाडौंको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट क्षति भएका विद्युत् आयोजनाहरुलगायतका विषयमा जानकारी लिएका थिए ।

देशका विभिन्न ठाउँबाट छिनछिनमा वत्ति जाने गरेको गुनासो आइरहेको भन्दै प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहनु भएका मन्त्री घिसिङले विद्युत प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने आवश्यक नीतिगत एवम् प्रविधिक सुधारका विषयमा छलफल गरेका थिए ।

बाढी, पहिरोले क्षति पुर्याएका संरचनाको मर्मतसम्भार गरी तत्काल विद्युत् सेवा चालू गराउनु पर्ने बताउँदै  घिसिङले छिनछिनमा वत्ति जाने गुनासो तत्काल सम्बोधनलाई उच्च प्राथमिकतामा राखी सोही वमोजिम मातहतका कार्यालयलाई तयारी अवस्थामा राख्न आग्रह गरे । उनले विद्युतगृह, प्रसारण लाइन तथा सबस्टेसनलाई पूर्ण क्षमतामा चलाउन,विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएका मस्र्याङ्दी करिडोर २२० केभी, हेटौंडा—ढल्केबर ४०० केभी प्रसारण निर्माणमा विशेष ध्यान दिन, आगामी हिउँदयामको विद्युत् व्यवस्थापनमा लाग्न प्राधिकरण व्यवस्थापनलाई आग्रह गर्नुभयो । प्राधिकरणका कार्यकारी मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले विद्युत् उत्पादन, माग, आपूर्ति, निर्यात, प्रणाली सञ्चालनको अवस्था तथा समस्यालगायतका विषयमा जानकारी गराएका थिए । कार्यकारी निर्देशक सिलवालले बाढी, पहिरोले क्षति पुर्याएका संरचना मर्मत गरी विद्युत् सेवा चालू गराउन टोली तयारी अवस्थामा राखी सोही वमोजिम काम भइरहेको बताए ।

दैनिक एक हजार मेगावाट विद्युत निर्यात, १५ अर्बको विद्युत निर्यात

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । चालू आर्थिक वर्ष २०८२-८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ ।

भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रुपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा र बंगलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ ।

त्यसैले विद्युत् बिक्रीबाट भारु र डलर आम्दानी भइरहेको छ । प्राधिकरणले भारत र बंगलादेश गरी ११६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ ।

Read More

भियतनाम जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाई

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) एसियन कप छनोटअन्तर्गत भियतनामसँग खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाली टोलीको बिदाइ गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा कार्यवाहक महासचिव बद्री भट्टराईलगायतले बिदाइ गरेका थिए । 

नेपालले बिहीबार भियतनामसँग उसैको मैदानमा एएफसी एसियन कप छनोटको खेल खेल्दैछ । बिनदुंग रंगशालामा हुने यो नेपालको अवे खेल हो । यस्तै अक्टोबर १४ मा नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि भियतनाममै खेल्नेछ । दशरथ रंगशालालाई एएफसीले अयोग्य ठहर गरेपछि दुवै खेल भियतनाममै हुन लागेको हो ।

एएफसी एसियन कप छनोटका लागि नेपालका मुख्य प्रशिक्षक म्याट रसले आइतबार किरणकुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका थिए ।  नेपाली टिममा किरण लिम्बू (कप्तान) अभिषेक लिम्बू, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, जिलेस्पीजङ कार्की,  कृतिकरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ छन् ।

Read More